jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८४

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 175331 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-10 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८४ ~  




                                                                                                                                                                                                             

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी 

चौतारी १८४ औं 
संस्करणमा आइपुगेका छौं। 

अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने 

पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, 

दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र 

उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। 

अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। 

कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी 
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। 

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै '

हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले 

हार्दिक स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | 
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, 

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? 

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! 

नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो 
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! 
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा ! 
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! 
त्यो सुनौलो धौलागिरी, 
त्यो पाखा, त्यो बारी, 
त्यो पाठशाला, त्यो पसल, 
त्यो गैह्रो, त्यो  लाँकुरी.... 
कठै त्यो मेरो गाउँ !!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, 
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



 सधैंझैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, Baire - बैरे, Khushi - खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस, टुसे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 184 edition




Last edited: 08-Apr-10 11:32 AM

 
Posted on 04-07-10 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-07-10 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर्ड फर्स्ट एसो कब्जा गरी हालौ भनेर नी

क्या टाईम मा चौतारी बनाएछ भने यो झिल्के ले

ल झिल्के ले झिल्केनी भेटोस् लु जा त
 
Posted on 04-07-10 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बब्बाल ...........

बोर्ड सेकेन्ड भईएछ  ..

लहरे बधाई छ, बोर्ड फर्स्ट भएको मा .....

होइन यो झिल्के कहिलै केही पनि पोस्ट गर्दैन ...... तर २ चोटि चौतारी खनिसक्यो .........

केही लेख्न पर्‍यो झिल्के ......


 
Posted on 04-08-10 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-08-10 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 04-08-10 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


बिहीवारे बगलामुखिय जदौ ।


तारेमाम रामे, लहरे , झिल्के ।


हैन रात बिरात नयाँ चौतारी बनाउला बोर्ड फस हुंला भनेर ढुकेको त पक्कै होइन होला। राती नै बगलामुखी माइ हरु को दर्शन गर्न कुरी राख्या हुनु पर्छ लहरे र रामे ।


 
Posted on 04-08-10 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म पनि बोर्ड मै परेँ क्यारे। यो झिल्के काइँला केटी आउला कि भनेर कुरेर बस्छ अनी कोइ नआएछी चौतारी भे पनि खानुम भनेर आउँदो रेछ। लु चिट्टै घोक्रे-थ्याक लाउनी बुढी पाएर भोज ख्वाउनु, म त झिल्के तिरबाट भोज खान जानी, दाईजो त दिन पर्दैन। लु प्रणाम भन्दै आज पनि बिजी हुनी जानकारी दिन आको, बिजी हुनी भन्दैमा अन्मार किताबमा नहुनी भन्या चाइ हैन नि, चेतना भया।

हैन त्यो सर्‍र बग्नी हरियो पट्टो खै त?
 
Posted on 04-08-10 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ,
हो त नि त्यो हरियो बग्ने जिनिस खै ?? झिल्केले सुटुक्क झिल्की लाई भनी लुकायो जस्तो छ । 
 



दो व्यक्ति एक बार में बैठे थे... 
एक ने कहा, यार... मेरी फैमिली में बहुत प्रॉब्लम है... 
उसकी बात काटकर दूसरा बोला, पहले मेरी सुन... मैंने कुछ दिन पहले एक विधवा से शादी की, जिसकी एक बेटी थी... कुछ दिन बाद पता चला कि मेरे पिताजी को मेरी नई बीवी की बेटी से प्यार है और उन्होंने उससे शादी कर ली, जो अब मेरी ही बेटी थी... अब मेरे पिताजी मेरे दामाद बन गए और मेरी बेटी मेरी मां... और मेरी ही पत्नी मेरी नानी हो गई... फिर ज्यादा प्रॉब्लम तब हुई, जब मेरे बेटा हुआ... अब मेरा बेटा मेरी मां का भाई हो गया तो इस तरह मेरा मामा हो गया... परिस्थिति इससे भी ज़्यादा ख़राब हो गई, जब मेरे पिताजी को बेटा हुआ... अब मेरे पिताजी का लड़का यानी मेरा भाई मेरा ही धेवता (नाती) हो गया और इस तरह मैं खुद का ही दादा भी हो गया और खुद का ही पोता भी..

 
Posted on 04-08-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TAREMAM!

moukaa maa yesso ni...ki kaso?
 
Posted on 04-08-10 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste jammai gaamleharulaai... yo harke ko ...
 
Posted on 04-08-10 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माझी दाई पोखरा फेवातालको
लाउँ माया साँच्चीको नलाउँ है ख्याल ख्यालैको


बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।
हर्के, रिक्सा कस्तो चल्दैछ? बंगूर हप्तामा कती धार्नी बजाइन्छ अचेल?
पूण्टे, आज कताबाट ट्याउसी नचलाएर यता हो?
ठुल्दाइ, काजु भात ज्युनार भो? चिलिम जति तान्नु छ, जान अघि नै तान्नुहोस् है। त्यो कतारीले जस्तो त नगरनुहोस् है।
पूरे त अनुहार किताबमा होला पक्कै।
रामे चाँही शुभ प्रभात भनेर बगलामुखी गयो जस्तो छ, त्यतैबाट गोदावरीतिर गयो जस्तो छ।
बाउचा चाँही राती १ बजे सम्म यतै बसेर अहिले कता गएको हो?
 


 
Posted on 04-08-10 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु म येतै छु ........
जे गर्न यो देशमा आएको त्यो नगरि सुखै पाइएन .. अनी त्यही गर्दै छु ....

पुरे को त के कुरा गर्नु र ..... बिजी छु भनेर भागीहाल्यो नि ......."बिजी हुनी भन्दैमा अन्मार किताबमा नहुनी भन्या चाइ हैन नि, चेतना भया" भन्छ ए लाजै पचायेर ....... के गर्दै रहेछ त भनेर एसो थुतुनो किताब मा गएको त ..... हल्ला गरेर बसेको रहेछ ..... ११५  कमेन्ट्स रे एउटा मा त ....... कती फुर्सद पाएको होला त .......... यता चाँही बिजी छ रे ....... कती नाटक जानेको हो ....

पून्ते बुढा पनि देखा परेका रहेछन ...... कती बेला तिर हो चिच्याउने बाकस तिर पनि हल्ला गर्दै थिए .....
हर्के ....... आरामै हैन त ... धेरै पछी देखा परेउ त ..... हुन त रातभरी हल्ला गरिरहेको सुन्थे कहिले काही .....

लहरे कता गयो .... रात भरी बसेर आहिले सुत्न गयो कि क्या हो?

ठुल्दाइ सँग त के गफ गर्नु .. भोली जाने रे ....... अहिले देखी बोर लागि सक्यो .....


झिल्के कहिले काही एसो झिल्किनी सँग मेला-पात, बन गोठालो गरेर फर्कन्दा चौतारीमा थकाई मारे हुन्छ नि ....... कती राती राती मात्र आएर चौतारी खन्छौ ए ....


Last edited: 08-Apr-10 12:41 PM

 
Posted on 04-08-10 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दोस्रो राउण्डको ।
तारेमाम चिप्ले, हर्के , पू दाई ।



काजु भातलाई अस्ती देखी तिलान्जली दिए। आज घरमै घ भा। एक दिन त आराम गरेर फाराम भर्नु पर्‍यो नि मखुला ??


सब जना अचेल आ-आफ्नो धूनमा मस्त। चौतारी चाँही ध्वस्त । बौचा, पुरे , रामेहरु तरुनी सरुनी मरुनी भन्दै टाढिए पछी चौतारी पात झरेको रुख जस्तो हुने नै भयो नि । यो वसन्त मा पनि फूल न फुल्ने भयो गाँठे ।


 
Posted on 04-08-10 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले के भनेको त्येस्तो ........ म कहाँ यता-त्यता लाग्केको छु र ... तपाईंको भन्दा २ मि. अगाडिको पोस्ट हेर्नुस् त .........
 
Posted on 04-08-10 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, अब जवान मान्छे म एक जना रहने भएँ चौतारीमा। पूरे, बाउचा र रामेको ताल त्यही हो। महिला समूहले पनि अघोषित सामुहिक राजीनामा दिएर गैहाल्यो। हर्के र पून्टे पनि आज कसो गरी मुख सम्म देखाउन आए नत्र त ती पनि बेपत्तै छन्। बिर्खे बुढाको हात गोडा चल्न छाडे होलान् अब त, ९० पुग्या मान्छे के आशा गराइ भो र। रिट्ठे फर्केपछी यसो चिहाउला कि। बिश्टे पनि देखिन्न अचेल।          
 
Posted on 04-08-10 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो चिप्ले सर, रामे त लागेको लागै छ नि .......
आँखा फेरी जचाउन पर्ने भयो जस्तो छ .......
 
Posted on 04-08-10 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Chautari ko sabai aautari lai mero pranam.

 
Posted on 04-08-10 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दुई मिलेट अगाडि पोस्ट गर्दा टाइप हान्दै बसेको बेला पर्‍यो, देखिन नि रामे।
 
आज मात्रै होला, तरुनी सरुनी को पछी न लागेको । रातो अक्षर ले हाइ न भनेको। मखुला ??


कुनै दिन आउला चिप्ले, फेरी एक पटक चौतारीमा पालुवा पलाउछ, खुट्टा राख्ने ठाउँ नै हुँदैन। समय सधैं एकनास हुनु पनि राम्रो होइन, र हुँदैन पनि। चौतारीको दिन फिर्छ फिर्छ ।


 
Posted on 04-08-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे, आँखा त ठीकै हो मेरो। हाजिरीमा नियमितता नपुगेर तरुनीको पछि लागेको भन्ने शंका गर्न प्रशस्त स्थान छ मात्रै भन्न खोजेको हो।
ठुल्दाइ, अनी बाटोको लागि कति चिलिम बोक्दै हुनुहुन्छ नि। नयाँखर्कमा एक बट्टा तानेर चढ्ने हो कि कसो? पाइखानामा खाइदिएर त्यत्रो कान्ड भयो, झ्याल पनि खोल्न मिल्दैन क्यारे।


आफू दिनको आधा बट्टा (जाँड खाएको बेला अझ बढी) चिलिम तान्ने हुँदाको बेला सम्झना आयो। शिकागोदेखि सेओलसम्मको साढे १४ घण्टाको उडान थियो। यसो बिउँझियो कि त्यो सिट माथिको धूम्रपान निषेध चिन्हमा आँखा जान्थ्यो। गोलो भित्र राखेर धर्का तानेको बलिरहेको चिलिम देखेपछि तलतल लागेर हैरान। बल्ल बल्ल सेओल पुगेपछि चिलिम तान्ने कोठामा गएर तीनवटा लगालग तानियो।       


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters