Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 171125 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-23-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७०~


नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 170 editions.



Last edited: 23-Dec-09 08:31 AM

 
Posted on 12-23-09 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु


नयाँ चौतारीमा नयाँ ताजा तातो तापिलो जदौ ।


 
Posted on 12-23-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर सेकेन सहित को तात्तातो जदौ! यो बिर्खे_माईलाको पनि!


 
Posted on 12-23-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर फस त मै त होला नि अब !


नयाँ चौतारीमा नयाँ तारेमाम ठुल्दाइ !


 
Posted on 12-23-09 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म फस हुँदैछु भनेर कसरी थाहा पाको हो जिम्माल बा ले?


जदौ गरे ल !


 
Posted on 12-23-09 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दा हेर्दै हाम्रो ठुल्दाइ पनि घच्चीको चौतारी बनाउन थाल्नु भएछ  !
आर्काले चौतारी बनाउदा बोर फस हुन दिएनन भनेर आँफै चौतारी बनाउन थाल्नु भएछ ! 
तारेमाम ! 


 


 
Posted on 12-23-09 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्याम हेर त्याँ, बोर सेकेन बाँडिचुँडि खानि भ' खाम के रे नत्र मै हो सेकेन। फस त ठूल्दाई भैहाले नि!
 
Posted on 12-23-09 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर थर नि बाँडिचुँडि खान पर्ला जस्तो भओ, ट्याम हेर फेरि।
 
Posted on 12-23-09 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लागेको चोट यो छाती भित्र
कसरी सहनु
हारेको मैले मै रोयी बस्छु
तिमी चाँही नरुनु.......


चौतारीका सम्पूर्ण अउतारीहरुमा
मेरी क्रिस्मस तथा नयाँ बर्ष २०१० को
मंगलमय शुभकामना !


भगवान श्री पशुपती नाथले सबैको कल्याण गरुन !


 


 
Posted on 12-23-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यि पात्या बुढा ब्यान ब्यान देखुन किन पछी लाया लायै गर्छन् हँ मेरो? चाला निको छैन जस्तो छ ! मैले इन्ट्री हान्ना साथ बुढा ले ढ्याप्प लार छोपी पो हाल्दा रछन त ! अझ बाडी चुडी खाम रे !


ठुल्दाइ ले बनाको चौतारी मा ठुल्दाइ बोर फस हुन नपाई ! मखुला?


त्यो भनेको त दौडमा बन्दुक पड्काउने मान्छे नै पैला दौडे जस्तो भईहाल्यो नि


 
Posted on 12-23-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा,


\तारेमाम रिट्ठे ह्याण्ड्सम ।


चौतारीमा क्रिस्मस को सिंगारपटार गर्दै थिएं , एक हुल बुढाहरु बोर फस बोर सेकेन भनेर चिच्याएको सुनेर डिस्टर्ब भे छ। यस्तै हल्ला गर्ने बहेर त एकपानेमाले सरकारले बोर फस नै हटाइ दिएको, मखुला ??



 


 
Posted on 12-23-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओढेर कुहोरोको सिरक सुतेका ती अल्छी पुषका बिहानीहरु
ब्युँझिनु अघि नै ब्युँझिन्थे कौसी, चोक, सडक र मन्दिरहरु
सम्झिन्छु ती साथी, तिनै पाटी, खर्पन, भजन अनि धुपहरु
उही हो महिना, उस्तै छ कुहीरो, तर चिन्दीन म यी नौला बिहानीहरु


 


स्वस्ती गरें।


 
Posted on 12-23-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई, रिट्ठे र दीप।


दीपले फेरि मिनपचासको याद दिलाईदिए। यो मिनपचास भन्ने शब्द कसरि शुरु भयो होला?


 
Posted on 12-23-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीप ब्रो ।


मिन भवन स्कूले ले पहिलो पल्ट् फस ट्याम ठ्याकै ५० दिन बिदा दिएकोले मीन पचासको  बिदा रहन गएको हो रे ।



पचास् दिन जती बिदा हुन्छ जाडोमा, अनि सूर्य मीन राशीमा बस्ने भएकोले जाडो यामलाई राशिकरण गरेको हुनु पर्दछ काशिवासिहरुले । 


 
Posted on 12-23-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taremama thuldai, birkhe and deep, Chiya siya khaio saknu bhayo hola haina ta? aaja ta jado badera yesso ek cup chiya kham bhanera chautari tira ghareko,
 
Posted on 12-23-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् ठूल्दाई, भनेसि राशीको कारण वा मिनभवन स्कुलको कारण जे भए पनि त्यति लामो ईतिहास रहेनछ मिनपचासको, म त राणाजीहरुकै पालादेखिको हो कि भन्नठानिरा।


जदौ हिमालय दाजु! आरामै?


 
Posted on 12-23-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हिमाल दाई ।



जाडो बेस्सरी बढ्यो यता पनि । दाई अहिले कता नि ??
ध्रुब्या पसल खुल्यो होला अब त। अस्ती बन्दको कारण भैंसीले नि दुध दिन बन्द गर्‍यो भन्दै चिया पसल बन्द थियो। बिस्टे उतै होला, चिया चुरोट सँगइ गफिंदै होला।



खासै मलाई नि थाहा छैन मीनपचास् को ईतिहास। अन्दाजिफिकेशन मात्र हो । उहिले उहिले हाजिर जवाफमा अन्दाजिफिकेशनले बहुत काम गर्थ्यो। त्यै भएर हुल्दिएको लौ जा भनेर । 
 


 
Posted on 12-23-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई झ्याप्प लार नमस्ते अनी तारेमाम । ठुल्दाइले रिटिक्क परेको चौतारी बनाउनु भकोमा धन्यवाद ।


सप्पैलाई मेरी क्रिश्मश अनी ह्याप्पी न्यू एर । जाडो को त के कुरा गराइ भो र -४६ डिग्री सेल्सिएस पनि खाइयो गान्ठे ।


 


 
Posted on 12-23-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-46 डिग्रि खाएछौ ए गाँठे। गुलियो त थेन होला पक्कै, अलि अलि अमिलो थ्यो कि? तर जस्तो सुकै भए नि जाडो खाएर भ' नि दिउँसो चौतारी आउन पाएछौ खुसि लाग्यो। अनि यो जाडोमा बङ्गुर कत्तिको लुछिँदै छ?


ल मेरो तर्फ बाट पनि 'बिदाका दिनहरुको शुभकामना'!


 
Posted on 12-23-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन यहाँ जताततै अल्मल्लिएको धूँवा जस्तै
तिर्खाएको पानीलाई नभेटिने कुवा जस्तै
बास खोजी उडी हिंड्ने सिमलको भुवा जस्तै


बुधबारे जवानीमय जदौ सबै गाम्लेहरुलाई।
आज चिया नास्ताको ब्यवस्था गरिदिनेको दिन झक्कासको हुन्छ है, भनिदिएको छु मैले।
ठुल्दाइ, नयाँ चौतारी त बनाउनु भयो तर:


त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


मरुटोलको मान्छेले घान्द्रुकलाई आफ्नो गाउँ भनेको अनि अन्नपूर्ण दक्षिण र हिउँचुलीको द्रिष्यलाई धौलागिरी भनेकोमा घोर बिरोध। अब त साँच्ची नै ५ दिने आमहड्ताल गर्नु पर्‍यो। आज दिउँसो देखि शुरु गरी सोमबार बिहानसम्म चौतारीमा एउटै पोस्टिङ् गर्दिन, ल जा त।


हड्तालकै कुरो गर्दा नि: बाबुराम र प्रचण्डे बानेश्वरमा सम्बोधन गर्न पुग्या रहेछन्। हिंडेर त गएनन् होला ती देशमारा पशुहरु। अझ तीनका कार्यकर्ताहरु राजमार्ग अवरुद्ध गर्दै नाचगान गर्दै रमाइलो गरेको फोटोहरु देखियो। सबैलाई बिचल्लिमा पारेर रमाइलो गर्ने र गराउने जतिलाई एक चिहान पारीदिउँ जस्तो।


अनि ठुल्दाइ, मीनभवनमा कहिले थियो इस्कूल? मीनभावन क्याम्पस भनेको त सुनेको हो। मेरो अन्दाजीफिकेसनमा चाँही यो चलन दरबार स्कुलबाट शुरु भएको हो, सामुन्नेको रानीपोखरीका माछाहरु जलगत (भूमिगत भन्न भएन पानी मुनी लुक्नेलाई) हुने गरेको आधारमा। चलन त देबशमशेरकै पाला देखिको हो, जब देखि उक्त स्कुल सर्वसाधारणलाई खुल्ला गरियो।


अनि हर्के, केसँग खायौ त्यस्तो जाडो? बङूरको मासुसँगै त होला नि, मखुला?
दीप पर्भो, जाडो मौसममा तरुनीको न्यानो स्पर्श कत्तिको पाइँदैछ त? उहिले शीरक तरुनी र घाम तरुनीको कथा पढेको सम्झना आयो।
बिर्खे बुढा, नली खुट्टा कस्तो छ अचेल?
हिमालयजी, चौतारीको हाजिरी ढड्डामा धेरै रातो दाग लाग्यो है, अलि नियमित हुनुपर्‍यो।
रिट्ठे, पूरे, र बाउचा कता लाग्या हुन्। महिला समूह त झन खोइ कहाँ हुन्।
नाम छुटेका बाँकीलाई तारेमाम।                 

Last edited: 23-Dec-09 09:49 AM

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters