crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 असारे फूल र एक जोडी आँखा।

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

crazy
[VIEWED 90300 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 04-28-09 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि  मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ  लुकि लुकि जिस्काउने।  सर्‍सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।


अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा  डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।


"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।


"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।


"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।


"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।


"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।


"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।


"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।


"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।


"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।


"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।


"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।


"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।


"को उ?" सारा छक्क पर्छे।


"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।


सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे।


क्रमश:


 


 



 

Last edited: 28-Apr-09 08:10 PM

 
Posted on 04-28-09 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ब'बाल कथा आएछ नि क्रजी को


यो पाली चाँही गज्जब को लोप स्टोरी होला जस्तो छ


रोम्यान्टिक वाला


ल ल थप्दै जाउ, धेरै दिन पछी कथा आको छ, धेरै कुराउने होइन त्याँ भन्द्याछु 


 
Posted on 04-28-09 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को कथा आएछ ..
एसै त बसन्त रितु जता ततै असारे फुल तेसमाथी शिर्सक पनि असारे फुल देखेर पढ्न हतार भयो, शिर्सक मै बसन्त को बास्न आयो कस्तो छ त्यो चाइ भोली बिहानै पढेर लेखुला ल।
क्रेजी रिडर
बिस्टे

 

क्रेजी
बडा राम्रो सुरुवात छ, नेहा को उर्लिदो बैँस, चन्चले, मन अनी ' 'सँग को आँखा जुधाइ गजब छ्। लौ लौ अरु छिट्टै राख।

Last edited: 29-Apr-09 08:32 AM

 
Posted on 04-29-09 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What A start !!!!!!!!!!!!! साहिँलि याद छ हैन मेरो अब आउने कथामा म के गर्छु भनेर !!! Thanx for giving me a plot tooooo!


 
Posted on 04-30-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


भाग-२


"हामी लन्च ब्रेकमा सबै कुरा गर्नेछौँ। मलाइ आशा छ तिमी म सङ केहि लुकाउने छैनौ।" यति भन्दै सारा आफ्नो शाखामा काम गर्न गइ।


नेहाले बिस्तारै फेरि उहि दिशातिर नजर घुमाइ, जहाँबाट न्यानो मुस्कान बर्साइएकोथ्यो एकैछिन अघि मात्र। मुस्कानको धनी काममा ब्यस्त देखिन्थ्यो। यस्तो लाग्थ्यो, अघिको त्यो मुस्कान अहिले उसको मानसपटलबाट कतै अन्तर्ध्यान भइसकेको थ्यो। नेहाले आफ्नै मनलाइ सोधी। उसको नाम के होला? सगर ! होइन होला। तर उ सगरकै जुम्ल्याहा दाइ वा भाइ जस्तो देखिन्छ। पहिलोचोटि उस्लाइ देख्दा त सगर भनेर झस्केकी थी। आएको पहिलो दिन नेहालाइ हाकिमको कोठा सोधेकोथ्यो। नेहा एकतमासले उसको अनुहारलाइ हेरिरहेकी थी, उसको दिमागबाट सबै कुरा अकस्मात हराएका थे। दोस्रो चोटि फेरि सगरले उसलाइ उहि प्रश्न गरेपछि नेहा हडबडाएकी थी। उसले उसको क्याबिनबाट दाहिने तिर कुनामा रहेको हाकिमको अफिस देखाएकी थी, बोली त फुट्नै गार्हो भएकोथ्यो। सगर त्यहाँबाट हिडेपछि उसलाइ ग्लानि भएकोथ्यो। त्यसरी एकोहोरो हेर्नु नहुने, केहि त बोल्नु पर्ने। के सोच्यो होला उसले नेहाको बारेमा ? कस्ती पागल केटी भन्यो होला। जे सुकै भनोस् उसले त सगर जस्तै देखिएकोले पो त, मनभरि हेरेकी थी।


"सगर मेरो साथी हो, कलेजको। त्यो केटा ठ्याक्कै सगर जस्तो देखिन्छ।" नेहाले सारालाइ लन्च ब्रेकमा बताइ।


"साथी मात्र कि प्रेमि ?" साराले घरबाट ल्याएको स्यान्डबिच हातमा लिँदै सोधी।


"सगर त्यस्तो केटा होइन। उ साथी मात्र हो।" नेहाले आफ्नो लन्च बक्स खोली।


"यदि उ तिम्रो साथी मात्र भए किन बर्सौ पछि तिमी उ जस्तै देखिने मान्छेलाइ सगर सम्झेर बिशेष नजरले हेर्छौ।" साराको प्रश्न आयो।


"सगर अन्तरमुखी स्वभावको केटो थ्यो। उसले कहिले पनि मसङ प्रेम प्रस्ताब राखेन।" नेहा कतै पर हेर्दै थी।


"के उ तिमीलाइ मन पराउथ्यो? कि तिमी उसलाइ मन पराउथ्यौ?" साराको उत्सुकता अझै बढ्यो।


"शायद हामी दुबै एक अर्कालाइ मन पराउथ्यौं, तर हामीमा निर्णय गर्ने क्षमता थिएन भर्खरै मात्र इस्कुल सकेर कलेज सुरु गरेका थ्यौँ। आँखाभरि अनगिन्ति सपनाहरु फुल्थे, जिन्दगी ठुलो चुनौती थ्यो त्यसबेला।" नेहा खाना हेर्दै टोलाउन लागी।


"कथा त रोचक हुँदैछ। अब्यक्त प्रेम रहेछ तिमीहरुको। सगरले तिमीलाइ मन पराँउछ भनेर कसरी थाहा पायौ त?" साराको प्रश्नले नेहा बिगतमा पुगी।


"भर्खरै कलेज सुरु गर्दा हामीमा अर्कै जोश थियो। पाँच जनाको हाम्रो समुहमा सगर पनि साथी बन्यो। तर उ धेरै बोल्दैनथ्यो, पढाइमा राम्रो थ्यो। हामी सङै खाजा खान जान्थ्यौं, सङै लाइब्रेरी जान्थ्यौं, कहिलेकहिँ समुहमा बसेर पढ्थ्यौँ पनि। एकदिन हामीहरु बिच एउटा बहस भयो, कसलाइ कस्तो खालको केटा/केटी मन पर्छ। समुहमा अर्को एकजना केटा साथी पनि थ्यो। उसले "आत्मबिस्वास भएकी राम्री केटी" मन पर्छ भन्यो, तेस्तै अरु साथीहरुले पनि आ-आफ्नो मन पर्ने केटाको बारेमा भने। सगरको पालो आयो, सगरले एकपल्ट पुलुक्क मलाइ हेर्‍यो अनि भन्यो "जहिले पनि मुस्काइ रहने, नेहा जस्तै"। सबै मलाइ जिस्काएर हाँस्न थाले। सगर एक्छिन अलमलियो। मैले उल्टो उसलाइ जिस्काएँ,"सगर, मेरो रिस चाहि देखेको छैनौ तिमीले?"। त्यो एउटा सामान्य घटना साथीहरुले बिस्तारै बिर्से तर त्यो दिनदेखि सगर र मेरा नयनहरु बढी मौन सम्बादमा ब्यस्त हुन थाले।"


"त्यो घटना अघि पनि सगर मलाइ जहाँ पनि हेरिरहेको हुन्थ्यो, जब म उसलाइ हेर्थें, उ अर्कैतिर हेरे जस्तो गर्थ्यो। मैले ती कुरालाइ भ्रम ठानेकी थेँ, साथीहरुले पनि अलि अलि त्यस्तै शंका गरेका थे। तर सगर जस्तो अध्यनशील केटालाइ हामीले त्यस्तो नजरले हेर्न चाहेनौं। एकदिनको कुरा हो, मेरो डेस्कमा कसैले बिहानै एक झुप्पा गुलाबी असारे फूल राखेको थ्यो।" नेहाको आँखाहरु आकाशका ताराहरु झैँ चम्किन थाले।


"असारे फूल?" साराले कस्तो फूल भनेर कल्पना गर्न सकिन।


"नेपाली क्यालेन्डरको तेस्रो महिना असारमा एकथरी फूलहरु फुलछन्, जसलाइ हामी असारे फूल भन्छौ। झुप्पा झुप्पा जस्ता देखिने लहरै लाइनमा बसेका जस्ता ती फूल त्यो दिन झन सुन्दर देखिएका थिए।"


"रातो गुलाफ प्रेमको प्रतिक हुन्छ, पहेँलो मित्रताको तर यो असारे फूलको के अर्थ हुन सक्छ नेहा?" मेरी साथी रुबीले अचानक सोधी मलाइ। मैले फूल लाइ आफ्नो हातमा लिएँ र बिस्तारै फूलको नरम पत्रलाइ ओठंमा लगेर हलुका स्पर्श गरें, मलाइ रमाइलो अनुभुति हुन थाल्यो, मैले सगरलाइ हेर्दै भने।


"हरेक फूलको अर्थ हुन जरुरी छैन, फूलहरु अर्थबिना पनि त्यतिकै सुन्दर हुन्छन्।"


क्रमश:

Last edited: 30-Apr-09 01:13 PM

 
Posted on 04-30-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे,


धन्यबाद! धम्किपूर्ण चेतावनी हाँस्दै दिएकोमा।


क्रेजी रिडर बिस्टे,
बासन्ती मौसम र असारे फूल, मनमा बहार त छाउने नैं भयो नि हैन त?


फुच्चेकेटो,


ल तिम्रो नयाँ प्लट सुनु त? कस्तो रहेछ।


 
Posted on 04-30-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी
खतरा छ सुरुवात ! भटाभट्  लेख्दै जाउ है ! म नि फटाफट पढ्दै जान्छु
 
Posted on 04-30-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु क्रेजी रिट्ठे को भनाइलाई म नि दोस्रो गर्दछु, भटा-भट हालुम है, हामी फटा-फट पढ्दैछम 

 
Posted on 04-30-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकाल साझामा ....  हुनै लाग्यो, भइ सक्यो रे, आज पक्कै हुन्छ, हुँदैन रे, काठमाडौं हान्न लागि सके रे, तेरो तियो राम्रो कि यो राम्रो, $%^&ं@%$# बाहेक केही हुन्न भन्या ।

 धेरै पछी यो बसन्त मौसममा मुटुहरुको धड्कन् बढीरहेको बेलामा, फुलहरु लजाइ लजाइ फक्रीरहेको बेलामा, तुलिप र ललिगुराँसहरु फक्री रहेको बेलामा, मनमा अनौठो तरंग आइरहेको बेलामा यो "असारे फूल..." पढ्न पाउदा मन रोमन्चित हुँदै छ, बरु आरु भाग पनि थपम न CRAZY_LOVE ज्यु । 

 
Posted on 04-30-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हरेक फूलको अर्थ हुन जरुरी छैन, फूलहरु अर्थबिना पनि त्यतिकै सुन्दर हुन्छन्।"


 


वाह वाह क्रजी क्या बात


रोचक, इन्टिरेस्टिङ भइराखेको छ


मेरो बिचार  मा नेहा को लोप पर्‍यो ल भन्नै पर्दैन


बरु नेहा को त्यो सगर जस्तो देखिने केटा सँग लोप परे पछी सगर फेरी नेहा को सामु आयो भने के होला


के होला होला


कथाकार क्रजी हो क्यारे जवाफ पनि त्यसइ बाट आउछ।


खतरा गइराखेको छ ल - थप्दै जाउँ


 
Posted on 04-30-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो पाटो पनि पढियो रमाइलो भयो तर अली छोटो भएनर भन्या
अर्को चोटि अलिक धेरै राख्नु ल।
 
Posted on 04-30-09 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jai hos!!!!!!!!!!!!!

 
Posted on 04-30-09 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,
your writing is impressive. I am waiting to read another episode....

"हरेक फूलको अर्थ हुन जरुरी छैन, फूलहरु अर्थबिना पनि त्यतिकै सुन्दर हुन्छन्।

well said.

-Guchcha chor.
 
Posted on 04-30-09 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हरेक फूलको अर्थ हुन जरुरी छैन, फूलहरु अर्थबिना पनि त्यतिकै सुन्दर हुन्छन्।"


वाह् ! क्रेजी वाह्!


देर आए दुरुस्त मात्र होइन तन्दरुस्त आए। सदा झै उत्तम शैली, रोचक बिषय, घोचक कथन।


 
Posted on 05-03-09 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy,
Kata harako? chhilo lekhum na.
 
Posted on 05-03-09 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको शिर्शक असारे फुल भए पनि, क्रेजीको कथा चाँही बैशाख जेष्ठ बाट नै फुल्न सुरु भएको रहेछ। एकदम राम्रो गएको छ। कतै क्रेजी ज्यु कै वास्ताबिक जिन्दगीको कथा होइन? जे होस् कथा चै पस्किदै जानु होला। मैले कमेन्ट नलेखे पनि कथा चै सबै गुरुहरुको पढ्दै छु। कालेदाइ     


 
Posted on 05-04-09 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaledai, crazy ko jun katha padhe pani real life ho ki jasto lagchha..

Once again: CL, I am eagerly waiting to read another episode.
 
Posted on 05-05-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-३



"फूललाइ अर्थ दिने त हामी पो हौँ, फूललाइ त अर्थको आबश्यकता नैं छैन।" साराले नेहाको कुरामा थप सहमति जनाइ।


"ती दिनहरु अत्यन्त रमाइला थिए। सगरको मौन हेराइ, मायालु मुस्कान र प्रेमिल मौसम मलाइ मदहोश बनाँउथ्यो। म आफु वरिपरिको बाताबरणसङ बिल्कुल अनभिज्ञ हुन्थे। मेरो बिहानी सगरबाट सुरु हुन्थ्यो। सगर मेरो सपनामा पनि आँउथ्यो मायाका फूलहरु बर्षाउदैं। मलाइ यस्तो लाग्थ्यो मानिसहरु किन प्रेमको गहिराइमा चुर्लुम्म डुब्दैनन्? प्रेमलाइ किन प्रेम मात्र बनाउदैनन्? बाचा बन्धनहरुको नियम किन जन्माँउछन्? मेरो र सगरको प्रेममा कुनै सम्झौता थिएन, न त सङ जिउने सङै मर्ने कसमहरु। तैपनि हामीहरु मायाको नशामा पौडिदैंथ्यौँ, शब्दहरु फिका लाग्थे, एकान्त प्यारो लाग्थ्यो। म प्रेममा हरेक कुरा राम्रो देख्थेँ। यस्तो लाग्थ्यो मेरो शरिरमा खालि सकारात्मक उर्जा छ। हरेक कुरा संभव छ, हरेक कुरा सुन्दर छ।" नेहा चुप लागी, मानौँ उ फेरि बिगतमा पुगेकी छे एकछिनको लागि।


"आज प्रेम दिबस त होइन है?" साराले जिस्काइ।


"जब तिमी प्रेममा हुन्छौ हरेक दिन प्रेम दिबस हुन्छ।" नेहाले पनि दाहिने आँखा झिम्काइ।


"के तिमी सगर जस्तो सगरलाइ चिन्छौ?" साराको अर्को प्रश्न सुरु भयो।


"उ अर्कै शाखाबाट आएको रे। केहि दिनको लागि नयाँ स्टाफलाइ काम सिकाउने मात्र रे। मलाइ उस्कै शाखाकि एउटी केटीले भनेकी।" नेहाले केहि जानकारी लिन भ्याइसकेकी रैछे।


"अनि उसको नाम नि?" सारालाइ अझै सोध्न मन लाग्यो।


"थाहा छैन, नाम जे भए पनि अहिले उसले मलाइ सगरसङ पुनर्मिलन गराउन मद्धत गरिरहेको छ, कल्पनामा नैं सही।" नेहा अलि अलि पागल नैँ हो जस्तो लाग्छ सारालाइ कहिले कहिँ।


उनिहरुको कुरा हुँदा हुँदै कथाको नायक "सगर जस्तो सगर" उनिहरुतिर आइरहेको देखे। नेहाको मुटुको धड्कन बढ्न थाल्यो। कथाको नायक बिस्तारै बिस्तारै नजिकै आइपुग्न लागेकोथ्यो।


"ल अब मेरो यहाँ केहि काम छैन है।" भनेर सारा उठी।


"यस्तो बेलामा एक्लै छोडेर नजाउ न। मलाइ डर लाग्न थाल्यो सारा" भन्दै नेहाले अनुरोध गरी।


"प्रेमको घुम्तिमा "सुन्दर मौसम" छाएको छ। तिमीलाइ उसले खाँदैन, डराउने कारण केहि छैन। म गयेँ" सारा सगरलाइ "मेरो एउटा काम छ" भन्दै माफी माग्दै नेहालाइ छोडेर गइ।


नेहाको अनुहारमा रक्तसंचारको प्रबाह बढ्न थाल्यो, अलिकति भय र संकोच मिस्रित त्यो अबस्थामा उसले सगरलाइ मुस्कानले स्वागत गरी। सगर साराको ठाँउमा बस्यो, नेहालाइ अपलक निहार्यो, जवाफमा न्यानो मुस्कानले अभिबादन गर्‍यो।


"तिमी जब मुस्काँउछ्यौ, असाध्यै राम्री देखिन्छ्यौं। मैले आजसम्म यस्तो सुन्दर मुस्कान देखेको छैन।" सगरको स्वर नेहाको कानमा प्रतिध्वनि भएर गुन्जिरह्यो।"


"--------------------------" नेहा निशब्द भइ।


"के मैले यति धेरै तारिफ गरें कि अब तिमी मुस्काउन कन्जुस्याइ गर्न थाल्यौ? " सगरले नेहाको आँखामा हेर्दै भन्यो।


"मुस्कान कसैको नराम्रो हुँदैन, हाँस्दा सबै राम्रा देखिन्छन्। मैले आज सम्म कुरुप मुस्कान देखेकी छैन।" नेहा बिस्तारै मुस्काइ।


"सबै तिमी जस्तो भाग्यमानी हुँदैनन्, मुस्काँउदै सबैलाइ उज्यालो छर्न सक्दैनन्, मुस्कान सङै फूल र ताराहरुको बर्षा गर्न सक्दैनन्।" सगरले मुस्काइरहेकी नेहालाइ हेर्दै प्रशंसाको पुल बाँध्न थाल्यो।


"कुरा सुन्दा त तिमी मुस्कान बिषेशज्ञ जस्तो लाग्यो। के तिमी नराम्रो मुस्कानको उदाहरण दिन सक्छौ?" नेहाले सगरलाइ गम्भिर प्रश्न गरी।


"ल हेर म हाँस्दा कस्तो नराम्रो देखिन्छ।" सगरले मुख बिगारी बिगारी बिभिन्न थरि हाँसोहरु देखायो। नेहा मरिमरि हाँस्न थाली।


क्रमश:


 


 


 


 
Posted on 05-05-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि दामी नै गयो


किन छोटो भन्या क्रेजी 


एतिका दिन पछी भाग ३ बल्ल आइपुग्यो


त्यो पनि यती छोटो, ल क्रेजी लभ जि अली लामो लेख्नु पर्‍यो


जि भनेर भन्दा कुरा मान्छ कि भनेर नि - 


 
Posted on 05-05-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,


ल आयो आयो ताजा भाग।


पुरे,


ल आयो आयो असारे फूल!


भक्ते ज्यु,


धेरै धेरै धन्यबाद बासन्ती कमेन्ट पस्किनु भएकोमा। क्रेजीको दिल खुस भयो।


लहरे क्या स्मार्ट,


हो त नेहाको पर्‍यो जस्तो छ है? के भन त?


क्रेजी रिडर बिस्टे,


अब देखि सकेसम्म लामो लेख्छु भन्यो समय नैं छोटो हुँदो रैछ।


फुच्चेकेटो फेरि हरायो!


गुच्चा चोर ज्यु,


तपाइको धैर्यताको धेरै धेरै कदर गर्दै फुर्सद मिल्ने बितिकै अर्को भाग लेख्छु भन्ने जानकारी गराँउछु।


यहाँको सद्भावनाले ओतप्रोत प्रतिक्रियाहरुको लागि मुरि मुरि धन्यबाद!


राहुलदाइ,


तपाइको प्रेरणाले लेख्ने इक्षाशक्तिलाइ अझै बल प्रदान गर्छ।


सधैं आशिर्बादको अपेक्षा गर्दछु।


कालेदाइ,


कालेदाइ शायद यो कथा मेरो मात्र नभइ अरुको पनि जीवनको बास्तबिक घटना हुन सक्छ, तर त्यो संयोग मात्र हुन जान्छ। जिन्दगी यस्तै घटना र दुर्घटना बिच घस्रिरहन्छ।


अमूल्य समय दिएर प्रतिक्रिया पस्कनु भएकोमा धन्यबाद!



 



PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters