dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भिनाजु को जुत्ता

[Please view other pages to see the rest of the postings. Total posts: 95]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 49847 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 12-10-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहेथ्यो ठूलोबाबा को छोरी को आफुलाई पो भ्याई नभ्याई, किनमेल गर्दैमा। बाबा को दाजु भाई का छोरीहरु मिलाएर हामीहरु पाँच जानाथ्योउँ, फेरि दाईहरुको बिहेमा जन्त जाँदा जाँदा हैरान् भएको यो पालि त दिदीको बिहे घरमै जन्ति आउने, हामीलाई के चाहियो र?  बिहे आउन जम्मा चार दिनथ्यो, दुई दिन के लगाउने सोच्दैमा बित्यो, बाँकि दुइ दिन सोचेको लुगा किन्दैमा।

बिहेको दिन त आफुलाइ कसैले देख्नै नहुने, घरि स्वोयम्बर को निम्ता सिँगार्न आउ भन्याछ घरि दुलाको टोपि सिँगार्न।  "ल ल आईहालेँ" भन्दै म पनि लुकि लुकि भागिराथेँ। आफुलाई आफ्नै नक्कल झक्कल को पिर भैराबेलाँ को जावोस् त्यो दुलाको टोपि सिँगार्न? यता आमाहरुले टोपि सिँगार्न बोलाउनु भा छ उता दाईहरुले देख्न नहुने बोलाइहाल्ने--"ए दिपिका एकचोटि यता आउ त, जग्ये सिँगार्नु पर्यो"  कता के मात्र सिँगार्नु ?  धन्न रातिको बिहेथ्यो त्यसैले अलि अलि त मद्धत् गर्या जस्तो गर्न चैँ  भ्याएँ।

लाउन त हामी सबैले सारी नै लाउने भएकाथ्योउँ तर लाउन भने कसैलाई नआउने। बल्ल तल्ल लगाइदिने भाउजुहरु खोजेर ल्यायो,  सारी लाएपछि हिड्न अर्को माहाभारत। सारी यता पनि अल्ज्याछ उता पनि। झन अलिकती बाहिरमात्र के निस्केकी थिएँ,  पुरेतको जुत्तामा अल्झिएर पच्छारिहालेँ,  फेरी कसैले देख्यापो छन् कि भन्दै यताउता हेर्दे उठेको त कोही नभएर झन् आफ्नै बाबाले पो देख्नु भएछ, कराईहाल्नु माथिबाट--"अब हिड्नै नआउनेले किन सारी लाउनु पर्यो? अहिले खुट्टा भाचिन्छ अनि थाहा पाउछौ", अब खुट्टै भाच्चेपछि त थाहा पाएर नि के गर्नु नि? भन्नु त भएन तैपनि पच्छारिएको झोकमा मैलेपनि भन्दिएँ--"अब पुरेत ले जुत्ता झन्डै आँगनकै ढोकानेर पुर्याएर खोल्नु भा रैछ त म के गरुँ,  मेरो गल्ति हो र?", त्यो पच्छारिएको सुरमा त आफुले पुरेतको नै गल्ति देखेँ।  आँगन्मा पुगेको मात्र के थिएँ दाईहरुको आवज ठोक्किहाल्यो कानमा--"लौ अब कुन चै ले आँखा लाउने भो आज? हामीलाई पो आपत रेखदेख गर्दैमा",  हुन त दाईहरुले जिस्किनु भएको थाहा थियो, तर पनि त्यो गालि खाको झोकमा मैले पनि ठाडै उत्तर दिएँ--" राम्रो देखिएको छ भने सिदै भने भैहाल्योनि किन कुरालाइ जाँतो जसरि घुमाउनु पर्यो ?" दाईहरुलाई म किन रिसाको थाहै थेन कराइहल्नु भो--"लौ आजत ऊ सँग बोलिसाद्दे नै रहिनछ"

जन्तिको बाजा बज्न थाल्यो, हामी पनि दौडेर गयोउँ स्वागत् गर्नलाई। स्वागत् भनेको त छदै छ, आँखा घुमाएर एक चक्कर जन्ति पाटिलाई हेर्योउँ। केटाहरु हर्न लायकका नै रहिछन्। सबैको स्वागत् गर्योउँ अनि बिस्तारै पूजा अगाडि बढ्न थाल्यो। जन्ति पाटि र केटी पाटिको हेराहेर चलिनैराथ्यो। एक्कैछिन मा एउटा फुच्चे आयो र भन्न थाल्यो--" हरियो सारी लाउने यो दाईलाइ मन पर्यो रे----निलो सारी लाउने यो दाईलाई मन पर्यो रे-----" उस्ले त पुरै लिस्ट् नै लिएर आएछ सारी अनुसार दाईहरुका नाम। अझ हामीलाइ सोध्छ --"हजुरहरु को नाम भन्नुस रे" अनि हामी पनि के कम? फुच्चेलाई खबर पठायोउँ--"हाम्रो दाईहरुलाइ सोध्नुस्, सबैको नाम पाउनु हुन्छ"

यता पुरेत बाजे आफ्नु मन्त्र भट्यौदै हुनुहुन्थ्यो, उता जन्ति पाटिले कहाँ बाट मेरो भाई भेटेछन्, बिस रुपयाँ को किटक्याट किन्देछन्, बच्चा त पर्यो, उस्ले त चार रुपयाँमा एकजनाको नाम बेचेर आएछ। अघि सम्म त यो सारी लाउने र त्यो सारी लाउने भनिराथे अब त नामैले बोलाउन पो थाले। हामीलाई आपत दाईहरुले सुन्नुभयो भने को को पो थोते हुने हो भनेर। धन्न दाईहरु अलि टाडै हुनुहुन्थ्यो बाजा ले गर्दा हत्तपत्त सुनिदैनथ्यो आवज।

पूजा अगाडि बढिनैराथ्यो, जुत्ता त लुकाकै छैन। अब हामी त दुलाको अगाडि पर्नै भएन सबैको निग्रानी हामी मै थ्यो त्यसैले भाईलाई पठयोउँ। उस्ले सुटुक्क चोरेर ल्यायो कसैले थाहा नै पाएनन्। अब सबै जना लुकाउन गयो भने त थाहा पाइहाल्छन्, त्यसैले म खुसुक्क घर् पछाडि अध्यारोमा एउटा खोर् रहिछ तेस्को पछाडि लुकाएर आएँ। आदी घण्टा कुर्योउँ अनि कराउना थाल्योउँ--"दुलाको जुत्ता चाहिन्छ भने दुई हजार दिनुस् र जुत्ता लिनुस्" जन्ती पाटी त उल्टो भन्न थाले--"दुई हजारमा त दुईटा जुत्ता आउछ, भयो हामीलाई जुत्ता चहिदैन तिमीहरुनै लगाऊ", घटाउदा घटाउदा त लोभिहरुले पाँच सयमा पो पुर्याए। अब त्यो बुढो जुत्ता राखेर हामीलाई काम थिएन, पाँच सय मै मन्जुर हुने बाहेक् अरु केहि उपाए नै भएन, अब त्यतिमै मान्नै पर्यो।

पैसा लिएर जुत्ता लिन गएँ, लुकाको ठाउँमा त जुत्तै छैन, सबैतिर खोजेँ पाउदै पाइन। डर पनि लाग्न थाल्यो अनि ठूलो बाबाको छोरा बिपिन दाईलाई बोलाएर भनेँ--"दाई हेर्नु न जुत्ता यहिँ लुकाको थिएँ अघि, अहिले जुत्तै छैन", दाईले लुकाको ठाउँ हेर्नुभयो अनि तर्सेर भनुभयो--"ल बर्बाद्, फुर्केलाई खोज छिट्टो", फुर्के, उहाँहरुको कुकुर, चोर नै देखेपनि चाट्न जान्थ्यो त्यसैले नाम नै फुर्के राख्याथ्यो। अब आफुलाइ जुत्ताको पिर् भैरा बेलाँ त्यो फुर्केलाई खोज् भन्दा त म पनि झनक्क भएर भनेँ--"अब जुत्ता हराइरा बेलाँ कता जाउँ म त्यो फुर्केलाई खोज्न", अनि दाईले भने पछि पो थाहा पाएँ फुर्केलाई त जुत्ता देख्नै नहुने रहिछ, चपाइदिदो रहिछ, मैले त त्यस्कै खोर् पछाडि लुकाइछु, त्यस्लाई त आहार ओडारमै पो राख्या जस्तो भएछ, आफूलाई के था? फुर्केलाई पाउन त पाएँ तर जुत्ता के नै बाँकि राखेछ र? एउटा को तल देखि माथि सम्म चपाएर उल्टो हो कि सुल्टो हो नै नचिन्ने बनाएछ, अर्को को बुढि औँला नै देखिने गरेर जुत्ता को माथि भाग छिया छिया पारेछ। म त तर्सिहालेँ। एक हातमा पाँच सय अर्को हातमा जुत्ताको ताल् त्यस्तो। उता जन्ति पाटी कराउन थालिसके--"के हो जुत्तै आएन, पैसा लिएर टाप हो कि क्या हो?"

केहि उपाए सम्झिनै सकिन अनि गएँ दुला भएको ठाउँमा त्यो जुत्ता लिएर। अघि सम्म त जन्तिहरु मात्र हल्ल गरिराथे अब त दुला नै तर्सिए, जन्तिहरु भन्दा ठुलो दुलाको पो आवाज सुनियो--"के हो त्यो", दुला तर्सेको देखेर दुलालाई त हेर्नि सकिन , हाँसो पनि उठ्यो, डर् पनि लाग्यो अनि परिस्थिति अनुकुल नरम भएर जन्ति तिर हेर्दै  भने--"भिनाजु को जुत्ता"

Last edited: 10-Dec-07 09:50 PM

 
Posted on 12-10-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

so funny.great

 


 
presidentofnepal2035
Posted on 12-10-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice... very nice..


 
Posted on 12-10-07 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha dipika.......well I wish mero saalile yesto nagaros :)

 
Posted on 12-10-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha...u cracked me up girl...thanx fo makin my day :)...much needed laugh....:)
 
Posted on 12-11-07 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hilarious 

I found myself right there haha."jutta lukaune" was always an exciting moment, that we'd wait so desperately on didi’s /her friends wedding.

keep sharing your beautiful exps.  


 
Posted on 12-11-07 1:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really great !!!

 
Posted on 12-11-07 6:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really funny!!!!!!!

मलाई पनि दिदी को बिहे याद अयो नि। जुता मैले हतर मा दाईजो को सामान म रखेछु, झन्डै ले भीनाजु को घर पुग्या, धन्न दाई ले देख्नुभ रैछ र ज्यान बच्यो ।।।।।।।।  अनी भीनाजु ले कुन जुत्ता लौनुभो त दीपिका जि?

.. thanx for sharing


 
Posted on 12-11-07 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिपिका ज्यु पर्दा सरै रमाइलो लाग्यो। हजुरको यो कथाले मलाइ नि एुता कुरा याद् आयो। मेरो दिदिको बिहेको कुरा चिन्न दिदिको हुने वाला सासु, ससुरा, अनि थुलो सासु, थुलो ससुरा अौनु भाको थ्यो। अनि उहाहरुले जुत्ता भित्रै खोलेको थियो हाम्रो कुकुर उस्को नाम चै फुचे उस्लाइ नि जुत्ता देख्नै नहुनेको। त्यो फुचेले त दिदिको हुने वाला थुलो सासुको जुत्ता चपाइ दिए। अनि सबै कुरा सुरा मिलार उनिहरुको घर जान लाग्दा त एुता जुत्ता त लगाउनै नहुने बनाइदे छ अनि दिदिले आफ्नो नया जुत्ता देर पथाको। पचि उनिहरु गैसकेचि त हामि हस्दा हस्दा। अनि ममि चै रिसार फुचेलाइ कुत्चु भनेर जादा त फुचे त खात् मुनि लेकिरा पो रैच। धन्न उनिहरी रिसाएन। अहिलेनी दिदी भन्नु हुन्छ उहाको ठुलो सासु भेट्नु भो भेन त्यो कुरा भनेर हास्नु हुन्छ रे। कुकुरहरुले जुत्ता मुझा त देख्नै नहुनेके।

Last edited: 11-Dec-07 07:33 AM

 
Posted on 12-11-07 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol, great work dipika ji, pls keep on writing...


 
Posted on 12-11-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika02, no doubt that ur story is funny but your presentation is evern more interesting.

Keep on writing

 


 
Posted on 12-11-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो!! आफुलाई त दिपिका को प्रस्तुती देख्दा लक्ष्मीपूजाको दिन घरबित्र छिर्या जस्तै लाग्छ, जताततै झिलिमिलि!!!!!

Dipika,

One thing is true, you have an extra ordinary talent and I agree with Sum_off, you write from your heart which makes thing more interesting.

ka.le.jo

 
Posted on 12-11-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hyperthread, waka and presidentofnepal2035...thanks for your time!!!

saru_bhakta....हेर फुर्केले जुत्ता खदिए पछि बिचरा हामी सालिहरु के दोस?

harkeDai...टिप्पणीका लागि धेरै धेरै धन्यवाद!!

pjna....that is true jutta lukaune part is the most interesting one, I still laugh when i think of this particular one.

pkreli....thank you for your time!!!!

siju ji...भिनाजुलाई पछी दाईजोको जुत्ता निकालेर दियोउँ तर आज सम्म नि जिस्काउनु हुन्छ "यो सालीले एक जोर जुत्त नै घाटा पारी" भनेर

uptowngal... हुन पनि हो यो कुनै कुनै कुकुरालाई त जुत्ता देख्नै नहुने रहिछ, म त फुर्के लाई देख्यो कि कोठा भित्र लगेर राख्थेँ जुत्ता

kancha...thank you for your time.

ktmreality....it is very nice to know that..thank you

kalejo...I will take it as a compliment..thank you

Dipika


 
Last edited: 11-Dec-07 08:25 AM

 
Posted on 12-11-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 हत्तेरिका  क्या बोर भएछ नि त :)  अनि पाँचसय रुपिया  दिए त भिनाजुले?


 
Posted on 12-11-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


miss_me...हेरन बेज्जेत, दुई हजार घटाएर ५ सयमा पुराका थे जन्तीले---भिनजुलाई त्यो फिर्ता दिने त चान्स नै भएननी


 
Posted on 12-11-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहा  सानो भाइलाई किटक्याट किन्दे'र दिदीहरुको नाम थाहा पाउने तरिका सबैले जानेका रहेछन्!

जुत्ताको बिजोग भएछ बरा!

ल रमाइलो लेख्न थाल्नुभएछ दीपीकाजीले आजकल! अरु नि जावस!


 
Posted on 12-11-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हजुर नि पहिले नै होसियार भएर बस्नुस् है। होइन भने कानमा जुत्त झुन्दाएर जग्गेमा बस्नुस्। होइन भने जुत्तै नलगाइ जानुस्। त्यो जुत्ता लुकाउनु लाई पैसा दिनु भन्दा बरु आफ्नै ठुल्बहुनिलाई दिनुस्। अनी ढोका छेक्दा ठुल्बहिनिला दिन को लागि नयाँ नयाँ $१०० को पैसा बैंक बाट अहिलेनै सातेर राख्नुस्। म त $५०० नली ढोका बाट चिर्न देत मरिजाम


 
Posted on 12-11-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिपिका ,

 अनि जुत्ता चै किन  खोर मा लगेको नि त लुकाउन

 एकपटक अलिक सानो हुदा नै भनुम न   १० कक्षामा पढदामेरो दिदीको बिहे भएको हो ।हामीलाई जुत्ता लुकाउन सिकाएको फेरि भाउजुहरुले । जुत्ता चोर्न जादा भीनाजुले नै  देखेर मुसुक्क हाँसेको अझै संझिन्छु। पुजा सकेर उठ्दा त भीनाजुले मेरै नाम बोलाएर --'---- जुत्ता कहा राखेकि छौ ' म त झण भिनाजुको जुत्ताको रेखदेख  पो गरिरा रहिछु।अनि त खिस्रिक्क परेर जुत्ता दिदा भीनाजुले पैसा हात मा दिदै भन्नु भयो  ' तिमीलाइ  त जुत्ता चोर्न पनि आउदो रहेनछ'  त्यसपछि पो लाज लाग्यो

 जेहोस पैसा भन्दा  ५ लाख कै मिठो संझना रहेछ नि त ----त्यै पनि भिनाजुले पैसा चै दिदिनु पर्ने रे क्या ---  बडो रमाइलो लाग्यो लेख्दैगर्नुस है अरु पनि :)


 
Posted on 12-11-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe_maila ji---हजुर ले चित्तै दुखाउनु भयो मैले खालि नरमाइलो कथाहरु प्रस्तुत् गरे भनेर , त्यसैले यो चैँ हजुरको नै लागि

मिस--मैले त अब कुकुर को खोर को छेउ छाउ त कोही जादैनन् त्यसैले जुत्ता पाउदैनन् भनेर लुकाकी के गर्नु ? कुकुर नै बेमानी परेछ
Last edited: 11-Dec-07 09:12 AM

 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters