Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 झंकार

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 16210 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-06-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झंकार

 

अमेरीका पढ्न भनेर आईया थ्यो। दोस्रो सेमेस्टरलाई बिदा गर्नु के थ्यो गर्मीको छुट्टी लाग्यो। Undergraduate भन्ने जन्तु अजङगको रहेछ। बुझ्दै थिएँ। त्यसैले सकेसम्म छिटो त्यसबाट उम्किने सुरमा दुई चरण गरेर गर्मी बिदामा पनि दुईटा क्लास सकाउने कार्यक्रम थ्यो। पहिलो चरणमा लिएको क्लास मंगलबार मंगलबार - चल्थ्यो। बाँकी समय फुर्सद। एउटै नाम गर्या थुप्रै पसलहरु भएको एउटा पसलमा काम गर्थें त्यतिबेला। मच्चाएर काम गर्नु पर्यो भनेर आफु काम गर्ने पसलमा भन्या माडसापले थप घण्टा मिलाउन नसक्ने कुरा गर्यो।

 

एक दिन पसलमा Territory Supervisor भन्ने आको बेलाँ यसो दुखेसो गर्या "पख हेरम्ला" भन्यो। मेरो पसलको माडसापले पनि सिफारीस गरेकै हो।

 

पर्सी पल्ट हाकिम सुपरभाईजरले spring field को पसलमा गएर काम गर्न सक्छस भनेर सोध्यो मैले तुरुन्तै हुन्छ भनें।

 

भोली पल्टै त्यो अर्को पसलमा पुगेँ आफु कुन कुन बेला काम गर्न सक्छु सुनाएँ। त्यो पसलको साहु मजाको रे मिलाईदिन्छु भन्यो। नेपालको बारेमा निक्कै कुरा सोध्यो। कामको पिर नगर भन्यो। अब भने दुईटा पसलमा गरेर भन्या जति काम भयो।

 

यता उताको पसल चाहर्थें--स्कुल जान्थे--साथीहरु सँग बरालिन्थें। ठिकै थ्यो।

 

उताको पसलको साहु " Manager मात्रै हैन मैले किन्या हो यो पसल" भन्थ्यो। हुरुक्क हुन्जेल काम गर्थ्यो। मलाई पनि "राम्रो काम गर तँलाई यो पसलको हाकिम बनाईदिम्ला" भन्थ्यो आस देखाउँथ्यो। त्यै पसलमा काम गर्दै थिएँ एक दिन दिउँसो बजे तिर एउटी हाम्रो छिमेकी गाम तिरकी होली जस्ती सुन्दरी आई पसलमा। मुसुक्क हाँसेर साहुलाई सोधी। त्यतै सामान मिलाउँदै थ्यो। सुन्दरी बोलेको सुनेर होला आयो। सुन्दरीलाई उस्की प्रेमीका भनेर चिनायो -- मलाई चै यही हो नयाँ मान्छे मैले भनेको भनेर चिनायो। सुन्दरीले साहु तिर इसारा गर्दै "तिम्रो बारेमा उस्ले धेरै कुरा गर्छ" भनी। शिस्टाचार दुई शब्द साटासाट भयो। अनि गै।

 

त्यस्ती सुन्दरी मैले नी एउटा पाए -- भन्ने मनमा त्यो दिन भरी लागि रहयो।

 

डेरामा मेरो एउटा साथी बस्थिम। उस्का दिदी भिनाजु न्यू जर्सीमा बस्थे। कुनै कुनै शुक्रबार-शनिबार तिर त्यता जान्थ्यो आईतबार आउँथ्यो। न्यू योर्कको गफ सुनाउँथ्यो। हामी बस्या सहरलाई गाउँ भन्थ्यो। न्यू योर्क पुग्या थिईन। एउटा विकेण्डमा उस्ले मलाई पनि लाने भाको थ्यो। पनि बिस्तारै बिस्तारै उतै न्यू जर्सी तिर सर्ने कुरा गर्थ्यो।

 

डेरामा पुगेर आज पसलमा आकि सुन्दरीको कुरा सुनाएँ। "आर्काकी गर्ल फ्रेण्ड त्यो पनि साहुकी आउँदा तँलाई के को झम झम हो? बल्ल बल्ल भेट्या काम बन्चरोले हान्ला नी" भनेर झन सतर्क पो गरायो। हो नी कामबाट घोक्रेठ्याक लायो भने?

 

सुन्दरी पसलमा आईराक्थी। कैले कैले शनिबार आईतबार पनि आउँथी काम गर्थी। सघाउँथी। हरेक चोटी पसलमा आउँदा मलाई बेग्लै रमाईलो लाग्थ्यो। काम बाध्यता हैन उपहार लाग्थ्यो।

 

अचेल त्यो नयाँ पसलमा धेरै पहीलेको मेरो डेरा नजिकको पसलमा थोरै काम गर्थें।  त्यतै रमाईलो थ्यो।  हुँदा हुँदै पहिलेको पसलमा सोमबार शनिबार गर्न थालें सुन्दरी आउने पसलमा बाँकि दिन।

 

एउटा शुक्रबार बेलुका यस्तै जति बज्या थ्यो सुन्दरी आई पसलमा। साहु पछाडी हिसाब किताब गर्ने कोठामा थ्यो। मैले त्यही भनें। पछाडी गइन बरु संगै कुरा गर्न थालि। भारतिय मुलकी रहीछ तर ट्रिनिडाडकी। बाउ आमा संगै सानैमा अमेरीका आएकी रे अब यतैकि नागरीक रे भन्थी। मैले सोध्या नागरिकताको कुरो चै। त्यतिबेला जो बिदेसी देखे पनि यस्को स्ट्याटस के होला जस्तो लाग्थ्यो आफुलाई खै किन हो। भरखरै Undergraduate सकेकी रहीछ।

 

नजिकै भएको एउटा ठुलो बिल्डिंग तिर देखाएर त्याँ काम गर्छु भन्थी। हिन्दी सिनेमा खुब हेर्दी रैछे। कुरा गर्थी। हिन्दी पनि मजाले बोल्थी। उस्ले मेरो बारेमा पनि सोधी। आफ्नो ठण्डाराम। के भन्नु? पढ्नै धौ धौ।

 

उस्को ब्यक्तित्व एक दम न्यानो थ्यो। अनुहारमा मुस्कान हुन्थ्यो आँखामा चमक अनि ज्यानमा लचक। सँग कुरा सकेर पछाडी गई। उस्लाई भेटेको दिन ननिदाए सम्म उसैलाई सम्झिरहन्थें। साहुको माल सम्झेर तर केई केई।

 

साहु सुन्दरीको कुरा गरेर थाक्दैन थ्यो। कैले बिहे गर्ने सुर उस्को, कस्तो बिहे गर्ने कहाँ गर्ने त्यस्ता अनेक थरी कुरा गरेर मलाई दिक्क पार्थ्यो। मलाई पनि बोलाउँला बिहेमा भन्थ्यो।

 

सुन्दरी भने साहुको खासै केही कुरा गर्दैन थी। आफ्नै बारेमा कुरा गर्थी। नेपालको बारेमा अनेक कुरा सोध्थी। नेपाल एक मात्र हिन्दु देश रे भनेर गर्व गर्थी। उस्लाई जे राम्रो लाग्थ्यो पनि त्यस्तै कुरा गर्दिन्थे। भडकिनु भनेको मेरो जागीर सिताराम हुनु हो भन्ने मलाई थाह थ्यो। यस्तै कुराको सिलसिलामा मैले एक दिन उस्को देब्रे हातको साईली औंलामा झल्केको हीराको औठी तिर हेर्दै सोधें "तिमीहरुको कहिले बिहे गर्ने रे?" उस्ले तिर हेर्दै नहेरी भनी "यो तिम्रो सरोकारको बिषय हैन" झसंग भएँ। रिसाई भन्ने लाग्यो मलाई तर उस्ले फेरी मेरो पढाईको बारेमा कुरा झिकी। उस्को आबाजमा कुनै रोष थिएन। मलाई अलि ढुक्क भो।

 

काम पढाई चल्दै थ्यो। सुन्दरी पसलमा आउने जाने गर्दै थिई। साहु बेपारमा ज्यान देर लागेकै थ्यो।

 

मंगलबारको दिन थ्यो। लन्च टाईममा आई। साहु पछाडी थ्यो पैसा जम्मा गर्न हिसाब मिलाउँदै थ्यो। सरासर उतै गई। भित्र गई, ढोका लाई। "मारोगी साहु, भाग्गेमानी भाग्गेमानी हो -- यत्रो पसल त्यस्तो च्वाँक तरुनी --आफ्नो मात्रै कैले हुने होला?" सोचें।

 

अलिबेर पछी साहु निस्कियो तिर हेर्यो आँखा झिम्क्यायो। एकै छिन पछी पनि निस्की। दुइटै पसलबाट हिने। सुन्दरीले जाँदा जाँदै अलि बेग्लै नयन बाणले हानेर गै आज।

 

बजे क्लास थ्यो। स्कुल लाने झोला मंगलबार मंगलबार पसलमा आउंदा सँगै ल्याउने गर्याथ्यो फेरी डेरा जान नपरोस भनेर। पछाडीको कोठामा राख्ने गर्या थ्यो। बज्ना साथ पछाडी अफिसबाट झोला बोकेर बत्तिएँ। रेल बस गर्दै पुग्दा भ्याइ नभ्याई भो। क्लासमा मास्टर छिर्दा छिर्दै पनि पुगेँ। झोलाबाट किताब झिक्छु एउटा CD पनि निस्कियो। CD मा एउटा नोट पनि थ्यो जस्मा फोन नम्बर लेखेको थ्यो। सन्न भएँ। मास्टरले के पढायो कुन्नी त्यो दिन। केही थाह छैन।

 

घरमा आउँदा दस बजि सक्या थ्यो रातको। फोन गरेकै थिएन। गर्ने आँट पनि आएन। फोन गर्न उठाएको पनि फिर्ता राखेँ। बरु CD बजाएँ। पुरै गीत कुनै सुनिन-- एक पछी अर्को गर्दै कुन कुन गीत रहेछन सुनें --पुराना नयाँ गरेर १५ वटा जति गीत थिए सबै प्रेम प्रसंगमा। गीत बज्दै थ्यो। निदाएछु।

 

भोली पल्ट काममा पुगें। काम गर्दौ थिएँ फोन बज्यो। साहु फ्लोरमा थ्यो मैले नै उठाएँ -- सुन्दरी रहीछ "साहु खै?" सोधी। मैले फ्लोरमा मात्रै भनेको थिएं उस्ले हिन्दीमा सोधी "गीत सुनेउ?"

 

मुटुको धडकन बढ्यो मैले "अँ" मात्रै भनेँ। उस्ले "किन फोन नगरेको?" भनेर सोधी मैले " साहुलाई दिन्छु" भनें। उस्ले "डरपोक" भनी। साहुले "कस्को फोन?" सोध्यो "सुन्दरीको" भनें उस्ले " पछाडी अफिसवाट उठाउँछु" भन्यो गयो पछाडी। उस्ले उठायो मैले राखी दिएँ। मन अझै बत्तिदै थ्यो।

 

सधै पस्चिमी पहीरनमा हुन्थी। सारीमा कत्ति राम्री देखीदी हो भन्ने मलाई लाग्थ्यो। उस्लाई मैले आफ्नै धुनमा आफ्नै सुरमा कैले fire engine red कैले Electric Blue अनि यस्तै कैले कुन कैले कुन सारीमा सजाउँथे। हुण्डरी मच्चाउँदी हो जस्तो लाग्थ्यो उस्ले सारीमा। मैले उस्लाई एक दिन सोधेको पनि थिएँ सारी लाउने गरेको छैन भनेर? उस्ले "अब बिहेमा लाउने" भनेकी थिई। साहुले बिहेमा बोलाउँछु भन्थ्यो तर खै त्यस्तो तालमा साहुको बिहे पो के हुने हो? साहुको माया पनि लाग्थ्यो।

 

उस्ले बेला बेला फोन गर�

 
Posted on 11-06-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 06-Nov-07 04:02 PM

 
Posted on 11-06-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्ले बेला बेला फोन गर्थी पसलमा। घरमा गरेकी थिईन। एक दिन दिउँसो पसलमा फोन गरेर बेलुका उस्लाई फोन गर्न भनी। त्यति भनेर राखी दिई।

 

१० बजे पसल बन्द हुन्थ्यो। धेरै बेर देखी चलेको मनको बिबाद पछी मैले आखीर फोन उठाएँ। फोन गरें। मनले दमाहा ठोक्दै थ्यो -- उसैले उठाई। मैले "हेलो" मात्रै भनेको थिएँ उस्ले हिन्दीमा "एक छिन पख" भनी। गफ गाफ गरेको सुनीन्थ्यो पृष्ठभुमीमा जुन बिस्तारै हराउँदै गयो। अनि उस्ले सोधी "किन फोन गरेको?"

 

"तिमीले फोन गर्नु भनेको हैन?" मैले पनि सोधें।

कुरा हिन्दीमै हुँदै थ्यो। मैले उस्लाई नेपाली नसिकाईदीए सम्म हिन्दीमै कुरा गर्छे रे मसँग भन्थी।

 

"मैले भनेर तिमीले फोन गरेको?" फेरी प्रस्न आयो सुन्दरीको।

 

"हैन, मलाई पनि मन लागेर हो" भनें।

" के कुरा गर्न मन लाग्यो भन" भनी।

के भन्ने के?

फेरी उसैले सोधी "पसल बन्द हुन लाग्यो तिमीलाई तिम्रो डेरा पुरयाउन आम?"

मैले छिट्टै "पर्दैन" भनें।

 

उस्ले अनि " मलाई अहिले जानु पर्यो तिमी सँग पछी कुरा गर्छु" भनी। घरमा राती फोन गर्छे की भनेर कुरी रहेँ। गरीन।

 

त्यस्को एक दुई दिनमा पसलमा आएकी बेला उस्को परीवार सँगै दुई हप्तालाई ट्रिनिडाड जाने कुरो सुनाई--भेकेसनमा रे-- साहु पनि त्यहीँ थ्यो। अलि मुर्झाएको झै देखिन्थ्यो।

 

त्यसपछीको शनीबारको दिन थ्यो। पहिलेको चै पसलमा काम गर्दै थें। १० देखी को मेरो त्यो दिनको काम सकिदैथ्यो। दिउंसो-साँझको :३० जति भएको थ्यो होला सुन्दरी आई पसलमा। रातो सारी सहितको पुरै रातो पहीरनमा श्रीगार गहना समेतको जोडमा धपक्कै बलेकी थिई। हेरेको हेर्यै भएँ। बिस्वासै लागेन। पसलमा नियमित नौला ग्राहक सबै उस्लाई नै हेर्दै थिए। नजरमा उही घातक बाण अनि मुस्कानमा उही मादक भाब थिए।

 

एकटक तिर हेर्दै थिई। एउटा नियमीत ग्राहकले सुन्दरी प्रति लक्षित गर्दै सोध्यो मलाई "तिम्रो साथि हो?" मैले "हो" मात्रै भनेको थिएँ उस्ले "उस्को गर्ल फ्रेण्ड हो " भनी हाँसेर। त्यो ग्राहकले के बुझ्यो कुन्नी दंग पर्यो। भनें अलमलिएँ। उस्ले मलाई फ्लोरमा आउन भनी। संगै काम गर्ने इथोपिएनलाई मेरो ठाममा आउन भनेर फ्लोरमा गएँ। एकै छिनमा मेरो त्यो दिनको काम सकिदै थ्यो। अर्को आउँथ्यो बजे।

 

संगै उभिएँ। कुनै मन्दीर गए झै अनुभव हुँदो थ्यो।

 

"काँ गएर ?" मैले सोधें।

"मन्दीर" उस्ले भनी।

"यति बेला?" मैले सोधें?

"किन मन्दीरमा यति बेला देउता हुन्नन?" उस्ले पनि सोधी अनि थपी "पुजा प्रायस्चित थ्यो आज मेरो मन्दीरमा"

 

"पुजा ठिकै हो प्रायस्चित चैं के को नी?" मैले फेरी सोधें।

"किन ? प्रायस्चित सबैले गर्नु पर्छ बरु तिमीले पनि बेला बेला गर्ने गर" उस्ले सुझाब पो दिई।

 

सात बजि सक्या थे तर मलाई त्याँ सबैले उसैलाई हेर्या मन पनि पर्या थेन यस्सै। मेरो ठाममा काम गर्ने आईसक्या थ्यो। मैले ईथोपिएनलाई हिनें भनें।

 

सुन्दरी तिर हेर्दै इथोपिएनले पनि एक दुईटा Indian सिनेमा हेर्या भन्ने सुनायो।

 

पसल बाहीर निस्के पछी मैले सोधें "अब के गर्ने?"

 

"तिमी भनन तिमी भनेर आएकी" उस्ले मेरा आँखामा सिधै हेरेर भनी।

 

"मैले जे भन्यो त्यही गर्ने हो?" मैले कुटिल हाँसो सँगै सोधें।

 

उस्ले सजिलै "हो" भनी।

"पक्का?" मैले पनि छोडीन।

 

"जाँचेर हेर " उस्ले थपि।

 

" कहाँ जाने हो?" मैले आँटैले सोधें।

 

"कति टाढा ?" उस्ले सोधी।

 

"दुई मिनेट लाग्छ।" मैले भनें। उस्को मोटरतिर गै पनि पछी लागें। मलाई पक्का थिएन जिस्केकी हो कि साँच्चै हो। मलाई जिस्काएर बाटो लाग्न आँटेकी हो कि जस्तो लाग्यो। मोटरमा बसेर मलाई पनि बस्न भनीं। नभन्दै आई मकहाँ।

 

साथि बिहानै न्यू जर्सी बत्तेको थ्यो। बेलुका पाउरोटीमा मासु च्यापेर बजाउँला भन्दै थिएँ। अब उस्लाई के ख्वाउने के गर्ने मलाई पो चिन्ता भो। डेरामा छिर्ना साथ उस्ले यता उती हेरी अनि सोधी "को को बस्ने यहाँ?"

 

" मेरो साथी -- तर ब्यानै न्यू जर्सी गयो उस्को दीदी भिनाजु कहाँ --- भोली मात्रै आउँछ" मैले एक्कै सासमा भनेँ।

 

उस्ले मतिर मीठो दृस्टी फ्याँक्दै सोधी "मलाई कस्तो देखीएको आज?"

 

"दुलही जस्तो" मैले मलाई जे लागेको थ्यो त्यही भनें।

"कस्को?" उस्ले उस्को तल्लो ओठ टोक्दै सोधी।

 

जबाफ थ्यो सँग तर मै सँग राखें -- खाली मुस्काएँ मात्रै।

 

मेरो साथी बेपत्ता हिन्दी सिनेमा हेर्थ्यो अनि गीत पनि त्यस्तै सुन्ने। उस्ले त्यहाँ राखेका CD हरु हेरी सुन्दरीले अनि सोधी "यो कस्को कलेक्स्न?"

 

"साथिको" मैले भनें।

 

"मैले तिमीलाई दिएको CD खै?" उस्ले फेरी सोधी।

 

त्यो मैले मेरो कोठामा राखेको थिएँ। कोठा तिर लाग्दा पनि सँगै आई -- उस्का पाउजुबका छन छन चुराका छिन्द्रीङ् छिन्द्रीङ् संगै आए। मेरो मन बेकाबु हुन खोज्दै थ्यो।

 

कोठामा पुगेर मैले उस्को CD उस्लाई दिएँ। "यो तिम्रो कोठा?" उस्ले सोधी मैले "हो" भनें।

 

उस्ले उस्को CD बजाउन भनी। गीत बज्न थाले उस्ले फ्रीज खोलेर हेरी अनि सोधी आज डिनरमा के खाने बिचार ?

 

बिचार पाउरोटीमा मासु च्यापेर खाने -- एक बोतल घुट्क्याउने -- दुई चार सर्को तान्ने सुत्ने त्यै थ्यो कार्यक्रम। तर "खै थाह छैन" भने।

 

उस्ले फ्रीजमा राखेका ट्वाक बोतलहरु हेर्दै गरेको देखेर मैले भन्दें "साथीको हो त्यो" उस्ले तिर नहेरी भनी "मलाई थाह "

 

" आज तिमीलाई डिनर बनाएर ख्वाउँछु, हुन्छ?" उस्ले सोधी।

 

मैले उस्लाई हेरें -- उसै सुन्दरी झन सोर्ह श्रींगार गरेकी थिई, निधारमा टिका, सिउँदोमा आभुषण थ्यो-- घाँटीमा अरु आभुषण थिए -- रातो चोलो थ्यो -- उस्को यौबनमा परास्त कि झै लाग्थ्यो -- आँखाबाट मद टप्किदा थिए -- हातमा सुन काँचका चुराहरु जिस्किन्थे उस्को रातो सारीले मनमा आँधि चलाएको चलाएकै थ्यो झन् उस्का पदचाप हरुमा छन्किने ती पाउजुबका छम छमले अरु अत्याचार गरेका थिए। मैले उस्लाई एकट्क हेरी रहेँ अधरमा कुनै पनि बेला बल्छ् आगो जस्तो लाग्यो।

 

"हुन्छ?" फेरी सोधी उस्ले।

 

मैले टाउको मात्रै हल्लाएर "हुन्छ" भनें। मेरो कोठा तिर गै। पनि पछी लागें उस्ले कोठाको ढोका बन्द गर्दै भनी "तिमी एक छिन बाहीरै बस"

 

आफ्नै डेरामा त्यसरी उभिएको थिएँ मानौ कसैले मलाई एउटा नितान्त नौलो ठाउँमा छोडीदिएको छ। मेरो कोठा बाट निस्किदा अर्कै भएर निस्केकी थिई। मेरो pants लगाएकी थिई अनि मेरो टी शर्ट पनि। सबै गहना पनि फुकालेकी थिई चुरा पाउजुब बाहेक। कुम देखी अलि तल झरेको अघि छोडेको कपाल अहिले सिनित्त पारेर बाँधीकी थिई।

 

"अहिले दुलही जस्ती देखिन्न् म?" उस्ले छक्क परेको तिर हेर्दै सोधी।

 

"अहिले भोली पल्टकी दुल्ही जस्ती देखीन्छेउ" मैले भनें। अनि "तर मलाई सारी लाएकै राम्रो लाग्यो" पनि थपें।

 

"लगाई दिम्ला नी भरे फेरी -- अहिले सारीलाएर काम गर्न असजिलो लाग्यो मलाई" उस्ले मीठो मुस्कान संगै भनी।

 

" के गरम?" मैले सोधें।

 

उस्ले "मलाई हेरी राख -- तिमीले सधै गर्ने त्यही हो मलाई थाह छैन ?" भनी।

 

 

मलाई साहुको बारेमा सोध्न मन नलागेको हैन तर के भनेर सोध्ने फेरी यस्तो राम्रो बाताबरण बिग्रेला भनेर केही सोधीन।

 

 
Posted on 11-06-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

मलाई साहुको बारेमा सोध्न मन नलागेको हैन तर के भनेर सोध्ने फेरी यस्तो राम्रो बाताबरण बिग्रेला भनेर केही सोधीन।

 

भोली एटलान्टा जान्छे रे अनि उस्को परीबार सँग पर्सी ट्रिनीडाड जान्छे रे भनी -- उस्को देब्रे हातको साहीली औलामा औठी अझै थ्यो तर हिराको थिएन अर्कै थ्यो।

 

उस्ले खाना बनाउन्जेल कुराहरु गरीयो। पटक पटक आफैलाई सोध्थेँ। यो सपना हो की -- मैले धेरै ट्वाँट लाएँ की -- शिबबुटी उत्पात लाईएछ की -- की साँच्चै बिपना हो की --? फेरी आफ्नो कोठामा पुग्थें उस्ले फुकालेर मेरो ओछ्यान माथि राखेका उस्का सारी अनि अरु पहीरनहरु हेर्थे -- तिनीहरुलाई स्पर्श गर्थेँ। स्वर्गिक आनन्द भनेको बुझें झै लाग्थ्यो।

 

खाना पछी सफा गर्ने जिम्मा मैले लिएँ उस्ले त्यो काम भोली गर्नु भनी।

 

"अब के गर्नी हो?" खाँट्टी प्रस्न चै त्यो थ्यो। गम्दै थिएँ। फेरी मेरो कोठामा गै। ढोका लाई। जान लाईछ क्यारे ठानें। एक छिन पछी ढोका खोली। पहीलेकै सारी पहीरनमा सजिईछ। 

"जान ला?" दिक्क भएर सोधेँ। अझै मेरो कोठैमा थिई कपाल मिलाउँदै थिई।

"जानु भने जान्छु" भनीं। किन भन्थें।

 

सबै सजि सजाउ भए पछी मेरै ओछ्यानमा मजाले बसी मानौ कोठा उस्कै हो। दृस्य अलौकिक थ्यो। पनि संगै बसें। मैले केही बोल्नै लागेको थिएँ उस्ले चुप रहन इसारा गरी अनि बिस्तारै भनी अब एक छिन मनलाई कुरा गर्न देउ। मेरो मनमा आँधी चलेकै थ्यो उस्को त्यो रापमा कुन बेला कता के झिलिक्क हुने हो भन्ने लागेकै थ्यो। उस्ले एक छिन पछी यसै बत्ती निभाईदिई।

 

मैले झट्ट सोधें "किन बत्ती निभाको?"

"तिमीलाई मन भए बाल" भनी।

 

केही पललाई कोठा सुनसान भयो अनि बिस्तारै बिस्तारै निक्कै बेर सम्म त्यो हाम्रो कोठामा पाउजुबको छन्कार चुराका झन्कारहरु गुन्जीरहे। ****


 
Posted on 11-06-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am reading, may be the first one. so lucky today.

 

great one again.


 
Posted on 11-06-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप् ज्यु, सकियो? अझै छ कि झै नि लाग्छ, फेरि अव के बाकि छ र झै नि?

अंरिकाको पहिलो कथा पढेँ दाइको, अरु पनि जावस्। undergrade life का उत्तारचडाव बारे बताउने यि कथाहरुले मन् छुन्छन्।

 


 
Posted on 11-06-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बर्बाद भयो.
Superb.

 
Posted on 11-06-07 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-06-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep jyu ke ho keti dekhnai nahune. ufffffffffffffffff anyway as always Superb.
 
Posted on 11-06-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Indreni lai ta Jhankar le po jitla jasto cha ta

 
Posted on 11-06-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Bro

सकाउनु भएन .......त्यसपछिको detail  चाहियो !!

यो पाली चाहि भेटेकै हो दीपले !


 
Posted on 11-06-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातै, हुन सम्म भएछ त यसपाली त।

 पहिला को जस्तै आखा आखा मै कुरो सकिएला कि जस्तो लाग्या थ्यो सुरु मा त।

लु अरु पनि पेलुम है प्रभु।


 
च्याँङवा
Posted on 11-06-07 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कास्दु बोर भाइछा। तारुनीले दीपलाई निंद्रै नालागि बात्ति निबायु जास्तु छा आनि पाउजु रा चुरा बाजारा रादभारि सुद्नाइ दिएना जास्दु छा। तारुनिलाई बाहिरा सुताइदिनु पार्थियु नि ता आनि सुद्ना पाउंथ्यो माजाले।

मोलाइ पानि यो खाच्चारले काइले काइले तेस्दाइ गारेरा सुद्नाइ दिंदाइना। यसो निदाउना लाग्यु भान्यु फेरि घांटिकु घान्टि ट्वाँग्राङ् ट्वाँग्राङ् बाजारा रादभारि सुद्नाइ दिंदाइना आनि मोइले तेल्लाइ बाहिरा सुताइदिन्जा।


 
Posted on 11-07-07 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दीपदा,

भनेसी, दीप मात्रै हो कि पछि लाग्ने भनेको त बाङ्गे नभाको बेला कोहि कोहि  दिपको   पछि पनि  लाग्ने  रहेछन :)

च्याँङ्वा, 

राम्रो  कमेन्ट है ।आज भोली चै म च्याँङ्वाको पोस्टिङहरु खोजी खोजी पढ्छु।


 
Posted on 11-07-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SurNaTal ,

"दीप् ज्यु, सकियो? अझै छ कि झै नि लाग्छ, फेरि अव के बाकि छ र झै नि?"

मलाई नी हेरी ठ्याक्कै त्यस्तै लाउछ -- सकिसक्यो कि बाँकि छ होला?

gidilat,

"लौ बर्बाद भयो."

हन के को बरबाद हो? सोझो गरीबले त गरी खाको पनि नदेख्ने?

copycat ,

""superb"

जय होस। तर त्यो सुन्दरी प्रभोले पनि देखे झैं गरी "superb" हुकुम भो त -- कि कथाको कुरा गर्या? अलमलिएँ कि क्या हो म गाँठे?

uptowngal,

"Deep jyu ke ho keti dekhnai nahune ..."

त्यै त के भाको के भाको -- खै ठुलीलाई एउटा साँझ ब्यान नभए सम्म कबिता सिकाईदिम्ला भनेको के मिल्दैन मिल्दैन --

s.sigdel ,

"Indreni lai ta Jhankar le po jitla jasto cha ta"

अब ईन्द्रेणी बेग्लै झंकार बेग्लै -- तै पनि यसरी ईन्द्रेणीको झंकार अनि झंकारको ईन्द्रेणी दुईटै सम्झाईदिएर मार हान्न भएन नी प्रभो --

shirish,

"सकाउनु भएन .......त्यसपछिको detail  चाहियो !!"

डिटेल त प्रभो अब -- लौ सम्झिदै यो जाडोमा मकल ताप्या जस्तो हुन्छ --

Nepal ko chora ,

"ए रातै, हुन सम्म भएछ त यसपाली त।"

हो प्रभो -- हुनु नहुनु भो नी -- भाग्गेमा भए पछी अनेक अनेक हुनी -- हिन्नु अघि पसपती जाँदा राम मन्दीर छेउको जोगी त भन्दै थ्यो मेरो कल्याण हुन्छ रे -- बलियो जोग छ रे -- मिलायो मिलायो।

च्याँङवा,

"कास्दु बोर भाइछा। तारुनीले दीपलाई निंद्रै नालागि बात्ति निबायु जास्तु छा.."

 कास्दु कुरा गार्च बाज्जे। मो मोर मोर भान्छा च्याङ्बा बोर भान्छा।

च्याङ्बाले बात्ति निबाकु देखेचा तारुनीले आगो बालेको चै देखेनाचा -- आबु खाच्चारले आगो बाल्चा?

miss_ me

"भनेसी, दीप मात्रै हो कि पछि लाग्ने भनेको त बाङ्गे नभाको बेला कोहि कोहि  दिपको   पछि पनि  लाग्ने  रहेछन :) "

आँच! के सारो डल्लै कमेन्टले झटारो हानो त हँ यो मास्टरनीले?

*****

साथिहरु,

सबैलाई तिहारको शुभ-कामना अनि प्रतिकृयाहरुको लागि धन्यबाद।



 


 
Posted on 11-07-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप,
कस्तो राम्रो सँग प्रस्तुत गरेको, पढेपछी छोड्नै नसक्ने, एक्कैचोटिमा सबै सिद्ध्यायँ
दिपिका


 
Posted on 11-07-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!

नेपालाँ त बज्जे बाङ्गेको राहु केतु सपै लाएर पो रेछ कुरो नमिल्या, अउँरिकाँ त पुर्पुरै बल्या रेछ नि!

 


 
Posted on 11-07-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


**** char tara ma char nai...

ma jasto le ta purai padya bhanesi... paanch nai diu ki kya ho

 
Posted on 11-08-07 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika02,

"कस्तो राम्रो सँग प्रस्तुत गरेको, पढेपछी छोड्नै नसक्ने, एक्कैचोटिमा सबै सिद्ध्यायँ
दिपिका "

प्रस्तुतीमा खर्चेको समय खेर गएन झै लाग्यो भने त्यो मेरो पुरस्कारै हो। 

(दीपलाई दिपिकाको टिप्प्णी -- कस्तो सहअस्तित्वको पूरक झै लाग्यो।)

Birkhe_Maila ,

"...अउँरिकाँ त पुर्पुरै बल्या रेछ नि!"

के अर्नी जिम्माल -- परदेशमा लोन्ली भैयो -- यसो पुर्पुरो तिर आगो के छेउमा आको थ्यो झ्याप्पै टिपेर हुरहुर्ती --

Maverick_,

"**** char tara ma char nai... "

भनेसी के जाती summa cum laude ?

*****************


 

 


 
Posted on 11-08-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very nice presentation.....gr8  1...i like it
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters