hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 193091 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-19-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हरि नै एकजना रैछ चौतारी लाई माया गर्ने। लौ बा .... तिम्रो जय होस्। जस्तो नाम् उस्तै काम्। गरी खाएस्।
 
Posted on 04-19-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो तारेमाम्, रन् को खाता खोले जस्तो खुशी लाग्यो( दङ्ग)।
पुरानो चौतारिको अबशेष बोकेर ल्याको छु।

ओहो राम् चन्द्रे त म: म: बिषेशज्ञ नै रहेछ। अनि कहिं हामी सङ्ग सङै त म: म: खाएनौ? २ रुपैया को १० ओटा म: म: थाहा हुने भाग्यमानी त थोरै हुन्छ हो, रामे। मासंगल्लीको ओरिजनल् शान्दार् म:म:, रन्जना गल्ली को त्यो म:म:, आर् सी रेस्टुरा को आफ्नै किसिम् को म:म:।
( रन्जनाको ठिक् अगाडि को)। अनि इन्द्रचोक को मखन जाने नर्नर् को टपरि म:म:, म:म: मा तातो घिउ हालेर दिने, वा क्या स्वाद् थियो।
 
Posted on 04-19-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्ली पहिलेको चौतारीबाट टाँसटुस पार्या त तेसपछी आउने जम्मै गाम्लेहरुको नाम छुटेछ, चित्त नदुखाम है!

rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, मुन्नी


रामचन्द्रेको डर लाग्छ के :P
 
Posted on 04-19-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा, त्यो तातो घिउ हालेर दिने त्यो कुनि के डा.रौनियारनिरको क्लिनिक निरको मःमः पसल त भुसुक्कै बिर्सेको मैले । हो त्यो नि गज्जबको । पहिलो पटक त्यो साइकलमा हावा हाल्ने पम्फूलाई स्टोभमा दम दिने प्रणालीको शुरुवात नि त्यहिंबाट भाको होकि भन्ने मैले मानेको छु । त्यो रन्जना गल्लीको सोडा पसल पछाडिको मःमः पसलबाट भने कुपन सिस्टमको शुरुवात भाको हो । सानो सानो मा अलि मोटोघाटो बच्चा नै थिएँ क्यार, साहुजीलाई ४ रुँपे दिएर दुई पिलेट भनेर त्यो कोकको बिर्कोलाई पिटेर बनाको टोकन लिँदा, साहुजीले खाने कि लाने भनेर ट्वाँ परेर सोधेको हिजो जस्तो लाग्छ हौ :))
 
Posted on 04-19-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हो अहिलेलाई लागियो, भोक ला बेलाँ म: म: को कुरो गरेर बसीखान दिएनन!
फेरी भेटौंला, हर्न प्लीज!
 
Posted on 04-19-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरीका हरितालिके, के अर्न डराम्नु परो अब ।

( त्यो चौतारी ४८ मेटाउने कुनै उपाय भएन है अब )
 
Posted on 04-19-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुस्स्स!!! अगि दिउँसा चौतारिआँ ग'को, बसाइ सरिसकेछ नि । लु नयाँ चौतारिया जाने ह्याँट भनेर बाटो देखा' रेछ के रे । मुसाले त्यै भरेङा पछारियो के रे, जान पर्ने जाँदैन, के भो भनेर हेरेको ता हेरेको हेरेइ । कम्पुटर मोरो त झुण्डेको झुण्डेइ, माथि नि पुग्दैन तल नि झर्दैन । के भो के भो , यताउति दबाइवरी मुसाले जाँ मन लायो त्याँ ठोकिवरी हेरियो, जाँदैन त । लु क्यार्ने त नि । मेरो पालो झिरिप्प तार थुतेर झ्याप्प ब्यातरी झिकेर फिरि ठेल्देसिन बल्ल यो मोर कम्पुटर आँखा पिलिपिलि गर्न थालो, ह्याँ चौतारिआँ पुगेर हेर्दा त जम्मै यता र'छ त ।

लु तारेमाम है सप्पैलाइ, दिन कटाइयो ताआआआआआआ?
 
Posted on 04-19-07 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को दिन त ३ वटा छुट्टा छुटै डे पो बनी सके छ। बिहान माफि मागिङ् डे रे, मध्यान्न् आइपुग्दा क्रमश: डे अब साँझ मा म: म: डे, राती के डे( नाइट् ) हुने हो थाहा भएन।
हो त राम् चन्द्रे, त्यो इन्द्रचोक को म:म: को छुट्टै कुरो । पहिलो पल्ट् कुपन को सुरुवात् गर्ने चाहिँ मासंगल्ली को शान्दार् म: म: नै थियो। हाल पनि त्यहि म:म: लेजेण्ड् को सन्तानहरुले शान्दार् म:म: को पुरानो स्वाद् लाई कायम गरेर गौशाला, रातो पुल् बीच चलाइ रहेका छन्। धेरै पछि मात्र एभरेस्ट् म:म। कालिकास्थानको म:म: को जन्म भएको हो। अहिले त गल्ली पिच्छे म:म:।शंकटा मन्दिर् जाने बाटो -पूरानो अमेरिकन् लाइब्रेरि को चोकमा मात्र २० ओटा म: म: पसल होला, ठेला वाला। काठमाडौंको नाइट् लाइफ् हेर्ने हो भने( मध्यम बर्गिय जनताको) काष्ठमण्डप् वरि परि ( हनुमान् ढोका) , न्यु रोड् नै हो अहिले। म:म: र पानी पुरीको जीवन।
 
Posted on 04-19-07 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ही ही हु हु---! ब्रोहर्लाई टेन्सन भयो रे हिजो मेरो मसलाले गर्दा?! ठीक्क भएछ!

खास कुरो के भने, जुन ठाउँमा मेरा आँखा परेका थे, अरु कसैका पनि परेका रैनछन्, राम्रै भो! बूढेशकाल लागेर हो कि के हो, ठाउँ-कुठाउँ आँखा लाग्न थालेर हैरान छ, अचेल। गतिलो चश्मा चाहिया छ मलाई।
 
Posted on 04-19-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ !!!
यो चिन्डेको तर्फबाट
नयाँ चौतारी पस्केकोमा धन्यवाद ।
 
Posted on 04-19-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! रात्रिकालीन जदौ!

हरीलाइ नयाँ चौतारी बनाएकोमा मुरी मुरी धन्यवाद, तिमीले चिताएको चाँडै पुगोस्।

गोतामे ज्यूको आँखा ठाउँ कुठाउँ लाग्यो रे? :O लौ हेर बुढेसकालाँ नि आँखा जता पायो उतै डुलाउने हो त? भाउजूले थाहा पाउनु भो भने कुचोले बजार्नुहोला नि! :P

हरी शरणम् पर्भु, हरी शरणम्।:)
 
Posted on 04-19-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुतले खीर खाने बेलाँ तारेमाम है गाम्लेहरु ! को को कता कता लाग्याछन होला के रे, मलाइ निद्रा झुपुझुपु लाइरा'छ । यो आजआ भाग कथा टाँसेर गएँ म, है ताआआआआआआआआ


भाग - १२
---------------

के हुन्छ के हुन्छ? कताबाट कसरी कसरी चना त्यतिकै त्यतिकै सन्दर्भमा जोडिन आउने र अपजसको भागिदार हुन मात्रै थाल्यो । के गर्ने के गर्ने भयो चनालाइ । मनमनै चनाले अठोट गर्यो - " यो स्कुलमा अब म पढ्दिन । यो स्कुल छोडेर जाँदा नै बरु सजिलो होला । " त्यसैले उ अर्को स्कुल खोज्नतिर लाग्यो । पुर्णलाइ भेटेर सोध्यो कस्तो छ उसको नयाँ स्कुल भनेर । पुर्णले आफ्नो नयाँ स्कुल झूर छ भन्यो । चनालाइ झूर स्कुल जान मन लागेन । अलि राम्रो स्कुल कुन होला भनेर चासो लिन थाल्यो । आमासित उसले अर्को स्कुलमा पढ्ने कुरो गर्यो, आमाले "किन यो स्कुल भएन ?" भनेर सोध्नु भयो, तर चनाले सबै कुरा आमालाइ बताउन सकेन । उसले हडताल भएको, सरमिसले पक्षपात गरेको जस्ता केहि कुरामात्रै आमालाइ बतायो । आमाले चनाको स्कुल फेर्न आफन्तहरुसित सरसल्लाह गर्नु भो, तर कसैले पनि स्कुल फेर्ने सुझाव दिएनन । "पहिला त्यत्रो भनसुन गरेर भर्ना गरेको, उक्त भेगमै राम्रो स्कुल भनेर गनिने त्यो स्कुल छोडेर किन फेरि अन्त सार्ने? फेरि त्यहाँ राम्ररी पढिरहेछ, एकैचोटीमा बि-सेक्सनबाट ए-सेक्सनमा आयो । नयाँ ठाउँमा झन गाहारो हुन्छ।" भनेर नानाथरी भन्नेहरु मात्रै निस्किए । तर अर्को स्कुलमा भर्ना नगरिदिए पढ्दै नपढ्ने घुर्कि चनाले आमासित लगायो । आमाको माया - चनालाइ विश्वास थियो - आमा मान्नु हुन्छ - भनेर ।

उसले कता कता विश्वनिकेतन नाम गरेको एउटा राम्रो स्कुल छ भन्ने सुनेको थियो, तर स्कुल कता हो थाहा थिएन । चनाले आमासित र आमाले आफन्तहरुसित विश्वनिकेतन स्कुलको विषयमा कुराकानी गरे । पहिल्यै स्कुल फेर्ने कुराको बिरोधि रहेका आफन्तहरु विश्वनिकेतनको नाम सुन्ने बित्तिकै "हुँदै हुँदैन" भन्न थाले । एक त स्कुल धेरै टाढा, त्यसमाथि सबैको नजरमा चना निकै सानो थियो । यति सानो केटोलाइ त्यत्रो टाढा स्कुल पठाउन हुँदैन भन्ने कुरामा सबै आफन्तहरुको एकमत थियो । धेरै नातेदारका सन्तानहरु त्यहाँ पढ्ने हुँदाहुँदै पनि चनालाइ तेत्रो टाढाको स्कुलमा भर्ना गर्न नदिने मनशायले होला शायद - कसैले पनि आमालाइ विश्वनिकेतन स्कुल कहाँ छ, कसरी त्यहाँ जाने भनेर बाटो समेत बताइदिएनन । एकदिन त:मां(ठुलिआमा)को छोरी (चनाको दिदि) साथ लिएर आमाले सोधखोज गर्दै विश्वनिकेतन स्कुल पत्ता लगाउनुभयो र भर्ना गर्ने फाराम लिएर आउनु भयो ।

स्कुलमा अन्तिम जाँचको रिजल्ट भयो । सँधै झै चमेलि फर्स्ट, कमल सेकेण्ड भएछ । अरुलाइ उछिनेर चना थर्ड, प्रतिमा फोर्थ भइन । चनाले अमर र गगनलाइ पछाडि धकेले, प्रतिमाले अरु धेरैलाइ । जँड्याहा रत्न फेल भएछ । तीन दिन पछि मार्कसिट दिने दिन थियो । रिजल्ट लिन बिहानै स्कुल गएका चनाले साथिहरुसित सामान्य कुराकानी मात्रै गर्यो । जिस्किने हाँस्ने, जोक्स गर्ने मामिलाहरुमा भाग लिएन । अरु जम्मै कोचिङ पढेका साथिहरुका बीच कुराकानी गर्नाको निमित्त चनासित बिषय पनि उत्तिसारो थिएन । फर्स्ट-सेकेण्ड-थर्डको बीचमा २-२ नम्बरमात्र फरक रहेछ । कोहि कोहि चनासित आएर "तिमिलाइ पक्षपात नगरेको भए फर्स्टै हुन्थ्यो" भन्न नि आए । रिजल्ट हातमा लिएर साथीहरु र सरमिसहरुबाट प्राप्त "थर्ड भएकोमा बधाइ" थाप्दै चना स्कुलमा नै बसेको बसेइ गर्यो । वास्तवमा चना त्यसदिन प्रतिमाको प्रतिक्षामा थियो । तर प्रतिमा आइनन । करीब साँढे २ बजेतिर प्रतिमाको दाजुले रिजल्ट लिन आए । दाजुसित सोध्दा "प्रतिमा आज बिहान हेटौडा-मामाघर गयो" भन्यो । "अव स्कुल लाग्ने बेलातिर मात्रै फर्केर आउँछ होला ।"
"उनलाइ रिजल्ट भएको थाहा छ?" चनाले सोध्यो ।
"किन नहुनु? त्यहि रिजल्ट थाहा पाएर मात्र जाने भनेर त बसेको, नत्र मामाहरुले उहिल्येदेखि बोलाएको बोलाएइ ।"
"ए !!!" चनासित केहि भन्ने कुरो थिएन ।
"जे होस रिजल्ट राम्रो भयो । अनि तिमी अचेल किन घर नआएको नि ? जाँच नभएकोले?" दाजुको अनुहारमा कुनै असाधारणपन थिएन ।
"अँ यत्तिकै ।" अरु के भन्ने चनालाइ थाहा नै भएन ।
"तिमि थर्ड र प्रतिमा फोर्थ भएको थाहा पाएर घरमा पनि सबै एकदम खुशि भएको छ। अब सगं (सगुन) दिने भनेको छ मां (प्रतिमाको आमा)ले । प्रतिमा त झन खुशी भएको छ । तिमीहरुले मिलेर पढेको दुबैलाइ फाइदा भयो हगि, नत्र प्रतिमा फोर्थ कहाँ हुनु? पोहरसाल जस्तै १५-१६ नम्बर तिर आउँथ्यो होला कि?" दाजुले चनालाइ अप्रत्यक्ष तारीफ गर्दै थपे - "प्रतिमाले मलाइ - चनालाइ भेट्यो भने धेरै बधाइ भन्दिनु है - भनेर गएको छ। ल चना मेरो पनि प्रतिमाको पनि बधाइ है । अब अर्को साल तिमीहरु दुबैले अझ राम्रो गर्नु पर्छ ।" दाजुको हँसिलो मुहारबाट यो कुरो सुनेर चनालाइ औडाहा भयो । प्रतिमाले दाजुमार्फत बधाइ भनेर पठाएको?!!! अचम्म । औपचारीकता निभाउन दाजुकै मार्फत चनाले पनि बधाइ भनेर पठायो प्रतिमालाइ ।

*******************************************************************************************
 
Posted on 04-19-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना को कथा पढें, साह्रो घत् लाग्यो। बल्ल बिश्व निकेतन पुगेको रैछ। म चाहि बिश्व निकेतन् बाट् निस्कें।
 
Posted on 04-20-07 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान भरि चौतारिआँ भौंतारियो, रातीअबेला सम्म खेताँ जोतियो। धत्! अब त सुत्न गएं बाबै!
 
Posted on 04-20-07 2:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्खु गामको कुरा हेर्दा चनालाई जापानको बारेमा धेरै थाहा रहेछ भन्ने थाहा पाईयो। निकै लामो समय बसिएको थियो कि के हो ब्रो पहिला? कि अहिले पनि यतै हुँदी हो?
 
Posted on 04-20-07 6:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good morning !
ma chai morning walk gardai
kohi ni aa chaina. sab ka sab sutuwa :)
 
Posted on 04-20-07 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हरि ले त कस्तो रंरो चौतरि नि बनाइ सके च लौ मै मोरि पो धिलो अै चु त। हरि चौतरि असधै रंरो लग्यो तिमिलाइ धन्याबाद्।
अनि नंअस्ते गाम्ले हो ताअाअाअाअ
 
Posted on 04-20-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना कस्ति मोरि रैच यो प्रतिमा तपाइलाइ भन्दै न भनि मामा घर् गैच। मोरि हाम्रो चना लाइ कुराको कुरै परि। अनि चना भनेको असाधारणपन, औपचारीकता, चाइ के हो नि ?
 
Posted on 04-20-07 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्! मन्तयक् ला?
प्रभातकालिन जदौ! आज को दिन् सबैको शुभ होस्।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters