sonoma_sherpa
Replies to this thread:

More by sonoma_sherpa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 17thDEC San francisco concert

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 11508 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-05-06 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bay area nepalese,

Lets go to san francisco to rock on 17th dec sunday.I am very happy that NANC is doing something in northern california at the same time I am just curious why they didnt put the name of MAMATA DIPBIM on Nepal night or KTM night(confused) and they put her name on upcoming 17th concert? Why NANC didnt put the name of JPT band from san francisco,everest club band from santa rosa,Raj kumar dancer san francisco?For me I want to be there at concert not becoz of Mamata, it is just becoz of Nima,mingma,raju n Sindhu.This is all my personal views want to share nothing to do with others.What is ur "DRISTIKON"?share with us.
 
Posted on 12-05-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पपमा नया अनुहार

पप सङ्गीतमा आशलाग्दा नयाँ अनुहारहरू देखिए पनि निरन्तरताका लागि मौलिक शैली र पहिचान बनाउनु जरुरी छ।

• अनुशील श्रेष्ठ

छम–छम तिमीले पाउजु बजाउँदा...(मिङ्मा शेर्पा)
बलेको आगो जलेको प्रेम... (राजीव लोहनी)
यादहरू..., पश्चाताप...(दिव्य सुब्बा)
तिम्रो मायामा...(सिने गुरुङ)
आज आकाशमा एउटा तारा खसेछ...(डम्बर नेपाली)
आउँदैछु म त्यहाँ...(पूजा राई)
आँखाभरी आँसु किन....(जवीक)

दिनहुँ लोकप्रिय बन्दै गएका यस्ता गीतहरूबाट नेपाली पप सङ्गीतमा आशलाग्दा नयाँ अनुहारहरू जन्मिरहेका छन्। दुई वर्षयता चर्चामा आएका पप गायक/गायिकाहरूलाई मात्र हेर्ने हो भने पनि उनीहरू छोटो समयमै श्रोताको मनमा छाउन सफल मात्र भएका छैनन्, सेलिब्रिटीका रूपमा छुट्टै पहिचानको समेत बीजाङ्कुर गरिसकेका छन्।
तस्बिरः किरण पाण्डे
राजीव लोहनी, पूजा राई र दिव्य सुब्बा। (बायाँबाट क्रमशः)


एक वर्षअघि आफ्नो पहिलो अल्बम प्रथा निकाल्नुअघि गायक दिव्य सुब्बाले आफ्ना रेकर्डेड गीत लिएर दुई वर्षसम्म म्युजिक कम्पनीहरूको ढोका चहार्नु परेको थियो। सितु डिजिटलले उनको अल्बम बजारमा ल्याउनुअघि दिव्य नेपालका प्रायः सबै अल्बम उत्पादककहाँ पुगेका थिए तर उनको गीत कसैले रुचाएनन्। भन्छन्, “दुई वर्षसम्म धेरैतिर धाएँ तर अल्बम निकालिदिन कोही तयार भएनन्।” गीत तयार गर्न र उत्पादक खोज्न समेत गरी पाँच वर्ष लगाएर अल्बम बजारमा ल्याएपछि छोटो समयमै उनले पाएको सफलताले अहिले धेरै कम्पनीको ध्यान खिचेको छ। उनका पश्चाताप... र यादहरू... बोलका गीत र म्युजिक भिडियो पपप्रेमीमाझ् मजैले छाएका छन्। दिव्यले यसबीच दुई दर्जन भन्दा बढी स्टेज कार्यक्रममा गाइसकेका छन्। गायक बुबा स्वर्गीय केवल सुब्बाबाट गाउन सिकेका दिव्य शब्द र सङ्गीत पनि रचना गर्छन्। अहिले चर्चामा रहेको गीत पश्चाताप... को सङ्गीत फिलिपिनी गीतबाट लिइएको पनि उनी खुलेरै बताउँछन्। नयाँ पुस्ताको गायक भएकाले आफ्ना गीतहरू प्रचलित ट्रेण्डभन्दा स्वाभाविक रूपले अलग भएको बताउँदै उनी भन्छन्, “नयाँ जेनेरेशनको सोचाइ र चाहनालाई ध्यान दिएर म गीत गाउँछु।”

गायक राजीव लोहनीले भने दिव्यले जस्तो अल्बम निकाल्नका लागि धेरै धाइरहनु परेन। पहिलो गीत दबाएर मेरो माया... सुन्नासाथ म्युजिक डटकम उनको ट्युन नामक अल्बम निकाल्न तयार भएको उनी सुनाउँछन्। भन्छन्, “अल्बम निकाल्न भौँतारिनु परेन तर तयारी चाहिँ अढाई वर्ष नै गरेँ।” ०६२ सालमा पहिलो अल्बम निकालेर सफलताको सिँढी उक्लँदै गरेका राजीवले आर्थिक र व्यक्तिगत फाइदा समेत पाउन थालेकाले सङ्गीतमै राम्रो भविष्य देखेका छन्। उनी भन्छन्, “छोटो समयमै पाएको सफलताले हौसला बढेको छ। त्यसैले अझ् राम्रो गर्न मेहनत गरिरहेको छु।” निराजन उप्रेतीको शब्द र सङ्गीतमा राजीवले गाएको बलेको आगो जलेको प्रेम... र आफ्नै शब्द, सङ्गीत र स्वरको फूल रोज्दा काँडा पाएँ... बाट श्रोतामाझ् चिनिएको बताउँछन्उनी।
तस्बिरः अनुपप्रकाश
मिङ्मा शेर्पा।


राजीवकै साथी मिङ्मा शेर्पालाई चाहिँ श्रोतामाझ् आफ्नो पहिचान बनाउन पाँच वर्षभन्दा बढी समय लाग्यो। ०६० सालतिरै यथार्थमा नामक अल्बम निकाले पनि उनलाई आशलाग्दो गायकको रूपमा चिनाउने काम भने दुई वर्षपछि बजारमा आएको अल्बम फिल ले गर्‍यो। यस अल्बमकै छम–छम तिमीले पाउजु बजाउँदा..., नमूना बनाइदियौ... गीतले उनलाई नयाँ उचाइ दिएको छ अहिले। मिङ्मा आफ्नो रोजाइ र प्राथमिकता मेलोडी भएको बताउँछन्। छोटो समयमै नाम र दाम कमाउन सफल यी तन्नेरी गायक ९ मङ्सिरमा गाउनकै लागि अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाका लागि उड्नुअघि उनले हिमाल सँग भने “एक वर्षयता चाहिँ गीत गाएरै म पनि केही भएछु जस्तो फिल भएको छ।”

तीन दर्जन स्टेज कार्यक्रममा गीत गाइसकेका मिङ्माको घरमा पनि साङ्गीतिक माहौल देख्न सकिन्छ। उनको हिट गीत छम–छम...को शब्द र सङ्गीत उनकै दाइ दावा छिरिङको हो भने दिदी कर्मा डोल्मा पनि गीत गाउँछिन्। पप गीतलाई कतिले अर्थ न बर्थका गीत भन्ने गरेपनि मिङ्मा आफ्ना गीतहरूको शब्द, मेलोडी र स्तरीयतामा निक्कै ध्यान दिने गरेको बताउँछन्। गीत र सङ्गीत पनि आफैँ रचना गर्ने मीठो स्वरका तन्नेरी मिङ्मा भन्छन्, “स्तरीय गीत दिन सकियो भने सङ्गीत क्षेत्रमा टिकिरहन सकिन्छ र म सधैँ यही प्रयत्न गर्नेछु।”

यो मन अल्बममार्फत् चिनिएकी गायिका सिने गुरुङले तिम्रो मायामा... बाट आठौँ इमेज अवार्डस्मा उत्कृष्ट पप गायिकाको उपाधि नै पाइन्। ओपल इन्टरनेशनलले बजारमा ल्याएको यो मन का अरू गीत पनि रुचाइएका छन्। सिने गुरुङसँगै मिङ्मा, दिव्य र राजीवका गीतले पनि २०६२ को इमेज अवार्ड पाएका थिए। त्यतिखेर मिङ्मा उत्कृष्ट पप गायक, दिव्य उत्कृष्ट नवगायक बनेका थिए भने राजीवको गीतको म्युजिक भिडियो उत्कृष्ट घोषित भएको थियो।

दुई वर्षअघिसम्म नेपाली सङ्गीत क्षेत्रमा नामै नसुनिएका धेरै गायक–गायिका अहिले एकपछि अर्को चर्चा बटुल्न व्यस्त छन्। दिव्यहरूभन्दा केहीअघि मात्रै गायन क्षेत्रमा देखिएका सुदीप गिरी, कर्मा रुम्बा, भरत सिटौला, अविनाश घिसिङले आफ्नै चिनारी बनाइसकेका छन्। उनीहरूसँगै देखिएका डम्बर नेपाली मेलोडी अल्बमको आज आकाशमा एउटा तारा..., आशीष बाङ्देल सामीप्य को आउँदैछु...., अमृत क्षेत्री अराईवल को मैले हेर्ने एउटा तारा... आदि गीतबाट चर्चामा आएका छन्। यसै पङ्क्तिमा अरुण कार्की, प्रतीक थापा, सञ्जय किशोर, विवश पौडेल, बुद्ध एन श्रेष्ठलगायतका गायकहरू पनि देखिएका छन्।

राता–रात 'हिट'
तस्बिरः अनुपप्रकाश
सिने गुरुङ।


पहिलो अल्बम बसन्त बजारमा ल्याएको तीन महिना नबित्दै पूजा राई 'सेलिब्रिटी' बनिसकेकी छन्। पाँच महिनाअघि बजारमा आएको कलेक्सन अल्बम ट्यालेण्ट फोर मा आएको एउटै गीतले गायक जवीकलाई पप सङ्गीतमा 'हट केक' बनाइदिएको छ।

नेपाली पप सङ्गीतमा पछिल्लो पटक रक गायिकाका रूपमा उपस्थित पूजा आउँदैछु म त्यहाँ... बोलको गीतमा टेलिभिजनको पर्दामा छाइरहेकी छिन्। पप गायनमा महिला स्वरको कमी भएको अवस्थामा हि–पप र स्लो रक लिएर आएकी पूजालाई मिडियाले पनि उत्तिकै साथ दिएका छन्। पप सङ्गीतमा अलग्गै छवि बनाउन तल्लीन पूजा तीन महिनामै नपत्याउँदो रूपमा चर्चा पाउन थालेकोमा दङ्ग छिन्। भन्छिन्, “म केटी भएकीले मात्र श्रोताले मन पराएको त पक्कै होइन होला।” शुरुमा रहरै रहरमा गीत गाएकी पूजा छोटो समयमै पाएको सफलताले हौसिएकी छिन्। भन्छिन्, “अब निरन्तर गायन क्षेत्रमा लागिरहन्छु। सङ्गीतकै अध्ययनमा लाग्ने तयारी पनि गरिरहेकी छुु।” रक बाहेक अरू गीत गाउन आफूलाई नसुहाउने जस्तो लागे पनि विस्तारै सबै किसिमका गीत गाउने उनको धोको छ। भूतपूर्व ब्रिटिश आर्मी स्वर्गीय बसन्तकुमार राईकी कान्छी छोरी पूजाले बुबाकै नाममा बसन्त अल्बम निकालेकी हुन्।

आँखाभरि आँसु किन... बोलको एउटै गीत गाएर जवीक अहिले पप गायन क्षेत्रमा परिचित बनेका छन्। पाँच महिनाअघि मात्र कलेक्सन अल्बममा समेटिएको उनको अलग्गै शैलीको स्वर अहिले युवाहरूको छनौटको गीत बन्न थालेको छ। काउण्टडाउनमा अगाडि आउन थालिसकेको छ यो गीत। र, जवीकले आशलाग्दो उपस्थिति देखाइसकेका छन् सङ्गीत–वृत्तमा। दुई महिनापछि एकल अल्बम जिरो माइल निकाल्ने तयारीमा रहेका उनी भन्छन्, “अल्बम आउनुअगावै यसरी मेरो गीत हिट होला भनेर सोचेकै थिइनँ।”

यस्ता धेरै नयाँ प्रतिभाहरू दिनहुँजसो आफ्नो अल्बम लिएर गायन क्षेत्रमा आइरहेका छन्। दिनेश अधिकारीको शब्द र राम थापाको सङ्गीतमा रविन शर्माको स्वर रहेको एक जमानाको चर्चित गीत तिमी यसै लजायौ, म उसै धकाएँ... को रिमिक्स लिएर पप गायनमा आएका सपन श्रेष्ठ पनि उत्तिकै आशलाग्दो प्रतिभाका रूपमा देखिएका छन्। दुई वर्षको तयारीपछि ताल म्युजिकबाट चाहना अल्बम निकालेका सपन आफ्ना गीत सुन्नासाथ म्युजिक कम्पनी अल्बम निकाल्न तयार भएको बताउँछन्। रिमिक्स बाहेकका आफ्ना अरू गीत पनि कम नभएको दाबी गर्दै उनी भन्छन्, “धेरै मेहनत गरेकाले अरू गीत पनि श्रोताले मन पराउने कुरामा ढुक्क छु।”
नव पप–गायकः जवीक र सपन श्रेष्ठ।


केही महिनायता मात्र अल्बम निकालेर गायन क्षेत्रमा आएका नयाँ गायकहरू एफएम र टेलिभिजनका माध्यमबाट श्रोता–दर्शकमाझ् पुगेपछि चर्चामा आउन थालिसकेका छन्। केही गायकले पुराना रिमिक्स गीतलाई आफ्नो उपस्थितिको आधार बनाएका छन् भनेे केही एकदमै नयाँ गीत लिएर देखा परेका छन्। मोहित अल्बमको पानी खाने निहुँले... रिमिक्स गीतबाट मोहित मुनाल, टार्गेट अल्बमको मनछाडे मैच्याङलाई... रिमिक्स गीतबाट मिलन सुर्खेतीलगायत नयाँ प्रतिभाका रूपमा देखा परेका छन्। त्यस्तै इमर्ज अल्बम लिएर आएका बसन्त, कारण अल्बमका हेमन्त राना पनि संभावनायुक्त लाग्छन्।

नेपालमा पप सङ्गीत क्षेत्रमा सुरुआतदेखि निरन्तर लागिरहेका गायक ओमविक्रम विष्ट पप गायनमा देखा परेका नयाँ युवाहरू प्रतिभाशाली भएको बताउँछन्। सङ्गीतमा अलग्गै पहिचान बनाउन नसके यस्ता प्रतिभाहरूले चाँडै पलायनको बाटो रोज्नुपर्ने उनको धारणा छ। भन्छन्, “आशलाग्दा युवाहरू आएका छन्, तर उनीहरूले आफूलाई टिकाइराख्न छुट्टै पहिचान बनाउनुपर्छ।” विदेशी सङ्गीतको नक्कल मात्र गर्ने भन्दा पनि आफ्नै मौलिकता दिनसक्नेको आयु लामो हुने उनले बताए। हुनपनि, अहिले राम्रा देखिएका गायक–गायिकाहरूले यो माहौलमा आफ्नै शैली र पहिचान बनाउन नसक्ने हो भने उनीहरू बर्सेनि आउने र हराएर जानेहरूको लहरमै सीमित नहोलान् भन्न सकिन्न।
 
Posted on 12-05-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes we want Andazification (Jpt Band WTF) not MAMATA who??? R they palying?
Nima Tooo!!!
 
Posted on 12-05-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maybe JPT band, everest club band & Raj kumar did not approach NANC. Honestly I don't know why also but my view is if local artists want to perform during events like this, they have to approach the organizers, not the other way around.

As it is we already see everest club band & Raj kumar during our local events. It would be nice if JPT could perform the opening act but again JPT has to take interest first.
 
Posted on 12-05-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WTF is this in www.nepalaasociation.org concert's description? Why they highlighted MAMATA? Is it becoz of her realtives their in NANC executive commitee?Why NANC didnt put MINGMA's name on it? He is rising pop star in Nepal thats why he is invited here in USA, right?His popular song is Bhumarima,Chamcham,Namuna,kanchhi phanphani....... .U can listen or download his songs from download section of www.hitsfm.com.np
 
Posted on 12-05-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-05-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whoever post it in NANC website he/she is not updated with nepali music.Nima rumba's popular songs are "Saajhama pani raatama pani..." Dui dine mayale jivan bigaryo......""Aau aau na ma sanga gauna........ n Raju lama's hit songs are "Saayad timro baatoma......." Timilai dekherea himal haaseko....."n Sindhu mallas hit songs are "Lathi charge nagara mero mayama..." "Sasuralima..." "Tungna ra damfu ........"
 
Posted on 12-05-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sonoshe or whatever your name is....Mingma...mingma who?? And why are you so jealous of Mamata? IS it because it doesn't have your name? What's wrong with you?? You sound like a one year old spoilt brat !! Grow up !! Does your Mingma have a voice of a nightingale??
 
Posted on 12-05-06 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey sndy,
I am not asking to put my name but didnt see the Mingma sherpa's name on NANC website coz he is the one who is going to rock the concert.He might be more that nightingale for us.u got it?
 
Posted on 12-05-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

to know more about Mingma read HIMAL KHABARPATRIKA here is the link http://www.nepalihimal.com/2063/mangshir-16-29/ramjham.html#1
 
Posted on 12-05-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-05-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

watch this video



 
Posted on 12-05-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey sndy,

how is Mingma's voice? Isnt it better than nightingale voice?
 
Posted on 12-05-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

another my favourite



 
Posted on 12-05-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Didn't get a chance to hear it..will let u know later..but I'm sure nightingale's will be better undoubtedly..
 
Posted on 12-05-06 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

any one have lyrics/mp3 of there songs? don't want to b lame on the concerts
 
Posted on 12-05-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sonoma_sherpa ji, supporting your sherpa daju bhai? If you like Mingma Sherpa so much, then maybe you should bring him yourself. How about a Mingma Sherpa concert in Sonoma?
 
Posted on 12-05-06 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

here are some


Nima rumba's Aau aau na.......http://hitsfm.com.np/mp3/13thnov/aau_aauna_nima.mp3
Mingma sherpa's Bhumarima......... http://hitsfm.com.np/mp3/13thnov/bhumari_migma_shrepa.mp3
Mingma sherpa's Namuna.............. http://www.cybersansar.com/hitsfm/mp3s/feb26/namuna.mp3
 
Posted on 12-05-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali theto

what do u mean? Do u mean whoever u like u should bring urself? One person cant organize this kind of event without support of society.U little kid my question is why their is no name of MINGMA SHERPA on www.nepalassociation.org concert description? Thats all i want to know.
 
Posted on 12-05-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why? Maybe he asked more money or some conflict with his busy schedule. The point I am trying to make is, it is useless to point at folks without first knowing the real reason as to the question WHY?
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters