world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 138279 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-07-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरू, कहिले के नमिल्ने, कहिले फोटो झुन्ड्याउन भुल्ने। म नमे अभियन्ता जस्तो दक्ष भने छैन चौतारी बनाउनको लागि, यो चैं मेरो अन्तिम प्रयास यो अंकको लागि। पंक्तिहरू तल माथि भए पनि कृपया मिलाएर पढ्नुहोला।र यो चौतारीलाई निरन्तरता दिनुहोला, अरू दुईटालाई खोलामा डुब्न दिनुहोला।
धनियाँबाद!!!
 
Posted on 11-07-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रे नयाँ चौतारि चिनेकोमा धन्यवाद् छ!
धेरै राम्रो बनायौ सबैको परिचय राखेर!

लु गाम्लेहरु,
मया पिरेम लगाम दुख सुख बाँटम् यो नयाँ ३० लम्बरको चौतारिआँ!
 
Posted on 11-07-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे धन्यबाद्, राम्रो छ नया चौतारी।

जिम्माल् बा नमस्कार्।
 
Posted on 11-07-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याक्क खाजा खाने बेलाँ नयाँ चौतारीआँ बसेर खान पाउने भो,

चित्रे धन्यबाद्, राम्रो छ नया चौतारी।

जिम्माल् बा, सान्नानी नमस्कार्।
 
Posted on 11-07-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा कति राम्रो झिलिमिलि चौतारो बनेछ
धनियाको पात चित्रे
कस्तो राम्रो गरेचौ भने पुरानो को पुछार बाटै नयामा आउन मिल्ने रच बा
सार्है रमाइलो लागो
मलाइ भने कति धेरै माया गरेचौ नि चित्रे
२-२ ठाम्मा नाम लेखेचौ

फेरि पनि धनियाको पात

चौतारि मा झुल्कनु भको सबैलाइ जदौ
 
Posted on 11-07-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के रहेछ चौतारीको खबर भनेर यसो साझा गाउँ आएको त हरे!! कत्ति वटा हो चौतारी? सबैतिर चौतारीमात्र झिलिमिली देख्छु। अनि यसो दिमागमा जोर लगाएर ध्यान दृष्टि हेरेको त यो चौतारी चाँहि पक्का चौतारी जस्तो लागेर यहाँ आएको।

चित्रेलाई धेरै धेरै धन्यवाद नयाँ चौतारी बनाएछौ। (नमेलाई धेरै धेरै धन्यवाद भन्ने बानी परेछ क्यारे, झन्डै गल्तीले मिस्टेक भइसकेको)

सबैजनालाई मेरो नमस्ते छ!!
:-)
 
Posted on 11-07-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चित्रे तिमीले कति राम्रो चौतारी बनाएका रैछौ । चित्रे आउ यो नयाँ चौतारी मा बसेर मित्तो मित्तो कुरा गर्डै बडाम खाम । तितौरी, सानानी तिमी हरु नि आउ ।
 
Posted on 11-07-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ नयाँ चौतारी अनि मेरो पनि धनीयाको पात चित्रेलाई । म चौतारी मा न आउने गरेर हराको होइन, दिक्क लागेर एसो पाखा लागेको मात्र हो , म सप्पै सँग नै छु एसो यता उता हेरुम न म चौतारीकोक डिल्मा सुरौदि खोलो बगेको हेर्दै सुसेल्दै बसेको छु ।
 
Posted on 11-07-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई धेरै धेरै धन्यवाद नयाँ चौतारी बनाकोमा..
सबै गाम्लेहरु लाइ मेरो पनि नमस्ते !!
 
Posted on 11-07-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई भोट हाल्नु नै पर्दैन नि, म त निर्वीरोध चौतारीमा आ इराख्छु । तर पनि सप्पै भोट को लागि धन्यवाद ।
 
Posted on 11-07-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे,
नाइस टु सि यु हियर! वि आर रियल्ली ग्लाड! किप कमिङ्ग :डि
 
Posted on 11-07-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे,
नाइस टु सि यु हियर! वि आर रियल्ली ग्लाड! किप कमिङ्ग :P
 
Posted on 11-07-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, कुम्ले दाइ अनि ठुल्नानी

नाइस टु सि यु हियर! वि आर रियल्ली ग्लाड! किप कमिङ्ग :P :P
 
Posted on 11-07-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-07-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यान आई किप कमिङ् टु? आई विल बि रियल्ली ग्लाड टु सि माईसेल्फ हियर!
 
Posted on 11-07-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बट् यु ह्याभ् टु गो टु द मेमोरियल् सर्भिस् इन् एन् वाइ
 
Posted on 11-07-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, कुम्ले, ठुल्नानी, सान्ननि, अनि पून्टे ब्रदर,
लेट मी मेक माईसेल्फ किल्यर,
आई एम रियल्लि ग्ल्याड टु सी यू अल हियर।
:P :D
 
Posted on 11-07-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, हरितालिका लगायत सपैलाई नमस्ते!

ल ल थुल्ननि म नि मित्तो मित्तो कुरा गल्दै बडाम कानि :)
 
Posted on 11-07-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे,
चौतारीमा रहने वाचा गरेकोमा खुशी लाग्यो। चौतारीको संस्थापक सदस्य मध्ये एक भएर यसको निरन्तरता र प्रगतिको लागि तिमीले गरेको योगदान अविस्मरणीय छ।


मैले चौतारीवासीहरूको नामको लिस्टमा नयाँ आउने ज्ञानगुरू जी(gyanguru)को नाम राख्न भुलेछु, यसको निम्ति क्षमा प्रार्थी छु। आगामी चौतारी अंकमा अवश्य समावेश गरिने छ।


ठूल्नानी, ल अब बदाम खाँदै गफ गरूम्, घाम नि मज्जाले लागेको रहेछ। चौतारी नजीकैको खोलामा माछा मार्ने हो कि?
म यौटा छोटो कविता लेख्छु

चौतारीको छायाँमा बसिन् ठूल्नानी
खाँदै बदाम खूब मीठ्ठो मानी
दिनको घाम झैं चम्किलो मुहार
तिम्रो छ रूप सधैं सदाबहार ;)


गाम्लेहरू, तपाईहरूले माउजिल्ला(Mozilla firefox) चलाईरहनु भएको छ भने टुप्पाको तीनवटा "चौतारी " झिमिक्क झिमिक्क गरिरहेको देख्नुहुन्छ होला। ईन्टरनेट एक्सपोररमा (Internet Explorer) मा चैं त्यसरी नचम्किने रैछ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters