nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 119216 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-08-05 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो एउटा गाम्लेकै मेलाँ गाका थिएम् । भउते पुनि तेँही जो थिए । त्याँसी कसले हो ठेकी भरि मोही ल्याए केरे,
अब चाखम त नि, कस्तो होला भनेर मैले खाएँ केरे पहिले । त्याँसी त भउतेलाई पुनि कुतकुत लागेछ केरे, अनि,
"जवईँ, कस्तो छ त नि तो मोही, चईनी कैफियत बेगार सेगार त गर्दैन होला केरे ?" भनेर सोधे । मैले पनि,
"यस्ता मोही त कति खाईयो कति खाईयो, क्यार्न मोहीले पनि बेगार गरोस र नि, खानुस जति खाए नि हुन्च "
भनेर भनें है ।

एकै छिनमा त भउते त फत्र्या फत्र्या गर्न थाले केरे, टाउकै दुखो, मुटु जो खाओ भन्न थाले है । अनि मलाई चईनी
तपाईँले भनेर त हो नि मोही खाको भन्न थाले । मैले पो क्यार्नी हो र मलाई पुनि भनन टाउको दुख्न थालो केरे ।
कसो कसो अर्दा त भउते भनि फेरि दुरुस्तै जो भए । मलाई त अझै पुनि टाउको दुखिराको छ, अनि "हैन जेठान,
सुनाम्नुस न कसरी हो यो टाउको दुखेको बिसेक बनाम्नी" भनेर सोधेको मरि गए भन्नी हैनन् केरे । लास्टाँ "यो
मन्तरेको मोहीको मन्तर झार्नी उपाय त छ, मलाई बिसेक बनाम्नी गरी चईनी झारफुक गर्न पनि जानेको छु, तर
तपैलाई निको पारिदिए भने मेरो मन्तर चईनी कच्चा हुन्च, कमजोर हुन्च, तेसो भएर आफै केही उपाय गर्नुस ।
मेरो मन्तर एउटा ठूलो काममा लगाउन बाँकी छ के । " भनेर भने केरे । एकै छिनमा मेरो टाउको दुख्नी पनि बन्द
भयो आफै जो ।

उता म भनि भउतेलाई के भएछ, चईनी धामीझाँक्रीले जस्तो कुरा अर्चन गाँठे एकाएक जन्तर-मन्तरका कुरा अर्चन, फेरि
के के जाति बिगार पर्नी चईनी कैफियत पर्नी कुरा अर्चन भनेर ट्वाल्ल जो परि राखेको थिएँ ।

एकै छिनमा लाले आईपुगे । अनि मैले "हैन लाले, भउतेलाई के सिरिङ्गी चलेछ कुन्नि, धतुरो सतुरो खाएछन् कि
क्यारेचन कुन्नि, खाली धामीझाँक्री ले जस्तो मन्तर सन्तर, चईनी बोक्सी जगाम्नी, भूत झार्नी के के हो के के कुरा
अर्चन, मैले त चीत खाएँ " भनेर भनेँ । लाले त मूर्च्छा परेर हाँसे । मैले त झन केही पुनि बुझिन, अब कता लालेले
पुनि बोक्सी जगाउनी र भूत लखेट्नी कुरा गर्नी हो भनेर डर पो लागो त ।
 
Posted on 12-08-05 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँसी लालेले पो मलाई आर्कै कथा सुनाए त । लालेको कुरा अनुसार त खास कुरो त के भनी गाममा केटाहुरको एकसे
एक बिहाबारी चईनी घरजम भओ केरे । अब कोही आफैले पढाका, कोही गाँजा खानी, कोही रउसी खानी तेस्ता सबैका
चईनी भकाभक बेहाबारी हुनी, तेत्रो चईनी पढेलेखेका, अझ आफ्नै चईनी कुटानी-पिसानी मिलको मालिक पुनि भाका भउतेको
केही अत्तोपत्तो छैन केरे । त्यस पछि बिरक्त मानेर एक दिन भउते काका कहाँ गएचन् केरे ।

सबै भलाकुसारी चईनी दुखेसो अरेसि काकाले - "अब क्यार्नी त नि, तिनीहुरले जाने के, चईनी एकुन्टा तरुनि टिपिहाले, घरि
अघि लागेर घरि पछि लागेर जसरी भए पुनि चईनी तरुनीहुरलाई आफ्नो बनाईहाले, तिमी भने सिधा मुन्छे, तेसो अरेनौ केरे ।
अब कि केटी खोज्न जो जान परो केरे केटीका बाबु-आमा थिम, कि आफै पाको गर। " भनेर अर्ती दिएछन् केरे । त्याँसी
भउतेले "लौन काका, जे भा पुनि झट्टै जो गर्न मिल्दैन त केही पुनि?" भनेर सोधेछन्।

काकाले चईनी "माथि सिमलचौरमा चईनी लटे झाँक्री छ, तेसले चईनी टुनामुना, मोहनी लाम्नी मन्तर जानेको छ, तेसो भएसि
लटे झाँक्रीकहाँ गएर जे भए पनि फुकफाक गरेर ल्याउ, अनि त्यो कुरा केटीलाई खुवाइदिएपछि केटी त भुतुक्कै तिमी भनेसी "
भनेर भउतेलाई बुद्धि लाईदेछन् केरे । भउते पुनि गएछन् लटे झाँक्री काँ । खास त खानी कुरा मन्तर गरेर त अब खुवाईहाल्न
परो केरे, अब एक-दुई दिन भित्रै जो खुवाउन नसके त खानी कुरा त सड्नी भयो, अनि मोहनी लाम्नी मन्तर गरेको त कामै
लागेन केरे । त्याँसी तीलका गेडा र चईनी चामलका अक्षता मा मोहनी मन्तर गरेर चईनी कटुसको पातमा बेरेर चईनी जाँगेको
खोल्तीमा राखेर हिँडेका छन्। जतिखेर पुनि के हो मन्तर गुनगुन गरि राख्छन् अरे ।

अनि मैले त लालेलाई "हैन होला, बोलीको सही छैन तिम्रो पुनि, झुटा कुरा अर्चौ चईनी नभाका कुरा लाम्दै हिँड्छौ, अलि पत्याम्न
मिल्नी कुरा गर्न पर्च नि साथीहुर सित त" भनेर भने ।

लालेले त कहाँ उल्टो म सँग जङ्गिदै, "भुत्राको नहुनी नि, तिमीले देखेकै त छौ नि मेरो कपाल लामो छ केरे, हो कि हैन " भनेर
सोधे । हुन पनि छ केरे लालेको कपाल एक बित्तै लामो । मैले हो भनेँ ।
 
Posted on 12-08-05 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो येही चौतारीमा केटाहुर को को आका छन्, भनेर छक्काल चईनी १२ बजे तिर लाले आको त भउतेले चईनी यहीको पिपलको
रूखमा चईनी के के पुजा अरि राका रैचन । के के हो धागो बाँध्नी, अनि जल - पानी के के पन्चामृत चराम्नी गरि राका थिए अरे ।
लाले ले ठिकै छ आज ब्रत सर्त केही होला भनेर छेउको ढुङ्गामा बसेछन् केरे आर्का तिर फर्केर । अनि एकै छिनमा मान्छे हिँडेको
सुनेछन् केरे, अनि भउतेले पुजा सको होला भनेर "ए भउते के को ब्रत छ र ? " भनेर सोध्दै पछाडि फर्केको त भउते त खङ्ग्रङ्ग
तर्सिए अरे ।

येसो हेरेको त हातमा मुठीभरि चईनी तील र चामल लेर लालेलाई छ्याप्न ठीक्क परेका अरे । अनि लालेले सबै कुरा खो-याएर सोधे
पछि थाहा भएछ । लालेको लामो कपाल देखेर भउतेले त यो पक्कै आईमाई मुन्छे हो भनेर सोँचेछन अरे के । लालेले मलाई त
"आईमाईहुर चईनी जहान केटाकेटीलाई अलि दिन भउतेसित तर्केर हिड्न भन्नू" भनेर भन्थे ।

तर लालेका सप्पै कुरा पत्याम्न हुन्न केरे, भउते सित के कुरामा रिस उठे होला, अब पहिले पहिले पुनि भउतेले "लालेले रउसी खानी
पैसा मागेरै हैरान गर्च, चईनी पाँच, दस रुप्याँ दियो, दिँदा थोरै देखिनी, मेरो पैसा त कति खायो कति, चईनी अब त दिन्न तेस्लाई
रउसी खानी पैसा" भनेर भन्थे । सके तेस्तै भए पछि लालेले चईनी भउतेको भएका-नभएका कुरा काट्दै हिँडेको पो हो कि, के हो के हो ।

Keep rollling...
 
Posted on 12-08-05 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भ' नग'को, चौतारीआ आज त नगई भएन भनेर बिहानै मेलो पस्नु अघि यस्सो पसेको, चौतारी त आर्कै पो भइसकेछ गाँठे। हुनत अब याम्कीलाई भित्र्या'सी मपनि आर्कै मान्छे भइसक्या छु! गाम्का तरुनीहरु मसंग बोल्न डराम्थे पहिला, आजभोलि त डराम्दैनन्!

चौतारीमा सिरे एक्लै बर्बराऊँदै थे, गाँजा तान्ने साथी पाएनन् जस्तो छ। यस्सो बात मार्न जाम् कि जस्तो लाग्या थ्यो, तर यीनले गाँजा' सूरमा के के नचाहिनी कुरा गर्नी हुन् भनेर म लुसुक्क मेलो तिर लागें।
 
Posted on 12-08-05 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(दम्तरी हो, त्याँ माथि आर्कै नाममा पो सही गरिएछ।
---------------गोताएँ )
 
Posted on 12-08-05 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज म तिमेरुसित रिसाइउचु नि दम्तरी हो।

अब कुरो के भन्देखुन, ३ लम्बरका चौतारियाँ जग्गा सकिन लागो कि सकिनु अगाडि एक मुख बोल्चु भनेर बिहानै आको त, केको बोल्न पाउनु नि ३०० मत्रै हो र ३०२ लम्बरसम्म बोलेचन र अनि भरेचन्।

अब हाम्रो मिठाराम पनि आएछन् उँधो देखुन्ट। हिम्दाआँ आम्चन के गाडि चल्न थालेसी। बर्षा त प्रगति नगरतिरै जो बस्छ्न् केरे। मिठारामलाई देखेसी बेसीथाने पनि जो आएचन्।

हुँदा हुँदा नयेँ सुकिलो मन्छे को आयो भनेको त गोताएँले बिहेको इस्टकोट लाएर आका रेछन् मैले त झण्डै नचिनेको। पशूपति दाइको सिलाइले चिनेँ।
---------------------------------------------------
भउते:

सारेको बाँसघारि
लान्छु तिम्लाई
एस् एल् सि पास गरी

सिसा काटेको,
६ मैना भैसक्यो, निर्मला तिम्लाई आँटेको!

सारेको ... ... ...

चौतारीमा प्याउली पोलायो
रातीको २ बजे सपनीमा कोले बोलायो!
... ... ...

 
Posted on 12-08-05 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त यो हप्ता दाईँ छ है दौँतरी हो, सुतेँ आजलाई। भोलि बिहानै खलो खुर्किन जानु छ।

दादा, निर्मले होइन सरले हो रे क्या :-)
:-)
-भउते
 
Posted on 12-09-05 2:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा नरिसाम्न तेसरी , त्यो ३०२ सम्म तन्काउने त भउते को काम हो, खोइ कुन्नि कसरि तन्काको हो के रे ग्याटिस (elastic) लिमिटनि कटार पल्लास्टिक लिमिट सम्म कसरि बनाको हो कुन्नि?
म त नेपालि नबुज्नि ठाममा गको, अब चौतारो चिन्ने बेला चै भै सकेच, कस्तो गारो , तेसै पुरानो चौतारोबाट ढुंगा तान तुन पारेर गारो हालेको नि ।
 
Posted on 12-09-05 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कन्ननि डाडा तिर त बत्ति सत्ति निबाइ सकेचन, सप्पै सुतेचन केरे । अब यता अमला पाटन (america) तिर पनि सुत्ने तरखर अर्नु पर्यो ।
 
Posted on 12-09-05 5:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भलामकी एउटी बुइनी त्यो विजयपुरको पुलमुनि बसेर गाई चराउँदै हुँदी हो, नमे पनि टुप्लुक्क गहुँको थुन्से बोकेर त्यहिँ आइपुग्यो।

अनि छेलमा बसेर भलाकुसारी पो गर्छ बा। हेर्दा सोझो भे नि भित्र त आँटिलो रेछ।

नमे:
होऽऽऽ
आँखैमा झलझलीऽऽऽ
चटक्कै नभूल है माया, यो सोझो कान्छोलाई
पोखरेली कान्छोलाई
सोझो कान्छोलाई

लाली गुराँस चुल्ठैभरि
पिरती लाएकोऽ माया
खेर नजाओस् है
(गाई चराउने) सम्बन्ध हाम्रो दुई दिनको होइन
जनम् जनमकोऽ माया,
खेर नजाओस् है।

चटक्कै ... ...

 
Posted on 12-09-05 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाली गुराँस चुल्ठैभरि
पिरती लाएकोऽ माया
खेर नजाओस् है
(गाई चराउने) सम्बन्ध हाम्रो दुई दिनको होइन


जनम् जनमकोऽ माया,
खेर नजाओस् है।
------------------------------------
यसले त कुडहर फाटमा भैसि चराको याद आयो । एस एल सि बिदा, चैत बैशाख को चर्को घाम, भर्खर काटिएको गहु को फाट छात ओड्दै भैसिको पिछा, फाटको नपुगेको ठाम नै छैन होला । बिजयपुर पारि मिलेटेरि टेर्निंङमा पट्केको गोलिको आबाज बिजयपुर खोलाकको चिसो बतास सगै कानमा ठोक्किन पुग्थयो तर कैले काइ भैसि हराको झोकमा तातो रातो कानलाइ त्यो चिसो हावाले पनि केइ गर्न सक्दैनथ्यो ।
अन्नपुर्ण शिर्खङकला मुस्काउदै देश बिदेशका पर्यटकलाइ आकर्षित गरिरहेको बेला आफुचाइ त्यो खडेरि मासा कुडहरको फाटमा हरियो घासको खोजिमा हुन्थे र भैसिको बथानलाइ तेतै लगेर पेट भराउने सोचमा हुन्थे । कैले काइ दिक्क लाग्दा भैसिको बथान छोडेर बिजयपुर पारिको मेलेटरि क्यामपमा भर्ति हुन जाम कि जस्तो लाग्थयो । अर्को तरिकाले भन्नु पर्दा अब भैसि चराउने काम भन्दा माथि केइ छैन र भर्ति भए ठुलै प्रोमोशन हुनेथियो, तेस्तो कुर दिमाग मा भरिइराख्थ्यो । अगाडि त धेरै गौडाहरु रचन तर त्यो बेलामा क्षितजसम्म पुरै खालि थियो, मात्र देख्थे बिहान उदाउने सुर्य दिउसो ठ्याक्कै टाउको माथि हुन्थ्यो र तेसबाट बच्न तेइ थोत्रो चाइनिज छाता ।
तेसपछि त बस चढियो, ट्याक्सि चढियो, आखिरां त तेइ सुर्य बस्ने आकाशां जाहाजै चढेर सेता मुन्छे बस्ने ठाममा आइयो । यस्तो थाहा पाको भए भैसिको बथान छोडेर टुटुंगाको चौरमा बिजयापुर को हावा संगै अर्कै दुनयामा हुन्थे होला । अनि त भैसि हरार फेरि खोज्न हैरान------------
 
Posted on 12-09-05 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नयाँ चौताराको छेउ बाट

कहाँ छौ कहाँ, कहाँ छौ कहाँ

भनेर चिच्याको त, तल अँधेरि खोल्सा तिर'ट

यहाँ छु यहाँ, यहाँ छु यहाँ

भन्यो गाँठे, को रे छ कुन्नि।
त्यै पुन्टेदाइले राति राति भागेर गएर नचाउनि अरेको किच्कन्नि हो कि कुन्नि। जे सुकै पर्ला
भनेर थप्दिएँ मैले नि।

तिमी बिना जीवन मेरो जिउँदो लास जस्तो,
पाइला भासिँदै जान्छ, चारै तिर जेल जस्तो .......
.........................................

गुल्टिदै अरम् ..... :-)

:-)
-Bfte
 
Posted on 12-09-05 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्....... गाममा नयाँ चौतारी बनाएचन् गाम्लेहरुले....लु झन रमाईलो हुने भो..
गफ चुट्ने चौतारी त धेरै रेचन् नि गाँठे कस्तो रमाइलो!!!
:)
 
Posted on 12-09-05 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल बा। जिम्मालका दाजुभाईनै कता बेपत्ता भए भनेर हल्ला छ गाऊँमा। यसपाला मधेशमा जग्गा थपियो कि क्या हो? कि काठमाण्डुमै घर हानियो? जेठा जिम्मालले लाहुरबाट कमा'र ल्या'का नोटका बिटा जो छन्!
 
Posted on 12-09-05 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेशिथान बजार मा आइपुग्दा झमक्क रात परिसकेको थियो। ओरालो झरेर थाकेको ज्यान कता गएर लडाऔँ जस्तो भै रहेको थियो। दाउरा बलेको धुवाँ को गन्ध र खाना पाक्दै गर्दा आएको गन्धले मेरो भोक अझै तिव्र हुँदै थियो र लाहुरे दाइ को पनि शायद त्यहि हाल थियो होला।
एऊटा पसलको अगाडि राखिएको बेन्चमा, बोकेको झोला र कुम्लो राख्यौँ र हामी पनि त्यहि बेन्चमा बस्यौँ। तिर्खाको तिव्र आभाष सुकेको घाँटि र शुष्क मुखले दिदै थियो।
दाइले भित्तामा अडेस लाएर आँखा बन्द गर्नुभो, शायद थकाई भुल्ने कोशिसमा हुनुहुन्थयो। मैले पसलतिर हेरेँ। सामान्य गाउँले बजारको पसल थियो, फल्याकको लामो लामो केहि तखता बनाएर एक माथि अर्को खप्टिँदै गएर बन्द गर्न मिल्ने तुलनात्मक रुपले केहि फराकिलो ढोका बनाइएको थियो, जुन अहिले खुलै थियो जसले गर्दा भित्र पट्टि राखेको ‘शो-केस’, अर्को कुनामा झुण्डिएको ४० वाटको बत्तीको धमिलो पहेँलो उज्यालोमा समेत म बसेको ठाउँ बाट प्रस्टै देखिनथ्यो। ‘शो-केस’को शिशा मैलो र अझ धमिलो थियो जसले त्यसको कहिले पनि सफा नगरिएको इतिहास बयान गर्थ्यो। त्यस भित्र केहि वाइ वाइ चाउचाउ, केहि बिस्कुट जुन कुनचाहिँ हो भनेर मैले छुट्ट्याउन सकिन, केहि कुखुराको फुल र केहि प्लास्टिकका झोलाका पोका हरु राखिएका थिए। उता भित्ता पट्टि भने गाउँको सामान्य पसल मा हुने प्राय सबैकुराहरु राखिएको थियो। बत्ति भएको कुनामा चुल्हो थियो र त्यहाँ केहि कुरा पाक्दै थियो।
केहि बेर म त्यत्तिकै बसेँ र हिजोको कुरा सम्झेँ। कति रमाइलो भैराखेको थियो! लाहुले दाइ घर आएका, चौतारिमा सबै संग रमाइलो कुरा गरेको, गोतामेको बिहेमा जन्त जान भनेर ठिक्क परेको ईत्यादी ईत्यादी…. तर अचानक् लाहुर बाट दाइलाई चिट्ठी आयो र हतार हतार राति नै हिड्नु पर्ने भयो! लडाई मा जानु पर्ने भयो रे। लाहुले दाइले त पर्दैन भन्दै थिए तर मैले कर गरेर बेशिथान सम्म सङ्गै जाने भनेर म पनि हिंडे। के गर्नु दाइको माया लाग्छ अशाध्य! सानैमा लाहुरे भएका दाइ, फेरि अहिले काल जमाना ठिक छैन। नौलो मान्छेलाई शंकाको द्रिष्टिले हेर्छन आजकल जता ततै। त्यसैले म संगै हिड्न खोजेको। बिचरा लाहुरे दाई! कयौँ बर्ष पछि गाउँ आउनुभएको। केहि दिन पनि आनन्दले बस्न पाएनन्!
तिर्खाको अर्को तिव्र आभाष ले गर्दा म उठेर अगाडि गएँ। कोहि देखिन।
“साहूजी!!” कोहि आउला कि भनेर मैले बोलाए।
एक जना अधबैँसे महिलाले भित्र बाट चिहाइन्, मलाइ हेरिन् र अगाडि आइन्।
.................................................
 
Posted on 12-09-05 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“के चाहियो कुन्नि?” नौलो मान्छे देखेर अलिकता अपठ्यारो र अलिकता डरले मसंग बोलिन्।
मैले बोलाएको सुनेर दाइ पनि ससर्केर उठे र म तिर हेरे।
“पानी खाउँ न साहूनी”
मेरो कुरा झर्न नपाउँदै उनि चुल्होतिर गइन् र पित्तल को गाग्रि बाट एउटा अम्खरामा पानी सारेर मलाई ल्याइदिइन्।
मैले एक सासमा आधा अम्खरा पानी सकेँ र अम्खरा दाइलाई दिएँ।
“यता बास कता पाइन्छ होला साहुनी?” खालि अम्खरा दिँदै मैले सोधेँ।
“काँ बाट आउनुभाको हो?” ह्याँ त बास पाइन्न के रे” एक नजर दाइतिर दिँदै उनी बोलिन्। नउलो मान्छे लाई बास दिन अन्कनाएको मैले प्रष्ट बुझेँ। शायद दाइको ज्यान र लुगा ले उनी तर्सिएकी थिइन्। जुन गाउँमा गए पनि नचिनेकोलाइ बास दिन डराउँछन आजभोलि! दिनभरिको हिँडाइबाट लखतरान भएकोले राम्रो बास हाम्रो लागि अत्याबश्यक थियो। फेरि बाहिर जता पायो त्यहिँ रात बिताउन पनि साह्रै खतरनाक थियो। पहिला पहिला ठुलो जङ्गल थियो जङ्गलि जनावरको डरले मान्छे बाहिर रात बिताउन डराउँथे तर अहिले स्थिती फरक छ। वन मासियो, जनावर हराए तर डर भने अझ बढेर गयो। मान्छेको डर!
रात भरि जङ्गलमा डुल्दै हिड्ने बनमान्छे र ऊनिहरुलाई खोज्दै हिड्ने शिकारीहरुले भेटे भने भोलि पल्ट बिहानि देखिने हो कि हैन भन्न गारो हुन्छ।
“साहुनी! अप्ठ्यारो नमान्नुस न…….म सिमलचौर को जिम्वाल हुँ अनि वहाँ मेरो दाइ सानैमा लाहुरे भएका, हामि माओवादी पनि हैनौँ अनि पुलिस आर्मि पनि हैनौँ“
मैले बास पाउने आशले भएको कुरा गरेँ।
अलिकता अन्यौलको भावले उनले मलाई र दाइलाई हेरिन्।
“ल एकछिन पर्खनु के रे” यति भनेर उनि भित्र गइन् र एकछिन मै बाहिर आइन्, शायद उनको लोग्ने अथवा कसैलाई सोध्न गएकी हुनु पर्छ।
“भात खानुहुन्छ भन्देखि ह्यइँ पनि पाइँछ के रे” उनले आखिर हामिलाई बास दिने निधो गरिन्।
खै अब सबै बिस्तारमा भन्दै गयो भने रात बित्छ त्यसैले छोटकरिमा भन्नु पर्दा लाउरे दाइलाई बिदा अर्न गएको के रे त्यसैले चौतारिआँ आउन पाइएन। त्याँ बास बसेर भोलिपल्ट लाऊरे दाइ हिँडे के रे मुग्लान तिर अनि म चाइनेजो बिस्तारै बिस्तारै फर्केँ गाम मा। गोताएँ को ब्या कस्तो भयो ?
 
Posted on 12-09-05 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर छोडेर प्रदेश लाग्दा,
घर छोडेर प्रदेश लाग्दा,
मटु साँच्चै दुख्दो रैछ

आमा बाबु दु:खी नै हन्
तिनकै माया लाग्दो रैछ।

घर छोडेर प्रदेश लाग्दा
... ... ...


लाउरे दाइ रातो रुमालले आँशु पुछ्दै गाडिमा चढे। बिर्खे जिम्मालले लाउरे दाइले दिएको २ बिसे दसको नोट गाह्रो मानी मानी लिए।
"जिम्माल! घरको हेरबिचार गर्देऊ है! आबो तिमी नै हौ दौँतरी जो। हिजाजका केटाहरलाई त के भन्नु र। पाए भत्काउनी मात्रै हन् केरे।"
 
Posted on 12-09-05 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिआन दुखुन्टै क्यारम क्यारम भअथ्यो। कुखुरो बास्निबित्तिकै उठे, कुडो बसाले, टौवा'ट पराल थुतेर भैसि गोरुलाइ दिए असित्या'ट दुउन बाअन सकेर यैनाआ छेउमा बसेर चाआ खादै बस्योथिए, "आज क्यारनि होला दिनभोरि" भनेर सोच्दै। येस्सो मुडो झोस्न मत्रै के ला'थिये, एउटा मुन्छे मार्निको पछारियोकेरे मेरो घरको मझेरिमा। मेरो त गांठे हौसले ठाम छोड्यो, लौन के भओ, लौन को हौ तिमि भनेर हकानिदै मझेरि तिर दौडेकेरे। येसो हेरेको त हाम्रै सिरे पो रइचन गांठे। अनि मैले सोदे, "ए सिरे किन के भओ तिम्लाइ"? अनि सिरे बरा सुस्तरि फर्केकेरे। येउटा हातबरा चेपुमा राखेका आर्को हात त हैन पिसाप फेर्नि ठामथिम राखेकाकेरे। अनि मैले फेरि सोदे, " सिरे के भओ पुवा सुवा बनाम? कि तात्तातो घिउ खान्चऔ"? बरा सिरे सन्निओ भर परेचन केरे, बाक्केनै बन् भयेच। एउछिन पछि बल्ल बल्ल उठे उठ्नत गांठे। १, २ घन्टापछि त ज्यानटुरुम्यान (Gentleman) नै भैहालेनि।
त्यासि बल्ल हाम्ले दिउसो के गर्ने भन्नि कुरामा बात मार्न थालेम। कुरो क भओ भने आज दिउसो लुदि खोलां दुवालि थुनेर माछामार्नि अनि बेल्कि भुट्या माछा सित तुच्च तुच्च पार्नि।
अनि सिरे र म भअर खिर्रो ( माछा को बिष) खोज्न हिडेम। बाटा'आ भौते, दादा, नमे, बिर्खे सप्पै भेटिये। आब गोताये को मधुमास चलिराको केरे, म भरे तुच्च तुच्च पार्न आउचु अइलेलाइ येस्सतै भओ पो भने।
त्यासि खिर्रो, चिलाउनिआ बोक्रा लियेर खोला'आ गअम। दादा बलिया मुन्छे केरे, मजाले खनेर चपरा निकाल्न थाले, म र बिर्खे भअर दुवालि थुन्नतिर ला'म। भौतेले तल ढडिया थाप्न थाले। आज बेल्कि गज्जाप हुनि भओ गांठे।
 
Posted on 12-10-05 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautari ma aayo ki mero dimag ek udm fresh hunchha. chiso chiso hawa ko maja nai begali chha.........

I cant post creative writing like mos of you so just enjoy reading....... J hos chautrai ko hawal e euta git samjhina puge..........

-------------
Chiso chiso hawa ma .......
Yo man tyasai barainchha
K bho aadhi raatama ........
Yo man timi lain nai khojdachha.......

Jhyal bata hereko timile (Gharbeti ki chhori in Ktm)
Jhajhalko aaudachha,,.

-------------------

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
emergency donation needed
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters