[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 185225 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-25-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा लोल
लोल पूण्टे दा लोल


हैन के बिघ्न हसाउन सक्या होला यी पाट्या बुढाहरुले । अहिले त यस्तो, उहिले कस्तो थियो होला। लरकीहरु त जुम्रासरी टाँस्या टासेइ होला। मखुला??


 
Posted on 11-25-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल
फोटु क्याप्सन सहित को उत्तर आएछन्त
बिर्खे मिथुन र पुन्टे चोपडा को थोपडा हा हा।
हसुर्न गए म त भोक लाओ।
 
Posted on 11-25-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुच्चेपाटी बाट बौध तिर जाँदै गर्दा जिम्मालले सोचे "कस्तो बुद्धि ल हेर उही बेलाँ यसरी दुई चार वटा न्वारन गर्न पा भए? थुक्क! कति जना उम्की सके नी नारन मेरो बुद्धि नपुगेर --" तर फेरी सोचे "जे होस खाता चै खोल्ने भैयो आज--"  उनको मन सोह्रखुट्टेको ओरालो मा ब्रेक फेर्न पर्ने भन्दै गर्या पुरानो एट्लास साइकल सुइंकेको जस्तो बत्तिराथ्यो। ब्रेक लाउँदै त थिए जिम्माल तर त्यो सुइकिन्तामको रमाइलोमा उनी ब्रेक छोडम छोडम झैं पनि गर्दै थिए।


****


साझामा जिम्माल भन्दा टोल छिमेक सबैले चिन्ने। चौतारीको त हाकिम जस्तै भैसकेका थिए। त्यसैले मनमा लागेको कुरा भन्न कम्तीमा  दुइचोटी  सोच्नु पर्ने हालत थ्यो। उनलाई यो पटक्कै मन परेको थिएन। उनी पैला पैला बानेश्वर देखि बालाजु सम्म जसरी गस्ती गर्थे त्यस्तै मस्ती साझामा गर्न खोज्थे तर डराउँथे। "ल हेर हेर जिम्मालले गती छोडेका --" भन्लान बाहीर कसैले भनेर त्राहीमाम हुन्थे। घरमै भा एकजनाको त झन उनलाई असाध्यै डर थ्यो। जिम्माल दिक्दार थिए। त्यसैले उनी अचेल बिहानै भगबान बहाल जान्थे अनि उतै समय बिताउँथे। तरुनीहरु हेर्थे, आफ्नो मनमा ताल्चा मारेर घराँ साँचो बोकेर बसेकीलाई सम्झिन्थे। हुरुक्क हुन्थे।


त्यस्तै एउटा शनिबार बिहान  त्यै भगवानबाहलमा पूजा गर्न आएका सुन्दरीहरुलाई हेर्दै आशा चुरोट तान्दै आफ्ना रहरहरुलाई त्यै धुवाँ जसरी उडाउँदै थिए बिस्टे टुप्लुक्क आईपुग्यो "के हो जिम्माल--" भन्दै। जिम्मालले बिस्टेलाई देखेका थिएनन, आत्तेर भजन गाए " भष्म दलेर शम्भु तिमीले --- " । सुन्दरीहरुलाई कर्के नजरले छिर्के हान्दा तरुनीहरु भडकिएर सराप्न थाल्लान जस्तो लाग्यो उनलाई भने मन्दीर तिर हर्दै हत्तनपत्त त्यै भजन गाउँथे। त्यो भष्म दलेर शम्भु तिमीले भन्ने भजन उनलाई कण्ठै थ्यो।


"म हो जिम्माल, के को शम्भु हुनु -- अनि खरानी सरानी नी दल्द्या छैन मैले तिमिलाई सम्धि" बिस्टेले जिम्मालको हातबाट आशा चुरोट लिएर आफ्नो याक सल्काउँदै भन्यो। 


"ए ए सम्धि के गर्या यस्तो? पेट फुटाल्दिने यत्तिकै आर्काको भन्दैमा?" जिम्मालले हात लम्काउँदै भने।


बिस्टेले पैला त बुझेन तर जिम्मालले फिर्ता लिएको आशा चुरोट तिर हेर्दै भन्यो "अब चुरोटको नाम मात्रै आशा तर निराश भैसकेको रैछ सम्धि जस्तै--अन्त सल्काउनलाई अलि जोड सँग झोसेको फुटेछ पेट--ल ल भै गो म सँग याक छ ल " बिस्टेले एक खिल्ली चुरोट जिम्माल तिर दिंदै भन्यो।


जिम्मालले एक चोटी बिचमा फुटेर अलिकति सुर्ती निस्केको आफ्नो आशा चुरोट तिर हेरे अनि बिस्टेले देको याकलाई त्यै आशाले जतन सँग सल्काए।


"के भो जिम्माल, दिक्दार देख्छु नी -- त्यत्रो चौतारीको हाकिम जस्तो मान्छे -- ठिटाहरु ठीटीहरु जम्मै जिम्माल भनेर हुरुक्क हुन्छन -- "


बिस्टेको कुरा काट्दै जिम्मालले भने "ठीटाहरु त हुरुक्क हुन कि सिद्धिउन, मलाई वास्ता छैन ---"


"अनि ठीटीहरु? --" बिस्ट्ले मुस्कुराउँदै सोध्यो।


"मुस्किल त्यै त भो त सम्धि --" जिम्मालले तानेको लामो सर्को छोडदै भने।


"के मुस्किल?" बिस्टेले सोध्यो।


"कस्तो के मुस्किल रे? अब मनको कुरा भन्न मन लाग्छ ठीटीहरुलाई, तल माथि पर्यो भने जिम्माल भनेर सबैले चिन्छन, अनि परेन मुस्किल?" जिम्मालले भने।


"ल हेर सम्धि पनि--यति सानो कुरामा पनि दिक्क मान्ने हो के त?" बिस्टेले हाँसेर भन्यो।


"के गर्ने त?" जिम्मालले उपाय छ कि झै गरी सोधे।


"नाम फेर्ने नी जिम्माल, फरक फरक सुन्दरीहरुको लागि फरक फरक नाम --" बिस्टेले फुर्ती सँग भन्यो।


"हैन --काम गर्छ र?" जिम्माल अलि अलि पाउलिए--नत्र त खडेरीको रुख जस्तो भैसकेका थिए।


"कस्तो गर्छ र भनेको? गरीरा छ -- गोडा दशेक चोटी त मैले न्वारन गरी सकें आफ्नो" बिस्टेले बिजयी मुस्कान छर्दै भन्यो।


"ए हे सम्धि, हो र भन्या?" जिम्माल अहिले भने हाँसे।


"किन होइन्त? अब मेरा नामहरु चै नसोधम है जिम्माल --भन्न मिल्दैन" बिस्टेले सुनायो।


"पुराना नामहरु भन्न नमिले नी नयाँ चै भनीराखम न -- फेरी म र सम्धि नै जुधिम भने के गर्नु?" जिम्मालले भने।


"त्यो त हो --- ल ल मैले हिजै मात्र राखेको छ "किरण" भन्ने। हाललाई किरण वाट अलि टाढै बसम् झै सम्धि" बिस्टेले हाँस्दै भन्यो।


"ल ल  -- बरु म के नाम् राखम यसो आईडिया पाम्न" जिम्मालको स्वर निकै चखिलो हुन थाली सकेको थ्यो।


"नाम त अब जे राखे नी भो नी -- "बिस्टेले यता उता हेदै अघि भरखर जिम्मालले फालेको आशा चुरोट देखाउदै भन्यो "आशा राखे नी भो"


"काँ आशा राख्ने? त्यो त केटीको नाम भो नी" जिम्मालले भने।


"सम्धिको नाम आशाकाजी नी त छोटकरीमा आशा नी" बिस्ट्ले अर्थ्यायो।


बिस्टेलाई जिम्मालले सामाखुसी ओर्लीने बाटै छेउको भोजनालयमा लगेर दरो चिया नास्ता गराए त्यो दिन।


ठमेलमा फेरी मान्छेलाइ शंका होला भनेर नक्सालको साईबर क्याफेमा पुगे जिम्माल र "आशा" भन्दै साझामा दर्ता गराए आफुलाई।


एक दुई दिनमै जिम्मालले पेमा भन्ने भेट्टाए, जाउलाखेलकी रे।


अब कसैले चिन्ला भन्ने डर थिएन, जिम्माल निर्धक्क कुरा गर्थे, पेमा पनि उस्तै।


एकहप्तै नभै पेमाले भेटने कुरा झिकी -- जिम्मालले नाईँ भन्ने कुरै भएन।


पेमा जाउलाखेलमा नभेट्ने भन्ने जिम्माल ठमेल तिर हुन्न भन्ने -- "न्युटल ठाममा भेट्नु पर्छ" भन्नेमा दुईटैको सहमती भो र बौधमा भेट्ने भए।


"छ्याङ स्याङ पनि तान्यो दुबैले --अन्त --" भन्दै जिम्माल दंग परे।


*****


चुच्चेपाटी बाट बौध तिर जाँदै गर्दा जिम्मालले सोचे "कस्तो बुद्धि ल हेर उही बेलाँ यसरी दुई चार वटा न्वारन गर्न पा भए? थुक्क! कति जना उम्की सके नी नारन मेरो बुद्धि नपुगेर --" तर फेरी सोचे "जे होस खाता चै खोल्ने भैयो आज--"  उनको मन सोह्रखुट्टेको ओरालो मा ब्रेक फेर्न पर्ने भन्दै गर्या पुरानो एट्लास साइकल सुइंकेको जस्तो बत्तिराथ्यो। ब्रेक लाउँदै त थिए जिम्माल तर त्यो सुइकिन्तामको रमाइलोमा उनी ब्रेक छोडम छोडम झैं पनि गर्दै थिए।


***


कुमारीगाल तिर स्याँ स्याँ र फ्याँफ्याँ गर्दै कुदेका जिम्माललाई रोक्दै हर्के र बिस्टेले सोधे "के भो ए जिम्माल?"


जिम्मालले दुईटैलाइ हेरे -- अनि बिस्टेलाई अलि पर तानेर भने "बर्बाद भो नी, सम्धी"


"के भो?" बिस्टेले पनि चिन्तीत हुँदै भन्यो।


"पेमा थिईन? हो उसैलाई भेटन आएको बौध --" जिम्मालले हर्के कता छ भन्दै हेर्दै सानो स्वर्मा भने।


"हत्तेरी सम्धी -- कस्तो आत्तेको त -- अब बौध जानु पर्ने मान्छे यसरी फाल हाल्दै कहा यता कुमारीगाल तिर आईपुगेको त?" बिस्टेले मुस्कुराउँदै भन्यो।


"बौधै पुगेर आएको हो सम्धी" पल्याक पुलुक हेर्दै जिम्मालले भने " -- त्यो पेमा भन्ने त दोहोरो ज्यानको अजंगको मान्छे रे छ पो रे छ तरुनी भनेको त ---- मै हो आशा भनेको त सम्धी --राम् राम् राम्--बिच्किएर भनेको-- कम्ती खेदायो र ----- "


******


 


 


 
Posted on 11-25-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा त्यस्तै हो पुन्टे बुढा को फोटो चाँही मिलाकै हो जिम्माल ले हा हा


चिप्ले लाई त अस्तिनै चिनेको हो त्यो फोटो मा


पुरे चाँही सिक्स प्याक देखाउन खोजेको होला बिचरो "सिक्स प्याक मखुला" भन्दै बर्बराउदैछ !


 


 
Posted on 11-25-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप पर्भो लोल महा लोल।


बिर्खेले चाँही बस कण्डक्टर हुन रोजेछ। नजिकैबाट हेर्दा:   



 
Posted on 11-25-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, मीति सूचकले छेकेछ अलिकती। लौ ठाम पनि चिन्ने कोही छन् कि?  
 
Posted on 11-25-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा दीप ब्रो को घमाशान हा हा
 
Posted on 11-25-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आफ्नो त छुट्टी हुने बेला भयो !


अर्को हप्ता भेटम्ला रमाइलो गर्दै गरम !



 
Posted on 11-25-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पनि चिनौं न त। 

 
Posted on 11-25-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निएमापत्ती       निएमापत्ती          निएमापत्ती              निएमापत्ती           निएमापत्ती
 
हिजो मिती Nov. २५, २०००९ मा प्रकाशित् बिर्खे मायिला ले लेखेको पुरेको एक दिनको दैनिकी पुरै रुपमा दिग्भ्रमित, कपोकल्पित, हास्याद्पद रहेको पायिएको छ । पुरे ले साँच्चीकै गरेको कार्यलाई ढाक्छोप गरी, काल्पनिक कथा बनायी पुरेको जोबन/योबन को खिल्ली उडाएकोमा, म लगायत, सबै साझा बासिको घोर आपती छ । यो कुरा पुरे आँफैले आजको मिती, बिहान ९:४८ मा भनेको वाक्य "त्यो त जिम्मालबाको काल्पनिक कथा पो त, तिम्ले कस्तो नबुझ्या " ले पनि प्रूफ गर्दछ । बिर्खे बुढाले जे भने पनि हो, हो, हजुर ठीक हो भन्दै, हाथ मोल्दै, उन्कै दाँया बाँया घुमिरहने चाकडीबातहरुप्रती पनि हाम्रो गुनासो रहिआएको छ ।  बिचरा पुरेको भर्खर खुलेको योबन लाई दारी काट्ने रेजर सँग दान्ज्दा मलाई मात्र नभयी सबै साझा बासिलाई नमाज्ज लागेको अनुभव गरेका छौ । त्येसैले सत्य तथ्य कुरा सार्वजनिक गरी चौतारीमा आएर सबैको अगाडि बिर्खे बुढाले माफि मग्न पर्ने र आयिन्दा एस्तो दिग्भ्रमित, कपोकल्पित कुरा नगरने बाचा खान पर्ने कुरा आजको साझा बासिको धारणा छ ।


 
Posted on 11-25-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चिप्ले ले राखेको दोश्रो फोटो चाँही मुग्लिङ बाट डुम्रे जाँदाको बाटोमा पर्ने ड्याम हो ल ......... लु तक्मा पाउँ त

 
Posted on 11-25-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल दीप!


कुरो यस्तो हो-


सिद्धिगणेश स्कुल अगाडिबाट मनाङ होटललाई दाहिने पारेर ठमेल तिर गैराको थेँ अस्ति,अलिपर सातघुम्तिनिर खुकुरिपसल नजिकै आईपुग्दा कसैले "ओ जिम्माल!" भनेर बोलाको सुने। यसो फर्केर हेर्या त लहरे बज्जे रेछ।
"कता अन्मरिइस ए लहरेका काल?" भनेर सोध्या त के जाति च्याटमा एउडि तरुनि भेटेछ बज्जेले तेइसित के जाति ड्याट छ भनेर जानला भनो।
"हन लहरे च्याटमा कुरो गर्नि तरुनि भेट्न पनि आउँछन र?" भनेर सोधेँ।
"हामि जस्तो ठिटोसित आम्छन तिमी जस्तो बुढोसित आम्दैनन" भनेर बाटो लाग्यो।
त्यसपछि त यो मनमा कल्याङमल्याङ कुरो खेल्न थालो। बैँशमा दायाँ-बायाँ जताततै तरुनि नै हुन्ते हेरि, अब अइले नि मन त चइन्जो बैँशालु नै छ, हेरि यो बैँशालु मन लगा'र केइ अर्नु परो भनेर तेसो अरेको त्याँसि के भो दीपले भनिहाले,दुख पाईयो!



हे राम्बादूर, तिम्रो सुचनाको उत्तर दिने सुचना-


हिजो प्रकाशीत भएको पुरेको दैनिकीमा लेखिएको कुराहरु कि त सिधा बुझ्ने कि त पुरै बाङ्गो बुझाइले गर्दाखेरि राम्बादुरले त्यो सुचना प्रकाशीत गरेको बुझिन आएको छ। सिधा बुझ्दाखेरि, दैनिकीमा केवल 'रेजर' मात्र भेटिने र पूर्णतया: बाङ्गो बुझ्दाखेरि केवल कथामा 'पूर्व न्वारन'को सिन खोज्ने मनस्थितीले गर्दा नै राम्बादुर उक्त सुचना टाँस्न बाध्य भएको देखिन्छ। हामि यो कुरा छर्लङ्ग पार्न चाहन्छौँ कि हिजोको दैनिकीमा प्रत्यक्ष तथा परोक्ष कुनै रुपमा पनि पुरेको जवानि/यौवन हनन भएको छैन। दैनिकी पढ्नेले पुरेले रेजर चलाएपछिको स्थितीमा केहि रिसोच गर्न पर्ने देखिन्छ। कथाको अन्त्यले एक पटक मात्र हैन पटक पटक राम्बादुरले खोजेको जस्तो कथा कहने बाटो खुलाईदिएको कुरा किन राम्बादुरले देख्न सकेन,हामि चकित मात्र हैन आश्चर्यचकित छौँ!


 
Posted on 11-25-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेले राखेको अन्तिम फोटो, मुग्लिनबाट डुम्रे जाँदा हैन डुम्रे बाट मुग्लिन जाँदाको हो। किन भने मुग्लिनबाट डुम्रे जाँदा त यो मर्स्याङ्ग्दी जलबिद्धुत देब्रेतिर पर्छ यहाँ र दाहिने तिर परेको देखिन्छ। तसर्थ, राम्बादुरलाई दिएको तक्मा खोसि अर्को ठूलो तक्पा थपिपाऊँ!


 
Posted on 11-25-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुग्लिङ बाट डुम्रे जाँदा जाँदै पछाडि फर्केर खिच्या पनि त हुन सक्छ फोटो। बडा ओ जे टोपलिन्छ बज्जे!
 
Posted on 11-25-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त जता जे खिच्न परेपछि पछाडिबाट फर्केर खिच्नलाई किन्न ला' होलाऊ नि तिम्ले डिएसेल्लर!


 
Posted on 11-25-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या पुन्टे । खासमा, त्यो फोटो मुग्लिन बाट डुम्रे जाँदा ...... ओहो ड्याम त राम्रो देखिन्दो रहेछ भनेर क्यामरा झिक्दा झिक्दै कटिसकेको ले पछाडि फर्खेर खीचेको हो ..... हो भन्या बडि जान्नी हुन्छ यो बुढा .....
 
Posted on 11-25-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यि बुडा भ्याकेसनमा रेछन कि के हो हँ? यहिँ पतर पतर कराईराछन त ब्यानदेखुन्।


ल तपाईँको थिएटरमा आज देखि, भव्य प्रदर्शन भैरहेको छ-

'पुन्टे बुडा इन भ्याकेसन; फन अनलिमिटेड'

 

Last edited: 25-Nov-09 12:48 PM


 
Posted on 11-25-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



मिटिङ छ, सिटिङ गर्दै गर्नु । तारेमाम।


 
Posted on 11-25-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी नि खुब वासिङ्टन डि सि तिर भ्याक्सिन मनाउन हिँडेका रे हैन? हाँरो डि यस् यल आर ले खिच्देम तिम्रो फोटो :



 
Posted on 11-25-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Original poontey



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters