[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 698950 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-27-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा हराएको कुरा गर्दा गर्दै तारेमाम को सट्टा हराएमाम भए छ। गल्ती ले मिस्टेक भाको भनेको यही हो।


हैन बिर्खे बा, जिम्माल बा, माइली बुढी हुंदा हुंदै जेष्ठ नागरिक भन्न अली असुहाउदो हुन्छ कि ? पालो मिच्न त पाइन्न नि।


 
Posted on 01-27-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                   महिला सम्मान कार्यक्रम


महिला हरु लाई नि सम्मान गर्ने प्रथा भएको यो चौतारी मा आजको दिन मा सान्नानी को सम्मान गर्ने कुरा को छिनोफानो भएको ले - निज सान्नानी को नाम परिवर्तन गरी आज सान्नानी लाई सम्मान गरिनेछ।


पुरानो नाम - सान्नानी
नयाँ नाम - सैतान्नानी


तालीsssssss



चौतारी रस्रङ प्रधान 


 
Posted on 01-27-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे हल्ला मे क्या राखा है - हल्ला सल्ला लाई गोली मारौ -


जेष्ठ नागरिक त ठुल्दाइ नै हो है - जिम्बाल ले त ठुल्दाइ भनेर बोलाउछ - अरु के भनाइ भो र


 
Posted on 01-27-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रान्तीपूर दैनीक


 


देशवासिको नाममा संदेश-


चौकपा खाओबादीका अध्यक्ष तथा परधान मुन्तरी अखन्डले, चौतारीमा संघर्षरत आफ्ना युवा समुह कालोस्याल यानि कि कट्टर ल्वाँगे सुटर्स लिग (के सि एल)को गतिबिधीमा चौतारीका जनताहरुको बिरोधलाई मध्यनजर राख्दै उक्त संगठनको नाम फेरेर कालोखस्याल कट्टर ल्वाँगे खतरा सुटर्स लिग (के सि सि एल) राख्ने निर्णय आज उनले देशवासीको नाममा गरेको संबोधनमा आफ्ना दुवै हातका हत्केला आफ्नो भरिएको भुँडिमा राख्दै औँला हल्लाउँदै गरेका छन्।


 


भगुतभाईको रोग निको-


चौतारीका कुनै जमानाका एक अत्यन्तै सकृय औतारी श्भगुतभाई भन्डारिलाई विगत २ वर्ष देखि लागेको एक्टयुट भाउते डन्डिफोर सिन्ड्रोम (ABDS) निको भएको समाचार छ। अत्यन्तै महीलाघातक यो रोग ठिक हुनुमा हालै भएको उनको विवाहलाई लिइएको छ। भगुतभाईलाई चौसस को शुभकामना।


 


टायर बालियो-


हालै रिलिज भएको भारतिय चलचित्रमा चलचित्रका एक नायकले हिन्दु धर्मग्रन्थ महाभारतमा भारतको कथा भएको कुरा व्यक्त गरेपछि, चौतारीका संवेदनशील युवा जमातले महाभारत चौतारीको कथा भएको र चलचित्रले संसारलाई दिग्भ्रमित पारेको आरोप लाउँदै अस्तिबाट उक्त चलचित्रको प्रदर्शनमा रोक लगाउनुका साथसाथै करिब एक ट्रक टायर जलाएर बिरोध गरेका छन्।


 


झुन्डेर मृत्यू


उपत्यकामा डेरा गरि बस्ने वर्ष २१कि सुन्तली नाम गरेकि एक युवती आफ्नो डेरामा हिजो मृत अवश्थामा फेला परेकि थिइन्। करिव २ वर्ष अगाडि उपत्यकामा काम गरेर रसुवाको कुनै गाउँमा रहेका परीवारका अरु सद्स्यहरुलाई सहयोग गर्ने तथा भाई पढाउने इच्छा लिएर आएकी निज युवती एक क्याबिन रेस्टुरेन्टमा काम गर्दै थिइन्। ४ दिन अघी पुलिस द्वारा हनुमानढोकामा सोधपुछका लागि लगिएकी निज युवतीलाई हिजो बिहान मात्र छोडिएको थियो।


 


सैनिकको मृत्यू


भारतिय गोर्खा राईफल्समा काम गर्ने एक सैनिको आज भिरबाट लडेर मृत्यु हुन पुगेको छ। उनि ५ बर्ष पछि घर फर्किरहेका थिए।


 


भारतमा अर्को नयाँ मेट्रो रेलवे संचालन


छिमेकी राष्ट्र भारतको अर्को एक शहर भारतपूरमा पनि हिजो बाट मेट्रो रेल संचालमा आएको छ।


 


शौचालय निर्माण


चौतारी देशको विकट हिमाली गाउँमा नर्वे द्वारा आर्थीक सहयोग पाएको एक एनजिओले २ वटा शौचालय निर्माण गरेको छ। नर्वेले नेपालको हिमाली गाउँहरुमा शौचालय निर्माणका लागि दिएको तीन लाख युरोको लागतमा उक्त शौचालय निर्माण गरिएको हो। संसारमा नै यति महँगो तथा सरल शौचालय बनाएर गजक्क परेका उक्त एन जि ओ का अध्यक्ष श्री मौकाराम चौकाले बत्तिसवटा दाँत देखाउँदै आफ्नै निवासको भव्य बैठकमा भेट्न आएका पत्रकारहरु संग उक्त कुरा बताउनुभयो।


 


वर्गिकृत बिज्ञापन


चाहियो- एक रेट्टुरेन्टको लागी ४ जना वेट्रेस चाहियो। उमेर १४-१८, साधारण लेखपढ गर्न जान्ने वा जान्दै नजान्ने भए पनि हुने। पोटिलो जिउ र चोटिलो मुस्कान भएकोले सम्पर्क राख्नुहोला। किस्नजी- ४२८२८४८४


विक्रीमा- चालु हालतको मोसा। हिरो होन्डा, मूल्य रु- २५००० मात्र, सम्पर्क- स्यान्डो ब्रो- ३४३४५३४३।


जग्गा विक्रिमा- तिनकुने सुबिधानगर नजिकै, मोटरबाटो भएको २ रोपनी जग्गा बिक्रिमा, काटेर पनि दिन सकिने। सम्पर्क- अनिलजी- ३०४३३४९३४, नोट- दलालले कस्ट नगर्नु होला।


आरोग्य अस्पताल- के तपाइँ गानो, गोला, वायू, शूल, ग्याँस्टिक, अमलपित्त, कमलपित्त, कृस्णपित्त, नपुंसकता, स्तन झुकेको, पुट्ठा सुकेको, ढाड खस्ने, पिलो आएको, चाया, डन्डिफोर, शिघ्रपतन, स्वप्नदोश, कफ, क्यान्सर तथा एड्स बाट पिडित हुनुहुन्छ? हुनुहुन्छ भने हामिलाई सम्झनुहोस, आरोग्य अस्पताल।


 


 


 
Posted on 01-27-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो लहरे के भन्छ हो ? नवौं बिहे गर्ने जिम्माल भन्दा ठुलदाई कसरी जेष्ठ हुन्छ? बैशाख को बैशाख नै रह्न्छ। आफुले दोस्रो त गर्न पाएको छैन, त्यसै बुढो बनाइ दिने?

 
Posted on 01-27-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ बिहे बेसी गर्दै मा जेष्ठ हुने हैन नि त, उमेर ले हुने हो क्या, होस् क्या छोड्दिनु त्यो पुरस्कार त ठुल्दाइ लाई नै हो क्याSSSS

 
Posted on 01-27-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए हैन यो जाडाँ नि चौतारी किन एस्तरी रन्केको भन्या त हाउरा सउधी आ रचन र पो।
जदौ अरे सउधी ज्यु,निक्कै दिन हराउनु भो,थला पर्नु भो कि कसो?
लहरे पहरे नि आएछ नि त केही सिप नलागेर,सपै मुकुन्डो फ्याकेर आएछ,जे होस् ज्ञानी छ लहरे।
नेत्रे तारेमाम के छ हो सोम,एत्तिका दिन कता गायप हो,नेपालाट आएसी सप्पै तेस्ताइ हुँदारचन।
ठुल्दाइ,रिट्ठे त स्ट्यान्डम्यान भाई हाले चौतारीका।
सानी के छ् बा तेरो,खाजा खाइस?
सउधी ज्यु को गन्नु माह्त्म्या सुन्न पाएर कानै न्यानो भयो। बडा रमाइलो छ्।
अनी चिप्ले सोम के भाको नि,मैले चै छडने ,तिमी सुरु गर्या?


 
Posted on 01-27-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामै त लहरे कसरी हराओस्?
पहिला पहिला लहरो तान्दा पहरो गर्जिन्थ्यो आजकाल त पहरो तान्दा लहरो पो गर्जिन्छ बा, गजव जमाना आयो ।
त्यो लहरोमा मलजल नपुगेर पो चौतारीसम्म नआको रेछ त । भाउ पुग्नसाथ चौतारीमा हाजिर ! हेर के बिदी गर्जेको !!
जिम्माल बाको समाचार गजप छ ।
सम्मान्को पाउना लागि तुरुन्तै सम्पातक भेर पत्रीका चलाऊन थालनुभेछ । जे पायो तेही गरि कुरो काटेर लेखेमा त फेरी तपाइको पत्रीका नि त्यो के जाती 'के सि सि एल' ले जलैदेलान नि ।
 
Posted on 01-27-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई, सम्धिज्यू, चिप्ले, सान्नानी, लहरे, बसन्ती, ठुली, रिट्ठे, नेत्रे सबैलाई जदौ!


हन नयाँ मुन्छेहरु देख्छु त गाँठे तर क्यार्नु बुडो भएसि यो आँखोले तेति नठम्म्याउने क्या, को को परेऊ कुन्नि? नाम के के हो? लौ न कोइले चिनादेओ।


 
Posted on 01-27-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल सम्धी ज्यु लोल..
घाममा ढाड सेकार,मुखा सुपाडी चपार,चिलिम फुक्दै भान्तिपुर दैनिकी पढ्नु को मजा बेग्लाई छ्।
अरु पनि राखम एस्तै एस्ता।
अरुको हसुराइ टाइम हो कि के हो?

 
Posted on 01-27-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाने र बिस्टे एउटै मान्छे हो कि क्या हो - संका लाग्यो मलाई त


हो ल पानी र बिस्टे एउटै हो - हो भनेपछी हो



पुरे ले ठीक कुरा गर्‍यो बाइ - धेरै बिहा गरेर बुढा हुने हो त - कि कसो ठुल्दाइ आक्छ्या बुढादाइ


 
Posted on 01-27-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाने रे पुरे दुई आका हुन नयाँ गाउले !


सट्खट मा भन्नि हो भने 'पानीपुरी'


जदौ जिम्माल ! साहुले पेल्न छोड्यो कि कसो भो, आज निक्कै फुर्सतिलो देखिन्छ !


भउते बज्जे ले त हात भरी को भाग पाएसी के सम्झिन्थ्यो हाम्लाई


 
Posted on 01-27-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै सौधी ज्यु को नयाँ को पुरानो भन्नु
मुकुन्डो फेर्दै आउने को बिग्बिगी छ् अचेल।
अस्ती मात्र लहरे बेकुफ ले एकै दिना ३-३ टा मुकुन्डो लार आयो,एुटा मुकुन्डो चै अली च्यातेछ,सब्ले चिनी हाले अनी तेस्पछी,साह्रै
गर्‍यो भनेर अस्ती दिमाग को औरेसन नि गर्या हो तेस्पची ३ दिन गायप भर आजै आ हो।
त्यो बाहेक चै यो पुरे,तल भञ्ज्याङ को साइला दाई को छोरो,उहिले गाई चराआउन आउथ्यो नि तल चौर तिर तेही हो
अर्को पाने चै खै पहाडाँ घरबार बेचेर एता झर्या भन्ने सुन्थे,उसैलाई सोध्नुस्।
अनी अरु नि छन २-४ औतारी हरु आज देख्या छैनन।
Last edited: 27-Jan-09 11:29 AM

 
Posted on 01-27-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई शंका लाग्यो भने लंका जाने ।
डा राजभण्डारीले नाडी छाम्ने चिज हो यो, शंका गर्ने चिज होइन !
तेत्तिकै बेसुरको कुरा गर्नेलाई डाङ्डर् बोलाइदेओ गाम्ले हो ।
 
 
Posted on 01-27-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा को ट्याम भयो। तारेमाम।
 
Posted on 01-27-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन के भन्छ यो लहरे, भन्ने ले भनी रन्च,नबिराउनु नडराउनु,मुकुन्डो लार आउन के को खाचो नि,
या एउटै भा मुकुन्डो लार आउन फुर्सत छैन,तिमी जस्तो हो र फिरन्ती।
पाने पुरे सप्पै म हो भन्दे नि केही छैन मलाई।

 
Posted on 01-27-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यि हाम्रा ठुल्दाइ पनि मुकुन्डो लाउन थालएछन कि के हो?


पानेको यो लेखाइ कता कता ठुल्दाइको जस्तो लागेन तिमेरु लाई। एउडा कुरो नि।








लहरेलाई शंका लाग्यो भने लंका जाने ।
डा राजभण्डारीले नाडी छाम्ने चिज हो यो, शंका गर्ने चिज होइन !
तेत्तिकै बेसुरको कुरा गर्नेलाई डाङ्डर् बोलाइदेओ गाम्ले हो ।
 

 

 
Posted on 01-27-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल नेत्रे,
लवज त ठुल्दाइ को जस्ताइ राइमिङ छ् तर ठुल्दाइ चै हैन।

 
Posted on 01-27-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शंकै गर्ने हो भने त मलाई नि दुइजना अध्यक्ष र उपाध्यक्ष भेर चौतारी चलाको जस्तो लाग्छ ।
तर यो चौतारीकै बिशेषता हो कि जो आए पनि ' पावर अफ अशोशिएसन' भने झै उस्तै बनाउछ।
तेहिभेर सब्बै एक से एक गफाडी भाका हुन यहाँ ।
तेसैले बढी शंकाको खेति नगरम् , तपाईं पनि गफाडी बन्ने सुनौलो अवसर प्राप्त  गर्नुहोस्
 
Posted on 01-27-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है धन्यवाद मेर परिचय गराइदेको मा। जिम्माल बाजे लाई, तारेमाम ट्क्राये है, एस्सो आफ्नो गामठाममा के कस्तो छ हेर्न आको नि, सबैलाई एता देखेर चहिन lastai खुशी लाग्यो। आज साहुले अली बेसी काम देको छ तेइभेर यो चौतारी म घरी-घरी आउन अली गर्हो पारीराछ। तर मलाई लेख्दै गरुम है, म एस्सो मौका पाबेला अाइरहन्छु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters