[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 256939 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-23-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७०~


नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 170 editions.



Last edited: 23-Dec-09 08:31 AM

 
Posted on 12-30-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इ यहाँ रछ जिम्माल , खसिको मासु भाग लाउदै रछ , लु मलाई नि त्यो हेरी दाँया तिरको एक भाग भाउ मिलार देउत जिम्माल, आज बेलुका पनि खसिको मासुमा झोल हालेर तीन माना भात बजाम्नु पर्‍यो लु लु ।



 
Posted on 12-30-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आए देखी खान को कुरा गर्या छ छ - भर्खरै खाएर आएर अझै मासु मै झुन्दिया छ त


अब बङुर र रौसी छोड्ने रे - छोड्छ एस्तो ताल ले


 
Posted on 12-30-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कती प्यार प्यार गर्छौ ए हर्के? अई दुई घण्टा सम्म आफ्नो अली फुर्सत हुँदा चरो मुसो कसैले मुख देखाएन ! बज्जे लाई फेरी पानी खानु पर्नी


लु लेउ मिठा पत्ती मा १६० हालेर बनाउन लाइदेको छु ! लहरे नि खान्छ होला नि ! लहरे लाई चाँही मुख बिलास र गुल कन्द मात्र हाल्न भन्देको छु


 



नयाँ मित्र कन्ट्रिरोड लाई चौतारीमा स्वागत अभिवादन छ !


अरु जे सुकै गर नक्कलीतिर चाँही आँखा लाउन पाइन्न है ब्रो !


 
Posted on 12-30-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम कुरा गर्छौ हे सेरियल कान्छा |


कमपीटीसन गर्ने आट भयेको भये किन चौतारीमा हल्ला गर्थे हे ,आट भएकोभये डाडापारी कान्छी लाई लाई भगाएर उहिलेनै गैरीगाउ तिर


घरजाम गरेर बसेको हुन्थे केरे ,


झगडा नै पर्न भन्दा पहिले नै बाटो तताम  क्या हो गाउले दाजुभाई |


 
Posted on 12-30-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धन्यवाद है रिठ्ठे , गर्छ काम चै गर्छ रिठ्ठेले जे होश ।


के गर्ने लहरे अरु कुरै गर्न आउन्न मलाई खान बाहेक , बरु तिम्ले के घिचेउ आच्या खाएउ भन्न खोजेको , घिचेउ भएछ ।


तिम्ले त झोल भात खाको हैननी हैन , बज्जे रौसी छोड्ने भनेको हो त चुरोट र बूङूर पो छोड्नी भनेको त ।


 
Posted on 12-30-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ त्या रिट्ठे ले ताकीरा छ नक्कली लाई - ओपन च्यालेन्ज छ रे रिट्ठे को


ल अब के गर्छौ त


 
Posted on 12-30-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दमौलीको सम्झना बिर्सना
कहाको माया मनको तिर्सना मादी सलल
जुन देश गए नि हे माया आफ्नै गाउँ देखें झलल


बुधबारे चिसो बदली अपरान्हको जदौ।



हर्के, बंगूर छोड्ने र भनेको? अस्ति रिट्ठेसँगको फोन बार्ता सम्झना आयो बरु। मैले नेपाल भ्रमणमा जाँदा खिचेका फोटोहरुको कुरा हुँदै थियो। रिट्ठेले भन्दै थियो कि फोटोहरु चौतारीलाई नै लक्षित गरी खिचिएका जस्ता भनेर। हुन पनि चौतारी सापेक्ष द्रिष्यहरुको कल्पना गरिरहेको हुन्थें बाटो हिंड्दा। "यहाँ बङूरको मासु पाईन्छ" लेखेको पसल अघि रिक्सा रोकिएको द्रिष्यको पनि कल्पना गरिरहेको हुन्थें तर त्यसलाई कब्जा गर्ने मौका कहिले मिलेन। अनी के त्यो जे पाए त्यही फोटो राखेको? खसीको मासु किनबेच गर्ने हर्के पनि होइन जिम्माल पनि होइन।   


बाउचा, जिम्माल त खोलातिर होइन, मैदान बस्न जाँदा बारीको कान्लाबाट लडेर घाइते रे। स्वास्थ्य स्थिति त मदनवालाई थाहा होला।
कन्ट्री रोड र आस्थालाई स्वागतम\। नयाँ औतारी हुन् कि भूमिगत औतारी हुन्?
ठूली, सन्तानले अम्रिकाका काउन्टी काउन्टी ढाकून्।
पूरे, पूरी तरकारी ज्यूनार भो?
ठुल्दाइ, जाने होइन ओखलढुङगा "मेरो प्यारो काठमाडौं" कबिता लेख्न?
रिट्ठे सर, गाथमा आरामै?
नाम छुटेकालाई तारेमाम्।   


 
Posted on 12-30-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो त फोटोमा चिप्ले ? बेच्ने चिप्ले किन्ने लहरे हो त कि को हो , चिन्नै गाह्रो भो मलाई त । 


अब चै साचिकै छोड्ने हो,  धेरै खाइयो यार यो बूङूर वक्कै भैयो, यो साल बूङूर छोड्ने अर्को साल बैस्णब हुने बिचार  गर्दै छु , हेरौ के हुन्छ ।


अनी चिप्ले त्यो तिम्ले खिचेको फोटो यहाँ टासेर सप्पै सकाएउ कि अझै छ ? छ भने हेरौ न एक दुइटा ।


 
Posted on 12-30-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो गाउ त तम्सालिङमा पारेछन माओवादीले, तिमर्को गाउ कुन प्रदेस्मा परेछ गाम्ले हो ?
 
Posted on 12-30-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ , धूत कस्तो भाते निन्द्रा लागेको गान्ठे , लु म चै लाग्नु परो सुत्न ।
 
Posted on 12-30-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुर ले उ खान छोड्छ होला तर हर्के ले बुङुर? ना बाबा ना


चिप्ले ब्रो, गाथमा चाँही आरामै छ ! अब आज पछी फेरी ४ दिन लाई बिदा छ ! अरु त सबै बेसै छ भन्नु पर्‍यो प्रभु ! अनी आफ्नो के कस्तो छ? नयाँ बर्षा को के छ पिलान?


लहरे बाओ, नयाँ मुन्छे लाई त्यसरी थर्काउनु हुन्छ त लाटा? साच्ची नै भाग्यो कि क्या हो कन्टे (टंके?)


 


 
Posted on 12-30-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सर, त्यसो भए नयाँ बर्षको शुभकामना अहिले नै दिइहाल्नु पर्‍यो भोलि भेट नहुने भने पछी। पिलान त नयाँ बर्ष पुरानो बर्ष जे भए पनि बियर नै हो मेरो त, सरको त व्हिस्की पर्‍यो केरे हैन?
हर्के, मेरो पुर्ख्यौली घर तमुवान हालको चाँही नेवामा पर्‍यो। भने पछी तिमी सिन्धुली, रामेछापतिरबाट तल झरेको हौ कि कसो? साँच्ची नेपालबाट फर्किंदा तिम्रै भेक (लालबन्दी)को मान्छे परेको छेउको सिटमा। रामेछापबाट झरेको, अनि पहिले मकालु बस (मलंगवा काठमाडौं रुटमा) अहिले कतारमा ट्रक चलाउने।  रिक्सा चलायो चलाएन चाँही सोधिन।  तिमी चाँही बंगूर खाँदा खाँदा वाक्क भएछौ तर मेरो अहिलेको फेबरेट नै बङूर भएको छ। कुखुरा खांदा खाँदा नित्य कर्म गर्दा पनि सुली आउला जस्तो, खसी किन्न महँगो, गौमाता बर्जित अनि के गर्नु? फोटोहरु चाँही बाँकी छन् टन्नै, एकै चोटि किन सिद्ध्याउनु हैन? तिमीले राखेको  फोटोमा मासु बेच्ने बाउचा किन्ने पूरे हुन् ल जा त।
 
 
Posted on 12-30-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रीठ्ये र मत सगै तोम्बा तानने दौतरी पो त ,तेहीपनी मेरो लागि नकली प्रेम कुरबान गर्छु भनदै छ त ,रीठये जस्तो सोजोलाई घानमा किन
पर्छौ हे सेरिअल कान्छा |तिमिले छोडौ भनेत कुरा सकियो त गाठे |
 
Posted on 12-30-09 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nindra laayera lyaayo bhanyaa.. hareyyyyyyyyyyyyyyyy

 
Posted on 12-30-09 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY NEW YEAR CHAUTARI!!!

 
Posted on 12-30-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy New Year from me too...sabailai naya barsha ko subhakamana cha!!!!

 
Posted on 12-30-09 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होर चिप्ले , मेरै मान्छे सङै बसेर आको  रैछौ , हर्केलाई चिन्छौ भनेर सोधेनौ ।
होत म पनि सिन्धुलीकै हु, अब माओवादीको प्रदेश भन्नु पर्दा , पुर्खौली तम्सलिङ , अनी पछीको मिथिला प्रदेश अनी अहिलेको चै नेवा राज्य भन्नु पर्ने हुन्छ , तमुवान भनेसी गान्डकी अन्चन तिरको परेउ तेसो भए तिमी हैन त ?


हो रिठ्ठे  हो अब अर्को अचम्म हुँदै छ कुकुरले छोडोश नछोडोश , हर्केले चै बूङूर छोड्छ यो नयाँ बर्ष देखी ।


 
Posted on 12-30-09 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नितिशा नानी खै एक दुई वटा चिरी च्याट्ट परेको गीत सुनिदिउन छ भने नत्र म आँफै बजाउछु आज जे पर्ला पर्ला । 
 
Posted on 12-30-09 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Lost, yesterday, somewhere between sunrise and sunset. No reward is offered, for they are gone forever(Horace Mann ) May the new year 2010 emerge for the prosperity, peace and a landmark in our lives!


 


HAPPY NEW YEAR - 2010 !


 
Posted on 12-30-09 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगी एक सफर....





 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters