[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "ईन्द्रेणी"

[Please view other pages to see the rest of the postings. Total posts: 187]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 125638 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 10-11-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ईन्द्रेणी"

 

मान्छे जाडोमा मधेस तिर जान्छन उ चै मधेसबाट काठमाडौ आउने भई छ।

खुसीको कुरा के भने नी निशा आउने पक्का भो अरे। जय होस। आउली भन्ने आश अनि नआउली भन्ने त्रासमा अल्झेर भनेको बेहाल जस्तै भै सक्या थ्यो आफ्नो। उ आउने रे भनेसी फोटो खोजी खोजी हेरें -- बुलेट थिई नी उ, नारन!

 

निशा मेरी काकीकि बैनी। उ सँग मेरो भेटघाट भा थेन। आफु काकाको बे मा जान पाईएन -- म मात्रै के धेरै जान पाएनन -- पाएनन भन्दा पनि भ्याएनन भनम न। काकाले तिब्र बे गरे के -- त्यस्तै भो -- मधेस पुग्या थे उडेर -- काकिको पानबुट्टेको माथ्लो पेचाँ परेर चेट भएछन।

 

निशा आउने खुसीमा एक सुरले खुसी हुन नी पिसाचले दि रा थेन। को पिसाच रे? तेई बाङ्गे, अरु को हुनु?

 

ठिटी त आउने भै तर बाङ्गेलाई के गरी पन्छाउनु? मुस्किल थ्यो। आफ्नो पक्का साथी भनेकै फेरी उही। भर्सेलामा परोस अघोरी भन्न पनि भएन। उस्ले चैन सँग मलाई केही गर्न देला भन्ने चैं आशै थिएन। एका तिर निशा -- आहा! कस्ती नसालु होली जस्तो लाग्थ्यो -- अर्को तिर बाङ्गे बज्या बिसालु जस्तो थ्यो।

 

आज उ आउने दिन। अहिले सम्म मैले बाङ्गेलाई ठीटी आउने कुरै गर्या छैन। हुने बेलामा अनेक हुने --निशालाई मेरै छेउको कोठा दिन ला थे। मलाई त अर्को चिठ्ठा पर्या थ्यो। यो पल्लो कोठामा निशा सुत्छे रे भन्ने दिमागमा आएर हिँजो राती मात्रै ३ चोटी निन्द्रा बिच्कियो।

 

अँ साच्ची, उस्लाई गए रात सपनामा पनि देखें। पैले पैले अमेरीका आउनु अघि मैले एक दुई चोटी न्युयोर्क पनि देख्या थेँ सपनामा। सपनामा न्युयोर्क पुग्या हुन्थें फेरी यता उती हेर्यो उनै चिन्या मान्छे --तिनै हाँडीगाँउका पाटी देख्थें--कैले न्युरोड देख्थें न्युयोर्कमा, कैले बाटो चै न्युयोर्कको रे बार्दलीमा खुर्सानी सुकाका घरहरु चैं हाँडीगाँउकै देख्थें। तेई तालमा मैले निशालाई देख्या थें गए रात सपनामा -- तरुनी देख्थेँ -- अनुहार देख्दैनथें।

 

हवाईजाहाजबाट आउने भाकी थि उ आज। काका काकी लिन जाने भाका थे। म पनि जान्छु बिमानस्थल भन्या भात खाई सक्दा नसक्दै बाङ्गे आइपुग्यो। एक छिन बसे कुरो थाह पाउला भनेर हतार हतार उ सँग निस्कें बाहीर।

 

उस्लाई बोकेर जहाज १ बजे तिर आउने हो क्यार -- मैले १२ बजे सम्म जसरी भए पनि बाङ्गे भुत मन्छाई सक्नु पर्थ्यो।

 

"के भो हँ तँलाई आज?" बाङ्गेले सोध्यो सत्तेनारन थान पछाडी चुरोटको ध्वाँ सँगै। मेरो मन उडेको देखेछ कि ठानेँ।

 

"टाउको दुखी रा छ।" भन्दें।  त्यसकै निहुँ पारेर छडकिन्छु एक छिनमा भन्ने लाग्यो।

 

"हिँजोको तेत्तीले दुख्यो त टाउको?" बाङ्गेलाई अचम्म लागेछ।

 

"ट्वाँटले दुख्या हैन।" भनेँ।

 

"के ले त?" सोध्दै उस्ले कुरो झिक्यो --"हिन माहाँकाल थान जाम-- हिँजोकी केटी कौसीमा आईहाल्छे कि?"

 

"लागी रा छ" मैले अलि झर्केर भनेँ। कस्लाई के धुन कस्लाई के धुन।

 

"आफुलाई टाउको दुखीरा बेलाँ ---" सुनाएँ।

 

एक मनले भन्दिम कि बाङ्गेलाई निशा आउने कुरा जस्तो लाग्यो फेरी जानी जानी दशा के बोलाउनु जस्तो पनि लाग्यो।

 

यता र उताको कुरा गरीयो। धेरै नाटक पनि गर्न हुन्न थ्यो। बाङ्गे संधिग्द हुन सक्थ्यो। घाघ थ्यो पातकी।

 

बल्ल बल्ल पौने बारह् बजे तिर "ल म लाँगे घर तिर --औसधी खाएर एक छिन सुते पछे ठिक हुन्छ -- अनि जाम्ला माहाँकाल तिर" भन्दै उठेँ।

 

"कति बजे तिर आउँ त म? दुई बजे तिर?" सोध्यो उस्ले।

 

उ त आज म कहाँ आउनै हुन्न्थ्यो। तेसैले भनेँ "ठिक भए पछी मै आउँछु तँ काँ।"

तँ घरी घरी आउँदा बा रिसाउलान फेरी"।

 

सरसोतीथान सम्म सँगै आएर म छुट्टीएँ। मनमा अलिकति खल्लो लाग्यो साथिलाई तेसरी अलमलाएको मा। थाह त उस्ले जसरी पनि पाई हाल्थ्यो। खाली एक दुई दिन आफ्नो सुरमा मियों गाडेर दाईँ गर्न थाल्न पा मेसो बस्थ्यो की भन्ने आश। के गर्नु।

 

छीटछीटो घर तिर लागेँ ----

       

लाग्न त लागेँ तर बाङ्गेको छायाँ परीसकेछ। काका र काकी त हुईँकि सकेछन। बिच्छुक लाग्यो की भनेर दिक्क लाग्यो। एअरपोर्टबाट आउँदा ट्याक्सीमा काका अगाडी गुरुजी सँग बसी हाल्छन -- पछाडी म अनि दिदी बैनी (काकी र निशा के)। उनिहरु त सँगै बस्नै पर्यो गफ गर्न -- एका तिर काकी अर्को तिर म--बिचाँ निशा--सम्झिदौ ज्वरो आउला जस्तो भन्या --अनि झोल्ठिङ र भद्रगोल ट्राफिक भा बाटा तिनै हुन निशा सँगै लेपास्सिन नपाए नी झाक्क झुक्क घच्च पर्या बेलाँ गती परम्ला भन्या --तुषारापात भो।

 

 

जे होस -- काका पछाडी बसेर मलाई गुरुजी सँग नराख्लान भन्ने के थ्यो? ल भैगो काका नै बसे रे अगाडी तर पछाडी निशा एका तिर म अर्को तिर --काकी बिचाँ बस्थीन अनि भेटथिस झाक्क झुक्क भनेर सम्झाएँ मन, अनि अलि मत्थर भो पिडा।

 

कति बेला आउँलान भनेर बिनिसित्ती खटपट भै रह्यो। जुन मोटर आए नी आए कि भनेर हेर्यो के को। कसैले बोले पनि रिस उठ्न थाल्यो यत्तिकै। साँच्चिकै टाउको दुख्ला जस्तो पो भो।

 

२ बजि सक्यो आएनन। २:३० भो अझै आईपुगेनन। मेरो मन बत्तिन थाल्यो। अब म तुरुन्तै बाङ्गेकाँ नपुगे उ कुनै पनि बेला आईपुग्न सक्थ्यो म कहाँ। यता बैभव आउने र उता भैरव आउने बेला एउटै पर्यो भने? बरबाद हुन्थ्यो।

 

सोचेँ -- अब उनिहरु आईहाले पनि मैले उही दर्शन सम्म गर्ने हो। उस्को मुस्कान सम्मको केही प्रसाद पाउने हो धेरै भए। त्यो त ढिलो चाँडो मैरै हो, सम्झाँए आफैलाई। अब काकीले बल्ल बल्ल भेट भाको बैनी सँग आफ्नो माईती र उताका आफन्तको कुरा गर्न छोडेर जा दीप सँग भन्छिन कि भन्ने आश गर्न त भएन नी।

 

बरु बाङ्गे आउनु अघि नै उस्काँ पुग्दे कल्याण हुन्थ्यो आफ्नो। पुगेँ बत्तेर पातकी कहाँ।

 

नभन्दै उ मै कहाँ आउन ठिक परीसक्या रे छ। उस्ले सोध्नु अघि नै टाउको ठिक भो भन्दै थपेँ "ल हिन माहाँकाल तिर जाम "।

 

उ दङ्ग पर्यो। हिँजो चाबेल गणेशथान गैया थ्यो। अनि त्याँ चोकाँ ठीटी निरिक्षणमा लाग्दा हुँदी एउटी सुन्दरी अरु दुईटी केई न कामकी सँग चुच्चेपाटी तिर लागी। फुर्सदै फुर्सद हाम्रो लागिम पछि। जो राम्री उसैमा मन बस्ने नै भो।  "त्यो राम्री चैं मेरी" बाङ्गेले पैले नै भन्यो "बच्छि मबिया" तालमा।

 

झनक्क रिस उठ्यो मलाई। त्यै झोंकमा भनें "म चैं उसो भए के खान पछी लाग्नी त?" त्यो सुन्दरीका पार्श्वबर्तीहरु ठिकै सम्म भए नी लौ भन्नु -- मैले बनाको चित्र जस्ता थिए ती -- मैले घोडा बनाउँदा स्याल जस्तो देखिन्थ्यो -- अब तेस्ताको पछी लागेर खत्तम भएन?

 

बाङ्गेले "मेरो लागि हिन न -- साथिको लागि त ज्यान पनि दिनु पर्छ बुझिस!--एउटा केटी छोडन सक्तैनस?" भन्यो।

 

 

साँझ साँझ पर्न लाथ्यो माहाँकाल तिर लाग्दा -- अलिकति दुरी राखेर पछ्याउँदै थिम के पर्छ पर्छ भनेर। यत्तिकैमा एउटा खैरे साईकलमा हुरुरु आएर हाम्रो अघि रोकियो र नक्सा झिक्यो। के भन्न लायो यस्ले भनेर हाम्ले नी नक्सा तिर हेरीम। "बौध जाने कताट?" भन्छ खैरे त। तेसलाई बौध तिर देखाई देखाई बाटो बताई दिएम-- के कति बुझ्यो कुन्नी-----उ त बाटो लाग्यो यता पछी लाग्या ठीटीहरु हराए। अब भो की? ---

 

 अब साँझ पर्न लाईसक्यो -- केटीहरु कता गए कता ---छिटछिटो पल्याक र पुलक गर्दै अघि लागिम -- डर पनि थ्यो -- कतै घर पुगी होरी हाम्रो दनकको बन्दोबस्त गरी सके की न? --

 

"उ तेई हो हो--" बाङ्गेले अलि अघि फटाफट हिन्दै गरेकी केटी देखायो।

 

"त्यो त एक्लै छे त " मलाई हैन की जस्तै लाग्यो।

 

"एक्लै छे र त पछि लाग्या त -- अर्कैको पोते झुन्ड्याई सक्याहरु को त के पछी लागि भो र?"भन्दै मारोगी जान्ने पल्टियो।

 

"हाम्ले खोज्या केटी त्यो हैन होला --" मलाई अझै बिस्वास लागेन।

"हो हो" उस्ले हो हो भन्यो।

 

नभए नी बाङ्गेलाइ त के फरक पर्थ्यो र? तरुनीको पछी लाग्या हो -- अगाडी पनि एउटी तरुनी नै थिई -- अघि पछ्याउँदै गर्या नभए पनि के?

 

"तेस्का साथी केटीहरु खै त?" मैले सोधें।

 

"मलाई नसोध न -- के था पाउनु? लस्के होलान नी घर तिर -- बरु छिटछिटो हिन -- फेरी यो हराउली"

 

ठीटी फटा फट हिन्दै थी --यस्सो पछाडी तिर पनि हेर्थी हामी तिर --- हामी पनि बढ्दै थिम -- हेर्दा हेर्दै एउटा कालो ढोका खोलेर ठीटी भित्र छिरी -- हाम्रो काम सकियो।

 

अब अहिले तेई घर तिर जांदै थिम बाङ्गे र म। हिंजो मलाई नी तेई केटी चाहिया थ्यो। आज थेन।

 

"तेरो ससुराली आउन लायो" मैले बाङ्गेलाई दम दिएँ। मक्ख पर्यो।

 

"म तँ जस्तो हैन बुझिस -- तैले "मेरो" भनी सके पछी तेस्मा मण्डली हाल्ने" मैले थपें। यो थपेको चैं मैले मेरो बचाउको लागि थ्यो। निशालाई पनि बाङ्गेले गिद्दे नजर दिने पक्का थ्यो -- तेसैले कुरो उठाको।

 

"ल ल म पनि नहालुँला मण्डली" -- बाङ्गेले मैले जे सुन्न खोज्या तेई भन्यो।

 

यही माँहाकालकी ठीटी सँग जसरी भए पनि बाँगे अल्झे हुन्थ्यो भन्ने लाग्यो मलाई। निशा अनि त एकलौटी हुन्थी मेरी।

 

त्याँ बाटा हुँदी कती मडारिनु -- तरुनी कौसीमा आकै हैन -- आफुलाई घर बेलैमा आउनु थ्यो --

 

"खै छैन जस्तो छ घराँ ठीटी -- हिन फर्किम" मैले भनें।

 

"एक चोटी नहेरी त मरे जान्न" भन्न थाल्यो उ त।

 

च्या र चुरोट कति तान्नु? च्या तान्यो अनि चुरोट तान्न चैं त्यो मोड तिर जाने गर्या थ्यो -- के था चुरोट उडाको ठीटीलाई राम्रो नलाग्ने रे छ भनें? बेलैमा बिचार पुर्याउनु पर्यो नी।

 

बल्ल बल्ल आई ठीटी कौसीमा। "ए बाङ्गे आई आई" सुनाएँ। मलाई चैं हिजो पछ्याको तेस्लाई हैन भन्ने लाग्यो तर केही भनिन। बाङ्गे खुसी भो। ठीटी सँग धेरै चोटी आँखा जुधे। एकै छिनमा अर्को को लाट्ठे पनि आयो कौसीमा -- ठीटी र लाट्ठेले के के कुरा गरे कुन्नी -- हामी तिर पनि हेरी -- लक्षण बिग्रेको हो की जस्तो लाग्यो। ठीटी पनि हराई लाट्ठे पनि हरायो कौसीबाट।

 

हामी पनि हराईम।

 

"आजको मात्रा पुग्यो बुझिस -- उस्ले थाह पाई नी अब --अब सुरु हुन्छ" बाङ्गेले सुनायो बाटोमा।

 

खै के थाह पाई कुन्नी -- पैला सुरु त उस्को दावेदार को तेई था छैन त्यो केटीलाई --  त्यै पनि भनें "हो हो -- अब था पाई -- आज हेर्न त्यो केटी पनि सुत्न सक्दिन तेती सजिलै -- तैले हरिप लुक्स दिईस यार -- बिर्सिन्न अब -- भोली पनि आउनु पर्छ" मैले उकासेँ।

 

बाङ्गे फुरुङ्ग भो -- केही खाम भन्थ्यो उ मैले भैगो भनें। ट्वाँट लाउने चानसै थे न निशालाई भेटन जानु थ्यो -- भात खान बेलैमा पुगेर कुरा सुरु गर्नुथ्यो आफ्नो।

 

उ छक्क पर्यो मैले भैगो भन्दा -- तेस्तो हत्तपत्त हुँदैनथ्यो।

 

"आज घर अलि छिटो जानु छ -- भनें।

 

"किन?" भन्छ उ फेरी।

 

घराँ मान्छे आउने कुरा भनम "को?" भनेर सोधी हाल्थ्यो -- अनि त यता र उताको कुरा गर्न थालेसी सबै उध्रिन थाल्थ्यो ध्वार ध्वार -- तेसैले भनें "बा रिसाईराछन के यत्तिकै -- तेई भएर दिउँसो तँलाई मैले म कहाँ नआईज भन्या हैन?"

 

लागिम घर तिर -- मनले निशा निशा घोक्दै थ्यो। .....

 

घर फर्किदा बाङ्गे बज्याको घर हुँदै फर्केम -- मेरो घर भएर फर्किदा त के ठेगान छिर्यो भने? धन्न उस्को घर बाहीर तेस्को बाउ उभिरा रेछन -- केही भन्नै परेन -- बाङ्गे लुरु लुरु भित्र लाग्यो म पनि घोसे मुन्टो लाएर सुरु सुरु चल्दें।

 

आफनै घर नजिक आउँदा धडकन एक्कासी चम्किए।

 

घर भित्र आएँ आफनै घरमा अलमलिए जस्तो भो। कता जाम कता। भान्छामा काकी हाँसे जस्तो लाग्यो तेतै लागेँ।

 

भान्छामा पुग्नासाथै निशा र मेरा आँखा जुधे। मनले ट्याम्को त यसै बजाउदै थ्यो -- दमाहा पनि ठोक्यो। आमा, काकी र उ रहेछन त्याँ।

 

"आज त बैलैमा सवारी भए छ नी" काकीले म तिर हेर्दै हाँसेर भनीन।

 

 

"यो मेरो छोरा, दीप" -- आमाले चिनाईन। फेरी उस्को मेरो हेरा हेर भो दमहा र ट्याम्को बजाउँदै गर्या मनले झ्याम्टा पनि थप्यो।

 

"यो मेरी बैनी, निशा" काकिले चिनाईन। उ मुसुक्क हाँसी।

 

मनले नर्सिङ्गा पनि फुक्यो।

 

निशाको अनुहार आगो अघि उभिए जस्तो उज्यालो -- ज्यान सुन्दरताको परिभाषाले समेटन हम्मे पर्ला जस्तो मनमोहक -- दुलहीको घुम्टो जस्ता आँखा आहा! उठाउँदा रहरमा रहरै घाईते होला जस्तो -- जसै उस्ले ति नयन जसको बर्षातमा म निथ्रुक्कै थिएँ म माथि बाट हटाई मनले हठात सनाईं बजायो।

 

"भात खाने बेला भो?" मैले सोधें।

"एक छिनमा" काकिले भनीन।

पुलुक्क म तिर हेरेर उ मुसुक्क हाँसी। म टिक्न सकिन। हिंडे।

 

कोठामा आएर ड्याङ्ग लडें। हे भगबान, अब के हुने हो --- मनमा कुरा आयो। घरमै यस्ती रहरलाई मात दिने तरुनी आई -- अन्त अन्त एक मुस्कान भेट्न कस्तो गार्हो यहाँ त सुरुमै दुईटा पाईयो -- केही त हुन्छ अब भन्ने भो।

 

एक छिन कल्पना सागरमा उठेका लहरहरु संगै खेल्दै यसै ढल्की रहें।

 

"खाना तयार भो" निशाले ढोका बाहीरै बाट भनी।

 

एक्कै चोटी जर्याक जुरुक उठें।

"किन आत्तेको?" उस्ले सोधी -- फेरी तेई मुस्कान। हरे!

 

म सँग जबाफ थिएन। उस्का आँखामा अनौठो चमक थ्यो।

 

उस्लाई जैले हेर्दा पनि मुस्काउँछे बा। काकीले भा नभाको कुरा सुनाईसकिन की के हो जस्तो पनि लाग्यो। आफु यता एउटा सुरा दङ्ग पर्यो तरुनी अर्कै सुरमा मेरो दङ्ग भङ्ग गर्न तिर लाग्या हो की? खै के हो के हो नी।

 

भात खाई सकेर कोठा तिर लागें। एउटा धुलो लाग्या फिजिक्सको किताब थ्यो काकाले कुन चैं लाईबेरीबाट के गर्नलाई चोरेर ल्या हुन कुन्नी तेई किताब पल्टाएँ। उ आउली र क्या घगडान किताब पढ्दो रे छ भन्ली भन्या आउँदै आईन। चाल बुझ्या टिभि तिर पो लागी छ। म पनि लाग्नै पर्यो, के गर्ने?

 

भुसुक्कै धाराबाहिक हेर्दी रैछे -- जम्मै चिनेकी कुन चै सासु कुन चै बुहारी --कुन असल कुन खत्तम--- आफुलाई अत्तो पत्तो छैन। कैलेई आफु नहेर्ने ति सिरियल अब तरुनी आई रे भन्दैमा उ आकै दिन देखी हेर्न नी भएन। नियतमा संका  गर्लान भन्ने डर। मुस्किल पर्यो। खुरुक्क फर्कें -- हेरीन उस्लाई पनि। सोझो पनि त हुनु पर्यो।

 

कोठामा फिर्ता आएँ र परालको आगो पढन थालें। मन भने गौथलीमै थ्यो।

 

धाराबाहीक हेरे पछी उ सुत्न भनेर काकी सँगै आई मलाई कोठामा पुलुक्क हेरी --  मुस्कान सुस्कान् थेन यस पटक -- खल्लो भै गो -- -- म सँगैको कोठामा सुन्तु पर्ने उ -- त्यै कुराले आफ्नो निन्द्रा बिच्केको-- अझ उ त ऐले आएर त्याँ सुत्दिन भन्छे बा!

 

किन भडकी भन्ने पिर लाग्न थाल्यो।  ----

 

पछि खै के के भनीन कुन्नी काकिले सुन्न खोजेर पनि बुझिन तर काकी एक्लै माथि तिर लाग्या देखें। भने पछी सुत्ने भैछ पल्लो कोठामा। नखरै धेर। एउटा मनमा यसो बिचार आयो पुजाकोठामा भैरबको डरलाग्दो मुखुण्डो थ्यो तेई लार आउनु पर्यो सुटुक्क अनि तर्साईदिनु पर्यो क्यारे ठीटीलाई -- बड मेरो संगैको कोठामा नसुत्ने नखरा गर्दा त -- फेरी अर्को मनले तु भन्यो -- हेर हेर बुद्धी -- अन्त त तरुनी फकाउन सक्या हैन -- अब कोठै छेउमा बल्ल बल्ल सुत्न आकि एउटी ठीटीलाई पनि पैलेई रात भैरब बनेर तर्साएर गर्न खोज्या के?

 

कुरो ठिक हो। तरुनी तर्साउन हुन्थ्यो के त? फकाउनु पर्नेमा अझ। त्यै पनि के गरम उस्लाई के भनम भै रा थ्यो। एक छिन पछी उस्को ढोका अगाडी पुगेर टक टक गरेँ। ढोका खोली आँखामा "के?" राखेर।

 

"ढोकाको छेस्किनि बिग्र्या छ" भन्देँ।

 

उस्ले केही भनीन। बुझिन की भनेर फेरी भनें "चुकुल के लक बिग्र्या छ"।

 

"आफ्नै बिग्र्या होला नी लक -- मेरो त बलियो छ" भनी र ढोका लाई अनि छेस्किनी लाको नी सुनें।

 

ठीटीले कुरा त घच्ची गरी। सोचें उस्ले लक भनेर केलाई भनी? चुकुल-ताल्चा कि भाग्गे? जेलाई भन्या भे नी  मिलाई तर। मेरो ढोकाको लक काठ पसाङ्ग्रेर लाउन मुस्किल थ्यो -- भाग्गे त झन त्यो भन्दा पैले पसाङ्ग्रेको।

 

उस्को लक बलियो नहोला भन्ने संका त थिएन मनमा।

 

निन्द्रै लागेन। छ्टपट छटपट बिनिसित्तीको।

 

उस्को र मेरो साझेदारीमा एउटै भित्ता थ्यो। यो भित्ता पारी तरुनी छे भन्ने मनमा के लाग्या थ्यो हवात्तै सिलसिलाको डाईलग सम्झें -- ए आग इधर भी है उधर भी -- दिबार गिरादें -- हाँ हमको मोहब्ब्त है मोहब्बत -- यस्तै के के भन्थ्यो -- मैरै कुरो गर्दो रे छ कि जस्तो भो।

 

उस्को सपनाको पैलो सो छुट्ने बेला भैसक्या हुँदो हो आफ्नो सुरु भा कै थेन।

 

उ सधैंको लागि त आ थिन -- पाए त राक्थें ---तर उ कुन दिन फर्की हाल्थी -- जे भन्नु गर्नु थ्यो उ फर्किनु अघि नै गर्नु थ्यो। तर के गर्ने के भन्ने कसरी भन्ने गर्ने केही था छैन। बाटाँ ठीटी जिस्काउन त सजिलो थ्यो -- तर अहिलेको परीस्थीति बेग्लै। तेसमाथि बाङ्गेको त्रास अर्को। कति तिरको चाप मलाई त्यो कलिलो उमेराँ।

 

अनेक कुरा बतास झैं चल्थे जान्थे -- कतिबेला निदाएँ था छैन।

 

निन्द्रै पुग्या थेन ढोका ढकढकाको सुनेँ -- सधैं झै च्या होला भनेर आँखै नखोली टेबलमा राखेर जान भनें -- अनि झटट सम्झें निशा होली -- हेरेको त के हुन्थ्यो -- बाफ उड्दै गर्या च्यामा एक चोटी यस्सो हेरें अनि अलि सेलाओस अनि भनेर सुतेँ फेरी--निदाएछु। 

 

"ल हेर च्या त चिसै -- ए उठ" आमाले भन्या सुनेँ।

 

"तताएर ल्याईदिनु न त अनि उठ्छु" सिरक भित्रै बाट भन्दै गुट्मुटीएँ।

 

"सधैं तताउने पर्ने यस्को च्या -- अब त उठे पछी मात्रै बनाईदिन्छु ---" यो पनि आमाले सधैं जसो भन्ने डाईलग थ्यो।

 

एक छिन पछी "चिया" भन्या सुनें। निशाको आबाज। चिया त मेरै जिउमा खन्याको जस्तो भो। तु उठें।

 

"किन मैले बोल्यो की झस्कीने नी?" उस्ले सोधी।

 

किन किन अब? के भन्नु -- केई नी भनिन।

 

फेरी सुत्ने की? च्या टेबलमा राखेर सोधी --

 

त्यो सुत्ने कुराले मनमा जबाफ त धेरै आथे तर भन्न नमिल्ने खाले, तेसैले "राती निन्द्रै लागेन -- " मात्रै भनें।

 

किन भनेर सोध्ली र कुरो उप्काम्ला भनेको त एक जोर नयन बाणले हिर्कार गै कोठाबाट।

जे होस बिहानै उस्को दर्शन त पाईयो -- अब भक्ति बलियो बनाउनु पर्छ -- भजन गाउँनु पर्छ देवी प्रसन्न नहुने त कुरै छैन -- जिउमा फुर्ती जस्तो आयो -- सधैं बाहीर तिर हुन्थे घाम आज कोठैमा देखेँ --

हुन्छ के के चाईँ त -- भन्ने लाग्यो। --

Last edited: 12-Oct-07 12:35 PM
Last edited: 12-Oct-07 12:39 PM
Last edited: 12-Oct-07 12:44 PM
Last edited: 12-Oct-07 12:48 PM
Last edited: 12-Oct-07 12:50 PM
Last edited: 12-Oct-07 01:08 PM
Last edited: 12-Oct-07 01:19 PM

 
Posted on 10-20-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम लाईन ३ चोटी दो-या'र पढिम्, एकटकले मनिटरमा घुरेर बसिम्, केहि क्षण। झस्याङ्ग भो, अरु नि काम छ। तेहि काम चोरेर यो खथा पढ्न बसेको, बाह्रै टाका सहि गरेछु।

कथा सिद्धेको मानिचु के रे। कोटी कोटी प्रणाम्, दीप महाशय!


 
Posted on 10-20-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"झरीमा केबल केही किरणहरु चाहिन्छ इन्द्रेणी हुन -- झरी परेको तेता पनि छ यता पनि-- अब रहर छ इन्द्रेणीको भने केही झिल्काहरु चाहिन्छ।" उस्का फर्फराएका अधरहरुबाट शब्द बर्सीदै गए।

Wow!!! what can you say that if a girl says such a thing? Here is a song from deep to nisha

<object width="425" height="350"><param name="movie" value="https://www.youtube.com/v/09lXxRM9X9A"></param><param name="wmode" value="transparent"></param><embed src="https://www.youtube.com/v/09lXxRM9X9A" type="application/x-shockwave-flash" wmode="transparent" width="425" height="350"></embed></object>

 


 
Posted on 10-20-07 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-21-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लोककथाझैं लाग्यो।

Last edited: 21-Oct-07 12:09 AM

 
Posted on 10-21-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यो कतै सिनेमा सिरियल बनाईएमा त्यो बाङ्गेको रोल मलाई !!!!"

sirish ji, kattai tyo khali khaam dini baani ta chaina? :-)

Poonte lay bhanya jastai katha siddyo bhanni maanichu kere. khaali khaam lay bangey ko asali mitrata pani janayo kere..bhanesi bangey puraan kayammai rahani bho aagu kath haru ma..

SUPERB!!!!!!!!!!


 
Posted on 10-21-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा यती धेरै  चाख मानेर पढेको शायद यही 'ईन्द्रेणी ' नै होला । मेरो मनले त  यहाँ नेर कथाको समाप्ती  स्विकार्नै  मानेन्।भर्खर त् शुरुवात भयो अब …….

दिप कै मुख बाट नसुन्दा सम्म त  के भन्नु र्?वियोगन्तक --किन किन मलाई दुई भंगालोमा फाटेको प्रेम कथा राम्रो लाग्छ --समाप्ती हुने र कही कतै सिनेमा बन्यो भने बरु निशाको भूमिकामा मै हुन्थे lol  

 

 


 
Posted on 10-21-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Deep Ji,

This Story is really nice; why don't you publish a novel for this story after finishing all the parts? I think all nepali people enjoy by reading ur novel. 

Thanks

Anu

Louisville KY 


 
Posted on 10-22-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Awesome Deep jyu

 
Posted on 10-22-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Nice read Deep ji...

 
Posted on 10-22-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep-ji,  Katai tapai ko pahiley ko girlfriend ra ahiley ko srimati uuhi nai Nisha ta hunuhunna?  Indreni ko pool tarera lyai chadnu-bho jasto lagcha.


 
Posted on 10-22-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपको अर्को भाग नआउन्जेल यै गीत सुनेर बस्नु पर्ला जस्तो छ। बरु कथा सक्किन लाग्या हो कि भनेर मन पो खिन्न भैराछ।

 

- http://www.esnips.com/doc/6fbc805a-2ac4-4d6a-b6f5-e3abc4c92e1d/Nigahen-milane-ko---DIL-HI-TO-HAI---Asha--others

 

राज की बात है महफील में कहे, या ना कहे

बस गया है कोई, इस दिल में कहे, या ना कहे

 

निगाहे मिलाने को, जी चाहता है

दिल-ओ-जां लूटाने को, जी चाहता है

 

वो तोहमत जिसे इश्क कहती है दुनियाँ

वो तोहमत उठानेको, जी चाहता है

 

किसी के मनाने मे, लज्जत वो पायी

के फिर रुठ जाने को, जी चाहता है

 

वो जलवा जो ओझल भी, है सामने भी

वो जलवा चुराने को, जी चाहता है

 

जिस घडी मेरी निगाहों को तेरी दिद हुयी

वो घडी मेरे लिये ऐश की तमहीद हुयी

जब कभी मैने तेरा चांद सा चेहरा देखा

ईद हो या के ना हो, मेरे लिए ईद हुयी

वो जलवा जो ओझल भी, है सामने भी

वो जलवा चुराने को, जी चाहता है

 

मुलाकात का कोई पैगाम दिजे

के छूप छूप के आने को जी चाहाता है

और आके नाजाने को जी चाहता है

Last edited: 22-Oct-07 12:11 PM
Last edited: 22-Oct-07 12:12 PM
Last edited: 22-Oct-07 12:14 PM
Last edited: 22-Oct-07 01:00 PM

 
Posted on 10-23-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईन्द्रेणी जिन्दगीको झरीमा केही रहरका किरणहरु वार पार हुँदाको सम्झना थ्यो। कामको चापमा यता र उताबाट समयका थोरै पलहरुमा धेरै शब्दहरुलाई बाटो लगाउनु सजिलो थिएन। त्यसैले ईन्द्रेणी साहित्यको कथा वा अन्य कुनै फाँटमा कतै नदेखिएला पनि तर जे जस्तो रुपमा पाठकहरु समक्ष उभिए पनि आ-आफ्ना समय इन्द्रेणीमा खर्चीने सबैलाई म हार्दिक आभार अर्पण गर्दछु।

ईन्द्रेणी हामी सबैलाई थाह भएकै कुरा हो देखिन्छ तर छ कहाँ त?


 
Posted on 10-23-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji, waiting for more of "Indreni"...Please don't say it is over.

 


 
Posted on 10-23-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 इन्द्रेणी सकिएको?!!

 इन्द्रेणी क्षणिक हुने,आनन्दित हुने  तर झरिसंगै बिलाइ जादा मन खिन्न हुने -- हो रे'छ


 
Posted on 10-23-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ye lau...khattam bha ho?

Malai pani sanka ta lagi ra thiyo...

hoina hoina Indreni II suru garum Deep Jee.

Last edited: 24-Oct-07 02:20 PM

 
Posted on 10-23-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji, ke bhannu bhako, I was waiting desperately for another part but your expressions are saying something else here. Please don't say indreni is over, still waiting with some hope.

wow.nepal


 
Posted on 10-23-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Deep ji

namaste, You have to continue this story... let us know what happen when you met Bange? did nish back to home after 3 days? what did you say to Bangge and what did he say to you... dont you think bangge is a good firend for you... he present him self as a good friend at the end of the story... so please continue and let us know what happen next

 
Posted on 10-24-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब अर्को ईन्द्रेणीको कुरा गर्ने रे? इन्द्रेणी द्वितिय भागमा?
 
Posted on 10-24-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बास्तबमा जब पढेर पढ्न पुग्दैन नि तब त्यो सफल मान्नु पर्छ !

दीपको बारेमा मैले मेरी श्रीमतीलाई भनेको थिएं र प्रिन्ट गरि गरि पढ्छे - साझा फाझा तिर मन बढ्न थालेको छ उस्को !


 
Posted on 10-24-07 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'दीपको बारेमा मैले मेरी श्रीमतीलाई भनेको थिएं र प्रिन्ट गरि गरि पढ्छे - साझा फाझा तिर मन बढ्न थालेको छ उस्को !'------congratulation Shirish daju :) हजुर ढुक्क भए हुन्छ भाभीले अब  'साझा र गजल मा फाजा फजल'जोडिसिन्न कि  :) 

इन्द्रेणीमा दिपदाले लेखेको  'साथिको नाम किन नी, बाङ्गे? सोझै थ्यो त"  संझ्यो भने  अझै पनि हासो उठ्छ।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters