[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 296433 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-05-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज भने ब्यान ब्यानै भीड भा र'च चौतारीमा! कल्ले हाल्ने हो स्वस्थानी को आर्को अध्याय, हालुम हालुम।

जदौ है सप्पैलाई!
 
Posted on 01-05-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

गाजउले हँसाएर हिजो केई लेख्न नै आएन आफूलाई त! जुरेली साली कता हराई भुनेको त सुटुक्क सोस्थानीको पुजा अर्न गा'कि रईछे? उसको मनको ईच्छा पुरा गर्द्यो भुने त महादेवलाई पनि खोजी खोजी तेस्को जगेल्टा उखेल्छु हामी त! लु जा! धोबनीको च्यात्त्याऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्!

ठुल्बुईनीले नेपालाँट मुलाई चमरीको रौं ल्याईद्या छिन् रे भुनेर खबर आयो के रे। लिन आउनु पर्ला नि एक दिन साईत जुरा'र। पोहोरको भाईटिकाको दक्षिना पनि बुझाउन बाँकी नै छ!। अब त चमरीको रौं खप्पराँ हालेर रेबन कालो चेश्मा ढल्काएसि त अभिसेक बच्चन भुन्दा कम होईन हौ यो बुढेसकालाँ! ;)
 
Posted on 01-05-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चमरी bhaneko ke ho? poonte dai aaunus na dashai ko dachinaa bujhaauna. oh ma ta sochdai chu hamro poonte dai kasto hero dekhna holaa रेबन कालो चेश्मा maa. :P
 
Posted on 01-05-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै !
सुनिमा दिदी सन्चै ? गौतमजी् प्रिती,ठूली ,देवरजी ,हरि, ग्वाँचे , दादा, पुन्टेदा, राहुल भाइ सप्पैलै फाइन(पर्या) होला केरे। मलै नि फाइन थ्याङ्क्यू है
हेहेहेहे ठूली अब फेरि प्रस्न सोध्ने बेला भो
चमरी भनेको थाहै नपा'र पुन्टेदालै कस्तोचमरीको रौ ल्यैद्या होलिन ठुली ले:D :D
 
Posted on 01-05-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सबै सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि
नमस्ते ठोकेँ ल!
हरिप गैराको रैछन्त नि चौतारिमा!
 
Posted on 01-05-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाई ठुल्बुईनी! :D

चमरी भनेको गाई हो, तर त्यो गाई माथि माथि, हिमाल छेउछाउँ मत्र हुन्छ, अनि लाऽऽऽऽमो लामो, झ्यापुल्ले रौं हुन्छ। ञाक ता था' होला नि! याकको जोई हो चमरी! अब फेरि जोई भनेको के हो सोध्लाऊ, जोई भनेको पोईको जोडा! :p

नमस्ते मिस मह...ए, सोरी! मेरो जीब्रो झन्डै मरी! :p

सानी मा, ग्वाँचे, राहुले, हरि, दादा, गोताएं...ह्याप्पी न्यू फ्राईडे, जनवरी ७, २००७!
 
Posted on 01-05-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!!

आज बिहानैदेखि जमघट देख्छु नि चौतारीमा। गालब कता हराएछ, आज नि स्वस्थानीको कथा सुन्ने मन थियो।

सानीमा, सान्नानी, भौते,दादा, हरी,पून्टेदाइ, मास्टर्नी दिदी, ठूली, गोतामे ज्यू, राहुल्दाइ, ग्वाँचे सबैलाइ मेरो नमस्ते।

ठूलीले पून्टेदाईलाइ चमरीको रौं ल्याइदिएको रे? चमरी भनेको चैं मलाइ नि थाहा भएन।
अनि मलाइ चैं के ल्याइदियौ नि ठूली? :P
 
Posted on 01-05-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँले हरुले हाम्रो तित्स सालिलाई देख्यो?
कता हराएछन्त नि हौ!
साइडमा रुखले छेलिएर चौतारिमा लुक्स दि'राको पो छ कि?

पुन्ट्स सुड्डा फिरि मोलाई बिर्सिदिने के!
 
Posted on 01-05-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nis dai सुड्डाहरु, सुड्डिहरु bhaneko ke ho?

masterni di ke gernu dharai din bho school nagaako sapai padheko birse? tesai le prasna sodhdai chu?
 
Posted on 01-05-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्स, सुड्डाहरु भनेको चाउsssरि परेको कच्याssक् बुढाहरु भनेको कि अन्त सुड्डिहरु भनेको त्यसको फिमेल भर्सन हो हौ!
 
Posted on 01-05-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई त मान्छे नै आईपुग्दिन, भएन? अरु के चहियो? :p
 
Posted on 01-05-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे चित्रेभाई चमरी भनेको था'थेन र?
चमरी = चौरी( गाई) होलाकि अस्तो मानिचु मैले त
पुन्टेदालै नै सोधुम है त :)
 
Posted on 01-05-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! निसे नि आइपुगेछ डिंगो लाएर, के छ हौ ब्रो?

आज त शुक्रबार हो, ठूली के प्लान छ तिम्रो विकेन्डमा? ;)
 
Posted on 01-05-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि नमस्ते सप्पैलाई।
ठुली तिरुले त promise गर्या छ क्यारे साझा quit गर्ने रे। :( फिर्ता बोलाम्न परो ल जसरी भए नि।
मिस् खै त अचार बनाम्न सिकाम्छु भनेर कता हो?
 
Posted on 01-05-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बबाल मस्ति छ चित्रेस सोम!
आबो आज सिम्सलाई लिएर डिस्को जाने प्लान छ डिङ्गो लगाएर।
लास्ट विक दुई चार जाना झारपातहरुले र्र्याग गरेको थियो कि तिनिहरुलाई रिभेन्ज हान्नु छ!
बाङ्गे र नोर्बु ब्याकअप मा बस्छ रे! :)
 
Posted on 01-05-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे बज्जियाले बोल्नु बोल्छ । ए निशे !!त्यो के जाति भर्सन किन भन्नु पर्यो ?? पहिलो चै भने पुग्छ

:)
 
Posted on 01-05-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो हाम्रो धरान हुँदि भनाइ छ के एउटा " चोर को खुट्टा काट्!" भन्ने!
मिस ले कमेन्ट हानेको देखेर मोलाई त त्यो भनाई याद पो आयो हौ!
खित्....खित्....खित...:)
 
Posted on 01-05-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए निश् बोलाउ त सालीलाई

((((( WE WANT TIRU )))))
((((( WE WANT TIRU )))))
((((( WE WANT TIRU )))))
 
Posted on 01-05-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या त्यसतो प्रिर्ती मेरि बैनी(तिरु) मलाइ छोडेर ग'को रे । हुनै सक्दैन । जाउ सबैजना जसरि भ;नि खोजेर ल्याउ नत्र....
नत्र...... नत्र...गर्र्र्र्र्र्र्र्र्र्र्र्र्...
:(:(:(:(
पुन्टेदा लु अब तिते करेलाको अचार बनाम्ने तरिका भन्न पर्यो
:)
 
Posted on 01-05-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ सान्स म बोलाईहाल्छु नि हौ!

तित्स सालि कता हराएको हौ? यस्तरि भेना र गाउँलेको माया मारिदिन भएन नि हौ!
तिमि नदेखेर दिन लागेको खोक्स पनि पेट देखि घाँटिमा आएर फिरि पेट मै रिटर्न भयो हौ!
चौतारिमा एक धमाकेदार एन्ट्रि हानन!
तिमी नभएर झारे ब्ल्याक एन्ड ह्वाइट लाग्न थाल्यो नि चौतारि त ........इस्टम्यान कलरमा सिनेमास्कोप स्टाइमा आऊ ल! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters