[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आभा

[Please view other pages to see the rest of the postings. Total posts: 105]
PAGE: <<  1 2 3 4 5 6  
[VIEWED 121171 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-08-12 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     20       ?     Liked by
 

आभा


हाम्रो टोल छेउ एउटा बस स्टप थियो। जो पनि चढ्न मिल्ने बस रोकिदैन थ्यो त्यहाँ। हाम्लाई नी चढाउने भए, डाईभर र खलासी छोडेर मोटराँ भा सबैको जुत्ता पुस्दीम्ला, मोजा मिलाईदिम्ला सम्म पनि भनेको हो बाङ्गेले। तर त्यस्तो उदार स्वयमसेवकको सेवा पनि सराप्दै अस्वीकार गरेका थिए त्यो बसाँ चढ्नेहरुले। धेरै जसो गाढा नीलो फरक र हल्का नीलो सट लाएर चढथे, चढ्नेहरु त्यसमा। कैले कैले सेतै फरक, सेतै सट लाएर नी चढथे। हाम्लाई चै, बसको फल आँखा तरी मर भने जस्तो थ्यो।

"ए गुरुजी, खलासीको ठाउँ खाली छैन यो बसाँ? हुँदा यसो खबर पाम न" बाङ्गेले डाईभरलाई एक बिहान सोधेको थ्यो। गुरुजीले, "किन खलासी मात्रै? डाईभरै भए भैगो नी" भन्याथ्यो झर्केर।

"हुन त हुन्थ्यो गुरुजी तर दुईटा कुरो पर्यो के -- एक त बस चलाउन आउँदैन, अर्को सडकै मात्र हेर्ने भए त यत्तिकै ठिक छ नी -- बस सस नचलाई फुर्सदले हेर्न पाईरहीया छ --किन दु:ख गर्नु -- खलासी हुँदा चढाउन ओराल्न नी पाइने -- बस भित्र फुर्सदै फुर्सद -- कसैले भाडा नतिर्लान भन्ने झन्झट पनि छैन--मनले जता रहरहरु उतै हेर्न पाईने -- त्यै भएर खलासी हुन खोज्या। मलाई फेरी तलब सलब चाईने नी होईन, एक्स्ट्रा खलासी राख्न मिल्दैन, गुरुजी?" सोध्ने बित्तिकै डनहिलको लामो सर्को तान्यो बाङ्गेले। गुरुजीले केही भनेनन, घुरी रहे। बाङ्गेले डनहील दियो, गुरुजीले लिएनन बरु बेस्सरी एक्सीलेटर थिचेर मुस्लो धुवाँ छोडे, कानै खाने गरी हरन थिचे।

मन त उनलाई बाङ्गेको कानै खाने गरी मुख छाडन मन लाग्या थ्यो होला, तर बसाँ भाकाले उजुरी गर्लान र जागिर धरापमा पर्ला भनेर होला हरन र एक्सीलेटरले नै काम चलाए।

बस ईन्जीन जसरी गुरुजी तातेको देखेर बाङ्गे पनि छेउ लाग्यो।

एकातिर बसको "साईलेन्सर"ले धुवाँ छोड्दैथ्यो अर्को तिर बाङ्ग्याले। उ पनि त चुरोटको ध्वाँ छोडदैथ्यो नी। बसको त्यो साईलेन्सर त नाम मात्रैको थ्यो, झर्कै लाग्ने गरी कराउँथ्यो कराउनलाई।

"यस्तो कराउने पूर्जाको नाम के खान साईलेन्सर राख्या होलान?" म अलि पर सर्दै भनें।

"नाम त ठिकै छ नी, साईलेन्सर भन्या चुप लाउने होईन र? चुप लाग्ने भा पो पूर्जाको नाम मिलेन भन्नु -- यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ? मान्छेलाई कुरा सुरु गर्न कि यो कि आफु अलि परै पुग्नु पर्छ, कि चुप लाग्नु पर्छ--नत्र आफुलाइ कुरा दोहोराउँदै ठिक्क, छेउको ले "के रे?" भन्दै दिक्क कसो?" बांङ्गेले चुरोटको सर्को फेरी तान्नु अघि हाँसेर सोध्यो।

"तेरो नी साईलेन्सर त चल्या चल्यै छ-- उसै त ठीटीहरु ट्याक्सीमा हुने ऐनामा देखिने कुरा जस्ता छन, हेर्दै गयो पर पर हुँदै जान्छन--यसरी साईलेन्सर चलाएसी झन झन साईलेन्स बढ्दै जाला नी " उस्ले चुरोट तान्दै ध्वाँ छोडदै गर्या तिर ईंगीत गर्दै मैले भनें।

बसमा छड्के नजरेले हेर त -- तँलाई हेर्ने र मलाई हेर्ने कुन धेरै छन? बांग्गेले भन्यो। उस्ले भन्या जस्तै गरेर हेर्या उ तिरै धेरै हेदै हाँस्दै थिए--

बाङ्गेले थप्यो, हेर बाबु--ज्ञानी केटो भन्या बाउ आमालाई चाईने हो क्या तरुनीहरुलाई होईन त -- चिल्लो तेलमा देब्रे सिँउदो कोरेर, टिलिक्क टल्क्या जुत्ता, तनक्क पर्या सर्ट, धारे पाईन्ट जखेर, पछाडी झोलामा किताब बोकेर हिन्ने केटा यी केटीहरुका बाउ-आमालाई त मन पर्ला तर यी मध्धे धेरैलाई त्यस्तो केटा चाहिएकै छैन---" बाङ्गेले जानकारी गरायो।

बस अब हिन्ने सुरसारमा थ्यो--

मैले भनें "त्यै त तै जस्तो बिग्र्या केटा पर्खेर बसीराछन ठीटीहरु--"

उस्ले भन्यो "हो नी --नभए तैले त निकै फेला पारीसक्या हुनुपर्ने अहिलेसम्म। कत्ति न भलादमी भन्ठान्छस आफुलाई। यो बेला भनेकै बिग्रीने बेला हो क्या--सुधृने बेला त पछी आउँछ--त्यै बेलाँ सुधृम्ला नी--जहिले जे को बेला हो त्यै गर्नु पर्छ--"

"सुधृने बेला चै कुन हो नी?" सोधें-- अब यसै बाङ्गेले ज्ञान बाँडीराथ्यो उसै, भेट्या बेला टीपटाप पारीराखे काम लागे लागीहाल्छ नलागे हुर्र्यईदे भैगो।

"कैले कैले अब--अहिले मलाई के थाह्--मेरो बाउ त अहिले सम्म सुध्र्या छैनन--मेरै पालो त कैले हो कैले नी--"

"के भो र तेरो बाउलाई?"

"कस्तो के भो? मलाई चुरोट नखा भन्छन, एक बट्टा दिनको उनैले तान्छन, रक्सी खाएर आईस भने घराँ छिर्न दिन्न भन्छन, बाथरुम सम्म जान उनैलाई भित्ता छाम्नु पर्छ पर्या बेला --नातेदार चिन्न टाईम लाग्छ उनलाई पप्लुका तास फ्याट फ्याटी चिन्छन, सुन्दरीहरु प्रति उनको अनुराग जग जाहेरै छ--अब तेरा पट्टीका भलादमीहरुको पनि स्वस्ती सुन्छस की?"

"ल ल भो--" मैले भनें। आफुलाई थाह नभाको नी थप्ने हो की बाङ्गेले भन्ने पीर।

"ठीटीहरुको बसले टंगाल काटीसक्यो होला--बस गाको अहिले हो? तँ चै यहीँ बसेर फलाकीराख।" मैले अलि झर्केर झैं भने।

यो त गए नी फर्केर आउने बस हो। यो बस र हाम्रो मन उस्तै हो नी, हैन भन्त? ठीटीहरु हुँदा भरीभराउ १ गतेको सत्तेनारन मन्दिर जस्तो, नहुँदा रित्तो त्यै सत्तेनारनको मन्दिर तर २ गतेको। तर सक्रान्ती मैनामा एक चोटी आउँछ, धन्न ठीटीहरु चैं दिनदिनै। उस्ले भन्यो।

"बसै भरीका ठीटी त तँलाई चाहिया होईनन होला नी?"

"बसै भरीका त होईन",-- फेरी एकै छिन सोचेर भन्यो बाङ्गेले "भए त राम्रै पनि हुँदो हो तर जती जन्ती लिएर गए पनि--जन्ती लिएर गा घरमा जती सुन्दरीहरु भए पनि दुलहा सँग जग्गेमा बस्ने त एउटै दुलही हुने हो। बिर्सीन त भएन नी।" उस्ले हाँस्दै भन्यो।

ठीटीहरु हिने पछी अन्माको जग्गे जस्तो बस स्ट्प छोडेर भिमसेनथान तिर लागीसक्या थेम हामी। ईस्कुल त फेरी हाम्रो नी जानु थ्यो।

"तर तँ जे भन बाङ्गे है यो चुरोट चिलीम तानेर चैं ठीटीहरु झुम्मेलान जस्तो मलाई लाग्दैन" लाग्या कुरो भनें।

"झुम्मीन्छन नै त कस्ले भन्या छ र--उनीहरुको ध्यान तान्ने एउटा कारण हुन्छ भन्या नी--ध्यान त तान्नु पर्यो नी फसमा जसरी हुन्छ। फेरी चुरोट त तीनीहरुको बाउले तान्छन, दाईहरुले नी तान्छन। देखेकै छन। अलि आँटी रछन भने उनैले नी तान्लान। तर जे भए नी उनीहरुलाई मन परे पनि नपरे पनि चुरोटको रेपुटेसन तैंले सोचे जस्तो खत्तम पनि छैन। बुझिनस? उस्लाई मन नपरे यो चुरोट खाने मान्छे मलाई मन पर्दैन भन्छे, लौ त तिम्रो लागि भनेर छोडदिन्छु। उ पनि उस्को असर देखेर दंग, म पनि मेरो देखेर। के बिगृर्यो र?" अरु श्लोक थप्यो उसले.

"एउटीले भनी रे भन्दैमा छोडदिन्छस चुरोट?" मलाई पत्याउन अलि सकसै परेको ले सोधें।

"उ सँग हुन्जेल त छोडदीन्छु नी--सँधै त अब उ नै सँगै हुन्छे की हुन्न" बाँग्गे निस्फिक्री हाँस्यो।

घरै छेउ आईपुगीया थ्यो। जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।

लामपोखरी पूर्ब लागीएको मात्रै के थियो, मैलो मैलो देखिने राता लुगामा पहेलो ओढ्ने ओढ्या, निधारमा तेर्सा खरानी धर्का बिच ढाडो लाम्चे आंखा बना, लट्टा पर्या कपाललाई आधि उधो जुरो पार्या, एउटा हातमा तिर्सुल, डमरु तेसैमा उन्या अनि अर्कोमा कमण्डलु बोक्या, खुट्टाकै रंग सँग मेला खाने कालो कालो चप्पल लाको ब्यक्तित्वले बाङ्गे तिर तिरसुल तेर्साउँदै भन्यो "तिम्रो भाग्गे हेर्दीन्छु म--" भाग्गे हेर्छु भन्नेले अरु पनि के के हो भन्न खोज्दैथ्यो बाङ्गेले उछिन्यो "पैला आफ्नै हेर्नु नी--के दशा लागेर हो यस्तो ताल छ--दश तिर नमागी खाने बन्दोबस्त छैन--सुत्ने कुन पाटी तिर हो--पैला आफ्नै दशाका ग्रह शान्ती गर्नु--भाग्गे बनाउनु अनि अरुको तिर लाग्नु क्या गुरु--कसो?"

तेर्साको तिर्सुल ढाडो टेकाएर चित पर्या गुरुलाई बाङ्गेले अझ नजिक गएर भन्यो, "घरै नजिक नभा भे बिदेसी चुरोट तान्नु हुन्थ्यो गुरु र म मिलेर --तर अब गुरुका दशा खत्तम रेछन-- के गर्नु र घरै अघि भेट भो--"

हामी मुस्कुराउँदै अघि बढीम--गुरु घुर्दै थिए हाम्लाई।

बाङ्गेको घरै छेउ पुगे पछी उस्ले र मैले एक अर्कालाई हेरा हेर गरीम। बाङ्ग्या कौसीमा त सुन्दरी एउटी जगमगाई रा छे बा!

"पूर्णिमा रे छ आज, आफ्नै कौसीमा चन्द्रमाको लगन रे छ--लाईट लिएर आफु चै बस स्ट्प पुगीयो। थुक्क!" बांग्गेले थुकुम्ला झैं गरेर भन्यो.

मैले बाङ्गेलाई सोधे, "को यार यो?"

उस्ले भन्यो " जो भए नी तेरो चै मेरै मार्फतको नाता हो--यति सम्झिराख बाँकी मैले बुझे पछी बुझाम्ला"

उ त घर भित्र लाग्यो म अलपत्र परें। म पनि लागुम भित्रै भने गाँस टिपेर ईस्कुल बत्तिने ट्याम भैसक्या अघि नै हो--घर तिर लखर्किम, दर्शन पाउँदा पाउँदै मन्दीर छोडने कुरा नी भएन।

म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो--उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें।
---

 
Posted on 04-10-12 6:02 PM     [Snapshot: 8189]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ब्रो कथा दाम्मी लग्यो / फेरी फेरी पनि अरु पढ्न पाउँ / कतिपय कुरा आफ्नै life को घटना जस्तो लाग्यो /

 
Posted on 04-10-12 6:52 PM     [Snapshot: 8227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prabhu,
ABHA paskanu bhayeko ma dherai dherai dhanyavaad.
Tapaiko pratek "katha" le pheri tyahi nostalgic Jai Bagheshwri ko serophero ma dubauchha....

Aru katha ko parkhai ma.

 
Posted on 04-11-12 12:57 AM     [Snapshot: 8289]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभो फेरी पनि घच्चिको गयो त ... सारै मनपर्यो ... सुकीर्ति ले छोरीको नाम पो आभा राखेको... दीप ब्रो अब आर्को कथा कहिले आउछ त? :P 
 
Posted on 04-11-12 9:49 AM     [Snapshot: 8357]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब. सारै नै मन छुने. one of my best writers in साझा
 
Posted on 04-11-12 10:53 AM     [Snapshot: 8386]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपज्यु , कथा सदा झैँ एकदम दामी. I don't have any  words to explain how I am feeling right now after reading it specially the latter part of the story- happy, nostalgic, bittersweet, mixed emotions yet a big smile on my face. You're an amazingly talented, fabulous writer.  अब नेपाल जादा please tell Bange that he's earned couple of fans/ friends in Sajha as well.
Already waiting for you next story.

 
Posted on 04-12-12 2:34 PM     [Snapshot: 8531]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sahitya, timi_mero_sathi, GwachAquarian, NewTrader साथीहरुलाई माथिको आभार-सूचीमा समेटने अवसर मैले पाएको थिईन। त्यो अवसर अहिले पाएको बेला म के हराउन दिन्थें।

फेरी फेरी पनि शब्दहरु भेला पार्दै कैले सोचाईको प्रतिबिम्बमा, कैले अनुभवको परावर्तनमा उनीहरुले मार्ने बुर्कुसी सबै मिलेर हेर्ने अबसर कसो नमिल्ना भन्ने आशामा अहिलेलाई बिदा माग्छु।

सबैको जीवन बसन्त ऋतु झैं होस--नयाँ त नयाँ हुने नै भए, पुराना रुखहरु समेत नयाँ पातमा नयाँ झैं देखिने यो ऋतु, उराठ बगरलाई पनि बेजोड बगैंचा झै बनाउँछ यस्ले।

 
Posted on 04-16-12 9:57 AM     [Snapshot: 8753]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 होइन कसले thumbs  down गरेको यो धागोमा ??? दिमाग पनि छैन कि के हो???
 
Posted on 04-18-12 10:30 AM     [Snapshot: 8887]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो "बुढी औंला तल" बांगे ले दीपलाई ज्वाईं भन्नु पर्ने देखेर  रिसै रिसमा गरेको हुनु पर्छ
 
Posted on 04-23-12 9:52 AM     [Snapshot: 9094]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो बाणको दनक किन किन आईलाग्या होला? निश्चित कारण त धनुर्धारीलाइ नै थाह होला तै पनि मेरो अनुमान निम्न लिखीत बिषयमा अल्झिन पुगेका छन: (अनुमान तीन थरी छन: बस्तुपरक, ब्यक्तिपरक, अमूर्त)

१- धनुर्धारीलाई मेरो प्रस्तुती मन परेन। (बस्तुपरक)
२- धनुर्धारीको मेरो लेखाई सँग कुनै सरोकार छैन तर उनलाई म मन पर्दैन। (ब्यक्तिपरक)
३- धनुर्धारीलाई न म सँग सरोकार छ न नै मेरो लेखाई सँग। हैन यो बाण चल्छ पनि? भन्ने कौतुहलको निराकरण गर्न मेरो प्रस्तुती यत्तिकै छानीन पुग्यो। (अमूर्त)

बस्तुपरक बिषयलाई लिएर चलेको बाण हो भने म त्यो बाणको हार्दिक स्वागत गर्छु। मेरो लेखाई रातो बाण खानै नहुने स्तरको पक्कै छैन। यो बालुवाको बाँध जस्तो लेखाईलाई दिन्छु दनक भनेर चलाको बाणले गुन लगाएको छ मलाई। बाण सँग सँगै सुझाव पनि भैदीएको भए झन राम्रो हुन्थ्यो। तर ,गुन भनेको गुनै हो। अमूल्य। रक्त-बाणको रुपमा आएको यो अमूल्य गुन प्रति म धन्य छु।

ब्यक्तिपरक कारणले चलेको हो बाण भने म त्यस्को पनि स्वागत गर्छु। म त्यस्तो पन्चामृत-स्नानको योग्य मान्छे पनि कहाँ हो र? अवगुणहरु कति छन कति। गन्न तिर लाग्ने हो भने जिन्दगी नै सकिएला भन्ने पीर। बरु सुधार्न तिर लाग्दा अवगुणहरु पनि घटदै जाने, मनको भारी पनि हलुम हुँदै जाने भनेर त्यता तिर लागेको छु। तै पनि कुन चै अबगुणले आकर्षित गर्यो त्यो रक्त-बाण, त्यो थाह पाउन पाको भे त्यो अबगुणलाई ठेगानमा ल्याईहाल्थें। धनुर्धारीले मेरै फाईदाको लागि चलाको हुँदो हो बाण त तर आफैले नबुझेर नोक्सानमा परीयो नी अब।

अमूर्त कारणले चलाएको हो बाण भने पो मुस्किल पर्यो त मलाई। स्वागत गरुम भने न त म तिर न नै मेरो प्रस्तुती तिर ताकेको बाण, नगरुम भने रोपीएको छ घ्वाप्पै। धनुर्धारी देवी/प्रभो, यस्तो मुस्किलमा पार्दीने काम गर्दीन भएन नी यत्तिकै। अब चल्दो रे छ बाण भन्ने पक्का भैगो। ढुक्क हुँदा भो नी। कसो?



 
Posted on 04-23-12 10:13 AM     [Snapshot: 9117]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

दीप प्रभु,
बिबिध कारण ले समय मै टिप्पणी गर्न पाइन. आभाको आभा धपक्कै बलेको थियो . जाज्वल्यमान आभा. शब्द शब्द, वाक्य वाक्यमा वाह वाह दोहरिने खालको . प्रशंसाको शब्दावली रित्तिने भयो .

 
Posted on 04-23-12 10:14 AM     [Snapshot: 9104]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिप प्रभो, स्वस्ती गरें। पढ्न त उइले पस्किनासाथ पढें थें तर यो मोरो कामको चटारोले गर्दा केइ लेख्न पा थिन। आज फेरि यो धागो माथि आउँदा प्रभोलाइ धन्यवाद नलेखी बस्नै सकिनँ। यो कथा मैले अरु साथीहरुलाइ नि स्येर गर्या थें, सबले प्रभोलाइ धन्यवाद द्या छन्- यस्तो बिघ्न रमाइलो कथा लेख्नु भा'कोमा। फेरि नि आर्को खुराक छिट्टै आउला भन्ने आशाँ।
 
Posted on 04-23-12 10:17 AM     [Snapshot: 9132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठुल्दाइले ठ्याक्कै मैले भन्या खोज्या जस्तै, मुखैबाट कुरो टक्क निकाली, रामरी मिला'र शब्दाँ लेख्दिनु भो बाइ। धन्या-पात ठुल्दाइ 

मेरो नि डिट्टो!

 
Posted on 05-12-12 1:23 PM     [Snapshot: 9530]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow.. After I finished reading, I had goose bumps all over my body. It reminded me of my younger days too.As I was reading it, it felt as if I am re-living those good old days.. We were four friends. We used to hang around Ghattekulo, Battisputali and Maijubahal and Pashupati.  Our story was somewhat close to your story but even If I had tried, I would have never been able to present it like the way you did.  "So simple yet so effective".Thank you so much Mr. Deep

 
Posted on 03-21-13 11:29 AM     [Snapshot: 12653]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 Someone asked me to name her beauty parlor back in Nepal. 
I gave the name immediately without second thought. 
Yes, आभा. 
 
Posted on 04-05-13 12:13 AM     [Snapshot: 13012]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आजकल दीप ब्रो कता गायब हो के ... धेरै bhayo गतिलो संग हास्न नपाएको पनि ...
 

 



PAGE: <<  1 2 3 4 5 6  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters