[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif
[VIEWED 115616 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-13-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....)


सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


 
Posted on 12-07-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Santosh1984
<<I knew Baire would pull off something like this. That's so sweet (ouchh!!!!! I sound like a girl). Thats the way to go. You just have to show to these girls that you are committed. They aren't too hard to please. I hope you don't mess up this time. Riya seems to be like a very nice and pretty girl. Someone I would like to have as my wife ( hope someone is not reading this post).  >>


सन्तोष सर , केटी को माया मोह बुझ्न सृष्टि कर्ता ब्रह्मा जी ले बुझ्नु हुन्न हामी त मनुष्य , सके जति गर्ने हो , त्यो फिजाएको जालो आफ्नै गला मा आउने हो की भन्ने डर नी सर !!! रिया को त के कुरा गर्ने सर , त्यो हिन्दी फिलिम मा भन्छ नी - "जो बात उस्मे है , और किसिमे नहि " भन्या जस्तो नी सर । तर प्रभु को someone पनि कम त छैन होला नी फेरी अरको डाइलग याद आयो "नजिक को तिर्थ हेला " यो त आफु लाई लागु भा थियो कुनै बेला ?
 
 
serial
<<बैरे को कुरै बेग्लै - क्या चाल चलेको
कथा चाँही भयन्करै नै मज्जाले गैराछ -
कस्तो बैरे कस्तो भाको यार - क्या सुध्रिएको - प्यार ने बैरे को निकम्मा करदिया लोल
च्याङ्ग्रा - "जोइ टिङ्ग्रे हुने भईश "
रिया - " जे पायो त्यही नबोल " म तिर हेर्दै - "केही भन्न सक्दैनौ यस्लाई ?"
म - " अपार्टमेन्ट आयो "
यो लिने चाँही खुब मनपर्‍यो ल मलाई
"केही भन्न सक्दैनौ यस्लाई ?" भन्दा " अपार्टमेन्ट आयो " रे लोल लोल महा लोल >>


चाल त चल्या नै छु तर जानि जानि आफु पुर्ने खाल्डो आँफै खन्दै छु की जस्तो नी लाग्छ , अब च्याङ्ग्रा लाई के भन्नु आफ्नो नाउ पार गराउने लाई नी गाली गरे त खत्तम हुन्छ भन्ने डर !!!


perfectionist
<<मैले अस्ती तेइ भेर गाली नगरया, यो बैरे पाट, एस्तै एस्तै केइ गर्छ भन्ने त लागिराथ्यो। यस्तो छट्टु बैर्या खप्पराँ कसरी यस्ती राम्री रिया जस्ती पर्न पुग्या भन्या, म त छक्क पर्छु भन्या, खप्पराँ लेखेर ल्याउन पर्छ भन्थे, हो रेछ कि क्या हो।
बज्येले सास्ती पाउला भनेको, हेर्दाSSS हेर्दै रिया जस्ती बुढी पो पाउन लाग्यो बै! ल बैरे, कथा घच्ची गैराछ, अब धेरै ट्वीस्ट नराखी कथा अगाडि बढाउ त! कुर्दै छु म याँ, कथा सुन्न    >>


खप्पर खप्पर की बात  है पुरे पाट , भाग्य चम्के सी कसो को बाउ को के लाग्छ र , मखुला ? ट्विस्ट अब नी आयो भने त खत्तम छ प्रभु !!!


quicksiler
<<ओहो बैरे कथा एकदम रमाइलो भाईरा छ। अब एस पछी को भाग पनि चाडै पद्द्न पये हुन्थ्यो। साझा खोल्ने बितिक्कै बिअरे ले नयाँ पोस्ट गर्‍यो कि भनेर हेर्छु म। ल त बैरे म त तिम्रो कथा को प्रतिक्षा मा छु। चाडओ राख्नु पर्‍यो। तिम्रो कथा पद्द्नु को मज्जै अर्कै छ।>>


सर कथा त बढाउन हुन्थ्यो तर यो काम ले अली पेली रहा छ के गर्ने माम खाना काम गर्नु पर्‍यो भन्थे बुढा पाको ले , सके सम्म चाडै नै राख्ने छु


Nitisa
<<फेरी के हुन लाग्यो भनेको त घर पो किन्न लागेको रएछ, फेरी घर मा भनेको छैन भन्छ खै के के हुने हो अगाडि..... >>


अब लोप पर्ने बित्तिकै घर मा भन्न थाल्यो भने त आमा बाउ ले कत्ती बुहारी भित्राउने ?


Serial
 
<<एतिका दिन पछी कथा आउँदा नि एती छोटो
भएन बैरे - अर्को भाग पनि छिटो हाल त
जात मिल्दैन घर बाट प्रोब्लम हुन्छ भनेर त लोप गर्नु भन्दा पहिले नै सोच्नु पर्छ नि
अहिले आएर घर मा कसरी भन्ने भन्ने कुरै आउँदैन -
मन पराइसके पछी सँगै बसिसकेपछी - घर बाट हुँदै भन्दा अरु सँग बिहा गर्ने त
यो नमिल्ने कुरा चाँही गर्न मिल्दैन - कि त पहिले नै सोच्नु पर्छ -
च्याङ्रा ले ठिकै भन्यो पहिले एही बैरे नभै नहुने अहिले नाटक गर्न कहाँ पाईन्छ
ल अब बैरे छिटो अर्को भाग राख त खुरुकन >>


प्रभु यो हाल्ने नी काम चोरी चोरी हाल्नु पर्या , आज कोमेन्ट नी काम चोरेर नै हाल्दै छु । अब यो जात भात को कुरा  भन्या चाँही निकै अफ्ट्यारो क्या सर , बुढा बुढी पुरानो सोच छन् , समय त लाग्छ तर मानि हाल्छ नी । यो जात भात हेरेर "आइ लोप यू" भन्ने हो भने त कत्ती को मन दुख्थ्यो होला, कत्ती ले मन दुकाउथे होला , मखुला बौचा ??


gurudevkoguru
 
<<के हो बैरे ज्यु,
यो चाँही भएन नि । यतिका दिन पछी पढ्न बसियो। यती थोरै, मज्जै आएन हो।  हात्तीको मुखमा जीरा जस्तै  भयो यो त । छिट्टै अर्को भागको आशमा प्रतिक्षारत छु। >>


अब गुरु देव को नी गुरु लाई के भनेर सम्भोदन गरु मैले , तर लुकी लुकी लेख्दा धेरै लेख्नै पाइन , माफि पाम ।


perfectionist
<<मुला बैरे, बर्सौँ पछी आयो त्यो पनि पढ्न सुरु गर्न पा छैन सकी सकेछ, के गर्या पाट, भेन नि यस्तो त।


माया गरेछी के जात-भात नि, केटाले केटी र केटीले केटा रोजेछी भै हाल्यो नि, पुन्टे काजी र जिम्मालबा जस्तो दोस्ताना चाइँ हुन भेन क्यारे, अरु त सब चल्छ भन्छु म। बैरेले यस्तरी रोकेछी मुटु धुक धुक भेर ल्याउँछ भन्या, ट्विस्त् ल्याउँछ पाटकी, यस्सो अलिकती राम्ररी गा हुन्छ, द्वाङ्ग गरेर खाल्डोमा पार्दिन्छ बज्ये। सफल जिन्दगी छ क्यारे, ह्यप्पी एन्दिङ भेन भने खौँ हान्छु, हा गरेर। थाहा छ कि नाइ? थाहा नभे त्यो लहरेलाई सोध्नु, अस्ती तेल्लाई हान्या थिएँ, बज्ये ऐले सम्म तर्सिन्छ पुरे भनेछी। हें हें हें हें


बैरे, वीकेन्द बेला लेख न यार, तिम्लाई जाँड खान फुर्सत हुनी, कथा लेख्न नभ्याउने? हुन्छ नि एउटा तरिका भन्ने कुरो पनि। ल अब अबेला गर्नी हैन त्याँ, भन्दी सकेँ >>


पुरे पाट कथाकार को कथा नी पाट को खौ को डर ले मोडिन्छ भन्या !!!!!! ट्विस्ट आउन आत्यो की तालु त्यसै ठुलो भएर आउछ के गर्ने भन्या ?? सर वीकेन्द मा कथा लेख्छु भनेर कुर्याथिये वीकेन्द नै काम भयो । तर  अरको भाग चाँही चाडै टास्ने छु


एssssssss कथा आयो भन्या त कमेन्ट पो रहेछ भनेर खौ को कुरा चाँही नगरौ है !!! कमेन्ट नै टास्न नी डर भयो भन्या


 
Posted on 12-07-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<एssssssss कथा आयो भन्या त कमेन्ट पो रहेछ भनेर खौ को कुरा चाँही नगरौ है !!! कमेन्ट नै टास्न नी डर भयो भन्या >>>

LOL LOL BMLB

 
Posted on 12-07-09 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saarai chhoto bhayo baire yo part ta. Dhitai marena. Arko part chaiyo hai chhito. Feri next week finals pani chha.......

Hey Baire, yo sir sir bhanda ta malai chine jhain lagyo ni k ho? Hamro kta haru ko bich maa matra yo term famous hola bhaneko ta baire ni tesai bhanchha baa!!!!! Ki sanchai chinya chha Baire le malai??



 
Posted on 12-10-09 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi ta baire naya bhag.. chadai rakhnu paryo...

 
Posted on 01-05-10 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire vacation sakiyena bhanya?
 
Posted on 01-06-10 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिया - "Thank You "


त्यो साझ ख्याल ठट्टा भन्दा नी गम्भिरता मा नै सकियो !


भोली पल्ट को दिन पनि आउन साथै सकियो ।।।।।।।।।


च्याङ्ग्रा , केरेन रिया सबै को जाने समय नी आयो सबै लाई छोड्न एअरपोर्ट तिर लागियो । रिया जानु अघि केही भन्छु झै गरेकी थीइ तर आफ्नो मन को कुरा मनै मा राखेर गइ, मैले पनि उसलाई सोच्ने समय दिन्छु भनेको ले त्यो कुरा जान्ने कर गरिन ।


समय ले आफ्नो काचुली फेर्न कहाँ छोड्छ र ? दिन हरु हप्ता मा बद्ले हप्ता हरु महिना मा , धन्यवाद दिवस (Thanks Giving) मा न्यू योर्क जाउ जस्तो लाग्या थियो तर प्लान अरु नै बन्यो अब पर्खाइ Chirstmas र New Years को थियो । हामी दुई बीच कुरा त सधैं नै हुन्थ्यो , तर मैले उसलाई त्यो दिन पछि डेन्भर आउने कुरा भने गरेको थिन ।


Christmas को लागि म न्यू योर्क जाने भएको थिए , आफ्नो छुट्टी बाँकी भएको ले  नयाँ बर्ष सम्म छुट्टी थियो ।


सधैं को झै मलाई लिन आइ पुगेकी थीइ मेरी मायालु । आफ्नो थकान मारी साझ घुम्न बाहिर निस्केका थियौ ।


न्यू योर्क शहर,  सिमेन्टी को जङ्गल हिउ ले ढाकीएको थियो , हेर्दा नी हिउ को पहाड झै देखिएको थियो , बाटा को प्वाल हरु बाट बाफ आउँदै गरेका थिए , स्वोर र आवाज भने चारै तिर बाट गुन्जि रहेका थिए, जता ततै बत्ती हरु बालिएको थियो, Christmas र New Years को भीषण तयारी गर्दै थिए । जिन्दगी मा एक चोटि न्यू योर्कमा न्यू येअर्स हेर्नु पर्छ भन्थे, त्यसै होला भिड झन धेरै थियो । आफु लाई भने महादेव ले बिष नील्या झै भई रहेको थियो । एक त स-साना बाटो घाटो, जता ततै बाट घर हरु ले थिच्या झै हुने , त्यो माथि मान्छे हरु को थप भिड, सास नै फेर्न गाह्रो । भनु भने आफ्नो प्रियसी रिसाउला भन्ने डर । निल्न नी नसकिने , उकाल्न नी नसकिन ।


Christmas को लागि केही समान हरु किन मेल गरियो र दिन लाई पूर्ण बिराम लगाउन आफ्नो बास स्थान तिर लागियो ।


Christmas Eve नी आयो , बिशेष केही भएन ! आफु लाई जो सँग हुनु पर्ने, उ साथ मा थियो अरु के नै चाहियो र ? साझ को सुरुवात उसको साथी को घर मा सानो पार्टी थियो त्यही बाट सुरुवात भयो , केही खान पिन , ख्याल ठट्टा पछि सबै जना क्लब जाने भन्न थाले, बहुमत को कदर गर्दै हामी नी पछि लाग्यौ । क्लबमा खाको सब उफ्रेर निकाले पछी थकाई र भोकाइ मेट्न हामी घर फर्क्यौ ।


उ किचन मा खाना तयार पार्दै थीइ , आफु चेन्ज गरेर बाहिर निस्की टेबल मा बसे ।


- "जाउ चेन्ज गरेर आउ , म तयार पारुला खाना "


सानै देखि लाग्या बानी  छुटाउन गाह्रो हुने रहेछ । रिया चेन्ज गर्नु अघि नै बाहिर निस्की मेरो ओठ मा स्पर्श छाडी र फेरी चेन्ज गर्न गइ ।


भाको चाँही के भने उसको खाट मा मैले Christmas को गिफ्ट राखी दिएको थिए । शायद उसलाई त्यसको आपेक्षा पनि थियो होला , तर मैले केही संकेत नदेखाएको ले गर्दा होला उसले आस मारे को थियो होला , वा बैरे को ओठ लाई त्रिप्त पार्ने उसको बिचार (ब्रह्मा जी ले तरुनी बनाउदा आँफै चकित पर्नु भाको थियो रे, तरुनी को लीला अपरम्पार, के सोच्छे के बुझ्छे त्यो ज्ञान सृष्टि कर्तालाई थाहा थिएन यो बैरे को के कुरा )



माछो नयाँ भाको भए स्वाङ्ग नी गर्नु हुन्थ्यो , पुरानो पर्‍यो आफु ले नी लाजै पचाइ सोधे - "अनी मेरो गिफ्ट खै ?"


- "अघी द्या होइन ??" उसले मुस्कुराउदै जवाफ दीइ


लौ बाण नै हान्ने भए आफ्नो कमाण मा अस्त्र शस्त्र को कमी कहाँ थियो र ? - "त्यत्ती ले कहाँ पुग्छ र ?" नझिम्किने आखो नी झिम्काए ।


- " भाग्य ले जुरायो भने , सोचेकै चिज दिउला " जवाफ आयो


कुरा बुझ्नै गाह्रो भयो, थप प्रश्न के हुनु पर्ने त्यो मलाई थाहा थियो तर प्रश्न भन्दा पहीले जवाफ नै के आउथ्यो त्यो ज्ञान भएको ले म चुप भए
 
New Year आउन हप्ता दिन को पर्खाइ थियो , केही त गर्नु पर्‍यो , भुस तिघ्रे भएर कत्ती बस्नु ? पाप धुरी बाट कराउछ भन्थे , त्यस्तो कठिङ्ग्रिने जाडो मा मयालु ले - "बोस्टन, डिसि घुम्न जाने ?" भनेर प्रश्न गरि " म २ दिन छुट्टी लिन्छु"


मुखले "दीमाग त ठीक छ ?" भन्न खोज्या थियो निस्किने बेला मा "हुन्छ " पो निस्क्यो ? अब मुख ले गर्या गल्ती ज्यान ले सजाय भोक्तिनु पर्‍यो ।


२-३ दिन को यात्रा २-३ जुगको जस्तो भयो , मुख ले भने साथ दियो सधैं मुस्कुराइ रहने, हुन्छ मा हुन्छ मिलाउने , अरु अँग प्रत्यङ्गल यति सरापे ......... ज्यान स्वर्ग गए नी मुख बिना जाला जस्तो छ ।


न्यू योर्क आएपछी एक दिन त कही निस्किन आनन्द ले न्यानो हिटर संगै बसे , खुट्टा को नँग देखि कपाल को टुप्पो सम्म सब कठ्याङ्ग्रिएको थियो सिवाए मुख !!!! , अब हो मा हो मिलाए पछि मुख ले ईनाम त पाउने भई हाल्यो नी , उसको न्यानो श्वासले सधैं मुख लाई न्यानो पन दिन्थ्यो अनी कसरी कठङ्ग्रियोस त मुख ?


म New Years Eve सम्म सधैं घरै मा हुन्थे उ भने काम गर्न जान्थी, बिचरी थाकेर आउथी । ढुङ्गा भए त पग्लिन्थ्यो मन किन नपग्लोस , त्यसै ले दु:ख दिन्न थे , खाने कुरा को बन्दोबस्त सबै गरिदिन्थे , उसले नभने पनि , उ क्रित्यज्ञ भएकी थीइ ।
 
New Years Eve आयो , प्लान के भन्दा Times Square मा जाने , त्यो दिन त मैले नी हुन्छ भने ।


साझ पर्नु अघि नै हामी  Times Square तिर निस्क्यौ । जाडो त निकै थियो तर तयारी मा आएको भएर खप्न सकियो । साझ पर्दै गयो , बत्ती हरु बल्दै गए, र मान्छे को भिड पनि । जब जब घडी मध्य रात तर्फ लम्कदै गयो चहल पहल बध्दै गयो । अब त केवल क्षण हरु मात्रै बाँकी थियो ।


१०.......९........... ८..........७.............६.........५.........४..........३...........२..........१


त्यत्रो फिलिम हेर्या काम त लाग्नु पर्‍यो नी । ताने मैय्या लाई छेउ मै , एक अर्का मा स्पर्श छोड्ने क्रम मा हात मा आएको कागज नी याद भएन , होस् ठेगान मा आए पछि हात मा आएको कागज खोली हेरे ।


कागज हेरे ........ उसलाई हेरे , बोली निस्केन , फेरी कागज हेरे अनी उसलाई .. के साच्चै मैले सोचेको कुरा नै उसले मलाई भन्न लागेकी हो त ?


Christmas मा भनेको कुरा याद आयो , "भाग्य ले जुरायो भने , सोचेकै चिज दिउला "


न्यू योर्क शहर को उज्यालो उसको मुस्कानको अगाडी फिक्का परेको थियो ।


क्रमश :


 


 
Posted on 01-06-10 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारा प्रभु हरु लाई बैरे को नयाँ बर्ष को शुभ कामना , चिताएको पुगोश , दिन दुनो रात चौगुणो हुने गरि उन्नती , प्रगती अरु को को तरुनी छन् सब पावोस । 



अब कथा नी नया बर्ष मै मोड लिएको ले पर्खाइ भएछ , तर खासै भन्ने हो भने समय र परिस्थिती ले गर्दा लेख्न नभ्याको ले गर्दा हो !! रिसानी माफ


 
Posted on 01-06-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<रिया चेन्ज गर्नु अघि नै बाहिर निस्की मेरो ओठ मा स्पर्श छाडी र फेरी चेन्ज गर्न गइ । >>>



अैला, क्या सीन छ।

आयो आयो, छोरो आयो! बज्ये बैरे, काँ मात्र गैरा भन्या त, न्यू योर्क पो गा रेछ। घच्ची आयो। सिरिङ्गै पारेर आयो। कागज त भन्यो बज्येले, ऐले मामा बनाउन ला त हैन होला भन्छु केरे। रिया कोलोराडो जान्छु भन्न ला जस्तो छ, खप्पराँ त लेखेरै आ छ बैरेले। लु लाइफ बन्नी भो जस्तो छ, अर्को भाग पनि आजै राखे कसो होला? तिमी त हराको हराइ गर्छौ फेरी, आस पनि गर्न नहुनी, भर पनि पर्न नहुनी खाले छौ।

क्या क्या डीटेल लेख्छ भन्देखुन के भन्नु र! अब कथाको हरेक लाइनको बर्णन गर्न बसियो भने बैरेको कथा भन्दा लामो हुन्छ, तेइ भेर केइ नलेखुम। ल मज्जा आयो

 
Posted on 01-06-10 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो आयो, छोरो आयो! बज्ये बैरे, काँ मात्र गैरा भन्या त, न्यू योर्क पो गा रेछ। घच्ची आयो। सिरिङ्गै पारेर आयो। कागज त भन्यो बज्येले, ऐले मामा बनाउन ला त हैन होला भन्छु केरे। रिया कोलोराडो जान्छु भन्न ला जस्तो छ, खप्पराँ त लेखेरै आ छ बैरेले। लु लाइफ बन्नी भो जस्तो छ, अर्को भाग पनि आजै राखे कसो होला? तिमी त हराको हराइ गर्छौ फेरी, आस पनि गर्न नहुनी, भर पनि पर्न नहुनी खाले छौ।

क्या क्या डीटेल लेख्छ भन्देखुन के भन्नु र! अब कथाको हरेक लाइनको बर्णन गर्न बसियो भने बैरेको कथा भन्दा लामो हुन्छ, तेइ भेर केइ नलेखुम। ल मज्जा आयो


लु जा त



 


 
Posted on 01-06-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haray...........baiman bairay......kaha liyara katha rokya...........paap lagcha..........ki ti buda ba lay vhanya jastoe -"chappa samatay ra, futta chodnue jastoe"..........arkoe vhag ni chadoe lekhnue paroye....


Anyway....I am one of the silent readers. Always enjoyed ur postings, and really couldn't stop this time from THANKING YOU.......THANK YOU!!!!


 
Posted on 01-06-10 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaaja bhane katha padhna majja aayo!!!!! Aafno bhagya ma Bairya jasto lekhe rainchha k garnu ra....
 
Posted on 01-07-10 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

biare ko katha padda ko majai arko cha... katha pada paddai aafu pani musu musu hasna pugincha..


aba baire le riya paune bho hoina..... la ta baira aba baki bhag chadai rakhnu paryo..


 
Posted on 01-11-10 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-13-10 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<<<<रिया चेन्ज गर्नु अघि नै बाहिर निस्की मेरो ओठ मा स्पर्श छाडी र फेरी चेन्ज गर्न गइ । >>>
अैला, क्या सीन छ।
आयो आयो, छोरो आयो! बज्ये बैरे, काँ मात्र गैरा भन्या त, न्यू योर्क पो गा रेछ। घच्ची आयो। सिरिङ्गै पारेर आयो। कागज त भन्यो बज्येले, ऐले मामा बनाउन ला त हैन होला भन्छु केरे। रिया कोलोराडो जान्छु भन्न ला जस्तो छ, खप्पराँ त लेखेरै आ छ बैरेले। लु लाइफ बन्नी भो जस्तो छ, अर्को भाग पनि आजै राखे कसो होला? तिमी त हराको हराइ गर्छौ फेरी, आस पनि गर्न नहुनी, भर पनि पर्न नहुनी खाले छौ।


क्या क्या डीटेल लेख्छ भन्देखुन के भन्नु र! अब कथाको हरेक लाइनको बर्णन गर्न बसियो भने बैरेको कथा भन्दा लामो हुन्छ, तेइ भेर केइ नलेखुम। ल मज्जा आयो >>


यती चाडो मामा बन्ने रहर पुरे ? टुट मुला पुरे । पहिले बिहे त हुन देउ


serial


<<पुरे कै कपेर पेस्ट गर्या >>


धन्य हो प्रभु कम से कम त्यती गर्ने समय त पाउनु भयो , म त अब बौचा को कथा लेख्नु पर्ला कसो पुरे ??


STUPIDA
<<haray...........baiman bairay......kaha liyara katha rokya...........paap lagcha..........ki ti buda ba lay vhanya jastoe -"chappa samatay ra, futta chodnue jastoe"..........arkoe vhag ni chadoe lekhnue paroye....


Anyway....I am one of the silent readers. Always enjoyed ur postings, and really couldn't stop this time from THANKING YOU.......THANK YOU!!!!>>


प्रभु , पढिदिनु भयो , त्यो माथि नि कमेन्ट लेखिदिनु भयो म क्रितज्ञ भए


Santosh1984
<<Aaaja bhane katha padhna majja aayo!!!!! Aafno bhagya ma Bairya jasto lekhe rainchha k garnu ra.... >>


प्रभु यो बैरे को भाग्य त ब्रम्हा जी ले समय लिएर कोर्या हो , तर समय समय मा सब जना त्राही त्राही भन्न आउथे ब्रह्मा जीले अरु को पाप को भ्न्डार आफ्नै खप्पर मा राखी दिए


quicksiler
<<biare ko katha padda ko majai arko cha... katha pada paddai aafu pani musu musu hasna pugincha..


aba baire le riya paune bho hoina..... la ta baira aba baki bhag chadai rakhnu paryo..>>


प्रभो यो लेख्ने भन्दा नि पढ्ने ब्यक्ती को खुबिलिटी को कुरा हो । अर्को भाग पस्कदै छु


NitiSa
<<Nice going!!! >>
औरेजी मा भनु भेन Thankx


 



 


 
Posted on 01-13-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यू योर्क शहर को उज्यालो उसको मुस्कानको अगाडी फिक्का परेको थियो ।


उसलाई फेरी अंकमाल गरे , अब फिर्ती तयारी त गर्नै पर्‍यो । आफ्नो जीवन को सबै भन्दा ठुलो उपहार पाएको थिए मैले । भोली साझँ को फिर्ती थियो तर यो पाली एक्लै होइन दुबै जना जाने भएका थियौ ।


(समय लाई केही अगाडि लगौ )


म मा धेरै कुरा हरु को बद्लावा आएको थियो । केही कदम बढाउनु अघी आफ्नो मात्रै होइन रिया को बारे मा नि सोच्नु पर्ने भएको थियो । पहिले को झै अल्लारे पारा हरु लाई जिम्मेवारी हरु ले ढाक्दै आएको थियो । केही कुरा हरु  भने बद्लन निकै गाह्रो भएको थियो जस्तै - पकाइ र सफाइ । हुन त रियाले पनि धेरै कुरा हरु सँग सम्झौता गरेकी थीई । सधैं मैले भता भुङ्ग गरेका कुरा हरु उसले मिलाएर राख्थी ,घर सधैं चिटिक्क पारेर राख्थी , खान पिन को ब्यबस्था सधैं गर्थी । स-साना कुरा हरु सबै को मेला पाटो गरेकी थीई ।


पहिलो झगडा ....


कामको पेलाई मा केवल म मात्र होइन उु पनि परेकी थीइ, घर आए पछी काम को बिषय मा कुरा हुन्थ्यो , एक अर्का लाई सहानुभुती दिनु बाहेक अरु के नै गर्न सक्थ्यौ र ? बिस्तारै बिस्तारै काम घर भित्र आइपुगेको थियो । कहिले काही काम बाट घर आउँदा जुन आकाश मा झुलिकी सकेको हुन्थ्यो । पहिले त एक अर्का लाई कुरी बस्थ्यौ तर जती जती यो क्रम बद्दै गयो त्यती त्यती खाना एक्लै खानु परेको थियो हामी दुबैले ।


रिया - सुन न यो पाली को लोङ वीकेन्डमा केही गरु है ?


- "मेरो मिल्दैन, प्रोजेक्ट डियु छ , काम हुन्छ होला । "


रिया - "कत्ती काम काम , पहिले हरेक वीकेन्ड बाहिर गैइन्थ्यो , हप्ता , महिना मा बद्ल्यो अब त त्यो नि बन्ध "


- " अब काम छ के नै गर्न सक्छु र ?"


रिया - " काम मा भन न, बरु यो हप्ता र नेक्स्त हप्ता ओभर टाईम गर्छु , वीकेन्ड चाँही छुट्टी दे भनेर "


- अली ठुलो स्वोरमा "बरु काम नै छोडि दिउ ?"


रिया - " मैले के नै नराम्रो भने र ? किन ठुलो स्वोर मा कराको ?"


- "खै, मैले ठुलो स्वोर मा बोलेको झै लागेन "


रिया - " अब त तिमी लाई के लाग्थ्यो र ? अरु केही होइन म बेसी भएको हो "


त्यो दिन हामी ३-४ घण्टा बोलेनौ .... फकाउ झै लागेको थियो तर सोचे - "may be she needs to be alone "



.........


डेन्भर मा जाडो महिना लाई भगाउन , गर्मी महिना आएको थियो , दिन हरु लम्बीदै गएका थिए , मान्छे हरु को चहल पहल पनि बध्दै गएको थियो,


रिया - "भोली त शनिबार, के छ प्लान ?"


- "काम का केटा हरु ले अब वीकेन्ड मा बास्केट बल खेल्ने भनेका छन, बिहान त्यही जानु पर्ला , दिउसो तिर केही गरे हुन्न ?"


- "हुन्छ "


बिहान बास्केट बल खेल्न गइयो, शायद शरीर फुर्तिलो नभएको धेरै भएको भएर होला अङ्ग प्रत्यङ्ग दुखेर आयो । २०६ प्रकार को हड्डी हुन्छ भनेको सुनेको थिए,  कहाँ कुन नली मा जोडीएको हुन्छ थाहा पाए ।


घर छिर्ना साथ जुत्ता एक कुना तिर फाले , बल्ल तल्ल मोजा फुकाले, अर्को कुरा तिर फाले , अनी नुहाउन गए । नुहाएर बाहिर आउँदा महारानी फुलेल -


- "के भयो ? किन ठुस्की रहा ?"


रिया - " तिमीलाई मेरो केही मत्लब छ , म सधैं तिम्रो पछी पर्न सक्छु , यसो घर सफा सुगर राख्न help गर्नु , त्यो नि गर्न सक्दैनौ भने फोहर त पार्दै हिंड्नु पर्दैन नि ?"


आफु थाकेर लोत पर्या थिए , के मुख लाई जस्तो भयो , गएर सोफा मा पल्टे ,


उु - "मरी मरी बिहान भरी सफा गरे , अब गएर थ्याच्च बस , त्यही हो तिम्रो काम "


- " के अब आफ्नै घर मा बस्न नपाउने भए ? मैले जे गरे नि तिमीलाई किन गाह्रो हुन्छ आजकाल ? God I can't stand your Nagging "


टि.भी खोले


उु - "हो अब त मैले बोलेको नि तिमीलाई Nagging भयो होइन ?"


- "Can You please shut up for a while, I want to concentrate on this " टि.भी देखाउदै


रिश को झोक ले होला उु पनि मुर्मुरिदै गई खोठा भित्र , ठुलो आवाज आयो ढोका लगाएको , आवाज सँगै पारो नि तात्यो , त्यही पनि बोल्न जानु भनेको आगो मा घिउ थप्या बरोबर हुन्छ भनेर चुप लागे ।


थाकेर होला कती खेर आँखा लाग्यो थाहा नै भएन आँखा खुल्दा त २:०० बजे को थियो , भोक लागेर नि चुर भएको थिए , रिया के गर्दै होली भएर चिहाउन गए , उु पनि मस्त ले बुडालिन कण्ठ रहेछी ।


मन मनै सोचे - "अब त फकाउन पर्छ नभए फेरी अर्को कहानी सुरु हुन्छ "


गएर सुटुक्क उस्को छेउ मा बसे , उसको कपाल सुम्सुमाउन लागे , शायद मेरो स्पर्श पाएकोले होला उसले आँखा खोली, अगी को रिश बाँकी नै थियो क्यारे , मेरो हात हटाइ अर्को तिर फर्की ।


उु - "बाहिर जाउ, किन फकाउन आको ?"


- "म कहाँ, फकाउन आको हो र, म त यसै तिमी के गरे राखेको होलौ भनेर हेर्न आएको "


उु - "देख्यौ होइन ? जाउ अब तिम्रो टि.भी हेर्न "


- " यस्ती राम्री , हेर्न छोडेर त्यो टि.भी कस्ले हिरोस "


उु - "अघी सम्म त त्यही टि.भी हेरी राख्या थियौ त ?"


- "कती खेर आँखा लागेछ थाहा नै भएन , आँखा लाग्ने थाहा भाको भए त यही आएर तिम्रो छेउ सुत्थे नि ? बौला हो र एक्लै सुत्न ?"


उु - "कुरा त कती आउछ हगी तिमी लाई "


- " लौ अब उठ , भोक नि लाग्यो बाहिर नि जाने भन्या होइन , ल तयार हौम "


उु - " ए भोक लागेर पो आको ?"


- हिन्दी मोभी को डाइलग दिए  " भोक भन्दा नि प्यास धेरै "


उु जुरुक्कै उठी ।


बाहिर केही खाएर कहाँ जाने भनेर सोध्दा उस्ले - "घर हेर्न जाउ न , अब त सकिन नि आट्यो होला , जुलाई मा तयार हुन्छ भन्या होइन ?"


- "हो , ल जाउ न त जाउ "


हामी ले कोन्ट्राक्ट दिएको घर लगभग तयार भई सकेको थियो , अब अर्को महिना त सर्न नि तयार हुने थियो ।


शायद घरमा सर्ने भनेर होला , फर्किद बाटो मा - " अब नेक्स्त वीक देखी घर मा के के समान राख्ने त्यो नि हेरुम है "


- " हुन्छ , तर please केटीको जस्तो घर नबनाउ है , अली कती Modern राख "


उु एक छिन चूप लागि,


- "के भयो, किन चूप ?"
   
शायद हाम्रो बिच यो कुरा नभएको होला उस्ले - "केही होइन " भनेर जवाफ दि ।


समय यसरी नै बित्दै गयो , हेर्दा हेर्दै घर मा नि सरीयो , उस्लाई ध्याम्म बन्द गर्ने ढोका हरु र मैले फोहर गर्ने ठाउँ हरु बडेका थियो । झगडा स-साना हुँदै गर्थे , फकाउने सधैं मै हुन्थे , कहिले काही झगडाको साइज पनि घर जस्तै हुन थालेको थियो । घरमा ठाउँ धेरै भएर होला झगडा पछी दुरी नि बद्दै गएको थियो , कहिले काही दिन हुन्थ्यो सम्झौता हुन अघी ।


हामी दुबै लाई थाहा थियो कि यो सब एक अर्का सँग बस्दा यस्तो सा-सानो कुरा हरु हुन्छ भनेर, अङ्रेजी मा भने झै - " Our life was becoming a Normal flow"


एक दिन म घर आउँन ढिलो भएको थियो । घर आउँदा उु कोठा भित बस्दै सुक सुक गर्दै थीइ , मलाई देखेर मेरो सामु आएर मलाई अङ्गाली


- " बैरे, घर मा हाम्रो र हामी सँगै बसेको कुरा थाहा भयो "


क्रमश :


 
Posted on 01-13-10 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुर्दार, सोमबारबाट मंगलवार भनेको आज बुधवार भो, आज नि नआ भे त्यो लहरेलाई कुट्या झैँ कुट दिन्थेँ।

कस्तो सहि चित्रन गरेको पाट तिम्ले, हुन त आफु त्याँ सम्म पुग्या छैन तर पनि सोचेरै डर लाएर ल्यायो। त्यस्तो धेरै माया गर्थ्यौ, ऐले दुरी बध्दै गयो भन्छ। अनी घराँ थाहा भेर के भो त, केटो अली अली मात्र बिग्र्या हो, खासै नराम्रो बानी ऐले छैन भने त नाइ-नास्ती हुन्थेन कि। तर साची है मुर्दार ब्या नगरि बस्या रेछ, डर त भै हाल्छ, याँ सुनेरै मलाई डर भै सक्यो। कस्तो कस्तो थाममा ल्याएर रोक्छ भन्देखुन्।

झन्नै बिर्सेंको, घर किनेकोमा बधाई छ है।

<<<म त अब बौचा को कथा लेख्नु पर्ला कसो पुरे ??>>>

हो हो लेख्देउ, तर होस्, यो लहरेको कथा लेख्नी भनेको खाली यो केटीको पछी कैले त्यो केटीको पछी बाहेक केइ हुनी हैन क्यारे, त्यो त ऐले नै थाहा छ नि, बरु तिम्राइ कथा इन्तेरेस्तिङ छ, ल अब हल्ला नगरि अगाडि बढाउ, अब फेरी यो शनिबार केटाहरुको गेम छ भनेर नलेखी बस्नी हैन नि, भोली खाली छ केरे, लेखेर टास्नु छिटो छिटो!

 
Posted on 01-13-10 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मजा आयो। पहिला त सुरु देखि नपढ्या भएर हो नि।


अब को मोड गजब होला जस्तो छ,। झगडा नि पर्न थालेछ, घरमा नि थाहा भएछ, मिलाऊ बैरे मिलाऊ वियोगान्त चाहिँ नहोस है।


 
Posted on 01-13-10 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा त कती झगडा गर्न सकेको - झगडा गरेर फकाउन नि मजा नै हुन्छ -


खतरा गइराछ कथा अहिले सम्म त


अब चाँही बैरे ले झ्याइ पार्ला जस्तो छ ल -


थाहा भएपछी बिहे नगरि भयो र - ल बैरे बधाई छ -


 
Posted on 01-13-10 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire bajya kasto bihe nai nagari gharjam garna sakeko ta? maane pravo maane!!!!!!!
 
Posted on 01-15-10 3:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते बैरे ज्यु, 


साच्ची न मेरो ब्यस्तताका कारण साझामा visit गर्थे अनि सुटुक्क  निस्कन्थे, लामो समय भयो मैले कमेन्ट गर्न छाडेको। तर आज मलाई केही नभनि यो मनले शान्ति दिएन, त्यसैले केही लेख्दै छु। 


यति छर्लङ छ कि तपाईंको कथा, सन्सनी पूर्ण छ, अनि intersting त्यतिकै, फिल्म हेरे जत्तिकै छ, पढ्न सुरु गरे पछि छोड्न सकिदैन जब सम्म कथा अन्त्य हुँदैन। म लगायत म संगैका साथीहरुले यस कथालाई असाध्य मन पराएका छन् । कथा लेख्ने क्रम जारी रहोस भन्ने कामना गर्दछु।


यदी real लाईफमा रिया आफ्नै girlfriend हुन् भने फलोस फुलोस तपाईंहरुको माया। यो wish मैले पहिले पनि गरिसकेको छु। फेरी पनि एक पटक।  
 
जदौ 
कालेदाइ          


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters