[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "ईन्द्रेणी"

[Please view other pages to see the rest of the postings. Total posts: 187]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 125636 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 10-11-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ईन्द्रेणी"

 

मान्छे जाडोमा मधेस तिर जान्छन उ चै मधेसबाट काठमाडौ आउने भई छ।

खुसीको कुरा के भने नी निशा आउने पक्का भो अरे। जय होस। आउली भन्ने आश अनि नआउली भन्ने त्रासमा अल्झेर भनेको बेहाल जस्तै भै सक्या थ्यो आफ्नो। उ आउने रे भनेसी फोटो खोजी खोजी हेरें -- बुलेट थिई नी उ, नारन!

 

निशा मेरी काकीकि बैनी। उ सँग मेरो भेटघाट भा थेन। आफु काकाको बे मा जान पाईएन -- म मात्रै के धेरै जान पाएनन -- पाएनन भन्दा पनि भ्याएनन भनम न। काकाले तिब्र बे गरे के -- त्यस्तै भो -- मधेस पुग्या थे उडेर -- काकिको पानबुट्टेको माथ्लो पेचाँ परेर चेट भएछन।

 

निशा आउने खुसीमा एक सुरले खुसी हुन नी पिसाचले दि रा थेन। को पिसाच रे? तेई बाङ्गे, अरु को हुनु?

 

ठिटी त आउने भै तर बाङ्गेलाई के गरी पन्छाउनु? मुस्किल थ्यो। आफ्नो पक्का साथी भनेकै फेरी उही। भर्सेलामा परोस अघोरी भन्न पनि भएन। उस्ले चैन सँग मलाई केही गर्न देला भन्ने चैं आशै थिएन। एका तिर निशा -- आहा! कस्ती नसालु होली जस्तो लाग्थ्यो -- अर्को तिर बाङ्गे बज्या बिसालु जस्तो थ्यो।

 

आज उ आउने दिन। अहिले सम्म मैले बाङ्गेलाई ठीटी आउने कुरै गर्या छैन। हुने बेलामा अनेक हुने --निशालाई मेरै छेउको कोठा दिन ला थे। मलाई त अर्को चिठ्ठा पर्या थ्यो। यो पल्लो कोठामा निशा सुत्छे रे भन्ने दिमागमा आएर हिँजो राती मात्रै ३ चोटी निन्द्रा बिच्कियो।

 

अँ साच्ची, उस्लाई गए रात सपनामा पनि देखें। पैले पैले अमेरीका आउनु अघि मैले एक दुई चोटी न्युयोर्क पनि देख्या थेँ सपनामा। सपनामा न्युयोर्क पुग्या हुन्थें फेरी यता उती हेर्यो उनै चिन्या मान्छे --तिनै हाँडीगाँउका पाटी देख्थें--कैले न्युरोड देख्थें न्युयोर्कमा, कैले बाटो चै न्युयोर्कको रे बार्दलीमा खुर्सानी सुकाका घरहरु चैं हाँडीगाँउकै देख्थें। तेई तालमा मैले निशालाई देख्या थें गए रात सपनामा -- तरुनी देख्थेँ -- अनुहार देख्दैनथें।

 

हवाईजाहाजबाट आउने भाकी थि उ आज। काका काकी लिन जाने भाका थे। म पनि जान्छु बिमानस्थल भन्या भात खाई सक्दा नसक्दै बाङ्गे आइपुग्यो। एक छिन बसे कुरो थाह पाउला भनेर हतार हतार उ सँग निस्कें बाहीर।

 

उस्लाई बोकेर जहाज १ बजे तिर आउने हो क्यार -- मैले १२ बजे सम्म जसरी भए पनि बाङ्गे भुत मन्छाई सक्नु पर्थ्यो।

 

"के भो हँ तँलाई आज?" बाङ्गेले सोध्यो सत्तेनारन थान पछाडी चुरोटको ध्वाँ सँगै। मेरो मन उडेको देखेछ कि ठानेँ।

 

"टाउको दुखी रा छ।" भन्दें।  त्यसकै निहुँ पारेर छडकिन्छु एक छिनमा भन्ने लाग्यो।

 

"हिँजोको तेत्तीले दुख्यो त टाउको?" बाङ्गेलाई अचम्म लागेछ।

 

"ट्वाँटले दुख्या हैन।" भनेँ।

 

"के ले त?" सोध्दै उस्ले कुरो झिक्यो --"हिन माहाँकाल थान जाम-- हिँजोकी केटी कौसीमा आईहाल्छे कि?"

 

"लागी रा छ" मैले अलि झर्केर भनेँ। कस्लाई के धुन कस्लाई के धुन।

 

"आफुलाई टाउको दुखीरा बेलाँ ---" सुनाएँ।

 

एक मनले भन्दिम कि बाङ्गेलाई निशा आउने कुरा जस्तो लाग्यो फेरी जानी जानी दशा के बोलाउनु जस्तो पनि लाग्यो।

 

यता र उताको कुरा गरीयो। धेरै नाटक पनि गर्न हुन्न थ्यो। बाङ्गे संधिग्द हुन सक्थ्यो। घाघ थ्यो पातकी।

 

बल्ल बल्ल पौने बारह् बजे तिर "ल म लाँगे घर तिर --औसधी खाएर एक छिन सुते पछे ठिक हुन्छ -- अनि जाम्ला माहाँकाल तिर" भन्दै उठेँ।

 

"कति बजे तिर आउँ त म? दुई बजे तिर?" सोध्यो उस्ले।

 

उ त आज म कहाँ आउनै हुन्न्थ्यो। तेसैले भनेँ "ठिक भए पछी मै आउँछु तँ काँ।"

तँ घरी घरी आउँदा बा रिसाउलान फेरी"।

 

सरसोतीथान सम्म सँगै आएर म छुट्टीएँ। मनमा अलिकति खल्लो लाग्यो साथिलाई तेसरी अलमलाएको मा। थाह त उस्ले जसरी पनि पाई हाल्थ्यो। खाली एक दुई दिन आफ्नो सुरमा मियों गाडेर दाईँ गर्न थाल्न पा मेसो बस्थ्यो की भन्ने आश। के गर्नु।

 

छीटछीटो घर तिर लागेँ ----

       

लाग्न त लागेँ तर बाङ्गेको छायाँ परीसकेछ। काका र काकी त हुईँकि सकेछन। बिच्छुक लाग्यो की भनेर दिक्क लाग्यो। एअरपोर्टबाट आउँदा ट्याक्सीमा काका अगाडी गुरुजी सँग बसी हाल्छन -- पछाडी म अनि दिदी बैनी (काकी र निशा के)। उनिहरु त सँगै बस्नै पर्यो गफ गर्न -- एका तिर काकी अर्को तिर म--बिचाँ निशा--सम्झिदौ ज्वरो आउला जस्तो भन्या --अनि झोल्ठिङ र भद्रगोल ट्राफिक भा बाटा तिनै हुन निशा सँगै लेपास्सिन नपाए नी झाक्क झुक्क घच्च पर्या बेलाँ गती परम्ला भन्या --तुषारापात भो।

 

 

जे होस -- काका पछाडी बसेर मलाई गुरुजी सँग नराख्लान भन्ने के थ्यो? ल भैगो काका नै बसे रे अगाडी तर पछाडी निशा एका तिर म अर्को तिर --काकी बिचाँ बस्थीन अनि भेटथिस झाक्क झुक्क भनेर सम्झाएँ मन, अनि अलि मत्थर भो पिडा।

 

कति बेला आउँलान भनेर बिनिसित्ती खटपट भै रह्यो। जुन मोटर आए नी आए कि भनेर हेर्यो के को। कसैले बोले पनि रिस उठ्न थाल्यो यत्तिकै। साँच्चिकै टाउको दुख्ला जस्तो पो भो।

 

२ बजि सक्यो आएनन। २:३० भो अझै आईपुगेनन। मेरो मन बत्तिन थाल्यो। अब म तुरुन्तै बाङ्गेकाँ नपुगे उ कुनै पनि बेला आईपुग्न सक्थ्यो म कहाँ। यता बैभव आउने र उता भैरव आउने बेला एउटै पर्यो भने? बरबाद हुन्थ्यो।

 

सोचेँ -- अब उनिहरु आईहाले पनि मैले उही दर्शन सम्म गर्ने हो। उस्को मुस्कान सम्मको केही प्रसाद पाउने हो धेरै भए। त्यो त ढिलो चाँडो मैरै हो, सम्झाँए आफैलाई। अब काकीले बल्ल बल्ल भेट भाको बैनी सँग आफ्नो माईती र उताका आफन्तको कुरा गर्न छोडेर जा दीप सँग भन्छिन कि भन्ने आश गर्न त भएन नी।

 

बरु बाङ्गे आउनु अघि नै उस्काँ पुग्दे कल्याण हुन्थ्यो आफ्नो। पुगेँ बत्तेर पातकी कहाँ।

 

नभन्दै उ मै कहाँ आउन ठिक परीसक्या रे छ। उस्ले सोध्नु अघि नै टाउको ठिक भो भन्दै थपेँ "ल हिन माहाँकाल तिर जाम "।

 

उ दङ्ग पर्यो। हिँजो चाबेल गणेशथान गैया थ्यो। अनि त्याँ चोकाँ ठीटी निरिक्षणमा लाग्दा हुँदी एउटी सुन्दरी अरु दुईटी केई न कामकी सँग चुच्चेपाटी तिर लागी। फुर्सदै फुर्सद हाम्रो लागिम पछि। जो राम्री उसैमा मन बस्ने नै भो।  "त्यो राम्री चैं मेरी" बाङ्गेले पैले नै भन्यो "बच्छि मबिया" तालमा।

 

झनक्क रिस उठ्यो मलाई। त्यै झोंकमा भनें "म चैं उसो भए के खान पछी लाग्नी त?" त्यो सुन्दरीका पार्श्वबर्तीहरु ठिकै सम्म भए नी लौ भन्नु -- मैले बनाको चित्र जस्ता थिए ती -- मैले घोडा बनाउँदा स्याल जस्तो देखिन्थ्यो -- अब तेस्ताको पछी लागेर खत्तम भएन?

 

बाङ्गेले "मेरो लागि हिन न -- साथिको लागि त ज्यान पनि दिनु पर्छ बुझिस!--एउटा केटी छोडन सक्तैनस?" भन्यो।

 

 

साँझ साँझ पर्न लाथ्यो माहाँकाल तिर लाग्दा -- अलिकति दुरी राखेर पछ्याउँदै थिम के पर्छ पर्छ भनेर। यत्तिकैमा एउटा खैरे साईकलमा हुरुरु आएर हाम्रो अघि रोकियो र नक्सा झिक्यो। के भन्न लायो यस्ले भनेर हाम्ले नी नक्सा तिर हेरीम। "बौध जाने कताट?" भन्छ खैरे त। तेसलाई बौध तिर देखाई देखाई बाटो बताई दिएम-- के कति बुझ्यो कुन्नी-----उ त बाटो लाग्यो यता पछी लाग्या ठीटीहरु हराए। अब भो की? ---

 

 अब साँझ पर्न लाईसक्यो -- केटीहरु कता गए कता ---छिटछिटो पल्याक र पुलक गर्दै अघि लागिम -- डर पनि थ्यो -- कतै घर पुगी होरी हाम्रो दनकको बन्दोबस्त गरी सके की न? --

 

"उ तेई हो हो--" बाङ्गेले अलि अघि फटाफट हिन्दै गरेकी केटी देखायो।

 

"त्यो त एक्लै छे त " मलाई हैन की जस्तै लाग्यो।

 

"एक्लै छे र त पछि लाग्या त -- अर्कैको पोते झुन्ड्याई सक्याहरु को त के पछी लागि भो र?"भन्दै मारोगी जान्ने पल्टियो।

 

"हाम्ले खोज्या केटी त्यो हैन होला --" मलाई अझै बिस्वास लागेन।

"हो हो" उस्ले हो हो भन्यो।

 

नभए नी बाङ्गेलाइ त के फरक पर्थ्यो र? तरुनीको पछी लाग्या हो -- अगाडी पनि एउटी तरुनी नै थिई -- अघि पछ्याउँदै गर्या नभए पनि के?

 

"तेस्का साथी केटीहरु खै त?" मैले सोधें।

 

"मलाई नसोध न -- के था पाउनु? लस्के होलान नी घर तिर -- बरु छिटछिटो हिन -- फेरी यो हराउली"

 

ठीटी फटा फट हिन्दै थी --यस्सो पछाडी तिर पनि हेर्थी हामी तिर --- हामी पनि बढ्दै थिम -- हेर्दा हेर्दै एउटा कालो ढोका खोलेर ठीटी भित्र छिरी -- हाम्रो काम सकियो।

 

अब अहिले तेई घर तिर जांदै थिम बाङ्गे र म। हिंजो मलाई नी तेई केटी चाहिया थ्यो। आज थेन।

 

"तेरो ससुराली आउन लायो" मैले बाङ्गेलाई दम दिएँ। मक्ख पर्यो।

 

"म तँ जस्तो हैन बुझिस -- तैले "मेरो" भनी सके पछी तेस्मा मण्डली हाल्ने" मैले थपें। यो थपेको चैं मैले मेरो बचाउको लागि थ्यो। निशालाई पनि बाङ्गेले गिद्दे नजर दिने पक्का थ्यो -- तेसैले कुरो उठाको।

 

"ल ल म पनि नहालुँला मण्डली" -- बाङ्गेले मैले जे सुन्न खोज्या तेई भन्यो।

 

यही माँहाकालकी ठीटी सँग जसरी भए पनि बाँगे अल्झे हुन्थ्यो भन्ने लाग्यो मलाई। निशा अनि त एकलौटी हुन्थी मेरी।

 

त्याँ बाटा हुँदी कती मडारिनु -- तरुनी कौसीमा आकै हैन -- आफुलाई घर बेलैमा आउनु थ्यो --

 

"खै छैन जस्तो छ घराँ ठीटी -- हिन फर्किम" मैले भनें।

 

"एक चोटी नहेरी त मरे जान्न" भन्न थाल्यो उ त।

 

च्या र चुरोट कति तान्नु? च्या तान्यो अनि चुरोट तान्न चैं त्यो मोड तिर जाने गर्या थ्यो -- के था चुरोट उडाको ठीटीलाई राम्रो नलाग्ने रे छ भनें? बेलैमा बिचार पुर्याउनु पर्यो नी।

 

बल्ल बल्ल आई ठीटी कौसीमा। "ए बाङ्गे आई आई" सुनाएँ। मलाई चैं हिजो पछ्याको तेस्लाई हैन भन्ने लाग्यो तर केही भनिन। बाङ्गे खुसी भो। ठीटी सँग धेरै चोटी आँखा जुधे। एकै छिनमा अर्को को लाट्ठे पनि आयो कौसीमा -- ठीटी र लाट्ठेले के के कुरा गरे कुन्नी -- हामी तिर पनि हेरी -- लक्षण बिग्रेको हो की जस्तो लाग्यो। ठीटी पनि हराई लाट्ठे पनि हरायो कौसीबाट।

 

हामी पनि हराईम।

 

"आजको मात्रा पुग्यो बुझिस -- उस्ले थाह पाई नी अब --अब सुरु हुन्छ" बाङ्गेले सुनायो बाटोमा।

 

खै के थाह पाई कुन्नी -- पैला सुरु त उस्को दावेदार को तेई था छैन त्यो केटीलाई --  त्यै पनि भनें "हो हो -- अब था पाई -- आज हेर्न त्यो केटी पनि सुत्न सक्दिन तेती सजिलै -- तैले हरिप लुक्स दिईस यार -- बिर्सिन्न अब -- भोली पनि आउनु पर्छ" मैले उकासेँ।

 

बाङ्गे फुरुङ्ग भो -- केही खाम भन्थ्यो उ मैले भैगो भनें। ट्वाँट लाउने चानसै थे न निशालाई भेटन जानु थ्यो -- भात खान बेलैमा पुगेर कुरा सुरु गर्नुथ्यो आफ्नो।

 

उ छक्क पर्यो मैले भैगो भन्दा -- तेस्तो हत्तपत्त हुँदैनथ्यो।

 

"आज घर अलि छिटो जानु छ -- भनें।

 

"किन?" भन्छ उ फेरी।

 

घराँ मान्छे आउने कुरा भनम "को?" भनेर सोधी हाल्थ्यो -- अनि त यता र उताको कुरा गर्न थालेसी सबै उध्रिन थाल्थ्यो ध्वार ध्वार -- तेसैले भनें "बा रिसाईराछन के यत्तिकै -- तेई भएर दिउँसो तँलाई मैले म कहाँ नआईज भन्या हैन?"

 

लागिम घर तिर -- मनले निशा निशा घोक्दै थ्यो। .....

 

घर फर्किदा बाङ्गे बज्याको घर हुँदै फर्केम -- मेरो घर भएर फर्किदा त के ठेगान छिर्यो भने? धन्न उस्को घर बाहीर तेस्को बाउ उभिरा रेछन -- केही भन्नै परेन -- बाङ्गे लुरु लुरु भित्र लाग्यो म पनि घोसे मुन्टो लाएर सुरु सुरु चल्दें।

 

आफनै घर नजिक आउँदा धडकन एक्कासी चम्किए।

 

घर भित्र आएँ आफनै घरमा अलमलिए जस्तो भो। कता जाम कता। भान्छामा काकी हाँसे जस्तो लाग्यो तेतै लागेँ।

 

भान्छामा पुग्नासाथै निशा र मेरा आँखा जुधे। मनले ट्याम्को त यसै बजाउदै थ्यो -- दमाहा पनि ठोक्यो। आमा, काकी र उ रहेछन त्याँ।

 

"आज त बैलैमा सवारी भए छ नी" काकीले म तिर हेर्दै हाँसेर भनीन।

 

 

"यो मेरो छोरा, दीप" -- आमाले चिनाईन। फेरी उस्को मेरो हेरा हेर भो दमहा र ट्याम्को बजाउँदै गर्या मनले झ्याम्टा पनि थप्यो।

 

"यो मेरी बैनी, निशा" काकिले चिनाईन। उ मुसुक्क हाँसी।

 

मनले नर्सिङ्गा पनि फुक्यो।

 

निशाको अनुहार आगो अघि उभिए जस्तो उज्यालो -- ज्यान सुन्दरताको परिभाषाले समेटन हम्मे पर्ला जस्तो मनमोहक -- दुलहीको घुम्टो जस्ता आँखा आहा! उठाउँदा रहरमा रहरै घाईते होला जस्तो -- जसै उस्ले ति नयन जसको बर्षातमा म निथ्रुक्कै थिएँ म माथि बाट हटाई मनले हठात सनाईं बजायो।

 

"भात खाने बेला भो?" मैले सोधें।

"एक छिनमा" काकिले भनीन।

पुलुक्क म तिर हेरेर उ मुसुक्क हाँसी। म टिक्न सकिन। हिंडे।

 

कोठामा आएर ड्याङ्ग लडें। हे भगबान, अब के हुने हो --- मनमा कुरा आयो। घरमै यस्ती रहरलाई मात दिने तरुनी आई -- अन्त अन्त एक मुस्कान भेट्न कस्तो गार्हो यहाँ त सुरुमै दुईटा पाईयो -- केही त हुन्छ अब भन्ने भो।

 

एक छिन कल्पना सागरमा उठेका लहरहरु संगै खेल्दै यसै ढल्की रहें।

 

"खाना तयार भो" निशाले ढोका बाहीरै बाट भनी।

 

एक्कै चोटी जर्याक जुरुक उठें।

"किन आत्तेको?" उस्ले सोधी -- फेरी तेई मुस्कान। हरे!

 

म सँग जबाफ थिएन। उस्का आँखामा अनौठो चमक थ्यो।

 

उस्लाई जैले हेर्दा पनि मुस्काउँछे बा। काकीले भा नभाको कुरा सुनाईसकिन की के हो जस्तो पनि लाग्यो। आफु यता एउटा सुरा दङ्ग पर्यो तरुनी अर्कै सुरमा मेरो दङ्ग भङ्ग गर्न तिर लाग्या हो की? खै के हो के हो नी।

 

भात खाई सकेर कोठा तिर लागें। एउटा धुलो लाग्या फिजिक्सको किताब थ्यो काकाले कुन चैं लाईबेरीबाट के गर्नलाई चोरेर ल्या हुन कुन्नी तेई किताब पल्टाएँ। उ आउली र क्या घगडान किताब पढ्दो रे छ भन्ली भन्या आउँदै आईन। चाल बुझ्या टिभि तिर पो लागी छ। म पनि लाग्नै पर्यो, के गर्ने?

 

भुसुक्कै धाराबाहिक हेर्दी रैछे -- जम्मै चिनेकी कुन चै सासु कुन चै बुहारी --कुन असल कुन खत्तम--- आफुलाई अत्तो पत्तो छैन। कैलेई आफु नहेर्ने ति सिरियल अब तरुनी आई रे भन्दैमा उ आकै दिन देखी हेर्न नी भएन। नियतमा संका  गर्लान भन्ने डर। मुस्किल पर्यो। खुरुक्क फर्कें -- हेरीन उस्लाई पनि। सोझो पनि त हुनु पर्यो।

 

कोठामा फिर्ता आएँ र परालको आगो पढन थालें। मन भने गौथलीमै थ्यो।

 

धाराबाहीक हेरे पछी उ सुत्न भनेर काकी सँगै आई मलाई कोठामा पुलुक्क हेरी --  मुस्कान सुस्कान् थेन यस पटक -- खल्लो भै गो -- -- म सँगैको कोठामा सुन्तु पर्ने उ -- त्यै कुराले आफ्नो निन्द्रा बिच्केको-- अझ उ त ऐले आएर त्याँ सुत्दिन भन्छे बा!

 

किन भडकी भन्ने पिर लाग्न थाल्यो।  ----

 

पछि खै के के भनीन कुन्नी काकिले सुन्न खोजेर पनि बुझिन तर काकी एक्लै माथि तिर लाग्या देखें। भने पछी सुत्ने भैछ पल्लो कोठामा। नखरै धेर। एउटा मनमा यसो बिचार आयो पुजाकोठामा भैरबको डरलाग्दो मुखुण्डो थ्यो तेई लार आउनु पर्यो सुटुक्क अनि तर्साईदिनु पर्यो क्यारे ठीटीलाई -- बड मेरो संगैको कोठामा नसुत्ने नखरा गर्दा त -- फेरी अर्को मनले तु भन्यो -- हेर हेर बुद्धी -- अन्त त तरुनी फकाउन सक्या हैन -- अब कोठै छेउमा बल्ल बल्ल सुत्न आकि एउटी ठीटीलाई पनि पैलेई रात भैरब बनेर तर्साएर गर्न खोज्या के?

 

कुरो ठिक हो। तरुनी तर्साउन हुन्थ्यो के त? फकाउनु पर्नेमा अझ। त्यै पनि के गरम उस्लाई के भनम भै रा थ्यो। एक छिन पछी उस्को ढोका अगाडी पुगेर टक टक गरेँ। ढोका खोली आँखामा "के?" राखेर।

 

"ढोकाको छेस्किनि बिग्र्या छ" भन्देँ।

 

उस्ले केही भनीन। बुझिन की भनेर फेरी भनें "चुकुल के लक बिग्र्या छ"।

 

"आफ्नै बिग्र्या होला नी लक -- मेरो त बलियो छ" भनी र ढोका लाई अनि छेस्किनी लाको नी सुनें।

 

ठीटीले कुरा त घच्ची गरी। सोचें उस्ले लक भनेर केलाई भनी? चुकुल-ताल्चा कि भाग्गे? जेलाई भन्या भे नी  मिलाई तर। मेरो ढोकाको लक काठ पसाङ्ग्रेर लाउन मुस्किल थ्यो -- भाग्गे त झन त्यो भन्दा पैले पसाङ्ग्रेको।

 

उस्को लक बलियो नहोला भन्ने संका त थिएन मनमा।

 

निन्द्रै लागेन। छ्टपट छटपट बिनिसित्तीको।

 

उस्को र मेरो साझेदारीमा एउटै भित्ता थ्यो। यो भित्ता पारी तरुनी छे भन्ने मनमा के लाग्या थ्यो हवात्तै सिलसिलाको डाईलग सम्झें -- ए आग इधर भी है उधर भी -- दिबार गिरादें -- हाँ हमको मोहब्ब्त है मोहब्बत -- यस्तै के के भन्थ्यो -- मैरै कुरो गर्दो रे छ कि जस्तो भो।

 

उस्को सपनाको पैलो सो छुट्ने बेला भैसक्या हुँदो हो आफ्नो सुरु भा कै थेन।

 

उ सधैंको लागि त आ थिन -- पाए त राक्थें ---तर उ कुन दिन फर्की हाल्थी -- जे भन्नु गर्नु थ्यो उ फर्किनु अघि नै गर्नु थ्यो। तर के गर्ने के भन्ने कसरी भन्ने गर्ने केही था छैन। बाटाँ ठीटी जिस्काउन त सजिलो थ्यो -- तर अहिलेको परीस्थीति बेग्लै। तेसमाथि बाङ्गेको त्रास अर्को। कति तिरको चाप मलाई त्यो कलिलो उमेराँ।

 

अनेक कुरा बतास झैं चल्थे जान्थे -- कतिबेला निदाएँ था छैन।

 

निन्द्रै पुग्या थेन ढोका ढकढकाको सुनेँ -- सधैं झै च्या होला भनेर आँखै नखोली टेबलमा राखेर जान भनें -- अनि झटट सम्झें निशा होली -- हेरेको त के हुन्थ्यो -- बाफ उड्दै गर्या च्यामा एक चोटी यस्सो हेरें अनि अलि सेलाओस अनि भनेर सुतेँ फेरी--निदाएछु। 

 

"ल हेर च्या त चिसै -- ए उठ" आमाले भन्या सुनेँ।

 

"तताएर ल्याईदिनु न त अनि उठ्छु" सिरक भित्रै बाट भन्दै गुट्मुटीएँ।

 

"सधैं तताउने पर्ने यस्को च्या -- अब त उठे पछी मात्रै बनाईदिन्छु ---" यो पनि आमाले सधैं जसो भन्ने डाईलग थ्यो।

 

एक छिन पछी "चिया" भन्या सुनें। निशाको आबाज। चिया त मेरै जिउमा खन्याको जस्तो भो। तु उठें।

 

"किन मैले बोल्यो की झस्कीने नी?" उस्ले सोधी।

 

किन किन अब? के भन्नु -- केई नी भनिन।

 

फेरी सुत्ने की? च्या टेबलमा राखेर सोधी --

 

त्यो सुत्ने कुराले मनमा जबाफ त धेरै आथे तर भन्न नमिल्ने खाले, तेसैले "राती निन्द्रै लागेन -- " मात्रै भनें।

 

किन भनेर सोध्ली र कुरो उप्काम्ला भनेको त एक जोर नयन बाणले हिर्कार गै कोठाबाट।

जे होस बिहानै उस्को दर्शन त पाईयो -- अब भक्ति बलियो बनाउनु पर्छ -- भजन गाउँनु पर्छ देवी प्रसन्न नहुने त कुरै छैन -- जिउमा फुर्ती जस्तो आयो -- सधैं बाहीर तिर हुन्थे घाम आज कोठैमा देखेँ --

हुन्छ के के चाईँ त -- भन्ने लाग्यो। --

Last edited: 12-Oct-07 12:35 PM
Last edited: 12-Oct-07 12:39 PM
Last edited: 12-Oct-07 12:44 PM
Last edited: 12-Oct-07 12:48 PM
Last edited: 12-Oct-07 12:50 PM
Last edited: 12-Oct-07 01:08 PM
Last edited: 12-Oct-07 01:19 PM

 
Posted on 10-17-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sgy नि फेरि! काकी पो अउँरेजीआँ "आन्टी" नि! अब आन्टी को बुईनीलाई त जे मिल्छ तेई साईनो लाए भओ। हेरम् दीपले के साईनो गाँस्ने हुन्!
 
Posted on 10-17-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दीप ब्रोले अब त पक्का भ्याइसक्यो होला भनेर हेरेको त--- अझै भ्याएकै रैनछ---कथा।

कस्तो डिटेलमा लेख्ने यार--- कस्सम! यो कथा पढ्दा म चाँहि त्यो सोफा पछाडी उभिएर दीप ब्रोले के के गर्दो रैछ भनेर हेरिरहेको जस्तो लाग्या छ।

पुरा दशैँ कै प्लान बनाए जस्तो लाग्यो। दशैँको टिकाओ दिनाँ ग्रान्ड फिनाले हान्ने बिचार गरेको हो कि के हो ब्रो?

रमाइलो लागिरा'छ पढ्न! लु लु लेखुम चाँ-चाँडो!

Last edited: 17-Oct-07 02:11 PM

 
Posted on 10-17-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अस्ति आकि मधेसकी एउटी केटी बजार तिर के लाग्या थिई आफ्नै घरमा एक्लै भाको जस्तो भो। सुन्ने भन्छन नी हेरी तेस्तो।

 ओछ्यानमा आफ्नो कोठाको डङरङ्ग लडेर आफैले बुनेको तरुनीको जालमा म जेलिदै थिएँ ---

 उ कोठामा आई सरासर। मैले केई बोल्नु अघि नै इसाराले चुप रहन भनी। कति बेला साँझ परेछ कोठामा उज्यालो नाम मात्रको थियो। उ त ओछ्यानमा म सँगै घुस्री। म त एक्कै चोटी जर्याक जुरुक भएँ।

 हेर्छु त उज्यालै छ। जालमा जेलिदा जेलिदै कुन बेला आँखा लागेछन -- तरुनीले बजार जाउन्जेल पनि नछोडने भै। सपनाको कुरामा लागेर बेफ्वाँकमा अझै चम्किदै गर्या आफ्नै मुटुलाई झर्कीदै सोधें "तँ चै तातो न छारो सँग नभाको कुरोलाई लिएर के को भरयाक भरयाक  नी?"

तरुनी नी छैन घरमा एक्लै बस्ने बानी पनि छैन-- अनि परेन मुस्किल? -- केही लागेन भाईचाको घर छेउ पाटी माथि चढेर एउटा चुरोस तानेसी बल्ल अलि कति मजा आयो।

 अब आउँछे उ तब आउँछे भन्दा भन्दा -- आएसी के के न गर्ने जस्तो कुरान देको देकै -- बल्ल बल्ल आई भात खाने बेला तिर।

 भात पछी टिभीमा लाग्छे भन्ने थाहै थ्यो। म पनि लागें टीभी राख्या कोठा तिर। भात सात सकेर पनि आउँदिन उ त। माथिनै गफ गरी रा छे -- मलाई त रिस उठन थाल्यो उ तल आईन भनेर। मलाइ उ चाहियो रे भन्दैमा उ तु आउने पर्ने त के थ्यो र? तै पनि मेरो रहरमा मैले उस्लाई मेरो अधिकार क्षेत्र भित्र राख्देछु आफु खुसी।

उ आउँदै आईन -- काकीको कोठा तिर लागी बरु। म पनि मनमनै रिसाउँदै लागेँ आफ्नै कोठा तिर।

मनमा परेको रात संगै कोठामा झ्याल बाहीरको अध्यारो हेर्दै मनमा उठेका तरङ्गहरुलाई सडकमा बलेका बत्ति झैं अलिकति उज्यालो तिर डोर्‍याउँदै थिएँ कोठा भित्र कोही आएको भान भयो। हेरेको उ रैछे।

लच्की लच्की उ बिस्तारै अघि बढी - सुईरो जसरी उस्को उही मुस्कान मन आर पार भैगो एक पलमै। नदेखे जस्तो गरे पनि देखीने उस्का अटाई नअटाई निस्सासिएकै झै लाग्ने यौबन मुक्त हुँदा -- अझ भनौं त्यो मुक्त गर्ने जिम्मा मैलाई दिए उस्को जोबनको मुक्ति सायद जिन्दगीको सबै भन्दा ठुलो उत्सब मानेर मनाउने थिएँ मैले। ---


 
Posted on 10-17-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep sir,

ati bho, yesto tal le ta mahabharat bhanda pani lambine bho.


 
Posted on 10-17-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति ढिला, अनि कति थोरै? अन्याय गर्नु, अत्यचार त नगर्नु नि, परभो!

ठ्यास्नि दीपले निहुँ नै खोज्या भए, बाङ्गेलाई भन्दिम्?

 "दीप काँ काकीकी बैनी आ'छे, अनि बाङ्गेलाई पन्छाई रा'छ दीपले" भनेर?


 
Posted on 10-17-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....जिन्दगीको सबै भन्दा ठुलो उत्सब मानेर मनाउने थिएँ मैले। ---

"के हेरीरा नी बाहीर राति हुँदी?" उस्ले सोधी।
"भुत" तेई आयो मुखाँ तेई भन्देँ।
"भुत रे? भुत आउँछ ह्या?" उस्को स्वर अलि बदलियो तर पनि डराको जस्तो त लागेन।
"हाँडीगाउमा नआको भुत् काँ आउँछ त?" भन्दै थपेँ "उ त्यो पाटी बाहीर बाईपंखे पनि आउँछ रे आधारातमा"।

उस्को अनुहारमा अघिको मुस्कान त अहिले थिएन तैपनि उ तेत्तिकै राम्री थिई -- मैले देखाको पाटी हेर्न भनेरै त होलानी मेरो छेउ आई -- मैले देखाएँ पाटी फेरी। आधाराताँ कति चोटी हिनियो कैले देखीएन देख्न त आफुले पनि बाईपंखी तर ठीटी तर्सिन्छे भने तर्सियोस न भन्ने लाग्यो। छेउमै उभीएकी उस्को रापले आफ्नो ज्यानमा भने बाफ उठन थाल्यो।

"आउँछ काम नपार" भनी पाटी हेरी सके पछी उस्ले। ।

आफुले भनी सक्या कुरो --थाम्नै पर्यो भनेर भनेँ "लौ -- मेरो साथीको बाजेलाई लगेर भाटभटेनीमा पछारेको रे एक चोटी भोज खाएर आउँदै गर्दा त्यो बाईपंखेले-- त्याँ देखी लठेब्रो भाको रे तेस्को बाजे भन्थ्यो। भेटने भा भेटाई दिम्ला भोली।"

"पर्या छैन"  भनी।

"कत्तिले देख्या छन रे त्यो बाईपंखे --- ह्याँ त राती बच्चा रोएर पनि तर्साउँछ -- उता अस्ट्मानको बाजे बराजु कस्को हो एउटा छोरो झ्यालबाट खसेर मरेको रे -- त्यो रुन्छ कैले काईँ -- त्यो रोए पछी जसजसले सुन्छन टोलमा तेसमध्ये एउटा सिताराम -- चिलिम फर्किन्छ -- "

"म डराउँछु भनेर सुनाको होला -- तेस्तो भुतको कुरा त कति सुनेको सुनेको -- हाम्रो मधेसमा पनि आउँछ भुत" भनी।

"ह्याँको भुत तेस्तो मधेसको जस्तो हैन ह्याँ त ---" भन्दै थिएँ ख्याक स्याक त काठमाडौको लोकल हो क्यारे -- लाग्या बेलाँ कालो र सेतो दुईटैको झिक्छु कुरो भनेर थाल्या त उस्ले "छी -- यसो गफ गर्छु नी त भनेर आकि त खाली भुत र सुतको कुरो गर्ने मान्छे रे छ" भन्दै एक राउण्ड कर्के नजर दे र लागी मास्तिर।

"अब आनन्द भो हैन यति भए पछि? राती हुँदी टाँस्सिन आकी तरुनीलाई अनेखन्न फलाकेर भडकाई छोडीस -- हैन के?" मन त आगो भो म सँग।

थक्क थक्क लाग्यो। हो त नी -- खोज्या तरुनी त्यो पनि राती मै भनेर आउँदा हुँदी भुत र पिशाचको कुरा गर्ने हो के त? माया पिरतीको झल्को आउने कुरा गर्न छोडेर -- म पनि -- भन्दै ठीटी भडकेकोमा सोक प्रस्ताब पारीत गरें।

अब केटी फन्की हाली के कुराई भो र अनि ढोका खुलै पनि के राखी भो र -- भन्दै ढोका ढप्काएँ।

भोली सरी भन्नु पर्ला भन्दै मन बाँधे। तेई बेला भन्छु भनेर यसो उस्को कोठा तिर पुग्या रैन छे। ओछ्यानमा घुस्रेर किताब पढ्न थालेँ। गीतहरुको संकलन थ्यो त्यो बजाएँ उदास मन बहलाउन।

मेरो ढोका चलाए जस्तो लाग्यो। म त निदाएछु कुन बेला किताब पढ्दा पढ्दै। गीत अझै बज्दै थ्यो। कोठा उज्यालै। फेरी कसैले ढोका चलायो -- घडी हेर्या राती ११ बज्न आँट्या रे छ। मन जिरिङ्ग भो अघि बाईपंखेको कुरा गर्या कोठैमा आउन लाग्यो त लिन?

ढोकामा पुगें भ्रम हो की भनेर। खोल्छ् त उ पो रै छे। फेरी सपना देखिएछ कि भन्या हैन --

म के गरम के भनम भन्दै थिएँ "बच्चा रुँदैछ त --" उसैले भनी।

"कस्को बच्चा?" निन्द्राको सुरमा सोधें।

"कुन्नी त कस्को बाजे बराजु भन्या हैन अघि तेई होलानी ---" उस्ले सकेसम्मको मसिनो स्वरमा भनी।

मैले त सुन्या थेन  -- नसुन्या कुरो "खै मैले त सुन्या छैन भनें।

उस्ले एक टक हेरी मात्रै --


 
Posted on 10-17-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! यता कुरो गहिरिँदै रेछ!

राति टाँस्सिन आ' केटिलाई भुतको कुरा गरेर लखेटेकोमा शोक प्रस्ताव पारित गरे पनि, आधा रात हुने बेलाँ बच्चो रोइदिनाले, भाग्गे जागे जस्तो छ प्रभु! यहि शुभघडिमा प्रपोज हानियो कि के हो? छिटो गरम हजुर, अनि के भयो????


 
Posted on 10-18-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्ले एक टक हेरी मात्रै --

मौकाले चौका त हानेकै हो तर अप्र्त्यासित रुपमा।

म ढोकाबाट हटें, उ भित्र आई। बत्तिको उज्यालोमा बानी परेको कोठा जुन भित्र आउँदा कोठा नदेखिदो उज्यालोमा मग्न भो भने बल्दै गरेको बत्ती सुकुम्बासी।

"के डर लाग्यो?" मैले सोधें।

"अँ" मात्रै भनी।

"अघि त डरलाग्दैन भन्या थ्यो त?" सोधें। उ बिस्तारै बोल्थी म पनि।

"अघि लाग्या थे न अहिले लाग्यो नी त -- " उस्को स्वर कता कता कम्पित थ्यो क्यारे"

" ए, मध्य रात हुन लायो -- यता पनि बाईपंखेको ट्याम भो" मलाई नी के सुर चढ्यो अरु तर्सियोस भनेर थप्दें।

"छि: कस्तो इन्सेन्सेटिभ मान्छे होला -- आफुलाई ह्याँ कस्तो भै रा छ" भन्दै रिसाकी हो की झै गरी फर्किन लाकी थी -- मैले अनायसै उस्को हात समाएर रोकें। उ मात्रै हैन समय पनि एक पलको लागि स्थिर भो।

रहरको बाढी उर्लिदो थ्यो मनमा। जुन कुराको दिमागले बिरोध गर्दैथ्यो मन तेसैको जिद्दीमा लागेको थ्यो। परीस्थीति फेरी तेस्तो सन्तुलनमा थ्यो जुन सानै बिचलनमा पनि अनियन्त्रित हुन सक्थ्यो। दिमाग सिफलको ओरालोमा साईकल झै बत्तेको थ्यो  भने मन असारको धोबीखोला झै उर्लेको।


कोठाको ढोका खुलै थ्यो। त्यो आधाराताँ कसैले उस्लाई मेरो कोठामा देखे राम्रो हुन्थेन। मैले ढोका ढ्प्काएँ।

"के गर्न लाको?" उस्ले सोधी।

"ढोका लाइदेको" मैले सकेसम्म बिस्तारै ढोका ढप्काउँदै भनें।

"किन?" फेरी सोधी उस्ले।

"कसैले देख्यो भने?" मैले पनि सोधेरै जबाफ दिएँ।

"भैगो त जान्छु उसो भए" उ उठेर ढोका तिर लम्की।

मैले फेरी हात समातेर भनेँ "पर्दैन"।

उस्का थर्किदा ति पातला अधरहरुमा मेरा आँखाहरु लट्ठीसकेछन।

उस्ले मेरा हातमा बन्दी उस्का हात छुटाउन खोजी। आखिर बिश्वासको तमसुक त्रासमा त लेखिन्न --मैले सजिलै छाडीदिएँ।

उ मेरो यति समिप थिई कि मैले उस्का आँधी झै चलेका स्वासहरुमा बेकाबु धडकन सुन्न पनि सक्थें। उ पनि मुक्त थिई म पनि, अनि उ पनि बन्दी थिई म पनि। एक अर्कामा पर्तिबिम्बित हाम्रा नजरहरु थिए -- उस्ले आफ्ना ओराली अनि दुई कदम पछी हटी। उस्का पाईलाहरु ढोका तिर बढे।

म किम्कर्त्ब्यबिमुढ उस्लाई हेर्दै सोधेँ "जाने?"

उस्ले छिट्टो हेरेर भनी "अँ"

"किन?" पैरोमा धसिदो मन सँगै सोधें मैले।

"थाम्न नसक्नेले किन समाउनु त हात?" उस्का नजरमा मेरा पुरै पराजित भए। उ निस्की। ---

 

 

 

 


 
Posted on 10-18-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


kya bore ! padhanai pugena !

hey bhagvan, deep bro lai ali fursad ko samaya dilaidinu paro !

 
Posted on 10-18-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""थाम्न नसक्नेले किन समाउनु त हात?" उस्का नजरमा मेरा पुरै पराजित भए।""

दुई हात को सलाम छ गुरुवर!! गजब छ!

यस्तो शैलीमा लेखियो कि यो भाग, खै के भन्ने कुनै चलचित्र हेरेको जस्तो, अझ आफू नै त्यहाँ उपस्थित जस्तो!

नछोडौँ, नहतारिउँ, एक एक इभेन्ट, एकक एक पल लेखौँ हजुर बिन्ति छ!

 


 
Posted on 10-18-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु निसाको हात समातेरै छोड्नु भो होइन त। बल्ल मन लाई आनद भो होलानी होइन।


 
Posted on 10-18-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा झन झन रोमान्च कारी हुँदैछ प्रभु।।।हजुर को लेखै लाई मेरो कोती कोती प्रनाम्।।विजया दशमी को हार्दिक शुभकामना

 
Posted on 10-18-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली,

अब समात्दै नसमाती त क्यारी छोडमतनी?

"बल्ल मन लाई आनद भो होलानी होइन" भन्या रे छ म त "बल्ल म लाई आनंद भो होलानी होइन" भन्या जस्तो लागेर मैले निशाको हात छोडेर तिमीलाई के को आनन्द हो? भन्ठानी रा? कि मैले अरु ठीटीको हात समातेँ भने तिम्रो मन बेचैन हुन्छ हो? ल दुनियाँको सामु भन्देउ त --


 
Posted on 10-18-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोलखाली जि ले ठिक भन्नु भयो, कोटि कोटि मात्रै हैन अशर्फी घोटि घोटि प्रणाम!


 
Posted on 10-18-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hami bhane deep bro le kati khera aarko episode lekhlan ra padham la bhanre bhagwan lai samet pukarne !

khali nani lai po respond gardo rai'cha ho !


 
Posted on 10-18-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु त्यो निसा कस्ती सोझी। मेरो तपाईंले त्यसरी हात समातेको भए गालामातीन तर देख्ने गरी  एक चाडकन दिन्थे। खित खित खित


 
Posted on 10-18-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त शिरीष गुरु, नानिलाई मात्र जवाब!

तर ठिकै छ नि, यो कथा बनेको नै बाङ्गेलाई बाल नदिएर निसा नानिले गर्दा हो। बरु न भड्काउँ दीपलाई फेरि, हामिलाई रेस्पोन्स गरेर कथामा बाङ्गे भिलेनको एन्ट्रि होला!

त्यो त हाम्लाई नि थाहा भयो ठुलि निसा सोझि त सोझि रेछे। तर यो चड्कन नदिएर सोझि भएको कुरा चाहिँ बुझिएन। नाइँ नाइँ एउटा कुरा नि!


 
Posted on 10-18-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shrish bro,

I am so greatful to all of you for reading the peices I put here. Maile dui sabda thiti sanga boleko ma jhaparne kam nagaram na --

Mero yo prastuti sake pachhi sabailai  aabhara takryauchhu -- ho bhanya mari jam.


 
Posted on 10-18-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को एपिसोड आयो? हिजो को त मिस भो अहिले  re-run हेरौला  हीही
Last edited: 18-Oct-07 10:48 AM
Last edited: 18-Oct-07 10:48 AM

 
Posted on 10-18-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba chai deep lay eta katha haanya jasto gari tir chalako ho ki kya ho jasto laagyo? bharey ghara janu chaina?

aba yo katha lay ni herda herdai rus change garna laagyo..haansya bata bir, bir bata prem..aba aadha raata ta jhan rawudrrai hola jasto cha......laasta tasbir aaphai bolchha bhanera photo ni dekhey bhaney ta marijaam  " malai pailllyai tha thyo" ..bhanera bhandimla...lazza ta

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters