[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 180867 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।


 


"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।


 


मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।


 


"धुप बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।


 


"किन हुँदैन थ्यो?" पनि उठेर हाँस्दै बाटो लाग्यो।


 


"हलुवाबेद फल्नु पर्ने हो यस्पाली टन्नै" भन्दै पनि पछी लागें।


 


धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।


 


"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो ?"


 


"तैंले चैं , हाम्रो पुरानो चिनजान हो" बाङ्गेले सुनायो।


 


"पुरानो भन्या?" मैले सोधें।


 


"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"


 


"छोरी लिएर?" मैले सोधें।


 


"काँ छोरी लिएर? छोरी लिएर भए भै हाल्थ्यो नी--एक्लै आउने भएर यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।


 


"मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।


 


"ज्योतिषी एउटा खोज्नै पर्ने भो" मैले भनें।


 


बाङ्गेले पुलुक्क तिर हेर्यो।


 


"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई ? कैले पर्ने रे लभ, को सँग पर्ने रे , कता तिर की सँग पर्ने रे त्यै सोध्न?"


 


"त्यस्तो थाह पाउला ज्योतिषीले?" मैले सोधें।


 


"जान्नेले थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।


 


"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।


 


"त्यो अब हिंजोको कुरा सोध्नु पर्छ नी , जान्ने रे भने मिलाउँछ" उस्ले भन्यो।


 


"अब हिंजोको कुरा के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो हामी आफैलाई थाह छदै नी, भोलीको कुरा जान्ने पो जान्ने " मैले भनें।


 


अघि अघि थिए पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको?  उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"


 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT

 
Posted on 03-17-09 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Connection Failure
 
Posted on 03-17-09 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उस्ले गर्जे झै गरी भन्यो त्यै गहीरो बाट "कस्सेका तरुनी जति आए नी बात छैन --" अनि के सुर चल्यो अंग्रेजीमा थप्यो, "बाई द बे, माई नेम ईज सरौतो आज देखिन, सुपारी सुपारी भन्यो कसैले भने दुई टुक्रा पार्दीन्छु।"



"कहाँको सिलाबरे कचौरा रित्याएर आईस ए सुपारी तैले आज? " बाङ्गेले सोध्यो।


 


yo sarawuto bhanni cheese chai birsi ra raichu mailey..kasto kaathyo hagi supari lai ?


 


tyo silabarey kachawura ta bauddha tira po rittinthyo ni prabhu!! oho ...


 


jawose jawose..la aru ni


 
Posted on 03-18-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्वाकले सुपारी कोरेर पैले बाङ्गेको चुरोट सल्काइदीयो अनि उस्को आफ्नो। haina supari koryo ki salai korya ho? ma pani padhdai chhu hai bhanya matra ho, 'mistake' dekhako chahin haina hai.
 
Posted on 03-18-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त के गीत गाईस? शब्द केही बुझ्या भए मार्दीनु" सुपारी छेउमा बस्दै मैले भनें।

 



"गीत को अब एक लाईन आउँछ जम्मा, त्यो अघि नै गाई सकें -- अनि लय मिलाईरा नी" सुपारीले भन्यो।




 
Posted on 03-18-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ट्वाक हामी सँग नभएको त्यो बेला, बाङ्गे मा को कायममुकायम हुने भन्नेमा बिबाद भो। उता महाराजगन्ध धामको मुख्य भक्त थिएँ।


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।



"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।



Lau deep ji aaba chai pakka taruni kai mul ma paryera janmeko bhanne pakka bhayo hai....daro gayo yo ta .....tasau la aaru pani.... ramai ramai ani deep lai ra bange ko chartikala lai kalpana gari gari padne hami chadai chau ni ....ko ko chinta.....


 


 
Posted on 03-18-09 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाङ्गेले नाकका पोराबाट धुवाँको मुस्लो छोड्यो। "


hahaha kya thyakka aayo tyo scene akhama. gajjab chha hajurko lekhai.


 
Posted on 03-18-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पो धर्म, पहिले पहिले हामी बिहीवार बंग्लामुखी  खुब धर्म कमाउन जानथेम । एउटा भेजा भन्ने साथी थियो, तेश्लाई लिएर खुब चाहारे । भेजा पनि मक्ख थियो, भरे म तेश्कै बैनीलाई दर्शन गर्न गा भनेर जिन्दगी बुझेन । तेश्को बैनी पनि खुब धर्म कमाउन आउन्थी । लास्टा एउटा बाउको साथी ले देखेछ "तपाइको छोरोलाई   देउसो भर बंग्लामुखीमा घुमी राख्या देख्या थि" भन्देछन, त्यसपची जानै बन्द भयो । हिजो अस्ती त बंग्लामुखीमा पनि आगो लागेछ । कसरी धर्म गर्दा हुन भक्तहरु आजकाल खइ ?


 यता तिर दर्शनमा लाग्नु पर्‍यो भन्या, भन्या जस्तो धाम नै भेट्या होइन । जमानामा न्यूयोर्क बसाइ हुँदा आइतबर आइतबर खुब चारिन्थियो ज्याकसन हाइट, तै पनि केही भयन । मरे पछी कसले पिन्ड देला?    


 


 
Posted on 03-18-09 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग नि पढियो, मज्जा ले हासियो। बाङे र सुपारी पुराणको त के कुरा गराइ भो र अब? जती पढ्यो तेती पढ्न मन लाग्ने। अरु पनि पेलम न प्रभु। 

 
Posted on 03-18-09 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यसपछि के भयो त?
 
Posted on 03-18-09 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, पलेटी मारेर स्वस्थानी सुनेको जसरी सुनिराछु है। स्वस्थानी सुन्दा त एक अध्याय एक दिन मा सुनिन्थ्यो। यता तिर को  नियम अली फरक जस्तो छ। 


 
Posted on 03-20-09 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेले नाकका पोराबाट धुवाँको मुस्लो छोड्यो।


 


 


"भनेसी के ट्र्याजिडी पर्यो फेरी?" नारनजात्रामा दुई तिर बाट डोरी तानेर मही पार्या जसरी घुमाउँदा जसरी यता उता ढल्किन्थ्यो त्यो रथमा भएको खाँबो त्यै चालमा हाम्रो अगाडी आईपुगेर चुरोटको लागि हात तेर्साउँदै सोध्यो सुपारीले।


 


"तरुनीहरु पोईल गा हुन ट्रयाजिडी पर्न लाईमामाघर गा रे भन्दै छु -- आईहाल्छन नी" बाङ्गेले चुरोट सुपारी तिर दिँदै भन्यो।


 


चुरोट एका तिर सुपारी अर्कै तिर समात्न खोज्थ्यो, एक दुई चोटी पछी समाति छोड्यो अनि  एक सर्को तानेर "अलिकति जाँड खाए पछी चुरोटले समेत जिस्काउने , के भा होला?--कति चोटी ट्वाँट लाएर घराँ  पुग्दा बरु बाउले थाह पाउँदैनन आज यो चुरोटले थाह पायो मैले जाँड खाको--"भन्यो।


 


बिहान ज्ञानेस्वर तिर बाट बाङ्गे म तरुनीले चुम्बन दिनै आँट्या बेला सपनाबाट ब्युँझ्या जस्तो दिक्क मानेर आउँदै गर्दा ट्वाक सँग भेट भाको थ्यो मालीगाउँमा। बाउ सँग थ्यो उ। खासै कुरा भएन। एक बाउले घुरेका, त्यस्माथि हामी पनि झोक्राएका थिम। ट्वाकले "काँ गएर ?" भन्यो, मैले बाङ्गे तिर हेरेर "सुरेश अंकलकहाँ" भनें। "भेट भएन" बाङ्गेले थप्यो। ट्वाक अलि अलि हाँस्दै बाउ सँग बाटो लाग्यो।


 


दिउँसो सुपारी ट्वाक दुबै सँग भेट भएन। झ्यालिन्चा छ्याक सँग माहाराजगन्जमा मेरो धाम हुँदै सुपारीको मठ चण्डोल पुगियो अनि बिशालनगरमा आए पछी छ्याक र झ्यालिन्चा फेरी बालुवाटार तिर लाग्ने भए, काम भनेर। "आँखा सारै बिझायो, नत्र नगए नी हुने हो" छ्याकले भन्यो। बुझेकै काम हो।


 


"ल गणेशथानमा हैन ?" मैले उनीहरुको र हाम्रो बाटो छुटने त्यो बशन्त सम्सेरको दरबार अगाडी उभीएर सोधें।


 


"त्यसै भन्थ्यो ट्वाक" झ्यालिन्चाले भन्यो।


 


"ल छ्याक:, गरी खा, भ्याईस भने आईज उतै -- बरु छिटछिटो जा, औषधी पसलमा झ्याल ढोका लाउलान आँखा बिझायो बिझायो अन्त पनि घोच्न थाल्ला फेरी।" मैले बाटो लाग्दै भनें। छ्याक झ्यालिन्चा दुईटै हाँसेको सुनियो।


 


अनि गणेशथानमा थिएम हामी। "अब लाग्नु पर्छ यार, चिसो चिसो पनि भो, रात पनि पर्यो" ट्वाकले भन्यो।


 


"आज पनि चारवटा तरुनीको बन्दोबस्त भएन, थुक्क जिन्दगी" सुपारीले साँच्चिकै थुकेर भन्यो।


 


हामी मन्दीरबाट अगाडी यसो हिन्या मात्रै के थिएम एउटी दीदी आईन मन्दीर तिर, अलि नजिकै आए पछी चिनिछन क्यारे हामीलाई "एस् एल सी दिनु पर्ने मान्छेहरुको ताल हेर्नु नी" भनिन्।


 


"हाम्रो भर नपर्नुस दीदी" ट्वाकले पनि तुरुन्तै जबाफ दियो।


 


"को भर पर्या तिमेरको?" दीदीले झर्केर भनीन।


 


"त्यै , अब कोई नपार ब्या गरीसक्या दीदी हाम्रो भर परेर बस्नु भा कि क्या हो?" सुपारी दीदीलाई समेत लडाउने हो कि झै गरी हुत्तेर "होईन भन्या दीदी?" भन्न पुग्या थ्यो, दीदी चै " मुर्दार!" भन्दै आत्तेर फटाफट हिनिन।


 


"दीदी भर परीनन् तर अब एक छिन यहाँ अरु बस्ने हो भिनाजुले आएर हामीलाई अभर पार्न बेर लाउँदैन, घर तिरको बाटो लाग्नु पर्यो केटा हो अब" मैले भनें।


 


"अब यो तालाँ घर गईयो भने बाउले कपालाँ समातेर जांतो घुमा जसरी घुमाउने हुन कि? नी तँ काँ आउनु पर्यो यार ट्वाक, पछी अलि ढिलो पनि हुन्छ, जाँडले पनि छोडछ अनि घर जान्छु, तँ कहाँबाट यसो एक दुईटा किताब लिएर गए सी पढेर आको भने नी भो" सुपारीले भन्यो।


 


ट्वाक हुँदैन भन्थ्यो सुपारी दाई भन्छु नी भन्थ्यो।


 


"अघि खाने बेलाँ चैं यति ले <

 
Posted on 03-20-09 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



...


"अघि खाने बेलाँ चैं यति ले तँलाई केही हुँदैन यो भन्दा धेरै मेरो भाईले खान्छ भनेर उचाल्ने, अब मलाई यो जाडाँ अलपत्र पार्न खोज्दा ---कि अब मलाई एक दर्जन जति तरुनी खोज्दे हैन भने घर लिएर हिन्" सुपारी पनि झोक्कियो।


 


"अघि सम्म चार वटा भन्थिस ?" ट्वाकले सम्झायो।


 


"भन्न भन्न परेसी अब ---" सुपारीको फुर्ती उत्तीकै थ्यो।


 


"ल कहाँ जाने हो चुपचाप हिन्ने, लामो कुरा गरीस भने ठानामा खबर गर्दीन्छु"


ट्वाकले सुपारीलाई हपार्या जसरी भन्यो।


 


"के को ठाना? कुन ठाना?" सुपारीले टक्क अडेर सोध्यो।


 


"कुन ठाना अब? तेरो घर नी" ट्वाकले सुनायो।


 


सुपारीले केही भनेन। न्याल्मा टोलमा पुगेपछी  बिदा बारी भैयो त्यो दिनको लागि--अनि ट्वाक सुपारी एका तिर लागे, बाङ्गे अर्को तिर।


 


 


"त्यो सुपारीले अघि एउटा चैं गजब घत पर्ने कुरा गर्यो है?" बाङ्गेले झिक्यो कुरा।


 


"के त्यै चारवटा तरुनी भन्ने?" मैले सोधें।


 


"होईन त्यो तरुनीसँग भाग्ने कुरा के -- अब तरुनी हामी सँग नभाग्ने हो भने हामी तरुनी सँग भाग्न पाए नी हुन्थ्यो नी" बाङ्गेले भन्यो।


 


मैले उस्लाई हेरें मात्रै, केही भनीन।


 


"तँ भाग्थिस पाए देखि तरुनी सँग? भाग्थें, यार मरीजाम?" उस्ले आफ्नो बिचार भन्यो।


 


"कैले काईँ चाहीने पनि कुरा गर्न बाङ्गे" मैले झर्केर भनें।


 


'उसो भए हिन हामी भोलीको नाईट बस बाट जाम बीरगन्ज--घराँ मनकामना जाने भनेर हिनम्--अब मनको कामना पुरा गर्न जाने हो"


 


"के गर्न जाने बीरगन्ज?" मैले सोधें।


 


"ब्यान सुरेश अंकलले भनेको बिर्सीस? तरुनीहरु मामाघर गए भन्या के ? बीरगन्ज भन्या हैन?"


 


"त्यै बीरगन्ज बस पार्कमै होला नी उनीहरुको मामाघर, अझ बसमै लिन आउँछन होला हामीलाई, कसो?" मैले बाङ्गेलाई घुर्दै भनें।


 


"त्यो पत्ता लागि हाल्छ नी, तँ त्यस्को चिन्ता ली " बाङ्गे अझ भन्दै थ्यो।


 


"जा घराँ गएर सुत अब, आजको लागि पुग्यो तरुनीको गफ" मैले भनें।


 


"हैन साँच्चै भन्या मैले, जाने हो भने तँ भन मात्रै--बीरगन्ज पनि घुमीने--उनीहरुलाई भेट भए भैगो नभए अरु पनि होलान नी त कस्सेका तेता हुँदी-- खतरा खतरै त्यै पनि बन्दोबस्त गर्छु , गरम्?" बाङ्गेले सोध्यो।


 


"त्यस्तो खतरा भने कति चाहिने हो म दिम्ला नी?" मैले केही भन्नु अघि नै अरिङ्गालले चिल्या जसरी पछाडीबाट आवाज आयो।


 


 



 
Posted on 03-20-09 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"अघि खाने बेलाँ चैं यति ले तँलाई केही हुँदैन यो भन्दा धेरै मेरो भाईले खान्छ भनेर उचाल्ने,

केटाहरुले उचाल्या र केटाहरुलाइ उचाल्या कुरा खूब याद आयो - शुक्रबारा साँझ नि बोतल सोतल पन्छा'र मज्जा ले पढियो, हासियो । ल ल प्रभो पेलम पेलम ।

 
Posted on 03-21-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

omg mero bange yatatira aaisakecha aafulai ta thahai thiena . baangelai kati dharai miss gareko thie. muahhhhhhhhhhhhh bange.


 
Posted on 03-23-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ लौ पर्भो जाम जाम बिरगंजतिर, मिसन सफल पारम्। अर्को भागको प्रतीक्षामा।  

 
Posted on 03-24-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kHusHii,


o ho.

 

 

हो त नी, बल्ल गणेशथानाँ १० को नोट भेट्या जस्तै भो। उ बेलाको दश नी फेरी।


"चार धाम त तेती बिदी धा' रैछन्त यस्पाली नभये नि अर्को जुनी मा चाँही पर्साद पाईन्छ होला ! धर्म खेर जादैन ब्रो "

 

पर्सादै नपाको त कहाँ हो र ब्रो? समस्या नै त्यै पर्साद मात्रै पार पो त -- खै त कुरो बुझ्या? लक्ष्मीको प्रसाद त कतिले पाउँछन कतिले  -- हेरी नारन त फेरी तर एउटै नी -- कसो? नारन क्या नारन हेरी-- बुझ्या हो?





ड्याङ्गै एउटा हाँसो भाङ्ग लाग्या बेला पर्खाल लड्या जस्तो गरेर लडेको र छ नी हो-- उ बेला लडेको अहिले सम्म हाँसेको हाँसेकै र छ -- बेटरी नचाईने -- एक् चोटी हँसार लडाईदीए सी ढुक्कै।

 

CT. ,

"मर्न लाएँ म हाँसेर, हेत्तेरीका । धन्न निजी अफिस कोठा छ, नत्र वरीपरी बस्ने अरुले मलाइ पागल भयो भन्दा हुन ।"

 

नीजी हुँदैमा छिन छिनमा ढोका लाउँदै हाँस्दै नगरम् है प्रभो, ढोका बाहीर बस्नेले शंका गर्लान -- सबै खाले त ईन्सुरेन्सले पनि कभर गर्दैन क्यारे -- बिचार पुर्याम है प्रभो--

 
Posted on 03-24-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चार जना बरालिएका ठिटा हरु को गन्थन अनी चर्तिकला पढेर रमाइलो भयो, उ बेलाका बरालिँदाका दिनहरु याद आए। त्यो पछाडिबाट अरिङाल् जस्तो चिल्ने चाइ को परेछ कतै बाङ्या बाउ त परेन?
लौ प्रभो बिरगन्जा नि जाम न त एक फन्को घुमेर आम।
 
Posted on 03-24-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My smile's worth's only Rs 10 re? :(



 
Posted on 03-24-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pjna007 ,


"kasto dharmatma mancheyharu hola "


हो त -- अरु चारधाम गए मरेसी पुन्ने पाईने रे -- अब त्यो कैले कैले -- त्यै भएर यै जुनीमा धर्म पनि गर्न मिल्ने फल पनि पाईने धामको बन्दोबस्त गर्या --- तर भक्तै धेरै हुने --- के गर्नु? कैले त भक्तहरु भजन गाको गाकै हुने धामकी चै छैन, कुनैलाई बाजा बजाएर जिन्दगी नदेख्याले लगे, कुनै त्यति पनि कुर्न सकेनन्-- भागे। तर धन्न धामहरु एक दुईटा घर बिरार जता ततै भएकोले भक्तहरुलाई समस्या चै धेरै नपर्ने अब कता गएर गाम् त भजन भन्नलाई, तै पनि आफुले कैले देखी भजन गाईराको अर्कोले आएर मन्दीरै सुन्ने पारेसी अलि खल्लो त लागि हाल्छ नी --


Nepal ko Chora ,


"तीर्थ यात्राको अरु भाग पनि चाँडै पढ्न पाइयोस् .."


हस प्रभो, तीर्थ यात्रा त तीर्थ यात्रा, एउटी तरुनीको बाउको नाम पनि तीर्थ रे छ क्या प्रभो, आम्म्मामा! झन्नै जात्रा गरेको नी हाम्रो। अन्त तीर्थ यात्रा भन्दा पनि तीर्थ जात्रा सम्झेर बिच्कीएला जस्तो भन्या। हत्तेरी।


बिस्टे,


"अब त्यो बुलबुले निर को पहेलो घरको सिर्जनाको कुर गर्या हैन है पर्भो। "


प्रभो, यो बुढेसकालाँ अझै बुलबुलेका बुलबुल सम्झेर बसीरा भन्या? बस्ती त त्यति ठुलो होईन त्याँ -- भन्या बुलबुलेको नी -- तर रमाईलो चैं रमाईलो हो--सानो तिनो भए नी बगैंचा चै चिटिक्क परेको। कसो?


kancha01,


eep bro, prastuti daami cha."


छ होईन त प्रभो छे हो।  प्रस्तुती त दामी हो नी, आहा! कम्ती राम्री थिईन। त्यै बानेश्वरकी प्रस्तुतीको कुरा गर्या हैन त?  उ मात्रै एक्लै कहाँ हिन्थी र? हामी सबैका हेराई उ सँग सँग ग्वारग्वारती पछी लाग्थे देखुन्जेल। अझै उस्तै छे प्रभो?


ctal ,


"..lastai hasaye Deep bro le..."


लास्टै रे? फस्टै चै कस्ले हँसायो त? हँ प्रभो?


ek@l,


"होइन यो दीप भन्ने मान्छे त उ बेला मा अली चंडाल थियो की के हो?
धेरै तरुनी को पछी त अली कम मान्छे नै लाग्छान होइना र?"


धेरै चण्डोल तिर देखेर चण्डाल भन्या होईन त? त्यता नी निक्कै पो गैयो नी गाँठे। धेरै तरुनीको पछी अलि कम मान्छे लाग्ने हो त प्रभो? अलि कम तरुनीहरुको पछी धेरै मान्छे लाग्ने नी, हत्तेरी, कस्तो गोलमाल कुरा गर्या होला।


बिस्टे,


"...रमाइलो भो पढेर,हाम्रा पांला नि तेसै गर्थिम,भाग लाम्थिम,को कस्को को कस्को भनेर ,हात्मा लाग्नी चै सधैं सुन्यै हुन्थ्यो। "


प्रभो, त्यस्तो काममा भान्से हुनु हुँदैन नी त। अरुलाई भाग लाउन थालेसी आफुलाई सुन्ने हुँदैन त? कस्ले भो भन्ने त्यस्तो भाग? अलि बिचार पुर्याउनु पर्ने।


chipledhunga,


"भक्तहरु पनि मुख्य अनि कामु हुने, अनि सरुवाको माग पनि। धन्य छ पर्भोको तरुनी महात्म्य। "


हो प्रभो, भक्तहरु मुख्य हुने, अनि कामुक पनि कोई कोई त -- ए, प्रभोले कामु मात्रै भन्या हो के रे -- म फेरी नदेखाको सिंढी चढीसकेछु--हामी पनि कुनै बेला त प्रभो जस्तै त हो नी।


मुंगलानको कुरा गर्दा मनको एकपाटोमा चै पर्दा लाईदेको भन्या? आफु मात्रै जति बेला मन लाग्यो खुसुक्क छिर्यो, हाम्लाई चै गोरसरी गर्या र  अरु अरु कुराहरुमा अलमलाईदिने? भएन नी। हामी पनि हेरम त्यो पर्दा भित्र। बरु नामै फेरेर आउनु परेछ भने पनि आम प्रभो, जे पर्ला।


perfectionist,


"..घण्टा हान्न रेडी भएं म त फेरी ल जा। "


घण्टा त हान्ने प्रभो, ठिकै छ, तर त्यो पशुपति र गुह्येस्वरीको बिचमा माथि श्लेशमान्तक बनमा भएको गोरखनाथको मन्दीरको एउटा घण्टा जस्तो चै नपारम है। चर्काएछ नी कस्ले हो, धेरै घण्टा हानेर -- बिरक्त लाग्ने गरेर बज्थ्यो पछी चर्केसी त।


kancha01 ,


 


एक जोडी सँगै मिलेर हाँसेका। कस्तो राम्रो देखिएको। बे गर्ने हरुलाई दिने सर्टीफिकेटमा छाप्नु पर्ने जस्तो।  तर कुन चै केटा कुन चै केटी हो प्रभो?--- कि? --


jira,


"yo sarawuto bhanni cheese chai birsi ra raichu mailey..kasto kaathyo hagi supari lai ?


tyo silabarey kachawura ta bauddha tira po rittinthyo ni prabhu!! oho ..."


प्रभो, सरौतोहरुले प्रभोलाई पनि निक्कै दु:ख दीएका थिए जस्तो छ नी -- बोरै गर्थे भन्या है जीरादाई?


अनि बौधको सिलाबरे कचौराको त के कुरा गर्नु? अहिले सम्झिदै पनि लाग्ला जस्तो। त्यो स्तुपको परीसर छिर्ने बित्तिकै देब्रे लागे पछी, चिसो चिसो ओस आउँथ्यो, अनि त यसो उसो गर्यो त्यै सिलाबरे कचौराले बोलाको जस्तो लाग्ने। "स्वाद अलि फरक भएर के भो त? दुध पनि सेतै यो पनि उस्तै हो" भन्थ्यो बाङ्गे। के गर्नु, अचेल खत्तम छ।


Jhapali_Thito ,


"ma pani padhdai chhu hai bhanya matra ho"


हो प्रभो, कुरा मुनासिब हो।कोर्न कोर्न परे पछी ट्वाकले सुपारी किन कोर्थ्यो र?  मिस्टेक भा हो।


*~Spring~*,



 


सुरुमा सिंगल हाँसो थ्यो, अहिले दोडा भए छन। अब परिबार नियोजन गरी नसक्या भए आउँदा भागहरुमा अरु थपिएलान क्यारे।


 


amiran,


"..ramai ramai ani deep lai ra bange ko chartikala lai kalpana gari gari padne hami chadai chau ni ....ko ko chinta....."


 


पाठकहरु नै धेरै भए के! पात्रहरु भए पो -- चिन्ता त भै हाल्छ नी हाम्लाई अनि।


 


kHusHii ,


"hahaha kya thyakka aayo tyo scene akhama. "


के गर्नु, एउटी राम्री तरुनीले माया गरेर चुरोट छोडन भने छोडदीन्छु, बानी त राम्रो होईन यो भन्थ्यो बिचरा, अझै तान्दै छ क्यारे।


 


Bhakte ,


"एउटा भेजा भन्ने साथी थियो, तेश्लाई लिएर खुब चाहारे । भेजा पनि मक्ख थियो, भरे म तेश्कै बैनीलाई दर्शन गर्न गा भनेर जिन्दगी बुझेन ।"


 


बुझेरै मक्ख थ्यो की भेजा? त्यो फेरी प्रभोले जिन्दगीले बुझेन भनेर भेजाले अरुलाई सुनाउँदै त छैन होला नी उता?


 


 


Nepal Ko Chora,


 


"जती पढ्यो तेती पढ्न मन लाग्ने। "


हो प्रभो, तरुनीको मन जस्तै है?


 


crazy_love,


"अनि त्यसपछि के भयो त?"


त्यस पछी त हुनु भयो नी।


 


Dipika02,


 


"पलेटी मारेर स्वस्थानी सुनेको जसरी सुनिराछु है। "


 


सोसथानी सुन्दा कहिले सकिएला गजडी गफ र पर्साद खान पाईएला जस्तो लाग्ने आफुलाई चैं। पर्साद गतिलो भए बसिन्थ्यो सुन्न, हैन भने छडकिने।  त्यस्तै छडकिएलान मान्छे भनेर मैले पर्साद चै भनेकै छैन के।


 


 


 


 


 


 
Posted on 03-24-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CT. ,


"शुक्रबारा साँझ नि बोतल सोतल पन्छा'र मज्जा ले पढियो, हासियो "


 -- बोतलै पन्छाएर पढ्या रे? रित्याईसकेर पन्छाको बोतल पनि---ओहो! कस्तो बाठो।


uptowngal ,


"baangelai kati dharai miss gareko thie. muahhhhhhhhhhhhh bange."


हैन ठुली, त्यो "muahhhhhhhhhhhhh" पछीको टाईपो हो? दीप हुनु पर्ने होईन र भन्या?


chipledhunga,


"लौ लौ पर्भो जाम जाम बिरगंजतिर, मिसन सफल पारम्। "


खै प्रभो, मिसनले अब पिस्ला जस्तो छ। बरु दोलाल घाट तिर माछा खान जान पाए हुने, सुनकोशी, भोटेकोसी तिर जान छोडेर भाचेकोशी तिर लागियो जस्तो छ। छिनाउने भए अब।


बिस्टे ,


"..उ बेलाका बरालिँदाका दिनहरु याद आए। "


त्यै त बरालिंदा क्या मजा आउँथ्यो। त्यो हेरी मैजुबालबाट उता पूर्ब तिर लागेर बाँसा झ्यांग मास्तिर बाट के प्रभो --- बरालिएको गफ फेरी निक्कै छ नी --- प्रभोलाई थाहै छ नी।


kHusHii,


"My smile's worth's only Rs 10 re? :( "


किन हुन्थ्यो? अरुका कान ठाडा होलान भनेर दश सम्म भन्या नी। 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Why Oli must go for the UML to survive?
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
How many ministries do we really need?
Who are the real Sukumbaasis?
Deepak Bhatta could help bring down the three stooges
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters