[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 256920 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-23-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७०~


नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 170 editions.



Last edited: 23-Dec-09 08:31 AM

 
Posted on 12-31-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

द्वितिय अध्याय:
हर्केजी आज्ञा गर्नुहुन्छ, हे बिर्खेन्द्रमुनी तहाँ उपरान्त पुन्टेन्द्र दैत्यको तालु टल्केर सम्पूर्ण चराचर जगत ज्वाजल्यमान हुनपुग्दा पुन्टेन्द्र दैत्य अत्यन्तै खुसि भया। पुन्टेन्द्र दैत्य कस्ता भने, शरिर भरी भुत्लै भुत्ला भएका,आँखिभौँ क्रुरसिङ मुनिको भन्दा पनि बाक्लो, तर तालु भने जसरी गंगा नदीको किनारको ढुङ्गा चिल्लो र बन्जर हुन्छ त्यसैगरि पुन्टेन्द्र दैत्यको तालु चिल्लो र बन्जर थियो। अट्टाहास लगाउँदा पुन्टेन्द्र दैत्यका दाराहरु यस्ता लाग्दथे मानौँ कोलम्बसमुनी भन्दा पूर्वका रेड इन्डियनहरुको विषालु वाणहरु लहरै मिलेर बसेका छन्। भुँडि बिशाल तथा गोलो थियो र भुत्ले भुँडिको बिचमा नाइटो यस्तो लाग्दथ्यो मानौँ चारकोसे झाडिको बिचमा फोहोर गुफा बिराजमान छ। उनका खुट्टा मोटा र छोटा थिए र त्यहाँ पनि भुत्लै भुत्लाले भरिएका थिए। टाढा बाट हेर्दा पुन्टेन्द्र दैत्य 'ठँ' जस्ता देखिन्थे भने नजिक आउँदा उनि 'ठ' जस्ता देखिन्थे। हे बिर्खेन्द्र मुनी,तपाँलाई बुझाउँछु, पुन्टेन्द्र दैत्यको केवल भुँडि देखिने हुनाले उनि 'ठ' जस्ता देखिएका थिए र टाढाबाट हेर्दा 'ठँ" देखिनाको कारण चाहिँ उनको तालुमा सुर्यको प्रकाशको परावर्तन भएको हो। यहि परावर्तन सहन नसक्दा ठूल्दाईमुनि अन्तरर्द्यान भएर मरुटोल नगरी गएका थिए, किनकि ठुल्दाईमुनिको नाम 'ठ' बाट नै आउँदथ्यो र उनि त्यसमा कुनैपनि किसिमको दाग लगाउन चाँहदैनथे। यसरि पुन्टेन्द्र दैत्यले नानाभाँति अट्टाहास लगाउँदै साउटबक्स नगरीको एक उध्यानमा पुग्दा भया। अनेकन रंगिचंगि फुल तथा वृक्षहरुले शुशोभित उक्त उध्यानमा अनेकन षोडषिहरु अनेकन वस्त्रालंकार पहिरि खिलखिलाउँदै हाँस्दै थिए। खुसि षोडषि,बिरेन्डि षोडषि, ठुलि षोडषी लगायत अनेकन षोडषिहरुका बिच कुनै राजकुमार जस्तो बस्त्रालंकारमा  रिट्ठेन्द्र मुनि लङगुर जस्तो अनुहार लेपनले छोप्दै अंगुर खाँदै विराजमान थिए। रिट्ठेन्द्र मुनि नजर कटाक्ष तथा अनेकन हाउभाउ कटाक्ष गर्दै कहिले कुनै षोडषीसित नजरवाण चलाउँदथे त कहिले कुनै षोडषिसित नातावाण चलाई दिदि बाहिनि बनाउनमा तल्लिन थिए। रिट्ठेन्द्र मुनि कति बाठा थिए भने,कुनै षोडषिसित मोहित हुन पुग्दा उक्त षोडषिको अत्यन्त नजिकको सखिसित नातावाण चलाई दिदि बहिनि भन्दा थिए। यसरि अनेकन साम दाम दण्ड भेद लगाउँदै षोडषिलाई जाल हाल्नमा तल्लिन भएका रिट्ठेन्द्र मुनीको तल्लिनतालाई भङग गर्दै पुन्टेन्द्र दैत्यको उक्त उध्यानमा आगमन भया। हे बिर्खेन्द्रमुनि तहाँ उपरान्त कसरि पुन्टेन्द्र मुनिले रिट्ठेन्द्र मुनिको शान्ती खोस्दा भया र भ्रान्ती दिँदा भया, तथा कसरी पुन्टेन्द्र मुनि आफैँले खनेको खाडलमा तालुसम्म आफैँ जाकिँदाभया म अर्को अध्यायमा कहन्छु।



ईति श्री हर्केन्द्र पुराणे
चौतारी खन्डे,उटपट्याङमहात्म्यये
हर्काबिर्खैन्द्रोसंवादे द्वितियअध्याय


 
Posted on 12-31-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल महा लोल लोल लोल

 
Posted on 12-31-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-31-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल महा लोल लोल लोल
 
Posted on 12-31-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चि पुन्टेन्द्र दैत्य कता छन हँ? बिदामा बस्या छन कि?


 
Posted on 12-31-09 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy New Year 2010 to all Chautarians..


 
Posted on 01-01-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ सुर्यमान तालु कथा पढ्ने बिर्खु चन्द्र आचार्य बाजेको खप्पराँ बडेमानको घन झैँ अरी बज्रेसी था पाउलाउ झननननन हुने अरी! तिम्रा ति किरा पर्न नसक्या थुतुनो!

ह्यप्पी निउ यियर है सबैलाई!

बिर्खे ठस्क्या हेर्दिम फेरी भाउ खोज्या तरुनी झैँ गरी! अअई लोप यु बिर्खु! mmmmmmmmuahh!
 
Posted on 01-01-10 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haamro poonte daa lai k bho launa. yo mero 2 kaan le k sunnu pareko :P. lop u poonte daaaaaaaaa.


happy new year to all


 


 
Posted on 01-04-10 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।


सन् २०१० को पहिलो नियमित जदौ ।


लामो छुट्टीले लामै लास्टै अल्छि बनायो कि क्या हो गाम्लेहरुलाई । ट्याम मा उठे, ट्याम मा खाए, ट्याम मै चौतारी धाए पो ग्यास्ट्रिक हुंदैन नि , खै कुरा बुझेको ?? मखुला ??


 
Posted on 01-04-10 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई २०१०को पैलो सोमबारको बोर फस हुन दिउम भनेर कुरेर बसेको म त! आउन अघी आइसक्या थें।

ल मेरो तात्तात्तो प्रणाम

ठुल्दाइ त लास्टै बिजी भेर ल्याउनु भएछ यो वीकेन्द, मेरो मिल्दा ठुल्दाइको नमिल्नी, ठुल्दाइको मिल्दा मेरो, खै के खै के

अनी नयाँ बर्ष कसरी मन्हाइयो त ठुल्दाइ?

 
Posted on 01-04-10 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्काइसौ सताब्दी को दोश्रो दसक को पहिलो जदौ तथा अभिवादन यो रिट्ठेको तर्फ बाट !


तारेमाम ठुल्दाइ !


तेइ भन्या यि गाम्लेहरु सार्है अल्छि भएछन ! हामी जस्तो ब्यान ब्यान उठेर यसो फुर्ती फार्ती गरे पो


अनी ठुल्दाइको नयाँ बर्ष कस्तो रह्यो सो फार?


 
Posted on 01-04-10 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ,


धन्यवाद मलाई कुरेर ( हो कि घुरेर ) बोर्ड फस बन्ने चानस दिएकोमा ।



नयाँ बर्ख त खै के मनाइयो ? बर्ख मा ३ वटा नयाँ बर्ख आउछन, अब त नयाँ बर्खले हामी लाई मनाउन आउन पर्ला जस्तो छ । आखिर डिमाण्ड सप्लाई को  जो बात छ ।


 
Posted on 01-04-10 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दा हेर्दै रिट्ठे पनि आइसकेछ। के कस्तो भो त नयाँ बर्ष? अनी घराँ सबलाई आरामै? प्रणाम!!
 
Posted on 01-04-10 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>आकाशबाट मम झर्नै पर्छ भन्ने के छ, झरेको ममले मेरो टाउको ठोक्नै पर्छ भन्ने के छ<<<


हाहा ! झन्डै छुटेछ अस्ती जिम्माल ले राखेको स्वस्थानी हा हा !


ओहो पुरे नि आएछ, ठिक्-ठाक छ पुरे ! नयाँ बर्ष एकदम नयाँ भएर बित्यो ! यसो बाहिर तिर गैया थ्यो हिजो फर्क्या ! तिम्रो कस्तो भयो त? के के गरेउ?


 
Posted on 01-04-10 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन् २०१० जनवरी महिनाको ४ तारिखका दिन, बिहान करिव ८:५० बजेको हुँदो हो। सधैँ झैँ चौतारीमा जदौ गर्ने क्रममा बिर्खे_माईलाको २१सौँ शताब्दीको दोश्रो दशकको पहिलो औपचारीक जदौ आयो-


 " जदौ यो बिर्खे माईलाको!"


 


 
Posted on 01-04-10 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो अध्याय पनि खतरा रैछ  ! ब्रावो जिम्माल !


अब त पौष लाग्यो स्वस्थानी पुर्णिमा सम्म दिनको एक एक अध्याय त सुन्नै पर्ने हो स्वस्थानी कसो जिम्माल बा? लेखुम है !


 
Posted on 01-04-10 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे
तारेमाम बिर्खे बा।


नयाँ बर्ष कस्तो रह्यो भनी सबैले सोधी हाले, म चाँही सोध्दिन।


 



छुट्टी कस्तो भयो सपको ?


 


 
Posted on 01-04-10 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, तारेमाम, जदौ आदि इत्यादि।


लौ हामी पनि सुनौ न क-कस्को नयाँ बर्ष कसरी बित्यो?


आफुलाइ त एलर्जीले सिकिस्त पार्यो त्यहि बेला। खप्परमा त लेखेरै ल्याको रैछ मेरो पनि, एलर्जीले छोड्दै छोडेन।


 
Posted on 01-04-10 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ पुरे रिट्ठे जिम्बाल क्रेजी


अहिले लाई यती नै - बाँकी चाँही भन्दै गरम्ला -


फ्री टाईम गन्दै बसिरा म त -


सकिन लाग्यो - कामले पेल्न लाग्यो


नयाँ बर्ष को शुरु मै पेलान होला जस्तो छ -


 


 
Posted on 01-04-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी परमात्मा।


एलर्जी भाको बेला मा पार्ले-जी खानु पर्छ क्रेजी ।


छिटो त्यो एलर्जी भन्ने जन्तु भागोस्,  नयाँ बर्षको आषिश लागोस्। मखुला ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters