crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 HAPPY NEW YEAR 2009 !
[VIEWED 6646 TIMES]
SAVE! for ease of future access.
Posted on 12-30-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फिल्डबाट फर्किएर आरामको लागि एकदिन त दिनभरी सुत्छु भन्ने योजना थ्यो तर किकिले मेरो त्यो सपना पुरा हुन नदीने भइ। आउन पाको छैन होटेलमा २ वटा मेसेज पहिले नैं छोडेकी रहिछ किकिले, "तुरुन्त फोन गर्नु" रे। नभन्दै आएको दुइ घन्टापछि उसैले फोन गरी। "एउटा नयाँ कुरा छ।" किकिको स्वरमा मैले खुशी र प्रेमिल धुन मिस्सिएको सुने। एक घन्टापछि उ मलाइ पिक अप गर्न आउने भइ, त्यसपछि हामी उही थाइ रेस्टुरेन्ट जाने भयौं जहाँ किकि पीरो "पपया सलाद" मन पराँउथी। मैले दुइटा कुरा अनुमान गरें,किकिको मुटुको केन्द्रमा जरुर नम्बर एकको स्थान परिबर्तन भएको छ। उ जहिले पनि उसको सुन्दर सेतो दुइ हातहरु जोडेर उसको मुटुमा पाँच वटा कुनाहरु देखाँउथी, २ देखि ५ सम्म लाइनमा बसेका हरु हुन्थे, एक नम्बर चाहि मुटुको बिचमा उसले मन पराउने मान्छे, जसले उसलाइ पनि माया गर्छ। दोस्रो अनुमान चाहि उसको रुम पाटनर आएको हुन सक्छ, उसलाइ मिल्न नसक्ने रुम पाटनर पर्ला भन्ने पीर थियो। पहिलेकी रुम पाटनर एक महिना अघि इन्डिया गएकी थी।

"अनुमान गर त, के होला नयाँ कुरा?" किकिले गोलो गोलो आँखा चम्काँउदै सोधी।

"मुटुको सेन्टरमा कोहि आए जस्तो छ।" मैले धेरै समय नसोचिकनै भनिदिंए।

"कस्तो मिलाएको। को होला त त्यो नम्बर एक भन त मलाइ।" फेरि चम्किन थाल्यो उसको अनुहार।

"जापानबाट आएको हो उ?" मैले अनुमान गर्न थाँले, उसको पहिलो माया जापानमा थियो। उ सधैं मुटुको केन्द्रमा त्यही जापानी केटोलाइ राख्थी।

"मिलेन ! अलि कोशिश गर न क्रेजी!" पपया सलाद एक चम्चा मुखभित्र राखी र पीरो  भएर "हा" गरी।

"को त? तिमी आफै भन न।" मलाइ दिमागलाइ धेरै टेन्सन दिन मन लागेन।

"तिमीले उसलाइ देखेको छौ।" उ मस्किन थाली। अलि अलि राती भइ पहिलो प्रेम जस्तो।

"त्यो केटा वेटर हो? तिमीलाइ सधैं हेरि राख्थ्यो नि इन्डोनेसिअन रेस्टुरामा।" अर्को अनुमान मेरो।

पाँच मिनेट मेरो दिमाग चाटेपछि बल्ल भनी किकिले उसको नम्बर एक को बारेमा। त्यो हामी जाने क्लबको डी जे रहेछ। मैले त्यो डी जे को अनुहार त्यति सम्झिन सकिन। किकिले बर्णन गरे अनुसार हरेको कोणबाट उ "ब्राड पीट" जस्तै देखिन्छ रे। मैले एकचोटि क्लबमा गएर त्यो कुरा पत्ता लाउने बिचार गरें। त्यो डिनर भरी किकिको डी जे मात्र खाइयो, पियो र अघाइयो। कति पागल भएकी रैछ किकि? दुइ हप्ताभित्र उनिहरु कति नजिक भएछन् त मैले सोच्न थाँले। खाना पछि किकिले मलाइ फेरि क्लब जान अनुरोध गरी। मिल्ने साथी थी, नाँइ भन्न सकिएन।

किकिको नम्बर एक भेटियो, ११ बजेदेखि उस्को पालो रहेछ, त्यो अघि अर्कै डी जे म्युजिक बजाउदैथ्यो। त्यहाँको म्युजिक मलाइ मन पर्थेन। न त बाताबरन नैं रमाइलो थ्यो। किकिले मलाइ चिनाइ, डी जे ले "हाइ" गर्‍यो। त्यत्रो ठुलो म्युजिकको आवाजमा अरु कुरा गर्न सकिदैन थ्यो। तर किकि र डी जे कान कानमा कुरा गर्दै थिए, अनि दुबै हाँस्थे, हाँस्दा किकि उज्यालो देखिन्थी भने डी जे बच्चालाइ तर्साउने डरलाग्दो मुकुन्डो जस्तो देखिन्थ्यो। मैले हरेक कुनाबाट किकिको ब्राड पीटलाइ हेरें, उ मलाइ पहिले इस्कुल जाँदा पछ्याउने एउटा हरिलठ्ठक जस्तै लाग्यो। कति पछि मात्र मैले मलाइ पछ्याउने हरिलठ्ठकले मेरी साथीलाइ पनि पछ्याँउदो रहेछ भनेर थाहा पाँएकी थिंए।  किकिको आँखा अन्धो थिएन, तर मायाको रङले उसलाइ त्यस्तै बनाएको थ्यो।

किकिले मलाइ अर्को दिन नयाँ बर्सको साँझमा उसको डी जे लाइ पनि डिनरको लागि निम्ता दिने कुरा बताइ। मैले केहि भन्न सक्ने कुरा थिएन। उसको प्रेम, उसको प्रेमी, म त अब कवाफमा हड्डी भएकी थें। किकिले तीन जनाकै डिनर भनेर साथीको महत्व देखाइ। मलाइ चाहि त्यो डिनरमा मलाइ ज्वरो आए पनि हुन्थ्यो भन्ने भइ राको थ्यो। उनिहरुको कुरा हुन्छ, म चाहि के गरेर बस्नु नि? बेकारमा जोकर फाल्टु मात्रै। तर किकिले मलाइ त्यस्तो बोर गर्दिन भनेर बिस्वास दिलाइ। मलाइ किकिको च्वाइस मनै परेको थिएन, के नमिलेको के नमिलेको जस्तो? कति चोटी भनु भनु लागेको थ्यो तर किकिको चित्त दुखाउन मन लागेन। रोइ हाल्थी, मलाइ पो आपत पर्थ्यो, के के नैं भन्या जस्तो। मैले मौन रहने बिचार गरे।बाटोमा फर्किदाँ "शायद उसले भोली प्रपोज गर्छ होला" भन्दैथी किकि।

"के रे? उसले केहि भनेको छैन अझै?" म झनै अचम्म परेको थिए।

"कहाँ त्यस्तो छिटो जानु हुन्छ त प्रेममा? अलि बिस्तारै जानु पर्छ। छिटो गति लिदा छिटै दुर्घटना हुन सक्छ।" किकि परिपक्व भैछ क्यारे, मैले चाहि केहि बुझिन। केटाले केहि भन्या छैन, उ चाहि मनभित्र लड्डु फुटाइरहेकी थी।

नयाँ बर्षको साँझ मलाइ किकिसङ जान मन लागेको थिएन। ढाड दुखिरहेको थियो, जिउ आलस्य भएको थियो। किकि आइ मेरो बाङो ढाडलाइ अबलोकन गरी, एउटा एस्पिरिन दी। रोग पनि पत्ता लगाइ।

"आज कति दिन पछि योगा गर्‍या?"
"दुइ हप्ता पछि कम्मर मर्काको त के भयो के भयो?" मैले भएको कुरा बताए।
"कति चोटि मर्काको?" किकि डाक्टर त होइन, तर पनि मलाइ उसले केहि उपचार गर्छे जस्तै लाग्यो।
"दाँया बाट ५० चोटी, बाँयाबाट ५० चोटी मर्काउनु पर्ने। बिर्सेर दाँयाबाट १०० चोटी मर्काएछु। ढाड सिधा गर्नै भाको छैन। म नगए हुन्न भन्या डिनरमा?" मैले अन्तिम बाक्यको उत्तर खोजेको थिंए।
के छोड्थी र? जानै पर्‍यो उसको प्रेममा म दर्शक हुने भए।
डिनरको लागि बोलाएको रे डी जेलाइ, डी जे हामीले खाना खाएर एक घन्टा बित्दा पनि देखिएन। ठाँउ खोज्न गार्हो भयो होला भनेर सम्झाँए किकिलाइ। उसको अनुहार उदास भइसकेको थ्यो, मेरो ढाडलाइ अर्को एस्पिरिन चाहिसकेको थ्यो। माग्न पनि डर लाग्ने किकिसङ। किकि रुन्चे अनुहार लाएर बसेकी थी।

"उसले मलाइ मन पराउदैन होला है?" किकिको स्वर मसिनो थ्यो।

"तिमी जस्तो केटी त त्यसले यो जुनीमा पाउन सक्दैन।" साथी भएपछि भोल्ट त हाल्नै पर्‍यो। माया पनि लाग्यो। किकि आफ्नै एकोहोरो ट्राफिकमा फसेंकी रैछे, अब पो थाहा भयो मलाइ।

"ल हिड जाने अर्को नाइट क्लबमा आज।" किकि जुरुक्क उठी। म पनि त्यसरी उठ्न खोजेको, ढाड "किट्टिक" गर्‍यो, दुखेको ढाड अरु बाङो गर्दै उसको पछि पछि लागें। ट्याक्सीमा अर्को एस्पिरिन खाँए। साथीको ट्र्याजिडी परेको बेला जस्तो दुखाइ पनि सहनै पर्दो रहेछ भनेर मैले त्यही दिन बुझे।
नयाँ क्लब सहरको ठुलो होटेलमा थ्यो। मान्छेहरु टन्न थिए, आफु त औसधी खाएकोले ड्रिन्क्स गर्न पनि मिलेन, किकिले मेरो सट्टा पनि पीसकेकी थी र डान्सफ्लोरकी उ तारा बनेकी थी। एकचोटी त "माइ बेस्ट फ्रेन्ड" भन्दै मलाइ तान्न आइ। आफ्नो ढाड हलाउन नमिल्ने, किकिको साथी भएपछि टाउको मात्र हल्लाए म्युजिकको तालमा। त्यहाँको डी जे हरेक २ मिनेटमा happy new year भन्थ्यो, किकि रिसले मुर्मुरिन्थी म्युजिक बन्द गर्दै डी जे कराएको देखेर र मलाइ भन्थी "क्रेजी! यसलाइ happy new year बाहेक अरु केहि भन्न आँउदैन रहेछ।" लगातार २ घन्टा नाचेपछि किकि म बाङो ढाड गरेर बसेको ठाँउमा आइ।

"अहिले पनि ढाड दुखिरहेको छ?" भन्दै मलाइ अङाली। उसको मनमा भुँइचालो गाको दिन मेरो ढाड दुखेको थ्यो। मैले दुखे पनि "छैन" भने। डान्स फ्लोरमा केहि नयाँ अनुहारहरु देखियो। एउटा केटी असाध्यै मेक-अप गरेर आएकी थी। लुगा पनि त्यस्तै थियो, केटाहरु सबै उ सङ नाच्न खोज्दैथे। किकि पनि "को होला?" है भन्दै हेरिरहेकी थी। मैले भने "त्यो केटी केटा जस्तो देखिन्छे साइडबाट।" त्यही बेला बत्तिको उज्यालोमा मैले चिने त्यो केटीलाइ। किकि अर्को पेग लिएर बसेकी थी, अझै सोध्दै थी, "को होला है त्यो केटी?"

"एन्जेलिना जोली!" मेरो मुखबाट अनायास निस्कियो।

"को एन्जेलिना जोली?" किकिको स्वर प्रस्ट थिएन।

"ब्राड पिटको प्रेमिका।" मैले भने।

"त्यो त डी जे जस्तो छ।" किकिले अर्को चोटि बत्ती उज्यालो हुँदा चिनीछ, उसको ब्राड पीटलाइ।

"तिम्रो डी जे ट्रान्सजेन्डर रहेछ है किकि?" मैले उसलाइ चोट पुर्‍याउन त होइन त्यतिकै फुस्किएछ बाक्य मुखबाट।

"Happy New year." त्यति नैं बेला अर्को डी जे करायो।

किकिको आँखाबाट आँसु खस्नु भन्दा पहिले नैं मैले किकिको हात समाएर बाहिर निकाली। किकि रोइन, मलाइ पो रुन मन लाग्यो उसको प्रेमको अन्त्य त्यसरी भाको देखेर।

"मुटुको केन्द्र अबदेखि खाली रहनेछ।" फर्किदा लामो सास फेर्दै किकिले भनी।

किकिको ट्र्याजिडी परेको दिन, मेरो ढाड दुखेको दिन र जिवनको एउटा नयाँ बर्स म कहिले पनि भुल्न सक्दिन।

सबै साथीलाइ मेरो तर्फबाट  "
HAPPY NEW YEAR 2009 !"


 


 
Posted on 12-30-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त न्यू एअर विश गर्ने धागो भनेर हेरेको त कथा पो राइछ
क्रजी त कवाब मा हड्डी पो राइछ थाहै थिएन

अनी काम पनि कस्तो काम क्रजी को भोल्ट हाल्ने

Any way, Happy New Year 2009

Cheers


 
Posted on 12-30-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good story.Keep it up crazy_love 

 

NepaliThita


 
Posted on 12-30-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ देखि ५ सम्म लाइनमा बसेका हरु हुन्थे, एक नम्बर चाहि मुटुको बिचमा उसले मन पराउने मान्छे, जसले उसलाइ पनि माया गर्छ।

१ न त सिट नै ल्याप्स भैसकेछ, बाँकी मध्ये चाँही कुनै खाली छन कि सोध्दिनु है

अनी आजभोलि त ढाड दुख्दैन होला नि दिल दुख्न थालेपछि, हैन?

Anyway, Happy New Year Crazy.


 
Posted on 12-30-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मानें मैले कथाकारको शुभकामना दिने शैली। एक दुई लाइनको शुभकामना सन्देश होला भनेर खोलेको त यस्तो मजाको प्रस्तुति पो रहेछ। आफूले त धेरै लेख्न जानेको छैन तर शुभकामना चाँही धेरै धेरै छ है। क्रेजीको फलोस फुलोस (कपाल चाँही होइन नि) प्रगति होस्, अनि १ नम्बरको स्थान खुशीसाथ ओगटियोस्।

साझाबासीहरुले क्रेजीका अरु धेरै धेरै कथाहरु पढ्ने अवसर पाउन्।   

 
Posted on 12-30-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि अरुले जस्ता तै २,४ लाइनको शुभकामना expect गरेको थिएँ। Expect गरे अनुरुप पाइएन त्यो भन्दा बढी नै पाइयो। अर्काको मनमा पहिरो गएको घटना रहेछ तर के गर्नु हासो रोक्न सकिन। बाँच्नु मात्र पर्छ के के देखिन्छ है संसारमा।
चिप्ले जी को comment पनि रमाइलो लाग्यो।"क्रेजीको फलोस फुलोस (कपाल चाँही होइन नि)"।अलिकती थप्छु है म त्यसमा।क्रेजीको फलोस फुलोस (कपाल र ज्यान बाहेक)

आउने बर्षले सबैको जीवनमा उशाले ल्याउने जस्तो नयाँ उत्साह र उमङ ल्यावोस।नयाँ बर्षको शुभकामना ।
 
Posted on 12-30-08 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो साथी भएर पो भोल्ट हालेको त लहरे! अरुलाइ त त्यसो गरिदैन।

NepaliThita

Thank you!

Stat,
१ न त सिट नै ल्याप्स भैसकेछ, बाँकी मध्ये चाँही कुनै खाली छन कि सोध्दिनु है

डिलमा बिर्सेर पनि नबस्नु, छेउबाट खस्यो भने कहाँ पुगिछ कहाँ?

अनी आजभोलि त ढाड दुख्दैन होला नि दिल दुख्न थालेपछि, हैन?
आजकाल ढाड दुख्या छैन, दिल पनि दुख्या छैन, दुख्यो कि एस्पिरिन खाइ हाल्छु नि त।

ओहो चिप्ले ज्यु,

तपाइको यात्रा संस्मरण पनि पढेकी छु मैले। तर आजकाल निरन्तरता दिन भ्याएको छैन। तपाइको जस्तो यात्रा संस्मरण लेख्न मन थ्यो। खोइ कहिले हो?

कपाल फुले पनि डाइ गर्न मिलि हाल्छ नि।

nakkali_keti

कपाल फुले त केहि थिएन, ज्यान त पानी मात्र खाए पनि फुल्दो रैछ।
एक महिनाको एक चोटि योगा गर्नु पर्ला। हे हे हे।।

सबै साथीहरुलाइ एकचोटि फेरि नयाँ बर्सको शुभकामना!
 
Posted on 12-30-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe nice story.
i like the way wishing new year. happy new year to all .
creazy ji ,thanks for ur way .... best of luck for new year...

 
Posted on 01-01-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank u nepalibabu101!

2009 Jan 1 ko first "happy New Year" sabailai.


 
Posted on 01-01-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalibabu, Do u know director Bhuwon K.C.

All time hunter of nepali cinema jagat :(((


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
nrn citizenship
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters