FanTush
Replies to this thread:

More by FanTush
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आरजु देउवाको नाममा ठग्ने अमेरिकामा पक्राउ
[VIEWED 4058 TIMES]
SAVE! for ease of future access.
Posted on 04-26-12 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्युयोर्क, वैशाख १४ -  

सभासद् तथा काँग्रेसका बरिष्ठ नेता पत्नी डा. आरजु राणा देउवाको नाममा अमेरिकामा नेपाली आप्रवासीहरुलाई ठगेको अभियोग एक नेपाली महिलालाई पक्राउ गरिएको छ । न्युयोर्क काउन्टीको डिस्ट्रिक एर्टनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा ४४ बर्षीया हित श्रेष्ठलाई पक्राउ गरिएको र उनी विरुद्व कानुन विपरित ठगी र झुठ्ठा आश्वासन दिएको अभियोगमा काउन्टी अदालतमा मुद्दा दर्ता गरेको डिस्ट्रिक एर्टनी साईरस आर भान्सले सो जनाएका छन् ।

न्युयोर्कको नेपाली बस्ती क्षेत्रमा बसोबास गर्दै आएकी श्रेष्ठले आप्रवासी नेपालीहरुसँग उनीहरुका आफन्तलाई नेपालबाट अमेरिका ल्याईदिने आश्वासनमा हजारौं डलर असुलेको विज्ञप्तीमा उल्लेखछ । 

आरोपी श्रेष्ठले देउवा आफनो नातेदार भएको र उनको माध्यमबाट मानिसहरु भिसा लगाएर अमेरिकामा ल्याउने भन्दै प्रतिब्यक्ति तीन देखि सात हजार अमेरिकी डलर पीडित पक्षबाट असुलेकी थिईन् । श्रेष्ठले सभासद् देउवाको भ्रमणदल चाँडै अमेरिका आउने र भ्रमणदलमा समावेश भएर मानिसहरु यहाँ आईपुग्ने भन्दै डेटलाईन दिएकी थिईन् । तर,  डेटलाईन गुज्रेपछि पीडितहरुले रकम फिर्ता मागेपनि श्रेष्ठले उल्टै कानुनी बाटो खोजे  डिर्पोटेशन गरिदिने धम्की दिंदै आएकी थिईन् । 

भर्खरै नेपालबाट आएका र अमेरिका बसाईको कानुनी वैधानिकता नभएकाहरुलाई श्रेष्ठले फसाएको न्युयोर्क काउन्टीको डिस्ट्रिक एर्टनीको विज्ञप्तिमा उल्लेख छ । नवआगन्तुकहरुलाई श्रेष्ठले सहयोग गर्ने, खाना खुवाउने, सँगै बसाउने समेत गर्दै आएकी थिईन् । श्रेष्ठले केही ब्यक्तिहरुसँग आफनो नाम नितु राणा भएको र डा. देउवाको सहोदर बहिनी उल्लेख गर्दै फर्जी काम गर्न सफल भएकी थिईन् । 

यसअघि सभासद डा. देउवाले यस सम्बन्धमा सार्वजनिक विज्ञप्ति निकाली निज श्रेष्ठसँग आफनो कुनै चिनजान र सम्बन्ध नरहेको उल्लेख गर्दै ध्यानाकर्षण सहित कारवाहीका लागि अमेरिकी दुतावासलाई आग्रह गरेकी थिईन् । यस बिषयमा न्युयोर्कस्थित अधिकार नामक गैरसामाजिक संस्थाले श्रेष्ठको पक्राउको लागि भुमिका खेलेको थियो ।
source :ekantipur.com


 
Posted on 04-26-12 7:08 AM     [Snapshot: 221]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Charges are as follows:
1. Grand Larceny in the Fourth Degree, a class E felony, one count
2. Scheme to Defraud in the First Degree, a class E felony, one count

See below for more information:

http://manhattanda.org/press-release/da-vance-scam-artist-indicted-defrauding-nepalese-nationals

 
Posted on 04-26-12 8:53 AM     [Snapshot: 327]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिका छिर्न सकेका हरु लुटिएका छन् भने नेपाल बाट  छिर्न खोज्ने हरु कति लुटिए होला , केहि हिसाब किताब छ होला ?
अमेरिका छिरे पछी त टाटा टिप्न पाइन्छ भन्ने सोचाइ , छिरेर भोग्न थाले पछी मात्र थाहा हुन्छ .  Welcome to America.


 
Posted on 04-26-12 1:31 PM     [Snapshot: 572]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I would rather be suprised if she is not involved.
 
Posted on 04-26-12 1:48 PM     [Snapshot: 600]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसले लुटेको सबै पैसा फिर्ता हुनु पर्छा  लुट्न पनि क्या सक्या ,आफु अमेरिका मा छु भन्दै मा  जे पनि गर्न सक्छु भन्ने लुटेराको लुट्ने तरिका पनि क्या निरङ्कुश, १०० वर्ष ko  राणाकाल मा जस्तो अरु लै धम्कि दिएर मोज गरौले भनी सपना देख्ने अब जेल मै सड्ने भै !
Last edited: 26-Apr-12 01:49 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters