timer
Replies to this thread:

More by timer
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 yesto pani bhayechha hi
[VIEWED 11088 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-09 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

September 27, 2009



धेरै धोका खाइयो ! हामीलाई नयाँ संविधान चाहियो !!


Filed under: समाचार/विचार — uttam @ 2:16 am


प्रधानमन्त्री माधव कुमार नेपाललाई न्युर्योकमा कालो झण्डा



प्रधानमन्त्री माधव कुमार नेपालले संयुक्त राष्ट्रसंघको ६४ औं महासभालाई हलभित्र संवोधन गर्दै संविधान वेलैमा लेख्ने भनेर आश्वस्त तुल्याइरहँदा भवन वाहिर भने सडकमा नारा गुन्जिरहेको थियो — धेरै धोका खाइयो हामीलाई नयाँ संविधान चाहियो । लोकतन्त्र जिन्दावाद । न्युर्योकको सडकमा माधव नेपाल सरकारको विरोधमा नारा मात्रै लगाइएको थिएन कालो झण्डा पनि देखाएर विरोध प्रदर्शन गरिएको थियो । घरै पिँडालु वनै पिँडालु ससुराली जाँदा वाह्रा हातको पिँडालु भने झै देशव्यापी रुपमा कालो झण्डा सामना गर्दै आएका प्रधानमन्त्री नेपालले अमेरिकामा पनि कालो झण्डाको सामना गर्न पर्यो । न्युर्योकका कोलम्विया विश्वविद्यालय, न्युर्योक विश्वविद्यालय, फोर्डड्याम विश्वविद्यालय हारवर्ड विश्वविद्यालय पेंसिलभेनिया विश्वविद्यालय लगायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको आयोजनमा भएको “कालोझण्डा देखाउने कार्यक्रम” मा न्युर्योकमा वसोवास गर्ने विद्यार्थी, पेशाकर्मीहरु विरोध स्वरुप कालो लुगा लगाएर उपस्थित भएका थिए ।



गाँउ गाँउबाट उठ वस्ति वस्तिबाट उठ भन्ने गीत गाएर शुरु भएको कार्यक्रम त्यहि गीत गाएर समापन गरिएको थियो । स्थानिय समय अनुसार १२ बजे शुरु भएको उक्त विरोध प्रदर्शन कार्यक्रम करिब तीन बजे समाप्त भएको थियो । उक्त कार्यक्रममा नागरिक सर्वोच्वता कायम गर, विदेशी हस्तक्षेप मुर्दाबाद, धेरै धोका खाइयो हामीलाई नयाँ संविधान चाहियो, जनजातिका माग पुरा गर, दलितका माग पुरा गर, महिलाका माग पुरा गर, मधेसीका माग पुरा गर, धेरै नगर भाषण दे विधीको शासन, लोकतन्त्र जिन्दावाद, नेपाली एकता जिन्दावाद, नेपाली सेना कसको जनताको भन्ने जस्ता नाराहरु लगाइएको थियो । स्वतन्त्र विद्यार्थी समुहले आयोजना गरेको उक्त कार्यक्रमलाई प्रगतिशिल नेपाली फोरम अमेरिका र एलायन्स फर डेमोक्रेसी जस्ता संस्थाहरुले समर्थन र ऐक्यवदता जनाएका थिए ।



कार्यक्रम आयोजकहरु के भन्छन् ?


कार्यक्रम किन गर्न आयोजना गर्नु भएको ?
हामीले यो कार्यक्रम गर्नको कारण वेलैमा संविधान लेखियोस भनेर दवाव दिन, पुजारी प्रकरणदेखि प्रधानसेनापति लगायतका कुराहरुमा बढिहरेको भारतिय हस्तक्षेपको विरोध गर्न र शान्ति स्थापना भएपछि पनि द्वन्दमा मारिएका र वेपत्ता परिवारको खोजी नभइरहेकोले त्यसको लागि दवाव दिन यो कार्यक्रम आयोजना गरिएको हो । र हामी अमेरिकामा वस्ने हुनाले नेपालको प्रधानमन्त्री यहाँ आएको वेलामा उहाँ लगायत संपूर्ण संचार माध्यमहरुको ध्यान आकर्षण गर्न यो कार्यक्रम आयोजना गरिएको हो । – फुर्बा दोर्जी शेर्पा



कार्यक्रममा माओवादीको नाराहरु लगाउनु भयो नि त ?
हामीले सार्वजनिक रुपमा यो कार्यक्रम गर्ने भने पछि विभिन्न किसिमका सकारात्मक र नकारात्मक कुराहरु आए । हामीलाई जवरजस्ती माओवादीको भनेर आरोप पनि लगाइयो तर हामी कुनै वाद र दलबाट प्रभावित र संचालित होइनौं । हामी स्वतन्त्र विद्यार्थीहरु हौं । अहिलेको अवस्थामा माधव कुमार नेपाल मात्रै होइन अन्य कोही आएको भए पनि विरोध गरिन्थ्यो । हिजो गणतन्त्रको कुरा गर्दा, संविधान सभाको कुरा गर्दा पनि माओवादी भनिन्थ्यो तर त्यो आज सबैको साझा मुद्दा बन्यो । त्यसकारण चुनावको सम्मान गर्ने कुरा, विधीको शासन, नागरिक सर्वोच्वता कायम गर्ने कुरा र वेलैमा संविधान लेख्ने कुरा त लोकतन्त्रको आधारभुत कुरा भएकोले त्यो हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो । त्यो नारा माओवादी वा अन्य दलले उठायो भन्दैमा त्यो दलको हो भन्ने कुरा सत्य होइन । – एरिसा सिलवाल


यो कार्यक्रम गरेर घर भित्रको कुरा वाहिर ल्याएर नेपालको वेइज्जत गर्नु भयो नि त ?
हामी यहाँ वस्ने भएकोले यो कार्यक्रम यहाँ गरिएको हो । यो कार्यक्रम हामी अमेरिकामा वस्ने नेपालीलाई पनि देश र जनताको चिन्ता छ भनेर देखाउन गरिएको पनि हो । देश फेरि पनि ४६ साल पछिको जस्तै घृणित राजनितिमा जाला, फेरि गृहयुद तिर जाला भनेर, लोकतन्त्रको आधारभुत मान्यताहरु स्थापित होस् भनेर गरिएको हो । जहाँसम्म घर भित्रको समस्या घरै भित्रै खोज्ने कुरा छ । यो कुरा तपाईले नेपालका नेताहरुलाई सोध्नुहोस् उनीहरुले घर भित्रका समस्या कति घर भित्रैबाट समाधान गरेका छन् भनेर – सानो भन्दा सानो कुरा गर्दा विदेशीको मुख ताक्ने नेताहरुकै कारण त हामीले यो कार्यक्रम गर्न परेको हो । यो हाम्रो वाध्यता हो । आशा छ आगामी दिनमा उनीहरुले घर भित्रको समस्या घरभित्र नै समाधान गरिदिए भने हामीले यहाँ कार्यक्रम गर्नै पर्दैन । नेपालका नेताहरुको त्यहि व्यवहारको कारण नेपालको वेइज्जत भइरहेको छ हामीले यस्तो कार्यक्रम गरेर के वेइज्जत हुन्छ र ? — ज्ञानु शर्मा



गीत पनि गाइएको थियो फोटो: सौजन्य सुगम पोखरेल




तत्कालीन शाही सेनाद्वारा हत्या गरिएकि मैना सुनावरको फोटो



नारा लागाउदै



कार्यक्रममा मिडिया चासो



भारतीय हस्तक्षेप मुर्दाबाद


उत्तम बाबु श्रेष्ठबाट/सबै फोटो सौजन्य: सन्तोष थपलिया


 
Posted on 09-26-09 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These are fundamental rights of democracy, democratic systems, Maobadi le afno swartha prayog garna gare pani, democracy ko heart bhaneko yehi ho.
 
Posted on 09-26-09 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo uttam babu shresthe , maowadi, sabaile chineko. baburam ra prachanda aauda kasto furkeko thiyo..padhnu gudnu chhaina, halla ra postdoc garya chha.
 
Posted on 09-26-09 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is he there in Photo? who is he?
 
Posted on 09-26-09 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last ma report lekhne byline herana.


 
Posted on 09-26-09 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उतम बाबु श्रेष्ठ: बोस्टनमा PHD गरी रहेका एक नम्बर माओवादी समर्थक तथा कार्यकर्ता । उहाका माओवादी समर्थित लेखहरु Mysansar मा निकै देखिन्छ । उहाले एउटा लेखमा बाबुराम भट्टराई र आफुलाई एउटै कोटीमा राखनु भएको थियो, आफ्नो बेक्तितो माथि आँफैले प्रकाश पार्दै । पोहोर प्रचन्डे आउदा निकै फुर्की फुर्की न्यू योर्क आएर Mysansar लाई लाईभ कोवरेज गर्नु भएको थियो । यो भन्दा बढी के भनम र ।

 
Posted on 09-26-09 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ timer
here is he :P


http://www.huh.harvard.edu/people/index.php?personid=1691&area=Research

tyo mula le yo pic chai halena usko post ma



कसैलाई थाहा छ,  अजारकता भनेको के हो ?

Last edited: 26-Sep-09 08:22 PM
Last edited: 26-Sep-09 08:23 PM

 
Posted on 09-26-09 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhutra ko maobadi

tyo ta khunkhar DAI-CHIURE ho


Last edited: 27-Sep-09 12:31 AM

 
Posted on 09-26-09 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke garnu ajakal jamana tinai daichiure haru ko chha
another example of daichiure is rishi dhamala

 
Posted on 09-27-09 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khai ta kati na manche hunthiyo bhanthiyo. Maile ta 20 jana bhanda badi manche dekhina.




 
Posted on 09-27-09 2:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo nagariknews ahile Umesh khateko haat maa raichha, turunta update pani garihalyo--bis janale gareko protest ke kena national news jasto banaera. Umesh mulako buddhi kahile aune bhaena.. sansarma sababhanda negative attitude bhaeko manchhe chha tyo.
 
Posted on 09-27-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विचरा रिपब्लिक मिडियाको नागरिक न्यूजले उमेस श्रेष्ठलाई त्यहाँ काम गर्ने चौकिदार संगै दशैँको बेलामा मिडिया हाउस कुर्ने जागिरमा भर्ति गर्दिएछ । अनि कम्प्युटर जानेका हुनाले यही मौकामा यताबाट उसको खास मित्र भगौडा माओवादी उत्तमबाबुले पठाएको न्यूजलाई बडो महत्वकासाथ त्यहाँको अनलाइन संस्करणमा छाप्दिएछ ।

कुरा के पर्‍यो भने , कुनै बेला गोर्खा क्याम्पसमा नेविसंघका नेता सुन्दर श्रेष्ठलाई मारेका थिए माओवादीले । त्यहाँको अखिल छैटौँमा काम गर्ने एउटा  नेतो कुनै बेला मनास्लु प्रोजेक्टाँ जागिर खान्'थ्यो , कम्निष्टसंग सम्बन्ध तोडेका नाममा । बोष्टनमा पुगेर , पहिला चुपचाप लागे पनि यो दहीच्यूरेले माओवादीको जल्दोबल्दो देखेपछि , माओसंसार भन्ने ब्लगमा पार्टनरसिपमा पैसा हालेर माओवादीको भरमग्दूर चाकरी गरेको गर्‍यै छ । अहिले अम्रिकामा कालो झण्डा बोकेर फोटो खिचाउने र माओवादी छापामा हाइलाइट हुने प्रोजेक्टमा काम गर्ने यो भिजिलान्तेको विशेषता हो । यसलाई चिनौँ र क्यूवातिर खेद्न मद्दत गरौँ !

 
Posted on 09-27-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विचरा रिपब्लिक मिडियाको नागरिक न्यूजले उमेस श्रेष्ठलाई त्यहाँ काम गर्ने चौकिदार संगै दशैँको बेलामा मिडिया हाउस कुर्ने जागिरमा भर्ति गर्दिएछ । अनि कम्प्युटर जानेका हुनाले यही मौकामा यताबाट उसको खास मित्र भगौडा माओवादी उत्तमबाबुले पठाएको न्यूजलाई बडो महत्वकासाथ त्यहाँको अनलाइन संस्करणमा छाप्दिएछ ।

कुरा के पर्‍यो भने , कुनै बेला गोर्खा क्याम्पसमा नेविसंघका नेता सुन्दर श्रेष्ठलाई मारेका थिए माओवादीले । त्यहाँको अखिल छैटौँमा काम गर्ने एउटा  नेतो कुनै बेला मनास्लु प्रोजेक्टाँ जागिर खान्'थ्यो , कम्निष्टसंग सम्बन्ध तोडेका नाममा । बोष्टनमा पुगेर , पहिला चुपचाप लागे पनि यो दहीच्यूरेले माओवादीको जल्दोबल्दो देखेपछि , माओसंसार भन्ने ब्लगमा पार्टनरसिपमा पैसा हालेर माओवादीको भरमग्दूर चाकरी गरेको गर्‍यै छ । अहिले अम्रिकामा कालो झण्डा बोकेर फोटो खिचाउने र माओवादी छापामा हाइलाइट हुने प्रोजेक्टमा काम गर्ने यो भिजिलान्तेको विशेषता हो । यसलाई चिनौँ र क्यूवातिर खेद्न मद्दत गरौँ !

 
Posted on 09-27-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





Yo keto ko swang hera na.  Kati na afu maobadi hoina bhanna dekhauna khojya hola media ma.  Sap lai thaha cha . Tyaha birodh garne haru ko agenda sapai maobadi ko agenda ho . Ani sap thok thul thulo ma lekheya yo sano placard ma  nepali ma lekhera tyo ni spelling mistake garera k garna khojya ho .



Arn't this all moaist nara.  Ani tyaha euta video ma " SAINIK SANSAN " chahiena re .  Hello. Do you guys even have brain. Nepal ma kaha sainik sasan cha.  Ani yo photo herum. Sapai maobadi ko kura haru cha.




ONE OF THE PLACARD EVEN SAYS  " kill them"........This stupid guys are urging to kill people.  I personally think whoever tries to justify killing is a retard.



 
Posted on 09-27-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Check here for more threads on Uttam Babu Shrestha aka Boston Maoist.


http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=71688


There is a disturbing post about how one of his classmates in TU was killed by Maoists but Harvard educated Uttam Babu continues to support Maoists.


 
Posted on 09-27-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Seems he is famous guy because lot of people are talking about him, in fact, I didn't any of them but no one had ever talked about me anywhere, seems, lot of guys are talking about him. Ha Ha


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters