[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 लास्ट् बेन्च!

[Please view other pages to see the rest of the postings. Total posts: 44]
PAGE: <<  1 2 3  
[VIEWED 32011 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-09-12 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     13       ?     Liked by
 

 

फर्स्ट् बेन्चमा बस्नेहरु पढैया हुन्थे, मोटो मोटो चस्मा लाउने, टिचरले खोके पनि नोट टिप्ने, बेस्सरी कुत्कुती लगाएपनि स्क्रुले टाइट पारेको ओठ जस्तो हास्नै नसक्ने, जहिले पनि तनाब जस्तो, जहिले पनि असुरक्षा जस्तो अनुहारहरु! शायद उनिहरु प्रत्येक नयाँ क्लास शुरु हुनु अघि एकरात अघिदेखि फर्स्ट् बेन्च रोक्न आँउथे क्यारे, जुन क्लासमा पनि उनिहरु फर्स्ट् बेन्चमै बस्थे,घोकन्ते बिध्याका अनुयायीहरु किताब नै कन्ठ पार्थे कहिले त! उनिहरु टिचरका प्यारा, स्कुलको प्रेस्टिज र भबिस्यका सुनौला ताराहरु, हामीसङ बोल्न त परैको कुरा देख्दा पनि मुन्टो बटार्थे।

दोस्रो बेन्चको साथी भनौदाँहरु पनि भलदमी बर्गमा पर्थे, उनिहरुको सम्बन्ध पहिलो बेन्च र तेस्रो बेन्च भन्दा पर कसैसङ बिरलै हुन्थ्यो। कहिले कहि काम परे एक दुइ बचन खस्थे, हैन भने एउटै क्लासमा पनि उनिहरु र हाम्रो बिचमा बर्ग बिभाजन थियो, होनहार र बेकारको कहा  कुरा मिल्छ र? त्यसैगरी अरु बेन्चका साथीहरु पनि मन परे हाँस्थे, मन नपरे आँखा तर्थे, बिचरा हामी लास्ट बेन्चका हुतिहाराहरु!

लास्टबेन्चमा बस्नुको आफ्नै ब्यथा थियो, होमवर्क नगर्दा पुरै बेन्च उठ्थ्यो, पाँचै जना उभिदाँ त्यति लाज लाग्दैनथ्यो, पछि त त्यो पनि बानी हुन थाल्यो। जुन टिचरले नि "लास्ट बेन्च" भनेर गाली गर्न थालेपछि हामीलाइ नि गफ गर्ने हाम्रो मात्रै काम होकि झै लाग्थ्यो, पहिले पहिले डर, त्यसपछि कर हुन थालेपछि लास्ट बेन्च धेरै रमाइलो हुन थाल्यो। किताबभित्र कमिक्स् लुकाएर पढ्नुको मज्जा नै अर्कै हुन थाल्यो। टिचरको नाम राख्ने शुभ कार्य नि लास्ट बेन्चमा मज्जाले हुन थाल्यो। पढन्तेहरुको निकनेम पनि मज्जाले फुर्न थाल्यो, कागजको पुच्छर बनाएर अगाडिको बेन्चमा बस्नेलाइ राखिदिने, ताल न बेतालको कुरामा हास्ने। हिसाबको पिरियडभरी बेन्चमाथी उभिएर बाहिर बाहिर हेर्ने, नेपालीको पिरियडमा ब्याग डेस्कमा राखेर सुत्ने सबै कार्यक्रमहरु नियमित रुपमा हुन थाले।

एकदिन ६ क्लासको फर्स्ट् टर्ममा ३-४ बिषयमा रातो चिन्ह लागेपछि क्लासटिचरले लास्ट् बेन्चका हामी सबैको अभिबाबक बोलाउनु भयो। घरपुगेपछि सबैले खाना भन्दा बढी गाली खाए, सबै भन्दा बढी चाहि मिताले खाइछ, त्यसको भाइ पनि उहि दिदी जस्तै लास्ट बेन्च रहेछ, भाइको रिजल्टको गाली पनि उसैले खाइछे। भोलिपल्ट स्कुल आउदा उसको आँखा रातो रातो थियो, रातभरि रोइछे, उसलाइ देखेपछि लास्ट बेन्चलाइ नै केहि केहि भयो, सबैको अनुहार मलिन हुन थाल्यो। टिनाले जिबनमा सबै भन्दा ठुलो कुरा गरी।

"जति पढे पनि टाउकोमा नछिरेपछि हामी मात्रै के गर्ने त?" उसको कुरा हामीलाइ पनि चित्त बुझ्यो। किताब समात्नासाथ कि त निद्रा लाग्छ, कि त पेट दुख्न थाल्छ। तर मिताले चाहि पढ्न खोजेकी पनि हो, एक दुइ चोटि होमवर्क पनि पुरा गरेकी हो। उ अरु भन्दा सिरियस हो लास्ट बेन्चमा। बिचरा बोल्दा खेरि उसको थेगो छ, "अनिखेर--- अनिखेर" भन्दा भन्दै घन्टि बज्छ, टिचरले सोधेको प्रश्नको उत्तर दिनै भ्याउदिन।

"जति पढे पनि बिर्सिन्छ त! अनिखेर---" मीताले रुन्चे मुख लाएर भनी।

"घनले ठोके पनि मेरो त दिमागभित्र केहि पनि छिर्दैन, किताबसङ मेरो ग्रह दशा मिल्दैन जस्तो छ।" टिनाको किताब भन्दा किताबको जिल्दा राम्रा हुन्थे, फिल्मको हिरो हिरोनीको रङीन फोटोहरु हुन्थे।

"यस्तो तालले भएन बाइ! अब त लास्ट बेन्चको नि इज्जत राख्नुपर्‍यो बाइ!" मैले पनि जोशमा आफ्नो धारणा राखे। पाँचजनामा मिता, टिना र मेरो सहमति भयो, अबदेखि टिचरले सोधेको प्रश्नको उत्तर दिने, नबुझेको कुरा सोध्ने, होमवर्क गर्ने, फिल्मको कथा नभन्ने, नेपाली सरको पिरियडमा नसुत्ने, नजानेको कुरा आफु भन्दा जानेसङ सोध्ने। लास्ट बेन्चको दुइ जना हाम्रो यत्रो छलफल हुँदा गज्जबले सपना देख्दै थे, उनिहरुलाइ आकाश खसे पनि चासोको बिषय थिएन।

त्यस दिन हामी हिसाबको पिरियडमा बेन्चमा उठेपनि नेपालीको पिरियडमा सुतेनौ, इङ्लिशकोपिरियडमा पनि ध्यान दिएर बस्यौ, सामाजिक सिक्ष्याको पिरियड आयो, झन सतर्क भएर बस्यौ।

पढाउदा पढाउदैमिसले सोध्नु भयो।

"ल, कसले भन्न सक्छ गवर्मेन्ट(Government) भनेको के हो?"

फर्स्ट् बेन्चका हरु किताब पल्टाउन थाले, सेकन्ड बेन्चकाहरु एक अर्कालाइ सोध्न थाले, तर कोहि उठेर उत्तर दिन सकेनन्, सारा क्लास शुन्य भयो। हामी त झन लास्ट बेन्च भुइतिर मात्र हेर्यौ, त्यतिकैमा मिताले मलाइ बिस्तारै भनी, "मलाइ थाहा छ!" ओहो, यत्रो क्लासमा कसैलाइ नआएको जवाफ मितालाइ थाहा छ, त्यो पनि लास्ट् बेन्चमा बस्नेलाइ, मलाइ खुशी लाग्यो, मैले उस्लाइ हात उठाउ भने, उसले हात उठाइ हाली, मिसले पुलुक्क हेर्न्नु भयो, अचम्म! लास्ट बेन्चको केटिले उत्तर दिने भै आज।

"गवर्मेन्ट् भनेको के हो?" मिसले मितालाइ सोध्नु भयो।

मिता अलि अलि कामी क्यारे, बेन्च हल्लिन थाल्यो, मैले उसलाइ साइडबाट थामे, उसले "अनिखेर--- अनिखेर" मात्र भन्दैथी, सबै भित्र भित्र हास्न थाले।

"भन, भन गवर्मेन्ट भनेको के हो?" मिसले फेरि सोध्नु भयो।"

"गोबर बोक्ने मान्छे!" मिताले एकै सासमा उत्तर दि, सारा क्लासमा ठुलो हाँसोको लहर छुट्यो।

 

 

 

 

 


 

Last edited: 09-May-12 01:46 PM

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-11-12 10:40 AM     [Snapshot: 1371]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा  मिता ले हसाई।

अनी बुझ्यौ मैचा, खाने मुख लाई जुँगाले छेक्दैन। आफु पछाडि त कहिले नि बस्न पाईएन हेर । सबका सब लम्बुहरु  बस्थे। आफु सात क्लास सम्म नि भन्टाको बोट मा नि झटारो हान्न पर्ने जस्तो परेँ। अगाडि त बस भनेनी किन बसिथ्यो र? बौलाहा कुकुर ले टोकेकोथ्यो र? सधैं सेकेन्ड बेन्च तिर बसिन्थ्यो तर मुन्टो चै जती खेर नि पछाडि हुन्थ्यो दक्ष प्रजापति जसरी। । बोल्न र हास्न कहिले छोडिएन। मुख बन्द गर्न परे कपिमा लेखेरै भएनी गफ गरिन्थ्यो। बायोलोजी को नोट बुक मा एक्चोटि लास्ट पेज मा "मुन मुन सेन को छोरी सन सन सेन हो। तलाई तेती नि थाहा छैन?" भनेर लेखेको बायो म्याम ले देखेर सबैको अगाडि पढ्दा नि चेतिएन। पछी हाइट ले धर्म त छोडेन तर पनि सधैं अगाडि बसिराको मान्छेलाई टिचरहरुले पो के पछाडि बस्न दिन्थे र? त्यसैले मैचा आफु चै बिच बेन्चर परेँ । हास्न नि मजाले हाँसिन्थ्यो। गाली नि त्यस्तै मजाले भेटिन्थ्यो। तल माथि परे बाबा आमालाइ भन्दिन्छु भन्ने धम्क्याइ नि सुनिन्थ्यो, को डराउथ्यो र?
 
Posted on 05-15-12 1:52 PM     [Snapshot: 1587]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

लौ, स्वभाबैले attention seeking हुन्छन् रे मानब जाति, म मात्रै के अछुतो हुला त, यत्रो कमेन्ट र लाइक देखेपछि, फेरि अर्को भाग लेख्न मन लाग्यो।


 

"भन, भन गवर्मेन्ट भनेको के हो?" मिसले फेरि सोध्नु भयो।"

"गोबर बोक्ने मान्छे!" मिताले एकै सासमा उत्तर दि, सारा क्लासमा ठुलो हाँसोको लहर छुट्यो।
 

सामाजिक शिक्षा पढाउने मिस एकछिन मज्जाले हाँसेपछि, खुइय लामो सुस्केरा हाल्नु भयो र हातैको इशाराले मितालाइ बस्न भन्नु भयो।

मिता राती भइ, बेचमा बसेपछि मलाइ सोधी "किन हाँसेको?" अचम्म लाग्यो मलाइ, उसैलाइ किन हाँसेको पनि थाहा छैन। म चुप भए, मलाइ पनि उसलाइ किन हाँसेको भन्ने जवाफ दिन आएन।

"तैले के सुनिस्?" टिनाले सोधी,
"गोबरम्यान!" लौ जा, मिताले त "गोबरम्यान सुनिछ, फेरि हाँसो फुत्क्यो मेरो र टिनाको ओठबाट।

"गोबरम्यान भनेको गोबर र मान्छे हैन, त्यो भनेको गोबर बोक्ने मान्छे हैन त?" मिताले तर्क दिइ, मलाइ नि हो हो जस्तो लाग्यो। साँच्चै भन्ने हो भन्ने मिसको उच्चारण त्यस्तै सुनिएको थियो "गोबरम्यान्ट्"। नेपालीहरुले धेरै तरिकाले government गलत उच्चारण गरेको सुने मैले त्यसपछि।
ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ

लास्ट् बेन्चमा बस्दा प्राय टिचरहरुले पनि खासै हामीलाइ कक्षामा उति ध्यान दिदैनथे, जति अरु पढ्ने बिध्यार्थीहरुलाइ दिन्थे। त्यसमा पनि नेपालीको सर हुनु हुन्थ्यो, उहाँको पिरियडमा जस्तो हल्ला अरु कसैको पिरियडमा हुँदैनथ्यो। नेपाली पिरियड हामीहरुको बेस्ट् पिरियड थियो। हामी टिफिन खाने, हिन्दि फिलिमको कथा भन्ने देखि लिएर कपाल पनि कोर्थ्यौ, तर नेपाली सरलाइ केहि मतलब हुदैनथ्यो। उहाँको एउटा थेगो थियो, "एउटा हुन्छ नि!"

"ए, केटाकेटिहरु कति क्याउँक्याउँ गर्छौ, कक्षामा गुरु छ, एउटा हुन्छ नि!" कहिले कहि सर दिक्क भएर भन्नु हुन्थ्यो।

"नेपाली भएर त्यति पनि शुद्द लेख्न सक्दैनौ, एउटा हुन्छ नि!" हाम्रो हिज्जे देखेर उहाँ भन्नु हुन्थ्यो।

"पढ्नु वर्नु छैन, नक्कल पार्यो बस्यो, एउटा हुन्छ नि!" त्यो हामी लास्ट् बेन्चप्रति लक्षित थियो।

टिनाले एकदिन गन्न थाली, उहाँले पिरियडभरि कति चोटि "एउटा हुन्छ नि" भन्नु भयो। दश पछि उसले गन्नै छोडि।

एकदिन फेरि नेपाली सरको पिरियड थियो, हाम्रो दशै आयो। टिनाले लेदो भएको आँपको पिरो तितौरा ल्याएकी रैछ, खाँदाखेरि जिब्रो रातो हुने। मिताले मागी, उसलाइ सानो टुक्रा दिइ, मैले मागे, पछि दिउला भनेर टारी, मलाइ रिस उठ्यो। म छेउमा थिए, मिता, टिना र मेरो बिचमा थिइ। मैले टिनाको हातबाट तितौरा खोस्ने प्रयास गरी, टिनाले दुबै हातले झन बलियोसित तितौराको कागजको पोको लुकाउन थाली। मिता बिचमा बसेर हामी दुबैलाइ छुट्याउन खोज्दै थिइ, मैले पनि दुबै हातले तितौरा खोस्ने भाको, टिनाको हातको कागजको पोको त उच्छिटिएर गयो। कहा पुगेछ भनेर हेरेको त सरको निर हालेर धोएको सेतो सर्टमा रातो दाग, तितौराको? हैन होला, हैन होला भनेको हो रैछ, सर कतिखेर हाम्रो बेन्चतिर  आउनुभयो, हामीले याद गरेनौ। ल बर्बाद! खत्तम! हुनु भएछ! मैले मन मनमा भने, कहिले नरिसाउने सरको रिस कति माथि पुगेछ भने नि उहाँले नेपाली हैन इङलिसमा हामीलाइ आदेश दिनु भयो।

"स्ट्यान्ड अप!" नेपालीहरुले इङलिश दुइ अबस्थामा बोल्छन् रे, एउटा जाँड खाएको बेला अरुको ज्यादै रिस उठेको बेला, भन्नै परेन सरको इङलिश यति  खतरा थियो कि इङलिश नै पढाउनु हुन्छ कि झै लाग्थ्यो।

थरथर काम्दै मिता, मुख फुलाउदै टिना अनि पछुतो मान्दै म उठे, सरको नाकको पोरा "फ्वाँ फ्वाँ" गरेको मैले देखे, सर आज तान्डब गर्छन् जस्तो लाग्यो मलाइ।

"स्ट्यान्ड अप ओन् द ब्यान्च!" लौ मार्यो सरले नेपाली पिरियडमा पनि हामीलाइ बेन्चमा उठाउनु भयो। हामी तिनै जना बेन्चमाथि उठ्यौ!

"कान समात्ने!" घोक्रो फुलाएर सरले भन्नु भयो।

मीता रुन थाली, त्यसको सिङान नि बग्न थाल्यो, टिना र म केहि नबोली कान समातेर बस्यौ।

"सर कक्षामा छ, ध्यान पटक्कै छैन, स्टुपिडहरु, एउटा हुन्छ नि!" सर पड्किन थाल्नु भयो।

हो नि सर, ध्यान पटक्कै छैन! मन मनमा मैले यहि भने, मिताले सिङान स्वारर माथी तानेको सुने, क्लास चुपचाप थियो।

"आमाबाउको पैसा उडायो, नक्कल पार्‍यो, टाइम पास! एउटा हुन्छ नि!" सरको डाइलग धारा प्रबाह गयो।

सबै मौन, कसले के भन्ने त्यस्तो गम्भिर अबस्थामा! सर अझै नि थाक्नु भएको रहेनछ।

"एउटा हुन्छ नि!" सरले अरु केहि भन्ने कुरा नपाएपछि फेरि उहि थेगो रिपिट भयो।

अति भएछ क्यारे, "एउटा त सबैको हुन्छ नि सर!" टिनाको मसिनो आवाज सुनियो।

मिता ठुलो स्वरले हाँसी, त्यसपछि सारा क्लास हाँस्यो।

घन्टि बज्यो!

 नेपाली सर रातोपिरो हुदै के के बरबराउदै  हामीप्रति औँला ठड्याउदै क्लासबाट निस्किनु भयो।

"हुँदैन त? सबैको एउटा हुँदैन त?" टिनाले मलाइ सोधिरहेकी थिइ इङ्लिश पिरियडमा!

"के सबैको एउटा??"

"सबैको एउटा मन हुदैन त?" टिनाको कुरा सुनेर म छक्क परे, मिता कन्फ्युज भइ।

"ए तेसो पो!" मैले त्यति मात्रै भने।


Dipu, thank u for sharing ur experience!

 

 

 

 

 

 


 
Posted on 05-15-12 2:10 PM     [Snapshot: 1588]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cudnt stop laughing...

 
Posted on 05-15-12 4:20 PM     [Snapshot: 1689]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Absolutely loved the narration.
I have been in Sajha for many many years, and I don't remember laughing hard on any story.
Loved it.
 
Posted on 05-15-12 6:18 PM     [Snapshot: 1750]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tehi ta euta huncha ni yar ... timilai arka ko pau nai khosera khanu parne?


loved your writing... 

 
Posted on 05-15-12 7:07 PM     [Snapshot: 1776]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..........अति भएछ क्यारे, "एउटा त सबैको हुन्छ नि सर!" टिनाको मसिनो आवाज सुनियो। ........
यो पढेपछि त भूइ मै लडिबुडी गरेर पेट मिचिमिची हाँसे ....... फेरी पनि उत्कृष्ट  लेखाइ  C_माया ..... सारै मुन्परो मुलाई ...

 
Posted on 05-16-12 8:39 AM     [Snapshot: 1937]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha maicha ho ni at least euta man ta sabaiko hunchha :)

Enjoyed your narration, sathi..
 
Posted on 05-16-12 8:47 AM     [Snapshot: 1939]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त ...
एउटा हुन्छ नि, यस्तो राम्रो लेख्ने पनि ..........................

सदा झैँ त्रुटीहीन लेखाइ, उत्कृष्ट शैली जस्तो गुलियो मिठाइ को थैली ............

 


 
Posted on 05-16-12 8:54 AM     [Snapshot: 1955]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 होईन ए काली, कस्तो लेख्न जान्या भनेको, लास्टं बेन्चां बसेर पनि :S 
आफु त खै के हो त्यहि लास्ट बेन्चको कमाल हो कि के हो आई एम ईस्टिल गोबर म्यान :)
त्यो बेलां लास्टं बेन्चाँ बस्यो, तिमारु (डल्ली, मिता र तिमी)लाई हेर्दै जिस्काउँदै बसो, पढाई भन्या त्यस्तै हो :)
ल ल काली लेख्दै जाउ यसरी नै 
निकै रमाईलो लाग्छ तिम्रो लेखहरु पढ्दा 

उहि 
ग्यान्टे :P

 
Posted on 05-16-12 12:01 PM     [Snapshot: 2040]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुल्मी पनि सेन्ट मेरिज को हो?

 
Posted on 05-16-12 12:13 PM     [Snapshot: 2054]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bairagikancho

Plz don't! Laughter is good for health! Thanks!

kiddo,

Thanks for the nice comment!

त्यहि त! एउटा हुन्छ नि जिते, किन रिसाउनु पर्ने तिमिलाइ? हे हे?

thahachaena
भुइमा लडिबुडि गरेको? लौ बर्बाद भएछ, पेट पनि मिचेको! हुनु भएछ है?

दिपु, हेर न एउटा मन त हो नि हैन त ?

ठुल्दाइ,

जहाँ गुलियो उहांँ ठुल्दाइ भुलियो भने कसो होला?

ओयि ग्यान्टे,

तिम्रो हाइट अझै बढेको छैन, क्याल्सियम पुगेन कि क्या हो? हे हे!

निलाशा, सेन्ट मेरिजको हो कि क्या हो? चिन्या चिन्या जस्तो लाग्यो नि!


 


 
Posted on 05-16-12 4:30 PM     [Snapshot: 2139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाको  regular visitor भए पनि तेति  कमेन्ट गर्दिनथें, तर यो लेख पढेपछि आफुलाई रोक्नै सकिन | 

What an awesome writing ! Especially the second part.

"कहिले नरिसाउने सरको रिस कति माथि पुगेछ भने नि उहाँले नेपाली हैन इङलिसमा हामीलाइ आदेश दिनु भयो।"स्ट्यान्ड अप!" नेपालीहरुले इङलिश दुइ अबस्थामा बोल्छन् रे, एउटा जाँड खाएको बेला अरुको ज्यादै रिस उठेको बेला, भन्नै परेन सरको इङलिश यति  खतरा थियो कि इङलिश नै पढाउनु हुन्छ कि झै लाग्थ्यो।"   

Very true, मेरो नेपाली सर पनि रीस उठेपछि इंग्लिश  बोल्न थाल्नुहुन्थ्यो | 

"अति भएछ क्यारे, "एउटा त सबैको हुन्छ नि सर!" टिनाको मसिनो आवाज सुनियो।" 

This made my day. Great Writing!!

Keep it up Crazy_love  and THANK YOU for making us laugh. 





 
Posted on 05-16-12 5:01 PM     [Snapshot: 2171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजीले उहिले कथा लेखेको रहेछ, आफूले भने अहिले मात्रै देखें। आफ्नै स्कुल पढ्दाका दिनहरुको सम्झना आयो। रामेले पनि रोटेसन सम्झायो। कक्षा ९ र १० रामे पढेकै स्कुलमा पढेको हुनाले आफूले पनि त्यो अनुभव गरियो। अगाडि पछाडि कता परिएको छ,शिक्षक र बिद्यार्थीको ब्यवहार पनि त्यसै अनुसार बदलिन्थ्यो। लास्टाँ बस्नुको एउटा फाईदा चाँही के भने, पछाडि बस्नेले ढाडमा जथाभावी लेखेर सेतो कमीज निलो पारिदेला अथवा बस्ने ठाउँमा चक राखेर नीलो पाइन्ट सेतो पारिदेला भन्ने चिन्ता हुन्नथ्यो।

गुरुजीहरुको नाम त के के हुन् अहिले सम्झिंदा हाँसो उठ्छ। थेगो, बोल्ने, रिसाउने सबैका आआफ्नै तरीका हुन्थे। अरु त्यस्तै हो, government को उल्था ठीकसँग नगरे पनि नेपालको बर्तमान सन्दर्भमा भने शत प्रतिशत सही कुरो गरेको हो। अनि जाँड लाग्या र रिस उठ्या बेला बढी अंग्रेजी बोल्ने नेपालीहरु पनि सरसरी सम्झिंदा लामै फिस्ता भन्ने रहेछ।

काममा ब्यस्त मान्छेहरुलाई यस्तो रमाइला कथाहरु लेखेर अल्मल्याउने, एउटा हुन्छ नि।               


 
Posted on 05-16-12 6:21 PM     [Snapshot: 2211]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्रेजी लोव, एकदमै राम्रो लेखाइ, हासो रोक्न नसकेर रूम बाहिरनै जानु पर्यो फेरी मित्रहरुले यो मोरो बौलएचा भन्लान भनेर/ हजुरको लेखाइ उत्तम छ भन्नेमा त कुनै संकै भएन, अब छिटो छिटो तेस्रो भाग पनि पड़ना पाउ प्रभु / तेतिन्जेल सम्मलाई, अस्तु / 
 
BTW exam राम्रो भयो / A नै हानियो नि साथी / 

 
Posted on 05-17-12 6:10 PM     [Snapshot: 2387]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear Sweetu65,

Thank you very much for your comment!

"This made my day. Great Writing!!" - U made my day too, comment like this inspires me a lot to write more.
Once again thank you!

Chiple,

timro ra rameko euTai school re? nam k ni school ko?

busy bhaera pani katha padhidiekomaa dhanyabaada!

Karnaliblues,

Congrats! la la aba exam maa dherai A lyaaunu, yasto story baru pachi paDhnu hai , all the best!

arko part chahi  sochnai parlaa.

Thank you for your nice comment!

Thank you for all the people who liked this!
 
Posted on 11-07-12 11:55 PM     [Snapshot: 3940]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 C_L, aren't you writing some more? This was funny as hell! 
 
Posted on 11-08-12 9:05 AM     [Snapshot: 4106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loved it. Nicely narrated

 
Posted on 11-08-12 9:06 AM     [Snapshot: 4128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Love it as I was last bencher too
 
Posted on 11-08-12 11:44 AM     [Snapshot: 4229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-08-12 11:46 AM     [Snapshot: 4268]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was always first bencher.
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters