[Show all top banners]

chanty399
Replies to this thread:

More by chanty399
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 महिनावारी भएका वेला देउता रिसाउने भएकाले निकालिएको हो ः छात्रावास इन्चार्ज
[VIEWED 4564 TIMES]
SAVE! for ease of future access.
Posted on 04-24-10 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

When Nepalese people change??

विद्यालयबाट २९ छात्रा निष्कासित

Font size: Decrease font Enlarge font
image

महिनावारी भएका वेला देउता रिसाउने भएकाले निकालिएको हो ः छात्रावास इन्चार्ज

नयाँ पत्रिका

डोटी, १० वैशाख

महिनावारी भएका छात्रा छात्रावासमा बस्दा देवी-देउता रिसाएको भन्दै डोटीको एक विद्यालयले २९ जना छात्रालाई विद्यालयबाटै निष्कासन गरेको छ । वनलेक-१ बानडुग्रीसेनस्थित सिद्धेश्वर उच्च माध्यमिक विद्यालयले छात्रावासमा रहेका २९ छात्रालाई यसै शैक्षिक सत्रदेखि निष्कासन गरेको हो ।

बारपाटा, लाटामाडौं, पचनाली र वनलेकका छात्रा झोला-झाम्टा बोकेर निराश हुँदै शुक्रबार घर फर्किएका छन् । दुई वर्षदेखि सञ्चालनमा आएको सो छात्रावासमा राति देउताले छल गर्दै अन्य विद्यार्थीसमेत बेहोस हुने र काम्ने गर्न थालेकाले छात्रालाई हटाइएको छात्रावास इन्चार्ज मेघराज रोस्याराले बताए ।

विद्यार्थीले भने आफूहरूलाई गलत आरोप लगाएर पढ्नबाट वञ्चित गराएको बताएका छन् । उच्च शिक्षाका लागि महिलाको सहभागिता बढाउने सरकारी नीतिअनुसार अभिभावकले आफ्ना छोरीलाई सो महिला छात्रावासमा राख्दै आएका थिए ।  

गत वर्षदेखि छात्रावासमा बस्दै आएकी कक्षा आठकी मनिसरा बलायरले भनिन्, 'एक्कासि बिदाको समयमा हामीलाई अब छात्रावासमा नआउनू भनेर खबर पठाए ।' आफू शारीरिक रूपमा अशक्त भएकाले सो छात्रावासमा बसेर पढ्ने गरेको तर अहिले आएर महिनावारी भएका छात्रा बस्न नपाइने भनेपछि बाध्य भएर र्फकन लागेको उनले बताइन् । 'अब मैले पढाइ कसरी अघि बढाउने,' उनले गुनासो गरिन् ।

विद्यालयका प्रधानाध्यापक मानबहादुर रोकाया भने भवन अभावका कारण छात्रालाई निकाल्नुपरेको भनेर पन्छिए । सो विद्यालयमा १२ वर्षदेखि परिचारिकाकी रूपमा काम गर्दै आएकी वनलेक-२ बानेडुग्रीसैनकी पशुपतिदेवी बलायरले पनि महिनावारी भएको समयमा विद्यालयमा आए सन्चो नहुने र शरीरको मासु सुक्दै जाने बताइन् ।

'महिनावारी भएका वेला विद्यालय आउँदा मलाई पनि सन्चो हुँदैन,' उनले भनिन् । विद्यालय नआउँदाको पाँच दिनको तलब विद्यालयले काट्ने गरेको उनले जानकारी दिइन् । गत वर्ष असोजमा बाढीले विद्यालयनजिकैको बजार बगाएपछि त्यसको दोष छात्रावासमा बसेका महिलालाई लगाइएको थियो । महिनावारी भएका वेला छात्रा विद्यालयमा बसेका बाढी आएको भन्दै उनीहरूलाई अहिले छात्रावासमा निषेध गरिएको स्थानीय गोमादेवी बलायरले बताइन् ।

 

 

सो विद्यालयमा अध्ययन गर्ने छात्रा आफ्नो पढाइ पूरा गरी गएपछि देउतालाई खुसी पार्न र महिनावारी भई स्कुल आएको गल्तीबाट माफ पाउन बोकाको बलिदिने चलनसमेत सो विद्यालयमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । सो विद्यालयमा छात्रा दुई सय ६५ र छात्र तीन सय ३३ जना गरी पाँच सय ९८ जना विद्यर्ाी अध्ययनरत छन् । विद्यालयको होस्टेलमा रहेका

कुनै पनि छात्रलाई भने निष्कासन गरिएको छैन ।



 
Posted on 04-24-10 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-25-10 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What type of thought people still have...shame of teachers who supports this instead of bringing change in the society....The headmaster must have forgot that it is infact this phenomenon in women why he was born...shame on headmaster like you....you are not less than Prachanda...

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters