[Show all top banners]

Nepal patriotic
Replies to this thread:

More by Nepal patriotic
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Another Crisis in Nepal
[VIEWED 4294 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-10 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली पासपोर्टमा बंगलादेशी



दिनेश रेग्मी




नेपाली राहदानी किनेर रोजगारीमा आउनेहरू कतारमा मात्र छैनन्, साउदी अरब र कुबेतमा पनि उत्तिकै छन्


[Disallowed String for - ] type=text/javascript>


[Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">

[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">

[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/render_ads.js">

[Disallowed String for - ]>google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);

दोहा (कतार), फाल्गुन १४ -
 रोजगारीका लागि कतार आएका एक युवक दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन दिनसम्म अलपत्र परे । उनी काम गर्न आएको कम्पनी लिन नआएपछि विमानस्थलमै कहिले यता त कहिले उता गरेर बसे । त्यही विमानस्थलमा काम गर्ने नेपालीहरूले तिनको हालत देखेर सोधखोज गरे । युवक धनुषाका रहेछन् तर उनलाई न नेपाली भाषा आउँथ्यो न मैथिली न त हिन्दी नै ।

पछि उनलाई नेपाली दूतावासले उद्धार गर्‍यो । बुझ्दै जाँदा थाहा भयो, उनको त राहदानीमात्र नेपाली रहेछ । उनी रहेछन् बंगलादेशी । 'मेरो नाम नजरुल मण्डल, घर बंगलादेशको पप्ना जिल्ला हो,' एक दोभाषेमार्फत यी २८ वर्षे युवाले भने, 'मैले राहदानी नेपालमा व्यापार गर्ने आफ्नै गाउँका दाइ पर्नेमार्फत नेपाली एजेन्टबाट किनेर ल्याएको हुँ ।' उनी धनुषा, सिनुरजोडा ५ का सञ्जीवकुमार मण्डलको २१६१३२५ नम्बरको राहदानीमा फोटो परिवर्तन गरेर आएका हुन् । राहदानी खरिदसहित एजेन्टलाई २ लाख ३० हजार टाका रकम बुझाएको उनले बताए ।

मण्डलले आफूलाई मेसिनको काम गर्ने भनेर पठाएको जनाएका छन्, तर उनको पेपर भिसामा लेबर काम भनेर उल्लेख छ । 'मलाई कम्पनीले महिनाको २० हजार टाका बराबरको तलब दिन्छ भनेर पठाएका हुन्,' उनले सुनाए, 'म एक साता काठमाडौं बस्दा मेसिनको काम गर्न पनि सिकाएका थिए ।'

आठ दिनदेखि दूतावासको आश्रयस्थलमा रहेका मण्डल त्रिभुवन विमानस्थलको अध्यागमनबाट फागुन ३ गते दोहा उत्रेका थिए । नेपालका कुनै पनि भाषा नजान्ने व्यक्ति नेपाली राहदानीमा कसरी त्रिभुवन विमानस्थलबाट दोहा आए भनेर उनलाई भेट्नेहरूले आश्चर्य मानेका छन् । 'त्रिभुवन विमानस्थलमा नेपाली राहदानी देख्नासाथ नानाथरि प्रश्न सोधेर हैरान पार्छन्, उनी (बंगलादेशी) लाई कसरी आउन दिए ?'

१२ वर्षदेखि दोहामा काम गर्दै आएका महोत्तरी गौशालाका राजकुमार ठाकुरले कान्तिपुरसँग भने । उनले यसअघि अर्का एक बंगलादेशी कंगाल सिंह (तपन) भन्ने व्यक्ति झापाका कुलवीर लिम्बूको राहदानीमा कतार आएको बताए ।

दूतावासले नेपाली राहदानी किनेर विदेशी कामदार आउनाले नेपालीको भिसा कोटा र रेमिट्यान्स गुम्ने चिन्ता व्यक्त गरेको छ । राहदानी बिक्री गर्न पठाउने एजेन्ट वा एजेन्सीलाई कारबाही नगरे अन्तर्राष्ट्रिय रूपमा यस्ता घटनाले नेपालको प्रतिष्ठामा समेत आँच पुग्ने दूतावासका अधिकारीहरूको भनाइ छ ।

नेपाली राहदानी किनेर वैदेशिक रोजगारीमा आउने समस्या कतारमा मात्र छैन । साउदी अरब र कुबेतमा उत्तिकै छ । साउदी अरेबिया दूतावासले विशेष गरी भारतीय युवतीहरू नेपाली सीमा क्षेत्रका जिल्लामा पासपोर्ट किनेर आउने गरेको बताउँदै आएको छ ।

 
Posted on 02-26-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is not new, I had a friend of mine used to be a  officer of  Ministry of Home and used to be working in Airport. His had  good extra income / I think it is ( corruption ) accepted in Nepal. According to his version many Afgan /Pakastani/ Middleesast people used to travel on Nepali passport. If they do not know much any Nepali language were targeted and get thousands of dollars to let them go out of Trivhuvan International Airport.   This was the story of 17/18 years ago, what you expect now.


 
Posted on 02-26-10 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल प्याट्ब्रो, किन डिलिट गर्नु पर्‍यो हो मेरो पोस्ट? नेपालीको लागि यत्ती जाबो कुरोले क्राइसिस हुन्न भनेको मात्रै हो मैले | कस्ता कस्ता कुराले क्राइसिस भएन अब तिमी पनि ब्रो बढी नै कराइदिने | डिलित गरे पनि ठिकै छ | तिमी पनि माइसन्सार्को उमेशब्रोको भाई पर्‍यो होला भनेर चित्त भुझाउनु पर्ला|
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters