gairamailo
Replies to this thread:

More by gairamailo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आ हा कत्ति बहादुर म.....
[VIEWED 4034 TIMES]
SAVE! for ease of future access.
Posted on 01-14-10 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

म बुर्लुक्क उफ्रंछु 

कुर्लन्छु ,चिच्याउछु ,कराउछु 

तथानाम गालि गलौज बक्छु 

किनकि मलाई स्वतन्त्रता छ 

म  बिदेशमा आनन्द संग बसेको छु 

न बत्ति नआउने टेन्सन ,न पानी नपाउने टेन्सन 

न त आन्दोलन ,न त हड्ताल 

अनि त के चाहियो र मलाई 

बम पड्के जसरि पडकन्छु 

आ हा कत्ति बहादुर म


मलाई लाग्छ मैले धेरै जानेको छु

मलाई सुस्ताको बारेमा था छ

जात भातको कुरामा त मलाई कसले जित्ने

नेपालको सिमाना बिशेसग्य नै मै

आपुई के कुरा गर्या मेरै आँखा अगडी त पृथ्वीनारायण शाहले काठमाडौं जित्या 

मलाई राजनीति था छ,मलाई इतिहास था छ

मलाई वर्तमान था छ,मलाई भबिश्ह्य था छ

अनि त के चाहियो र

म बुर्लुक्क उफ्रंछु 

कुर्लन्छु ,चिच्याउछु ,कराउछु 

तथानाम गालि गलौज बक्छु 

आ हा कत्ति बहादुर म


हो हो मलाई पिडा छ 

तेही भएर कराको हु

अब कराउन नि नपाउने भयो

तर ....तर... म केवल कराइमात्र राखेको छु 

मैले कराएर के भो ,नकराएर के भो 

म परिवर्तन ल्याउने मान्छे नै हैन 

मैले बोलेर सिमाना नमिचिने,नबोलेर गण राज्य बन्ने नै हैन 

मेरो केहि औकात नै छैन 

म बोले नि केहि हुने वाला हैन 

नाबोलेनी केहि हुने वाला  छैन 

जे हुन्छ तेस्मा मेरो केहि हात छैन 

म त भगुवा हु भगुवा 

देश छोडेर भागेको भगुवा 

आफ्नो लागि मात्र बाच्ने भगुवा 

अधिकार छैन मलाई सुखसयलमा बसेर 

उफ्रने ,कराउने 

तथानाम गालि गलौज गर्ने 

तैपनि मन यो मान्दैन 

अनि जे हुदैन गर्नु तेही गर्छु 

आ हा कत्ति बहादुर म


Last edited: 14-Jan-10 10:55 PM

 
Posted on 01-15-10 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गैरामाईलो ज्यू लाई साझाका थ्रेडहरुले राम्रोसंग छोएछ, त्यसैले त यति मजाको कविता बनेछ!


ईम्प्रेसिव!


 
Posted on 01-15-10 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one ! Very realistic and touchy !


 
Posted on 01-15-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो
 
Posted on 01-15-10 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो - अती उत्तम
 
Posted on 01-15-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साची साझाको धागोहरुबाट आजित भा जस्तो रे'छ। हुन त हामी नेपालीको बानी देखेर लेख्या होलान्। मलाई त सार्है मन पर्‍यो!

सुपर्ब

 
Posted on 01-15-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really Nice!!!!


निकै राम्रो । बिर्खे बा को जस्तै मेरो नि भनाई , साझा को धागोहरले छोएछ जस्तो छ ।


 


 
Posted on 01-15-10 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन छोयो तपाईं को कबिता ले तर एउटा line ले मन पोल्यो साह्रै नै


म त भगुवा हु भगुवा


देश छोडेर भागेको भगुवा


आफ्नो लागि मात्र बाच्ने भगुवा



किन किन मलाई घोचे जस्तो लाग्यो त्यो कुरा ले, म पनि तेसमै पर्छु , म मात्र हैन यहाँ साझा को सबै साथी हरु तेसमै पर्छन , हामी नेपाल मा केइ गर्न सकेनौ य भनु गर्छु भन्दा केइ गर्न दियेनन तर यहाँ हामी सिमना का कुरा गर्छौ , जात को कुरा गर्छौ , देस बिकास को कुरा गर्छौ । तर हामी सब लाई थाहा छ , हमले यहाँ बोलेर हुने वाला केइ छैन , सुन्ने koi छैन , बुज्ने कोइ छैन , हामी आफ्नो मन बहलौछौ , देस को लागी केइ सोचेउ भनेर फुर्ती लौछौ , तर हामी त भगुवा होउ । आनो निजी स्वार्थ को लागि देस छोडेर भाग्ने भगुवा


 
Posted on 01-15-10 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो खुशी लाग्यो जे भये पनि तपाईं बोल्न त सक्नु हुदो रहेछ। म तपाईं लाई साथ दिन्छु नपुङ्सक हुनु भन्दा बोल्नु राम्रो हो। पट्मुर्ख र डाँका हरुले पनि यदी प्रयास र कोशीस न गरेका भये कालिदास र बाल्मिकी बन्दैनथिए। माहज्ञानी र महाध्यानि सर्बत्र उपलब्द छन् जस्ले अरु लाई बोल्न नि दिदैनन र बुज्न नि दिदैनन। तपाईंको दिमाग मा भैरब अर्यल को बास भये जस्तो छ। अब एस्तो गहिरो कबिता रचन कस्को श्रेय प्राप्त भयो तपाईंलाई कुन्नी तर जे भये पनि कबिता दरो छ। तपाईंलाई चै बहादुर नै मान्नु पर्छ।
 
Posted on 01-15-10 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-16-10 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you all for liking the poem. धन्यबाद

 

Last edited: 16-Jan-10 03:15 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
Why Americans reverse park?
Nepali Passport Renew
TPS Renewal Reregistration
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
Shot Dead
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters