[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पर्दा बनेको पर्खाल

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 15067 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-24-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

पर्दा बनेको पर्खाल

ओछ्यानमै थिएँ। घाम अघिनै उकालो लागिसकेको हुनु पर्छ। झ्यालबाट पर्दालाई जिस्काउँदै छिरेका किरणहरुमा बरालिंदा धुलोका ती कणहरुलाई नियाल्दै थिएँ म। आफ्नै जिन्दगीको प्रतिबिम्ब सायद देखेकी थिएँ मैले त्यहाँ। फोनको घण्टी बज्यो।

उस्कै फोन रहेछ। "हजुर" मैले उस्ले नगरेको संबोधनलाई स्वागत गर्दै भनें।

"आबाज निक्कै मादक नी अझै सुतीरा हो कि के हो?" उस्ले सोध्यो।

"हो" मैले भनें।

"ल हेर तीजको दिनमा पनि अहिले सम्म सुतिरहने हो ?" उस्ले भन्यो। उस्लाई नदेखे पनि उस्का शब्दहरुमा मिसिएका मुस्कानलाई देखें मैले।

"हजुरले बिहानै नब्युँझाईदिएर हो नी, ढिलो भाको" मैले स्वरलाई निक्कै लचिलो पार्दै भनें। उस्लाई उस्ले मैले एकै साथ चलाएका समयहरुमा "हजुर" सम्बोधन गर्छु।

"रहरहरु मेरा अधिनमा हुँदाहुन तिमीलाई न एक्लै सुत्न दिन्थे एक्लै ब्युँझिन" उस्ले भन्यो।

उस्ले देख्दैनथ्यो पनि मुस्कुराएँ। उस्का शब्दहरुले भन्दा पनि भावहरुले अधरलाई जिस्काएका थिए मेरा। बाध्यताको जग्गामा उस्ले रहरको घर बनाएको थियो, सजाएको थियो तर आफैं पाहुना थियो। मान्छेहरुको धेरै घर हुन्छ्न। सुकुम्बासीको पनि। पनि सुकुम्बासी नै हो। मेरा पनि धेरै घरहरु थिए। अझै छन। उस्का पनि अरु घरहरु छन। घरको अधिन आफु हुनु आफ्नो अधिन घर हुनुको भन्दा अलग अनुभव हो आफ्नो घरमा आफु हुनु। अरुको घर पनि आफ्नो हुन सक्छ अनि आफ्नो घर अरु कसैको। घर पाहुनाको गहिरो सम्बन्ध हुन्छ। सामान्यत: परिभाषामा घर स्थाई पाहुना अस्थाई हुन्छन तर बास्तबिकता सधैं त्यस्तो हुँदैन। आफ्नै घरमा डेरा गरेर झै बसेकाहरुलाई सोधे हुन्छ। आफुले बनाएको घरमा आफै पाहुना भएकाहरुका कुरा सुने हुन्छ। दुनियाँले तेरो भनेको घरमा मेरो भन्न डराउनेहरुलाई थाह छ। अरुहरुको घरमा चम्कि चम्कि जान खोज्नेहरु आफ्नो घरमा एउटा एउटा बहानामा जान नखोज्नेहरुलाइ थाह छ। उस्लाई थाह् छ। मलाई थाह छ। उनीहरुलाई पनि थाह छ।

मेरो घर पर्खालले घेरेको थियो। त्यो पर्खाल अहिले केबल पर्दा बनेको छ। पारदर्शी बन्दो छ। हावाको सानो प्रबाहमा पनि चंचल हुन्छ।

"तिमी फेरी निदायौ कि के हो?" उस्ले सोध्यो।

"न हजुरको अंगालोको ओछ्यान , नै सर्सराउने स्पर्शको ओडने, अनि  हजुरको छातीको सिराने पनि छैन, नत्र निदाउँथे पनि होला" मैले मुस्कुराउँदै भनें। उस्ले पनि त्यो मुस्कुराहट सुनेको हुनुपर्छ, छटपटीदै होला भन्यो "तीज अनन्त सम्म जिउँदो राख्ने बर्त हो क्यारे अहिले नै भुतुक्क पार्न नखोज न।"

सँग एक छिन जिस्किए पछि मैले फोन राखें।

यो बिहे भन्ने चिज पनि अचम्मैको रहेछ। सम्हालेर मैले राखेको बिहेका दुईटा निम्ता पत्रहरु झिकें। दुईटै उस्तै छन, भाका उही, कुरा उही तर मर्म फरक। पहिलो निम्ताको मर्म थियो, "हाम्रा चिरन्जीबी सुपुत्र शोभितको--- कि आयुष्मती सुपुत्री प्रियंका संग हुने शुभबिबाह ---" अनि अर्कोमा थियो "हाम्री आयुष्मती सुपुत्री अर्चनाको -- का चिरन्जीबी सुपुत्र बिकासका साथ हुने शुभबिबाह---" मैले दुईटै निम्ताहरुलाई पटक पटक पढें अनि फेरी फिर्ता राखें।

बिहे? मैले आफैले आफैलाई सोधें, यो बिहे भनेको के हो? समर्पण हो? बन्धन हो? बेपार हो? के हो बिहे? बिहे के पुरेतले अथवा अदालतले गराएर हुन्छ? कि मनले गराउने हो? हिंजो बिहे गराउने मन आज बेपत्ता भयो भने उस्ले गराएको बिहे के हुन्छ? एक पछी अर्को प्रस्नहरु समुद्रमा लहर झै उठन थाले। जबाफ दिने तिर लाग्नु साटो दराजबाट राता सारीहरु, गरगहनाहरु झिक्न थालें। मेरो सौन्दर्य यसै पनि आगो थ्यो, त्यो मैले बुझेकी थिएँ। धेरै बर्ष भैसकेको थ्यो त्यो बुझेकी। ऐना अघि उभिएर जाँचीरहें एक छिन कुन चै पहिरनले सबै भन्दा धेरै आँधी चलाउन सक्छ होला भन्दै। आगो आँधी मै सँग भए पछी बिचरा उम्कियोस पनि कसरी?

यसो घडी हेरेको, १० बज्न आँटीसकेछ। तीजको दिन भोक मार्नै पर्ने हो। सोचें, अनि मुस्कुराएँ। एक कप मीठो चिया बनाएँ, अनि चुस्की लिंदै झ्यालमा उभिएर बाहीर हेर्न थालें। त्यो बाहीर मेरो पनि हो, अरुहरुको पनि। अरुहरु बाहीर जान्छन, बाहीरले आफुलाई चिनोस भन्ने ठान्छन तर पनि आफै भने बाहीर हुन खोज्दैनन। कतै कतै भित्र जाने रहर हुन्छ उनीहरुको। त्यो भित्र कहिले आफ्नै घर हुन्छ, कहिले अरुको। मलाई पनि पहिला बाहीर जाने रहर थ्यो, बाहीरले चिनोस भन्ने थ्यो। अचेल तर प्रायस: भित्रै हुन्छु। तर यो भित्र पनि कसैको बाहीर हो। त्यो मैले बुझेकी छु। यो बाहीर मैले चिनेको बाहीर होईन। मैले चिनेको बाहीर अर्कै थियो। हुन यो भित्र पनि मैले चिनेको भित्र होईन। तर अचेल यही नौलो बाहीर सँग परीचित हुँदै छु। अलग भित्र सँग परीचय गर्दै छु। 

झ्यालबाट निकै बेर मैले भित्रबाट त्यो बाहीरलाई नियाले रहें। मनमा उथलपुथलका ज्वारभाटा उठन थाले पछी भनें हटें त्यहाँ बाट।

दिउँसोको खाना खान आउने हो कि होईन होला? अघि सोध्नै बिर्सिएछु। फोन गरें। "हजुर भुजा खान कति बेला आईपुग्ने? ठिक्क त्यै बेलालाई

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-24-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

.... उ दिउँसोको खाना खान आउने हो कि होईन होला? अघि सोध्नै बिर्सिएछु। फोन गरें। "हजुर भुजा खान कति बेला आईपुग्ने? ठिक्क त्यै बेलालाई तयार गर्छु" मैले उस्लाई मन पर्ने लयमा सोधें। उस्ले "भैगो बर्तको दिन तिमी दु: नगर, बाहीरै खान्छु। हाकिमले अघि सँगै खान खान जाम भन्थ्यो मैले हुन्छ भन्दिएँ" उस्ले भन्यो। अनि थप्यो "तिमी फलफुल चैं खाउ है -- " मैले स्वरलाई मसिनो गरेर भनें "मलाई पानी पनि खान मन छैन" उस्ले भन्यो "त्यसो गर्नु हुन्न --" अनि सम्झाउन थाल्यो। पनि बल्ल बल्ल मानें। उस्ले त्यही बुझ्यो। मैले बुझाएकै त्यही थिएँ।

एक दुई दिन अघि उस्ले तीजको बर्तको बारेमा मलाई सोधेको थियो "तिमी बर्त लिन्छेउ?" मैले "लिन्छु" भनें। दंग पर्यो। मैले सोचेकी पनि त्यही थिएँ, त्यसैले नै लिन्छु भनेकी थिएँ। "कस्को लागि नी?" उस्ले आँखामा चमक अनुहारमा रौनक ल्याएर सोधेको थियो। मैले आफ्नो स्वरलाई मादकताको लचकमा झुकाउँदै "मेरो हजुरको लागि" भनेकी थिएँ। उस्ले मलाई अंगालोमा लिएको थ्यो।

खाना खान नआउने भए पछी भन्दै तयार भएर बाहीर निस्कीएँ। सार्है भोक लागेको जस्तो भयो। :: खान मन लाग्यो। अलि परको पसलमा गएर :: किनें अनि घर ल्याएर खाएँ। एकदम मीठो लाग्यो। खाई सकेपछी आफैलाई भनें "एक छाक तीजको बर्त लिएँ, अब अर्को एक छाक बाँकी " एक्लै हाँस उठ्यो।

चिया फलफुल उसैले पनि खानु भनेकै थियो, त्यो पनि खाएँ दिउँसो।

अनि अब साँझको लागि तयार हुनु थ्यो। कुनै पनि बेला आईपुग्न सक्थ्यो। रातो सारी, अनि रातै अरु पहीरन अनि गरगहनामा सजिएँ। अब आउनु भन्नु थ्यो, स्वर्गलाई उस्ले बिर्सिनु थ्यो। मलाई भने यही दुनियाँले छोड्ने थिएन।

आईपुग्यो, उसैको स्वागतको लागि नै थिएँ। मलाई एक छिन हेरेको हेरेई भयो। हुन जे उस्ले देखेको थियो सबै उसैका थिए तै पनि सबै नौलो हुन कि झै गरी हेर्यो केही छिन। दंग पर्यो।

 

अनि उही मायाको बयान, कहिले शब्दले, कहिले भाबले अनि कहिले शब्द भावलाई कार्यान्वयन गराउँदै। उही आलिङ्गन, उही चुम्बन, उही अर्पण, उही समर्पण, उही क्रम अनि उही प्रकिया। मायाको क्रममा तीज ओझेलमा पर्यो तर त्यै तीजको श्रींगारले भड्काएको आगोको ज्वाला भने अरु दिन भन्दा अलि धेरै नै हौसीएको थियो।

 

उस्ले अघि बन्द गरेको फोन अन गर्यो। ओछ्यानमै थिएँ। उस्को फोनको घण्टी बज्यो। उस्ले उठाएन। मायाका कुराहरु गरीरह्यो मलाई अंगालोमा लिएर। मैले सुनीरहें। मैले गर्ने नै त्यही हो। फेरी फोन आयो, उस्ले कुरा गरेन तर उठेर आफ्ना लुगा लगायो। उस्को फोने मैले टीपेर हेरें। भर्खरै फोन जस्ले गरेको होला जस्तो लागेको थ्यो उसैले गरेकी रहीछ। "बिचरी प्रियंका" मैले मनमनै भनें। उस्ले फिस्स हाँसेर तिर हेर्दै भन्यो "के गर्ने अर्चनाघर पनि जानै पर्यो --"

 

परदेशमा बिचरा बिकाश नत्र प्रियंका सँग कुरा मिल्थ्यो होला उस्को। शोभित जाँदै गरेको हेर्दै मैले सोचें।

***********

Last edited: 29-Dec-08 01:27 PM

 
Posted on 12-24-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i m loving this story n that ma charector..............DEEP PRAVO U ROCK!!!!!!!!!!!111

 
Posted on 12-24-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kahani mei twist po raicha.......दामी छ starting

no samapta no kramash....????? aru cha? cha bhane post garau chito chito

Last edited: 24-Dec-08 11:07 AM

 
Posted on 12-24-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina ho ma confused bhayeko ki katha nai adultery ko barema ho? it says Archana married Bikash and Prianka married Shovit. Shovit pays a visit to Archana, and they shares some moments whereas Archana's husband Bikash is in abroad. then Prianka calls and Shovit leaves for home? again Archana wishes Bikash would have talked to Prianka if he was not in abroad? ani biha ke ho, samarpan? business? from the eyes of a cheater wife (bhokai basna sakdina bhane bhaihalyo ni, kina showy or fake samarpan dekhauna paryo tea, momo, etc khane luki luki ani brat pani baschhu bhanera?)? khai ke khai ke, ma nai lost bhaye, twist nai ho ta? hoina ahile TONDL (Test of Nepali as a Domestic Language) test dine ho bhane ma ta Reading section ma fail nai hunchhu ki kya ho?
 
Posted on 12-25-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ctal le vane jhain lagyo malai pani... khai ke khai ke.. Deep bro ko first story hola 'Ma' female character (maile ahile samma padhna vyayeko madhyama).

La la deep bro... jaos jaossss.. sakkiyo ki banki chha ajhai?

 
Posted on 12-25-08 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u r the man. what a wonderful story.

 


 
Posted on 12-29-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब आग्लो लाईदीएँ मैले। क्रमश: र समाप्त बिचको जुन ढोका थ्यो, मैले आग्लो त्यही ढोकामा लाईदीएँ।
 
Posted on 12-30-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo,

m loving this story n that ma charector..............

उता सुधा र संगीताले पनि त्यसै भन्थे...प्रभोलाई त्यस्ता "म" चरीत्र सार्है मन पर्छ रे भनेर।

..............DEEP PRAVO U ROCK!!!!!!!!!!!111
त्यो हिलेको तोङ्बा नभेट्या धेरै भो। त्यो भेटन पा त यो जाडोमा साँच्चीनै रक गर्न हुन्थ्यो।

*~Spring~* ,

"no samapta no kramash....????? aru cha?"

अरु त किन हुँदैन थ्यो होला र? तर मैले देख्ने ढोकामा आग्लो लागेको छ अहिले।

ctal,

oina ho ma confused bhayeko ki katha nai adultery ko barema ho?

कहाँ कन्फ्युज हुनु? किल्यर भएको देख्छु प्रभो  त।

"..bhokai basna sakdina bhane bhaihalyo ni, kina showy or fake samarpan dekhauna paryo tea, momo, etc khane luki luki ani brat pani baschhu bhanera?"

उस्ले त्यही त भनी नी -- शब्दहरुलाई भाबको ओढ्ने ओढाई फरक त्यति हो। "म" को भोक त देखियो तर एकै छाकमा दुई तिर भोजन बजाउने शोभितको रुची पनि देखियो।

बिहे साँच्चै के हो त? यो प्रश्न जटील छ। यो बिहेको सम्बन्धमा बाँधिनेहरुको परीभाषा एउटै भए सम्म त समस्या नआउला तर एउटाको परीभाषा अर्को सँग बाझ्न थाल्यो भने के हुन्छ? पर्खाल अनि पर्दा हुन्छ होला सायद।

rajug ,

".. Deep bro ko first story hola 'Ma' female character (maile ahile samma padhna vyayeko madhyama)"

मैले अरु प्रस्तुतीहरुमा (जस्तो कि "चुकुल")पनि स्त्री पात्रबाट परीस्थीती बयान गरेको छु, प्रभो।

कथाले पात्रहरु बनाउँदै जान्छ। एउटा वा केही पात्रले बिश्राम गर्दैमा कथा सधैं कहाँ सकिन्छ र? कहिले एउटा कथा सकिन्छ, पात्रहरुले अरु कथा लेख्छन। कहिले कथाले पात्रहरु फेर्छ। क्रम त चलि नै रहन्छ। त्यो क्रमले कस कसको कतिन्जेल ध्यान तान्न सक्छ, त्यो क्रममा परेका घटनाहरुको आयु त्यसमै निर्भर गर्छ जस्तो लाग्छ मलाई।

ek@l ,

"u r the man. "

यस आई एम। अन्यथा भनेको भए चै मर्का पर्थ्यो है प्रभो।

"what a wonderful story."

धन्यबाद।

हाम्लाई त के छ र? खुकुरीको चोट अचनालाई थाह हुन्छ भन्छन। यता दुईटा खुकुरी देखीए, दुईटा अचना। हामी त तमासे न परेम---

 

**************

सबैलाई शुभकामना। सबैलाई धन्यबाद।

 

 


 
Posted on 12-30-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न यो कथा ३ चोटि पढ्दा पनि केही बुझिएन
हैन कस्को बुढी को हो कस्को बुढा बिदेश गएको हो , को चाँही भोकै बस्न सकेन अनी कल्ले डबल खाना खायो प्रभो ? अझ एक्पटक प्रस्ट होस्
अनी नयाँ बर्ष मा दिप प्रभो लाई खाना खाने निम्तो आओस शुभकामना !!
 
Posted on 12-30-08 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The veterans at Sajha still rock. You guys are the reason to come back, albeit rarely now a days.

Very smart and poignant tale. Bravo. Thought 'bout tweaking the title?

DWI.


 
Posted on 12-31-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

घुम्तीमै आईपुगेको २००९ ले साथीहरुलाई ती सबै कोशेलीहरु लिएर आएको होस, जुन कोशेलीहरु रहर बनेर साथीहरुको मनमा बसेका छन।

मायालुका अधरले झै २००९ ले चुम्बन गरोस साथीहरुलाई।

 

नझुकाउ ती हेराईहरु, ओरालेर परेलीहरु
छर्केर संजीवनी, नचलाउ अरु हतियारहरु


 
Posted on 12-31-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अरु त किन हुँदैन थ्यो होला र"

cha bhane rakhauna

Happy new year!!!


 
Posted on 12-31-08 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aagi aarko post ma deep dai ko naam sajha user of the year 2008 ma dekhera kasto rahecha bhanera padheko, tapai ko yo lekh ta chai sanchai nai babal cha. padha kheri ni k bhairacha bhanera thyakka aagadi picture aune , daami lagyo ani shabda haru chai khatrai cha.... bujna chai ali ali garho bhayo tara ramailo lagyo

 
Posted on 01-05-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*~Spring~*,


"cha bhane rakhauna "


त्यै त राख्न त राख्नै पर्ने हो तर राख्नलाई झिक्नु पर्यो। अनि झिक्नलाई नसोधी झिके चोर भन्लान भन्ने पीर। सोध्नलाई बोलचाल हुनु पर्यो त्यो अहिले प्रश्नबाचक चौतारोमा बसीराछ रे भन्छन धुमधुमती।


arsenish,


"..tapai ko yo lekh ta chai sanchai nai babal cha..."


प्रभो, बबाल त बबालै हो तर त्यस्तो बबाल चै अन्तै भाको मात्रै राम्रो भन्दा हुन बिकाश र प्रियंका चै। अब शोभित र अर्चनाको त कुरा बुझिईहालियो।


 


*********


ल जिन्दगीको पिङ्ग मच्चाउँदै गरम। म पनि त्यसै गर्नु पर्यो भन्यो कहिले काम्रोले दुखाउँछ, कहिले लठारो बटारीन्छ।  बल्ल बल्ल मच्चायो, झटकारीएला भन्ने पिर बाँकि नै हुन्छ। के गर्ने? यस्तै रे छ। राम् राम राम् -- के के न होला भनेर चढेको पिङ अब पालो नआई ओर्लिन पनि नपाईने रे ---


 
Posted on 01-05-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat, DWI ...


आम्दै छु है।


 
Posted on 01-05-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति डरलाग्दो कथा?!



 


 
Posted on 01-06-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat,


"अनी नयाँ बर्ष मा दिप प्रभो लाई खाना खाने निम्तो आओस शुभकामना !!"


शुभकामना चै त गतिलो भेट्टाको हो मैले प्रभो, तर अब निम्तो पो कहिले आउने हो ---


DWI ,


शिर्षक त बटारेकै हो प्रभो, तर के अर्कै तिर बटारें त मैले? ल हेर ---


धेरै पछी दर्शन पाइयो प्रभो को यो आँगनमा। जालीडालेभकुण्डो (बास्केटबल)को बेला हुर्किनसक्या भएर हो कि त के हो?


लेखम न प्रभो बेला बेला पहिलेका जस्ता कथाहरु पनि।


miss_ me ,


"कति डरलाग्दो कथा?! "


नबिराउनु नडराउनु भन्थे के रे, डरलाग्यो अरे? भनेसी---राम राम राम्--- ल शुभकामना छ।


**********


फेरी एक पल्ट धन्यबाद सबैलाई।


 
Posted on 01-06-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दीप त पारीजात केटा भएर पुनर्जन्म ल्या जस्तो छ लौ। बेजोड छ कथा, जय होस् तिम्रो।


पढ्ने त सधै गरेकै हो, आज चै लेखी हालें ल। 


 
सान्नानी
Posted on 01-07-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

parijaat ko punarjanma re? hola hai sachchai....
 
Posted on 01-14-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


स्वोस्ती गरे प्रभो।
उ बेला देखी पढ्छु भन्दा भन्दै आज बल्ल पढ्ने मौका पाये
एस्पाली भिन्न परीकार बनाउनु भएछ प्रभो ले स्वाद त सधैं झै उही नै छ्,अलिक तिखो चै छ् दोहोर्याएर खाए है मैले त।
लौ प्रभो अरुपनी एस्तै तिखा परीकार चाख्न पाइएला कि छिट्टै?

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters