[Show all top banners]

Pandey Anil

More by Pandey Anil
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 विदेशमा मानिस नागरिकताले नभई भाषा र संस्कृतिले एकताबद्ध हुन्छ सो एकतालाई
[VIEWED 6296 TIMES]
SAVE! for ease of future access.
Posted on 10-04-08 3:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

  (Nepalese of Northern California) को छातीमा अंकित नेपाल

 विदेशमा मानिस नागरिकताले नभई भाषा र संस्कृतिले एकताबद्ध हुन्छ सो एकतालाई

(Nepalese of Northern California)ले अँगालेको छ ।                                                                                                           अनिल पाण्डे

 

आज विश्वका सबैजसो विकसित मुलुकहरुमा नेपालीहरु बसोबास गर्दछन् । प्राकृतिक स्रोत-साधनले समृद्ध रहेर पनि व्यवस्थापकीय गरिबीका कारण दरिद्र देखिएको नेपालमा लामो द्वन्द्व सुरु भएपछि विस्थापनको यात्रा थालिएको हो । पहिला मजदुरीका लागि नेपालीले मुलुक छोड्ने गर्थे । बि्रटिस गोर्खा भारतीय सेना र दक्षिण-पूर्वी एशियाका केही मुलुकमा सुरक्षाकर्मीका रुपमा नेपालीहरुको विदेश यात्रा हुने गर्दथ्यो । छिमेकी भारतमा भने नेपालीको ठूलो संख्या घरॆलु सुरक्षा र सरसफाइमा लागेको बढी देखिन्थ्यो । तर आज सो स्वरुप पूर्णतः परिवर्तन भैसकेको छ ।

आज नेपालीहरु मूलतः दुई प्रयोजनले देश छोडिरहेका छन् ।  सर्वाधिक परिमाणमा मजदुरीका लागि र केही विद्यार्थी भएर विकसित मुलुकहरुमा प्रवेश गरिरहेका छन् । जागिर खोज्न बाहिर गएका नेपालीको अनुपातमा शुद्ध विद्यार्थीको संख्या अत्यन्त न्यून छ । एक दशकभन्दा लामो अवधिसम्म मुलुक गृहयुद्धमा फसेका कारण युवाशक्तिका अगाडि दुई विकल्पमात्र बाँकी थिए । एक विकल्प मुलुकमै रहेर विद्रोही माओवादी वा सरकारी सुरक्षाकर्मीमा लाग्नु र कहिले जीवन समाप्त हुन्छ भनेर दिन गनेर बस्नु एक विकल्प थियो । जो यस विकल्पलाई बलिको बोकासँग दाँज्ने गदर्थे उनीहरु विभिन्न उपायको खोजी गर्दै विदेश पलायन भए । यसरी पलायन हुनेहरुको ज्यान त जोगियो तर मन नराम्ररी भाँचिन पुग्यो । 

  

यसरी नेपाली जागिर वा शिक्षाका लागि पलायन हुनेक्रम सुरु भएपछि राजनीतिक विवादको विषय बनेको गोर्खा भर्ती केन्द्रको सन्दर्भमा विराम लागेको छ । गोर्खा भर्ती केन्द्रलाई मुलुकको कलङ्क ठान्नेहरु अहिले अरब खाडी र दक्षिणपूर्वी एशियाली मुलुकहरुमा परिचयहीन काममा जीवन विताउन वाध्य भएको अवस्थ्i छ । गोर्खा भर्ती मुलुकका लागि आपत्तिजनक हुनसक्छ तर यसमा परिचय छ । जागिर खान गएको व्यक्ति सिपाही हवल्दार वा मेजर के भयो त्यसको अभिलेख हुन्छ पेन्सन पाइन्छ । तर विश्वका विकासशील अथवा विकसित अर्थतन्त्र भएका मुलुकमा पुगेका नेपालीमाथि जुनसुकै बेला कुनै पनि अभियोग लाग्न सक्छ र निर्दोष नेपालीहरु विक्षिप्त बन्छन् अकाल मृत्यु वरण गर्न पुग्छन् । त्यसैले गोर्खा भर्ती केन्द्रलाई अपमानको टीका ठान्नेहरु अहिले बल्ल कुरा बुझें भनेझैं मुखमा बुझो लगाएर बसेका छन् ।

यस समस्याको समाधान हो मुलुकभित्र रोजगारीको अवसर कामप्रतिको सम्मान र व्यवस्थापन । पेट्रोल र डिजेलका लागि व्यवस्थ्ाापन नभएका कारण काठमाडौंका शहरहरु अझै लामबद्ध सवारी साधनले ढाकिएको देखिन्छ । विकास निर्माणका हरेक कामको अवस्था दयानीय र भविष्य अन्धकारपूर्ण रहेका कारण समस्या जहींको त्यहीं देखिन्छन् । यस्तो समयमा विदेशमा रहेका नेपालीले आफ्नो पहिचानका लागि संस्था खडा गर्नु र संस्कृति परम्परा एकता र व्यावसायिकता प्रदर्शन गरेर भिन्न अस्तित्व सावित गर्नु अत्यन्त स्वागतयोग्य कदम हो । यो कदमको थालनी अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनप्रुा_िन्सस्को बे-एरिया क्षेत्रका नेपालीले देखाएका छन्  । आगामी बर्ष २००९ मा बृहत् सम्मेलन गर्ने तयारीका साथ काम थालिसकेका छन् । सम्पूर्ण प्रवासी नेपालीको संगठन अमेरिकी नेपाली संघ ब्ल्ब् मा सबै अटाएका छन् । २१ जनाको तदर्थ समिति बनाएर नेपाली जहाँ पुगे पनि एकता प्रदर्शन गर्न सिपालु हुन्छन् भन्ने तथ्य प्रमाणित गरिदिएका छन् । गएको २८ अगष्टमा गठित तदर्थ समितिमा रहेका २१ जना सदस्यहरुको अनुहार जुन गम्भीर तर उत्साहका साथ प्रकट भयो त्यसले अब नेपाली विश्वको कुनै कुनामा पुगेर पनि विलीन हुँदैन भन्ने तथ्य प्रमािणत भयो ।

ब्ल्ब् मा आज २१ त्ादर्थ सदस्य छन् । प्रारम्भमै यति ठूलो उपस्थिति जुटेको छ भने भोलि यो विशाल हुनसक्छ किनभने अनालाई विभिन्न संस्था र नागरिक समाजका तर्फबाट हार्दिक सहयोग प्रंाप्त छ । त्यसैले ब्ल्ब् को भबिष्य उज्वल छ । यसमा अन्य तमाम नेपालीका संगठनहरु समायोजन भएका कारण यसको भविष्य उज्वल देखिएको हो । यो पक्तिकार पनि त्यस संस्थाको तदर्थ समितिमा रहेका कारणले यसले ब्ल्ब् को तारिफ गरेको होइन । यसमा समानुपातिक समावेशी कायम गर्न सकियो भनेर पनि यो दङ्ग परेको होइन । यसमा अझैं थुप्रै कमजोरीहरु छन् तर आस्वस्त हुनसक्ने तत्व के हो भने अब प्रवासी नेपालीले जाति धर्म क्षेत्रका आधारमा आफूलाई विभिन्न नारामा अल्झाएर फुट सिर्जना गर्ने काममा परिवर्तन आएको छ । पार्टीगत राजनीतिले पनि नेपाली समुदायलाई चरचरी चिरेको छ । यसो हुँदाहुदै पनि धर्म संस्कृति जात परम्परा आदिलाई कायम राख्न र नेपाललाई सुपरिचित बनाउन ब्ल्ब् सदा सकि्रय रहनेछ ।

 ब्ल्ब् अहिले सन् २००९ को सुन्दर सपना देखिरहेको छ । राजनीतिक आस्थाका कारण उत्तर र दक्षिणी धु्रवमा बाँडिएका समूहहरु समेत मुलुकभित्रको अवस्था देखेर चिन्तित बन्नु र एउटै ठाउँमा उभिनु उज्वल भविष्यको सुन्दर संकेत हो । केही दिन अघिमात्र क्यालिफोर्निया आएका भारतीय नेपाली प्रशान्त तामाङप्रति झण्डै ९ सयको विशाल उपस्थिति देखिनु नेपाली संस्कृति परम्परा भाषा र भेषप्रतिको सम्मान मात्र हो । आज अमेरिकामै रहेका कति नेपालीले नेपालको नागरिकता त्यागेर यहाँको नागरिकता स्वीकार गरिसकेका छन् । कतिले कुरा नबुझेर ुदेशप्रतिको घातु पनि भन्ने गरेका छन् । तर यथार्थ के हो भने जसरी भारतीय प्रशान्त पुस्तौंदेखि नेपाली थिए र भविष्यपर्यन्त नेपाली नै रहनेछन् त्यसरी नै अमेरिकामा रहेका अमेरिकी नेपाली पनि नेपाली नै रहनेछन् । त्यसको अर्को प्रमाण के पनि हो भने नेपालमा शरणार्थी रही अमेरिका आएका भूटानी शरणार्थी पनि नेपाली समुदायमै छन् । विदेशमा मानिस नागरिकताले नभई भाषा र संस्कृतिले एकताबद्ध हुन्छ सो एकतालाई नै अनाले अँगालेको छ ।

यो एकतालाई अझ मजबुत बनाउन अनालाई सफल पार्नु हामी सबैको कर्तव्य हुन आउँछ । नेपालका साना-ठूला घाउहरुमा ब्ल्ब् को छाती चर्कनेछ र नेपालको सानो सफलतामा पनि यसको छाती गर्वले फुल्नेछ । त्यसैले यसलाई सफल बनाउनु जहाँसुकै रहेका नेपालीको पनि कर्तव्य हुन आउँछ ।

www.themotherlandnepal.org

anilmelvin@hotmail.com

 

 

 

 

 

 

 

 

 

प्रवासी प्रतिभाको प्रयोग अनिल पाण्डे

                                                              प्रवासी प्रतिभाको प्रयोग
अनिल पाण्डे
मैले मुलुकबाट के पाएँ होइन मबाट मुलुकले के पायो भनेर सोचु यो भनाइ यस लेखकको होइन । तर जब म मुलुकलाई सम्झन्छु लामो समयदेखि अमेरिकामा बस्दै आएको सम्झना हुन्छ र मुलुकलाई मैले जे-जति योगदान दिनुपर्ने हो र दिनसक्ने सम्भावना थियो त्यो गर्न सकिनँ कि भनेर गम्भीर बन्न मन लाग्छ । राजनीति कला मनाराजनका क्षेत्रबाट सामाजिक सेवा गर्ने सम्भाबना थियो त्यो काम प्रवासी बनेका कारण पूरा हुन नसकेकोको त होइन म आफैलाई प्रश्न गरिरहेको हुन्छु । त्यसैले मुलुकको सेवाका लागि यहाँबाट गर्नसक्ने कुनै काम गर्न पाउँदा मलाई अत्यन्त प्रसन्नताको अनुभूति हुन्छ ।
प्रवासतिर लाग्नेहरुबीच एक समानता छ । मुलुक छोडेर बाहिर जाने कुनै पनि नेपाली बेकम्मा छैन । कुनै न कुनै प्रकारको प्रतिभा बोकेर नै ऊ बाहिरिएको हुन्छ । एक दशक लामो द्वन्द्वका समयमा त कुनै पनि उपायले देश छोड्ने र ज्यान जोगाउने लहर नै चल्यो । हिजोका विद्रोही माओवादीहरु सत्तामा पुगेर संस्थापन पक्ष बनिसकेको अवस्थामा ज्यानको जोखिम टरेको छ तर प्रतिभा पलायनको लहर रोकिएको छैन । डा। बाबुराम भट्टराईको नयाँ बजेटले पनि प्रवासी प्रतिभाको प्रयोग गर्ने मानसिकता देखाउन सकेन । उनले पछिल्लो पटक बिबिसी नेपाली सेवासँग कुराकानी गर्दै पूर्व-पश्चिम रेलमार्ग काठमाडौं-हेटौंडा जोड्ने सुरङ मार्गजस्ता विकासका सयौं परियोजना सुरु हुने र विदेश गएका प्रतिभा स्वतः आकर्षित हुने दावी गरेका छन् तर उनले भनेझैं प्रतिभाहरु फर्किहाल्न भने सहज देिखंदैन । मुलुकमा केही हदसम्म भौतिक शान्ति छाएपनि मानसिक शान्तिको आगमन भएको छैन । नयाँ नेपालको परिकल्पना साकार पार्न चाहिने एकतापूर्ण उर्जा जुट्न सकिरहेको छैन । शान्तिले दीर्घकालिक स्वरुप प्रकट गर्न पाएको देिखंदैन ।
त्यसो त हाम्रो गाउँ राम्रो गाउँ नयाँ नेपाल स्वस्थ नेपाल अक्षर चिनौं सभ्य बनौंआदि अभियानका साथ आएको पैसठ्ठी-सैसठ्ठी सालको बजेटले शान्तिलाई बेवास्ता गरेको छैन । द्वन्द्वपीडित सहिद परिवारलाई छुट्याइएको बजेटका हरफहरुले शान्तिकै कामना गरिरहेको देखिन्छ । शिक्षामा ३८ अर्ब र स्वास्थ्यमा १५ अर्बको विनियोजनले पनि शान्तिलाई नै सघाउन सक्छ । २३६ अर्व रुपियाँको बजेटले पलायन भएका प्रतिभालाई आकर्षक विकल्प दिन र पूँजी विस्तार गर्न जसरी व्यापक दृष्टिकोण राख्नुपर्ने थियो त्यो हुन सकेको छैन । यस दिशामा ध्यान दिइएको भए ुउद्देश्य के लिनु उडी छुनु चन्द्र एकु को मानसिकता बोकेको बजेटले चन्द्रमाभन्दा निकै नजिकका नेपालीलाई बिस्रने थिएन । उनीहरुसँग प्रतिभा र पूँजी दुवै छ उनीहरु महत्वाकांक्षी बजेटका पूरक शक्ति हुनसक्छन् भन्ने यथार्थ मनन गर्ने थियो ।
शरीरको कुनै अंगमा लागेको घाउ निको पार्न अबको युगमा घाउ नै पहिलाएर सिवाजलको धुलो छर्किनु पर्दैन सद्देजस्तो लाग्ने पाखुरामा सुई रोपे पनि हुन्छ । अझ यो विधि सरल पनि हुन्छ । मुलुकमा शान्ति कायम गर्नु आजको पहिलो आवश्यकता हो । तर शान्तिका लागि शान्ति होइन विकास र समृद्धिका लागि शान्ति कायम गर्न सकियो भने यो चिरस्थायी हुनसक्छ । विगत केही वर्षदेखि सरकार शान्ति तथा पुनर्निमार्ण मन्त्रालय नै गठन गरेर लागिपरेको छ । यो स्वागतयोग्य कार्य हो । तर यो घाउ पहिलाएर सिबाजल छर्किने प्रकृतिको कार्य भयो । घाउलाई चारैतिरबाट सुकाउँदै ल्याउने होभने आर्थिक सामाजिक राजनीतिक प्राविधिक हरेक पक्षबाट यसको उपचार हुनुपर्छ । यस्तै उपचार हुनुपर्ने पक्ष हो प्रवासमा छरिएर रहेको नेपालीको मन । शान्तिका लागि स्वदेश-विदेश भित्र-बाहिर भौतिक-मानसिक सबै पक्षमा एकसाथ प्रयास हुनुपर्छ । शान्ति अभियान एक्लो कुनै मन्त्रालय वा संस्थाबाट मात्र पूरा हुनसक्ने विषय होइन । यो सहकार्य र एकतापूर्ण अभियानका माध्यमले मात्र पूरा हुनसक्ने व्यापक प्रभावको पक्ष हो । त्यसैले सरकारका तर्फबाट यसको समायोजन र नेतृत्वका लागि संगठित संस्था खडा हुनु स्वागतको विषय हो ।
तर दुखका साथ भन्नुपर्छ शान्ति मन्त्रालयले शान्तिका लागि योगदान दिने संकेत देखाउन सकिरहेको छैन । माओवादी सरकारमा आएपछि यसक्षेत्रमा लहर आउने सपना पालेर बसेका जनतालाई केही सुखद् लक्षणहरु देखाइदिने समय गुजि्रन लागिसकेको छ । साँचो अर्थमा शान्ति मन्त्रालय जहाँ शान्तिको सबैभन्दा बढी आवश्यकता छ त्यहाँ पुग्न सकेकै छैन । यसले प्रवासमा रहेका नेपालीका मनदेखि मुलुकभित्रै रहेका दुर्गम गाउँ र वस्तीका घाउसम्म मलम लगाउन तत्पर हुनुपर्छ । स्थानीय स्तरसम्म शान्ति पुर् याउनका लागि शान्ति मन्त्रालयका तर्फबाट भएका गतिविधि के हुन् भनेर खोज्ने हो भने ३२ जिल्लामा गठन भएको शान्ति समिति मात्र देखापर्दछ । एक-दुई जिल्ला शान्ति समितिले एक-आध गतिविधि गरेतापनि प्रायः सबै बैठकसम्म साचालन नगरी बसेका छन् ।
सरकारले सफलता चाहने होभने महत्वाकांक्षी बजेट र नीति तथा कार्यक्रममा प्रवासी नेपालीको पाटोलाई थप गर्न ढिलाइ गर्नुहुन्न । यस समूहसँग सीप क्षमता ज्ञान र पूँजी सबै छ । कुनै अक्षम नेपालीले नेपाल छोडेर बाहिर गएको एउटा मात्र उदाहरण पाउन सकिन्न । किनभने क्षमताहीन कुनै पनि व्यक्ति मुलुक त के घर छोडेर बाहिर निस्कन पनि डराउँछ । प्रवासी नेपाली भनेको निडरहरुको जमात हो । करिव २५ लाखको परिमाणमा नेपाली आजको मितिमा प्रवासी बनेको अनुमान छ । यस आधारमा सरकारले हरेक कार्यक्रममा यो समूहलाई सम्बोधन गर्न छुटाउनु भनेको आफ्नै असफलता निम्त्याउनु मात्र हो ।
आज माओवादीको नेतृत्वमा गठन भएको सरकारसँग जनताले अवश्य नै ठूलो अपेक्षा गरेका पनि छन् । यो लेखक पनि वर्तमान सरकार सफल हुनैपर्छ भन्ने मान्यता राख्दछ । त्यसैले अभियानका रुपमा सरकाले प्रवासी नेपालीलाई परिचालन गर्ने कार्यक्रमको घोषणा गर्नुपर्छ । के कार्यक्रम हुनसक्छ कुन रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा बसेर छलफल चलाउन सकिन्छ ।

 समयमै चेतना होस् !

www.themotherlandnepal.org

anilmelvin@hotmail.com



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters