[Show all top banners]

MidSouthWesterner
Replies to this thread:

More by MidSouthWesterner
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आज एकदमै नरमाइलो लागिरहेको छ
[VIEWED 6310 TIMES]
SAVE! for ease of future access.
Posted on 03-14-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हाम्रो सम्बन्ध बिच्छेद भएको धेरै समय भईसक्यो, हामीबिच कुनै सम्पर्क पनि छैन। सम्बन्ध बिच्छेद मेरो चाहना थिएन, त्यसैले कुनै सम्पर्क नभएपनी बिहान उठ्ने बित्तिकै बिस्ताराबाट झर्नु अगाडि उस्लाई नसम्झेको र उस्को मुहार आँखा अगाडि नआएको कुनै दिन नै थिएन। सारा प्रयासका वावजुदपनि मैले उस्लाई कहिले बिर्सिन सकिन। मलाई थाहा थियो त्यो सम्भव छैन, तर पनि हरेक दिन कतै उस्को मन फर्किन्छ कि? केही आश्चर्य पो भइहाल्छ कि? भन्ने कल्पनामामात्र आफुले आफुलाई सान्त्वना दिदै २ वर्ष बित्यो। त्यो मेरो बालकपनमात्र थियो किनभने आश्चर्यता तबमात्र हुन्छ जब कल्पनानै नगरेको, सोच्दै नसोचेको कुरा अकस्मात हुन्छ। शायद म मुर्ख नै थिए, कल्पनामा कल्पित कुराहरुमा आश्चर्यता पर्खेर बस्ने, तर आफ्नो मुर्खताका वावजुदपनी म एउटा सुनौलो आशामा आफ्ना दिनहरु काटिरहेको थिए। उस्लाई सम्झिन पाउदा, कल्पिन पाउदा, यथार्थमा बाँच्न नसके पनि आफ्नो सपनाको संसारमा रमेको थिए। यथार्थ कुराहरुबाट प्रभावित खुशीका छणहरु मेरो जीवनमा विरलै थिए, तर आजबाट कल्पित छणहरुको खुशीले पनि मेरो साथ छोडिदिएको छ। आज बिहान कतै बाट थाहा पाए, उस्को बिहा भइसक्यो रे! हुन त उमेर को हिसाबले म न त बच्चा हुँ न त अध्बैसे नै, र मलाईपनि थाहा छ, समयले जतिसुकै ठुलो र जतिसुकै दुख्ने घाउमापनी मल्हम लगाउछ, जतिसुकै चोट परे पनी जीवन रोकिदैन, चलिरहन्छ भनेर। तर पनी, आज म आफुले आफुलाई सम्झाउन सकिरहेको छैन, आँफैले आँफैलाई बुझ्न सकिरहेको छैन। मेरो मुटु पोलिरहेको छ, छट्पटाइ रहेको छ। मेरो मनले उस्लाई बधाई पनि दिइरहेको छ, किनभने मलाई राम्रोसँग थाहा छ मेरो मनमा उस्को लागि अझै पनि माया बाँकी छ।  तर पनि मेरो मन भित्रभित्रै मैले कहिले पनि महसुश नगरेको एउटा अनौठो चित्कार निकाल्दै रोइरहेको छ। आज मलाई एक्दमै नरमाइलो लागिरहेको छ। हामी दुईबिचको सम्बन्ध बिच्छेदपछी २ वर्षसम्म मलाई उस्को बाहेक  कहिले कसैको साथ खड्केन। तर आज बिहानबाट मलाई पनि कसैको साथ खड्किरहेको अनुभुती भइरहेको छ। यथार्थमै, मलाई आज आँफैसँग र यो संसारसँग एकदमै नरमाइलो लगिरहेको छ। 
 
Posted on 03-14-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दु:ख लाग्यो midsouthwesterner यहाँ को परिस्थिती देखी
समयले जस्तो सुकै पनि घाऊ पुर्छ, गीताको सन्देश कैले काही ठिकै जस्तो पनि लाग्छ - 'तैले के लिएर आएको थीस जुन आज गुमाइस?'
जीवनमा सम्झौता नगरि बाँच्न पाउने भाग्यमानीहरु धेरै कम मात्र हुन्छन !


 

 
Posted on 03-14-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

midsouthwesterner jyu,

हजुरको यो कथा कती सत्य हो त मलाई थाहा छैन, तर पढेर दु:ख भने अवस्य लाग्यो। अध्यारो रातलाई बिदा नगरिकन उज्यालो दिन आउँदैन। यो केहि पल को अध्यारो सँग नडराउनुस्, फेरि भोलिको उज्यालो ओझेलमा पर्छ। समयनै सबै घाउहरुको औषधि हो, हजुरको यो  घाउको मल्हम पनि तेहि हो। यथार्थ र कल्पना एउटै हुने भए, कल्पनाको जरूरत नै किन पर्थ्यो र? जे यथार्थ हो त्यहि नै सहि हो, जे हुन्छ राम्रो कै लागि हुन्छ। तेहि आजको  दु:ख ले भोलि आउनेको खुशि को अभिबादन गर्छ। त्यो अभिबादन को तयारि मा लाग्नुस। दु:ख आफै हराउछ।


 
Posted on 03-14-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी दु:ख लाग्यो तपाईंको जिबन कथा सुनेर। जे भय पनि हरेश न् खानुस् अब आफ्नो लागि बाच्नुस् आफ्नो परिवार को लागि बाच्नुस्। सुख पछी दु:ख आय जस्ताइ दु:ख पछी सुख आउच।।।।।तपैलाई सफल जिबन को शुभकामना।।।।।।
 
Posted on 03-14-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


c'mmn man cheer up, forget the past, think about the future, live in present. if she is getting married

then you should also find one. you have got long life ahead man enjoy your life to the fullest as long as you are alive..

 

 
Posted on 03-14-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिका कुरा सत्य वा काल्पनिक जे भए पनि उज्यालो बिहानी को आशामा बाच्नु पर्छ हैन र ? दु:ख का कथा धेरै का हुन्छन केवल प्रस्तुती मात्र भिन्न हो । यदी साच्चै नै हो भने पनि धैर्य गरौ, सघर्श गरौ कि कसो ?
 
Posted on 03-14-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

midsouthwesterner,

Your naration is superb. Plz keep on writing.......

Best of luck,

Last edited: 14-Mar-08 05:10 PM

 
Posted on 03-14-08 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"The deeper that sorrow carves into your being, the more joy you can contain." --  Kahlil Gibran

dherey dukha lagyou tapai ko katah suneyra sathi -- tara ke garne life has its own ways of taking care of things -- keep sharing your thoughts, it'd help lessen your sorrow.  

 s*m*i*l*e*


 
Posted on 03-14-08 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Don't worry bro, it won't last for long. If you stick to the past then present might skip too. I know its easy to be said than done but this is what it is, life sucks sometimes but not always. Cheer up bro
 
Posted on 03-14-08 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Brush off those dark moments,
look always for the bright light.
If a shadow of murkiness comes,
stand up daringly and fight.

In the life’s evening, followed by the night,
thoughts of cheerful memoir give you the delight.
Remember! even in the dark of the darkest night,
the twinkling moon and stars are much more bright.

Where there is a will, there is a way;
and you just need to gear up.
Gloominess is like fleeting vapour;
now, it's time for you to cheer up. 


 
Posted on 03-14-08 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear Midsouthwesterner,

I don't know if there is any truth to your narration, but, I understand and feel every word of it. I have been there, felt the pain and even have gotten out of it.......trust me, the dark clouds will fade away.....don't let it shroud your existence anymore.....look beyond the horizon.........there is much more to life......You just have to reach for it.......


 
Posted on 03-15-08 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुप्रै साथीहरुले पढिदिनु भएको र केही साथीहरुले हौसला र प्रोत्साहन प्रदान गरिदिनु भएकोमा धेरै धेरै आभारी छु। शायद अझै दु:ख मै छु, तर पनि आजलाई भुलेर भोलीलाई हेर्ने प्रयासमा तपाईंहरुले दिनुभएको सुझाब, हौसला र प्रोत्साहनलाई पक्कै पनि यो दु:खबाट पूर्ण रुपमा नबाहिरिदा सम्म दिन्दिनै यही पोस्टमा फर्की फर्की हेर्ने र पढ्ने छु।
 
ritthe जी, पढेर गीता को मर्मस्पर्शी सन्देश एक पटक फेरी याद दिलाइदिनुभएकोमा धेरै धेरै धन्यवाद छ।

dipika02 जी, कथा सत प्रतिसत सत्य नै थियो। अध्यारो रातलाई बिदा गरेर नयाँ बिहानीको शुरुवात गर्ने तयारीको लागि तपाईंले लेखिदिनुभएको एक हरफ को लागि निकै आभारी छु।

unforgiventale जी, सफल जीवनको शुभकामनाको लागि तपाईंलाई धेरै धन्यवाद।

Harka Bahadur जीलाई पनि पढेर दुई शब्द लेखिदिनुभएकोमा धन्यवाद।

Parbatya जी, मेरो संघर्श, उज्यालो बिहानीको आशाको लागि अवश्य जारी रहने छ, यदी तपाईंहरुको साथ पाइरहे भने त निसन्देह।

crazy_love जी लाई पनि लेखने हौसला प्रदान गरिदिनुभएकोमा धन्यवाद।

pjna007, the quote you provided is really inspiring, I will remember it along with your name whenever sorrows hit my head.

kalejo, thanks for your suggestions.

Nepal_ko_chhora, the little poem you phrased to cheer me up made me proud. Thanks much.

s_brat, I am happy of the way you feel about it now. I know how painful it is and I can imagine how painful it might had been to you. I will also get over it somehow, sooner or later; hopefully sooner if I am inspired and encouraged by people like all of you.

Thanks all, once again.


 
Posted on 03-15-08 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Watch some porno dude

 
Posted on 03-15-08 2:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यार midsouthwesterner

कसैसँग केही नभन| कस्को मनमा के चलीरहेछ त्यो कसैलेपनी जान्न सक्दैन| मैले आफ्नो अनूभवले यही बुझेको छु की जून मान्छे प्रेम बाट मुक्त रहन्छ , ऊसैलेे प्रेम गर्न सक्छ..... 
तीमीसीत रहदा जून प्रेम बगेको थीयो त्यो प्रेम आज कोइ अर्कैसँग बगेको छ। उस्ले तिमीलाई मन पराउन सक्छ भने अरु कसैलाई कीन नाइ? सुन्दरता तीमी- हामीमा मात्र सीमीत त पक्कैपनी छैन! त्यसैले जहाँ जहाँ सुन्दरता छ ऊ ऊतै ऊतै जान्छ। यो सत्य मान्न बाट हामी टाढा रहन्छौ। Dude! प्रेम हाम्रो नीजी सम्पत्ती हो, कसै माथी नीर्भर नभैकन आँफैले जीवनको आनन्द लीने प्रयाश् गर |

I completely understand that you are pretty disheartened, तर मलाई थाहा छ जीवन यीनै बाट गुज्रेर झन इस्पश्ट and clearer हून्छ|

ऊद्देश्यलाई पाउनु छ गाह्रो यदी त्यस्लाई एउटा सुन्दर मोड दीएर छोड्दीनुनै ऊचीत हून्छ

regards : sp



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters