[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पातालकी प्रेयसी
[VIEWED 2818 TIMES]
SAVE! for ease of future access.
Posted on 01-06-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपन्यासमा अमेरिका

दर्ुर् इ चरणका छोटा बसाइमा स्वप्नभूमि अमेरकिाका बारेमा तयार पारएिको उपन्यास हो, पातालकी प्रेयसी । एक अमेरकिीले बुद्धको देशमा

पनि हिंसा र हत्या हु“दोरहेछ भन्ने कटुवचन लगाएपछि कथा लेख्न तम्सिएका लेखकले अन्ततः सिङ्गो उपन्यासै टक्र्याए, नेपाली साहित्यलाई । उपन्यासमा अमेरकिाको अपसंस्कृति, टपरटुइ“ये वैवाहिक जीवन र संवेदनाहीन समाजका विरुद्ध सशक्त प्रहार गरएिको छ । खुला यौनको पनि त्यति नै विरोध छ । र, उपन्यासभर िलेखक नेपालमै रहेकी पत्नीको प्रेममा समर्पित हु“दै अमेरकिी यौवनाको आलिङ्गनबाट आफूलाई अछूतो राख्न सफल भएका छन् ।

उपन्यासमा त्यहा“का हृदयहीन मनहरूको प्रस्तुति छ । तर, लेखकले नेपालको विषमता र विसङ्गतिको पनि छारो उडाएका छन्  । उनले यहा“को राजनीतिलाई सत्तोसराप गरेका त छन् नै, साथै सत्ता र शक्तिमा आउनेको गुनगान गर्ने युवा पुस्ताप्रति कटाक्ष गर्न पनि बा“की राखेका छैनन् । लेख्छन्, "गरबिीले हो या के हो, अधिकांश नेपाली द्वैध चरत्रिबाट ग्रस्त छन्, चाकडी प्रथामा चल्छन् ।" उनी पटकपटक नेपाललाई सम्झेर भावविह्वल हुन पुग्छन् । तर, यहा“को विकृतिलाई गाली गर्न पनि छाड्दैनन् ।

त्यसो त लेखक नेपालको वर्तमानबाट सीमातीत रूपमै मोहभङ्ग भएको अनुभव गर्न सकिन्छ । लेख्छन्, "... आई एम् दी नेपाली भनेर गर्व गर्नसक्ने ठाउ“ छैन । ... हामी सबैको मानसिकता खराबबाट खराबीतिर, बेइमानबाट बेइमानीतिर, लुच्चोबाट चुत्थ्याइ“तिर, फटाहाबाट फट्याइ“तिर र दरद्रिबाट दरद्रितातिर दौडिरहेको छ ।" यो उनको बुझाइ हो । लगत्तै उनी द्रविभूत हुन्छन् र भावनाहरूमा पोखिन्छन्, "राजनीतिज्ञ न त सबै विकृतिका दोषी हुन्, न त सबै असल कामका हकदार । यो देश सबै रँजनीतिज्ञले मात्र बिगारेका होइनन्, हामी पनि त दोषी छौ“ ।" यो उनको अर्को बुझाइ हो ।

उपन्यासभर िपोखिएको विषय प्रेम हो र त्यसका लागि उनले आफूलाई नै जोगाएका छन् । एउटी स्त्रीस“ग विवाह गरसिकेपछि अन्य स्त्रीहरूतिर चिहाउनु हु“दैन भन्ने मान्यता छ लेखकको  । प्रेममा छताछुल्ल हुन खोजे पनि उनी अर्धाङ्गिनीको सम्झना र आमाको अर्तीलाई सम्झेर ब“चेका छन् । यस्तै भावना र यथार्थको संवेगमा बग्दाबग्दै सकिन्छ, पातालकी प्रेयसी ।

समष्टिमा कृष्णराज खनालले नेपाल र अमेरकिाका बारेमा धेरै भनेका छन् । कति कुराहरू भनेकामा आनन्द लाग्छ तर कतिपय अव्यक्त नै रहेको भए हुन्थ्यो जस्तो लाग्छ । जेहोस्, एक बसाइमा उपन्यास पढ्न कुनै कठिनाइ पर्दैन ।


 
Posted on 01-06-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It seems very nice to me. I suggets guys here to buy this book and pay the price for his knowledge. We can arrange some way that we can buy it online ... If there is some way to buy I am ready to buy this book and also i urge this people who are interested to reply here. Many thanks to shirish or posting it and thanks to writer.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters