[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Moderated/Promotions Refresh page to view new replies
 दौंतरी
[VIEWED 6354 TIMES]
SAVE! for ease of future access.
Posted on 10-10-07 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्राय नेपाली ब्लग ब्यक्तिग बिचार कुर्रतापुर्बक लादिने हुदा साझाकै गन्थन बाट दौतारी ब्लगको जन्म भयो। यो सामुहीक ब्लग हो । यसमा क्रियासील भएर ब्लग लेख्न सकिन्छ अथवा पाहुना भएर फाट्ट फुट्ट लेख्न पनि सकिन्छ dautari@gmail.com बाट । अथवा ब्लगमा लेखिएका लेखमा आफ्नो गन्थन पनि पोख्न सक्नुहुन्छ । भर्खर तयार भएको तथा अन्य पेशामा सामेल मित्रहरुको सहभागितले ब्लगले तेती धेरै प्रारुप तयार पार्न भ्याएको छैन। तर यसमा सहयोगका बचन उत्तिनै आएका छन र यसलाइ अझ परिस्क्रित गर्दै लगिने छ। नाम नै दौतरी, यो ब्लगको लक्ष पनि सबै बिचारका ब्यक्तिला सहभागिता गराउदै प्रस्तुत हुनु हो। ल त है सबै दौतारी बनौ यसै ब्लगबाट ।

                                                   - http://www.dautari.org

आजका दौतारीहरु

बन्दको कानुन

By Prajwol

आजकाल अनलाइन नेपालको खबर पढ्न बस्यो कि, संधै कम से कम चार वटा जति हेडलाइन त बन्द, हड्ताल, अनसन,बिरोध, हत्या आदि बारे हुन्छ । अस्ति जस्तो मात्र लाग्छ राजा बिरेन्द्रले नेपाललाइ शान्ति क्षेत्र घोषणा गरेको ।
कसैलाइ केहि समस्या पर्यो अनि एक्लै सिंहदरवार अगाडि धर्ना दिन गयो भने कसैले वास्ता गर्दैनन्, तर सामुहिक रुपमा धर्ना दिए संबन्धित व्यक्तिहरु को ध्यनाकर्षण गर्न सकिन्छ । यहि कारणले होलान् नेपालमा त्यति धेरै पार्टी, संगठन, युनियन आदि बनेका, तर ति पार्टी, संगठन, युनियनहरु ले के आफ्ना सबै सद्स्यको (सामुहिक) हितका लागि काम गरेका छन त? मलाइ त त्यस्तो लग्दैन ।

माओबादीको घुर्की, हुत्तीहारा सात दल र निरिह जनता

ठरकी दादा

केहि समय अगि मात्रै प्राप्त यौटा समाचार अनुशार माओबादी नेता बादलले संसदको बिशेष अधिबेशन बाट संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उनीहरुका अन्य मागहरुमा सहमती नभए देश गम्भिर दुर्घटना तर्फ जाने चेतावनी दिएका छन ।

पत्रकारीताको भाषामा यसलाई "चेतावनी" भनिए पनि बास्तबमा यो हुत्तीहारा सात दललाई दीईएको ठाडो धम्कीपूर्ण आदेस र सम्प्रभुसत्ता सम्पन्न भनिएका नेपाली जनताको संबैधानिक अधिकार माथीको गम्भिर प्रहार हो ।

 
Last edited: 25-Oct-07 06:48 AM

 
Posted on 10-11-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

आजका दौतारीहरु http://www.dautari.org

 

‎एकलव्यबाट
माओवादी : नेपाली राजनीतिको ऐँजेरू

दायित्व केही लिनै नपर्ने , मन लाग्दो नारा लिएर सडकमा उत्र अनि पाए टायर नपाए सग्लै बस, गाडी, कार सबै आगोमा बालेर घण्टाकर्णको जात्रा मनाऊ , यही हो नेपाली लोकतन्त्र !
सडक ठप्प पार , कसैले इमर्जेन्सी पारेर यता उता हिँड्दो छ भने पक्रेर निर्घात कुट , साधनलाई पोलेर क्रान्ति सम्पन्न गर , लोकतन्त्रको जय भैहाल्यो !

मैले चाहे जस्तो हुने भए

Ajaya Dhakal

भाग १
कर्णाली विश्व विद्यालयको स्थापना
मेरो मास्टस्रको थेसिसको लागि अमेरिकी जल सेनाका एक उच्च ओहोदाका डाक्टरसंग काम गर्ने अवशर पाएको छु । म नेपालबाट आएको भन्ने थाहा पाएपछि उनले नेपालको बारेमा बेलाबखत सोधखोद गरिरहन्छन । सगरमाथाका बारेमा सोध्छन यतिका बारेमा सोध्छन राजा विरेन्द्रको हत्याकाण्ड आदि आदि । उनी जस्तै धेरै अमेरीकीलाइ नेपालको बारेमा धेरै चासो रहेको पाएको छु मैले । प्रायले सुरक्षा राम्रो भैदेको भए नेपाल जान मन भएको बताउँछन मलाइ मनमनै खुसि लाग्छ अनि अहिलेको देशको अवस्था देखेर दुख पनि लाग्छ ।

 
Last edited: 25-Oct-07 06:48 AM

 
Posted on 10-12-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-13-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थपे है चना ब्रो दौतारीको लिस्टमा ।

अबको क्रान्ती नैतिक क्रान्ती - ह्याप्पी डेज

साइबर - नेपालीयन

यो नया चमक धमक चाही ह्यप्पी  डेजको हो। धेरै सहयोगी  हात पाएर म छाही दंग छु।

तर दौतरी.ब्लग (अंग्रेजीमा चाही सान दाइले लेख्ने नमिल्ने गरेका रहेछन। बिग्यापन भयो रे ।

 

 
Last edited: 25-Oct-07 06:49 AM

 
Posted on 10-15-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Appreciable effort, keep up the good work guy's.

 
Posted on 10-15-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks PJ rules. We are trying keep up the good work. But it is not easy to keep up and very much difficult to get around.
 
Posted on 10-15-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिका नलाउं

आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

........बाकी दौतरीमा

संविधान सभाको निवाचन पछि पनि नेपाल छ ।

सवै जना संविधान सभा तर्फकुदी रहेको वेला तेस पछिको विषय उठाउन तार्किक हुन सक्छ वा सक्दैन त्यो त म भन्न सक्दिन तर के सविधान सभा नै नेपाल र नेपालीको अन्तिम लक्ष्य हो र - यस पछि नेपाल को स्थिती के हुने त्यो वारे वेलामै सोच्नु आवश्यक छैन र ? के नेपालमा संविधान सभाले सवै समस्या समाधान गर्न सक्छ ?

सविधानको वारेमा सवैलाई थाह छ । तर कानुन को विधार्थी को नाताले भन्नु पर्दा सविधानले सवै कुरा समेटन सक्छ भन्ने मलाइ लाग्दैन । संविधानको मुल मर्म यसको प्रस्थावनाले वताउने भएता पनि केही नितिगत विषय वस्तु भन्दा अरु सविधान सभाको उदेश्य हुन सक्दैन । मौलिक अधिकार राज्यका सम्रचना को स्वरुप निति र संविधानको वाधा अडचन फुकाउने केही विषय वस्तुमा वाहेक अरुलाई प्रस्तावित संविधानले समेटने अवस्य छैन ।

........बाकी दौतरीमा


 
Posted on 10-15-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalean,

I tried to logg in from home but I was unable to do so. I will try from office tomorrow. Mero article ko baaki part raakhnu chha.

 


 
Posted on 10-16-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त लेख्नै छोडेको हो कि क्यहो चना तरकारी , राहुलभाइ, लगाएतको  दौतरीहरुले
 
 
Posted on 10-16-07 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्त सुस्त आउदै छ जस्तो छ ह्याप्पि डेज। राहुल दाइको अर्को आर्टीकल पढ्न पाइयो, थाहा नपाएको कुरा थाहा पाइयो। ह्याप्पि डेजको नेपालको चर्चा पनि गहकिलो छ।

हिजो सान दाइ ले इमेल गरेका थिए, साझामा अलिकती टास्ने अनि लिंक दिएर दौतारीमा टास्नु हुदैन, त्यो बिग्यापन हो, तर पुरै लेख टासेर लिंक दिदा हुन्छ रे।


 
Posted on 10-22-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकनाइज दशैं।

दशै आयो Maple फुल्यो

Enjoy गरौला।
Credit काहां पाउंला ?
Shop lift गरौंला ।
Shop lift भन्दा त बरु separate बसौंला ।


 
Posted on 10-24-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटोलाइ के भएछ ?


 
Posted on 10-24-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको डीलबाट मेरा आफन्त दौतरिहरुलाई नमस्कार !!! यो सानो रचनासहित

तिम्रो आशुको झरिले रुझयो मलाइ भने, सम्झनाको छत्रि ओढुला
मयाको खडेरि लागे जीवनमा, पिरतिको सुख्खा खेति  आफै गोडुला,
सोचेको कतै, जान्छ मायाको रथ अन्तै भने, तिमिले भनेकैतिर मोडुला
सकिन थाम्न तेहि रथको ब्रेक भने, मरियेला बरु तर म के छोडुला ???


 
Posted on 10-25-07 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्पादककर्ताहरु बिज्ञापन मन पराउन भनेर अनेक कुरा गर्छन । रमाइलो, हासौ उठ्दो,केटा केटीलाइ देखाएर आदी आदी। अझै इन्टेरनेटका बेव पेजमा भने यस्ता रमाइला याड राखिएका हुन्छन कि, रि-प्ले बटन पनि हुन्छ मान्छेहरुले दोर्हाइ तेर्हाइ हेरुन भनेर। तर कुनै बेव पेज भने बिज्ञापन गर्ने धुनमा सस्तो मेकअपले खुइलेकी केटी जस्तै कुरूप नै भइसकेका हुन्छन। प्रसंग अर्के छ ह्या। यो तलको बिज्ञापन हेर्नुहोस न,क्या बाठो मुसो।सांचोमा राखेको चिज चोर्न हेलमेट लगाएर आएको छ। सांच्चै यस्तो हुने हो भने के हबिगत हुन्थ्यो मानिसहरुको ? सामान बलियो बनाउनु पर्छ भनेर एउटा इन्जिनियरीगं सफ्टव्यार कम्पनिले राखेको बिज्ञापन हो यो।

Last edited: 25-Oct-07 06:50 AM

 
Posted on 11-02-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दौतरी अन्तरजालोमा आएको तिन हप्ता जती भयो । मान्छे भएको भए च्यां च्यां मात्र गर्थै होलान, दौतारी त बोलेर दौडने पनि भइसक्यो। दौडदा जालोमा जेलिएर हैरान। यो सप्ताहअन्त (शुक्रबार सांझबाट)जालो सफा गर्ने काम हुदैछ। फोहोर सफा गर्दा आंखा, टाउको मा धुलो पर्ने भएको ले १-२ दिन दौतारीको ढोका लगाएर सफा, सुघ्घर, रंग, रोगन हुदैछ। त्यतीन्जेल देउसी खेल्दै बस्नुहोला।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters