[Show all top banners]

sprakashp
Replies to this thread:

More by sprakashp
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sprakashp
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बोष्टन ब्यस्त !
[VIEWED 5221 TIMES]
SAVE! for ease of future access.
Posted on 04-09-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकामा नेपाली नयाँ वर्ष मनाउन अनेसास र ग्रेटर बोष्टन ब्यस्त

शिव प्रकाश
अप्रिल, १० बोष्टन, अमेरिका

ग्रेटर बोष्टन नेपाली समाज बैशाख सन्ध्या - २०६४ सफल बनाउनका ब्यस्त छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासेच्युशेस च्याप्टर, बोष्टन साहित्य गोष्ठी तथा कृति विमोचन कार्यक्रमका लागि लागिपरेको छ ।

नेपाली राष्ट्रिय नयाँ वर्ष, २०६४ का अवसरमा यी दुबै नेपाली सामूदायिक संस्थाहरुले छुट्टा-छुट्टै कार्यक्रमको आयोजना गरेर नेपाली नयाँ वर्ष मनाउने भएका छन् । तर दुबै संस्थाकाबीचमा पारस्परिक सम्बन्ध र सहयोग भने रहेको छ ।

अप्रील १६, सोमबार हुने वैशाख सन्ध्या कार्यक्रमलाई यसपटक समाजले केही भिन्न रुपले आयोजना गरी अझ प्रभावकारी बनाउने भएको छ । कार्यक्रम अवलोकनका लागि पारिवारिक सदस्यहरु र विद्यार्थीहरुलाई प्रवेश शुल्कमा विषेश छुट दिने व्यवस्था पनि गरेको छ । जस अनुरुप परिवारको पहिलो सदस्यलाई पच्चीस र क्रमशः दोस्रो तेस्रो आदिलाईर् पन्ध्र डलर मात्र प्रवेश शुल्क लिइने भएको छ भने विद्यार्थीलाई मात्र अठार डलर लिने व्यवस्था समाजले मिलाएको छ ।

उक्त वैशाख सन्ध्या, २०६४ समारोहका अवसरमा समाजले यसपटक जीवीएन्सी एजुकेशन फाउण्डेशन लगायत विभिन्न नयाँ कार्यक्रम तथा योजनाहरुको घोषण पनि गर्ने भएको छ । कार्यक्रमा विभिन्न नेपाली गीत/संगीत, नृत्य लगायत अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि समावेश गरिएको कुरा कार्यक्रमसँग सम्वद्ध एक सदस्यले जानकारी दिएका छन् । कार्यक्रम स्थलमा विभिन्न नेपाली खानाका परिकार सहितको रात्रीभोजको पनि व्यवस्था गरिएने भएको छ ।

वैशाख सन्ध्याको अर्को आकर्षण समाजद्वारा पहिलोपटक प्रकाशित शुभकामना स्मारिका-२०६४ को विमोचन पनि रहेको छ । कार्यक्रममा सहभागी भइ कार्यक्रमलाई भव्यतका साथ सफल परिदिन यस न्यू इङ्ल्याण्ड क्षेत्रका नेपाली समूदायलाई ग्रेटर बोष्टन नेपाली समाजले हार्दिक अपील पनि गरेको छ ।

यसरी नै नेपाली साहित्य समाज, म्यासेच्युशेस च्याप्टर, बोष्टनले नेपाली नयाँ वर्ष, २०६४ को आगमनको दिन अप्रील १४ मा नेपाली साहित्य गोष्ठी तथा कृति विमोचन कार्यक्रम गर्ने भएको छ । वरिष्ठ साहित्यकार प्रा.डा. तारानाथ शर्माको प्रमुख आतिथ्यमा आयोजना हुने सो कार्यक्रममा च्याप्टरकी अध्यक्ष कवियत्री भारती गौतमद्वारा लिखित कविता संग्रह 'आकशमाथिको शहर' विमोचन गरिने भएको छ ।

 
Posted on 04-09-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(साभार-फ्री नेपल डट कम)

 
Posted on 04-25-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Congratulation Shiva jee.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
cannot accept Visa candidates
whats wrong living with your parents ?
Nims- एक उन्मत्त साँढे
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters