[Show all top banners]

dd_sh
Replies to this thread:

More by dd_sh
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 'कमरेड' प्रचण्डलाई खुलापत्र
[VIEWED 8676 TIMES]
SAVE! for ease of future access.
Posted on 12-12-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युवराज गौतम

प्रचण्डजी, नमस्कार !



तपाईंहरू बहुदलीय प्रतिस्पर्धामा सामेल हुन युद्ध परित्याग गरेर खुला हृदयले आउनुभएकोमा सबै नेपाली प्रसन्न छन्। तर उनीहरूका मनमा केही खुल्दुली पनि छन्। रगतले लत्पतिएका बन्दुक, खुँडा-खुकुरी पखालेर संसदीय परिपाटीमा बिस्तारै सहभागी हुने क्रममा तपाईंहरू (स्टालिनका शब्दमा)- 'बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल'सम्म आइपुग्नुभएको छ।



अन्तरिम संविधान बनेर अन्तरिम संसद् गठन भएपछि तपाईंहरू सरकारमा सहकार्य गर्न तयार हुनुभएको छ। जुन राजनीतिक प्रणालीका विरुद्ध २०५२ साल फागुन १ गतेबाट तपाईंहरूले सशस्त्र व्रिद्रोह (जनयुद्ध) गर्नुभयो, आज त्यही परिपाटीका सामु नतमस्तक भएर आफनो राजनीतिक भूल स्वीकार गर्नु तपाईंहरूको उदारता, विवशता, बाध्यता वा रणनीति के हो, त्यो कालान्तरमा समयले बताउला।



नेपाली कम्युनिस्ट आन्दोलनले जति संख्यामा क्रान्तिकारी जन्माएको छ, त्यसको हजारौं गुणा शीघ्र पतनका रोगीहरू जन्मायो। शुरु-शुरुमा ठूल्ठूला उग्र कुरा गर्ने र केही वर्षनबित्दै सैद्धान्तिक विचलन तथा राजनीतिक आत्मर्समर्पणको बाटो समात्ने चरित्र सन् १९५० पछि पटक-पटक देखिएको छ।



यो 'हाराकिरी' संस्कृति केशरजंग रायमाझीदेखि नै शुरु भएको हो। विसं २०५२ मा तपाईंहरूले ४० सूत्रीय माग राखेर सशस्त्र व्रिद्रोह शुरु गर्नुभयो र तीमध्येका अधिकांश राष्ट्रवादी मागलाई एकातिर पन्छाएर, उपेक्षा गरेर, बिर्सेर अहिले 'विस्तारवादी, प्रभुत्ववादी र साम्राज्यवादीहरू'सँग आत्मर्समर्पण गर्नुभयो। तपाईंले हालै दिल्लीमा व्यक्त गर्नुभएको विचारले 'राष्ट्रवादी' प्रचण्डको देहावसान भइसकेको र भारतपरस्त दास प्रचण्डको जन्म भएको बुझन गाह्रो पर्दैन।



दिल्लीलाई सिक्किम अधिराज्य बुझाएर बुढेसकालमा पछुतो मानिरहेका लेण्डुप दोर्जेले यस पंक्तिकारलाई भनेका थिए- 'भाइ, शुरु-शुरुमा दिल्लीले रेड-कार्पेट ओछयाएर मेरो स्वागत गथ्र्यो, काम सकिएपछि वास्तै गरेन। बितेका दिनमा मबाट गल्ती भयो, आज पश्चात्ताप गरेर के गरुँ ?'



कालिम्पोङ (दार्जीलिङ) स्थित आफनो पैतृक घरमा लेण्डुप दोर्जे आँखा र कान दुवै कमजोर भएको अवस्थामा पश्चात्तापपूर्ण वृद्धावस्था बिताइरहेका छन्। विदेशीको लहलहैमा लागेर आफनो देश, जनता र राष्ट्रियताको उपेक्षा गर्ने एउटा देशद्रोही (ट्रेटर) जनताबाट कसरी उपेक्षित हुँदोरहेछ भन्ने उदाहरण लेण्डुप नै छन्।



नेकपा (माओवादी)का सर्वोच्च नेताले आफनो राजनीतिक सिद्धान्त -सर्वहारा वर्गको अधिनायकवाद) एकातिर पन्छाएर भारतको राजनीतिक प्रणाली हाम्रो आदर्श (मोडेल) भन्ने उद्गार व्यक्त गर्दा त्यसलाई कसरी बुझने ? इतिहासलाई हत्केलाले छोपेर 'लेनिनले पनि बहुदलीय व्यवस्था मन पराउँथे, स्टालिनले बहुदलीय व्यवस्था लागू नगरेर भूल गरे' भन्ने हास्यास्पद अभिव्यक्तिलाई कसरी लिने ? (हेर्नुहोस्- २० नोभेम्बर २००६ को 'द एसियन एज' दैनिक)

प्रचण्डजी, दिल्लीलाई खुसी पार्ने दौडमा तपाईंले आफू निर्वस्त्र भएको पत्तै पाउनुभएन। नेपालमा हाम्रो सक्रियताले पाकिस्तानी गुप्तचर गतिविधिमा कमी आएको छ भन्ने तपाईंको अभिव्यक्तिले तपाईंलाई नै 'बुमेर्‍याङ' गरेको छ। जिल्लामा खटिएको प्रहरी निरीक्षकले आईजीपीसमक्ष रिपोर्ट गरेझैं एउटा राजनीतिक नेताले तल्लो स्तरमा ओर्लेर कूटनीतिक मर्यादा उल्लंघन गर्न सुहाउँछ ?



नेपालको राष्ट्रपति हुन रहर गर्ने व्यक्तिले काठमाडौंबाट भारतीय विमानको अपहरण गराउनमा नेपाल दरबारको हात छ भनेर भारतको चाकडी गर्न सुहाउँछ ?



विगतमा भारतको गुप्तचर संस्था र भारतीय सञ्चारमाध्यमले समेत त्यस्तो लाञ्छना लगाएका थिएनन्। दरबारले भारतीय विमान अपहरण गराएको प्रमाण तपाईंसँग भए पत्रकारसामु प्रस्तुत गर्नुपथ्र्यो। होइन भने शंका, हल्ला र सुनेको भरमा एउटा नेताले यसरी किटानी जाहेरी दिन मिल्दैन। यो त अपरिपक्वता मात्र होइन, दासत्वको प्रदर्शन हो।



प्रचण्डजी, तपाईं भूमिगत रहँदा हामी पत्रकारमाझमा तपाईंका बारेमा थुप्रै चर्चा हुन्थे। प्रचण्ड इमानदार, शालीन, शिष्ट, दूरदर्शी, विद्वान्, विनयी, राष्ट्रवादी र अत्यन्त समझदार व्यक्ति हुन् भनेर तपाईंको व्यक्तित्वमा बाँसको उचाइ थप्नेहरू पनि कम थिएनन्।



तपाईं सार्वजनिक भएपछि तपाईंकै अभिव्यक्तिले दिन-प्रतिदिन तपाईंको उचाइ घटाइरहेको कटु यथार्थ स्वीकारेर अब आत्मा-आलोचना गर्नै पर्छ। हिजो भूमिगत रहँदा बन्दुक देखाएर निरीह गाउँलेलाई 'मान्-नमान्- म तेरो मेहमान' भन्न सजिलो थियो। शहरमा सभ्य समाजसँग तर्क, छलफल, विश्लेषण, मीमांसा र समझदारीबाट मन जित्न गाह्रो छ।



कसैलाई पनि तर्साएर राज्य गर्न सकिने माओ-लेनिन वा स्टालिनको युग अब रहेन। सेन्ट हेलेना टापुमा कैदी भएका बेला नेपोलियनले आफना छोरालाई लेखेको चिठीमा भनेका थिए- 'बाबु, मैले बन्दुकले धेरै राज्य जितें। तिम्रो युग विचारको युग हो, बन्दुकले होइन-विचारले विजयी हुने प्रयत्न गर।' यो कुरा राजादेखि रंकसम्म सबैलाई लागू हुन्छ।



निरंकुशता नरुचाउने प्रजातन्त्रप्रेमी नेपाली जनताले कसैको पनि निरंकुशता रुचाउँदैनन्। त्यसैले जबर्जस्ती चन्दा उठाउने, दूधे बालबालिकासमेतलाई माओवादी बनाउने, जनतालाई सताउने र बन्दुकले सबैथोक जित्न सकिन्छ भन्ने आदिम सोच त्यागेर तपाईंहरू वैधानिक तरिकाले जनमत पाउने शैली रोज्नुहोस्।



जनता तपाईंहरूसँग खुसी छन्-छैनन्, स्पष्ट थाहा पाउनुहुनेछ। हातमा सत्ता र शक्ति लिएर जनताले हाम्रो आदेश मान्नै पर्छ भन्ने पोलपोट, होचिमिन्ह, अनवर होक्सा, इदी अमिन, माओ, लेनिन र स्टालिनको शैली, सोच र सिद्धान्त २१औं शतँब्दीमा काम लाग्दैन। यस्तै मानवअधिकार तथा राजनीतिक धर्मको परिभाषा पनि आफनो स्वार्थ, स्वाद र सुविधाअनुसार गरिनु उचित हुँदैन।



माओवादीले बितेका ११ वर्षा बालकदेखि वृद्धसम्म हजारौंको हत्या गरे। रेटेर, काटेर, अंग-प्रत्यंगमा प्वाल पारेर, झुन्डयाएर, खाल्डोमा ज्युँदै गाडेर वा यमराजलाई पनि आँसु आउने पाशविक काम कति भए कति - सांसद परी थापाकी पत्नीको घुँडा प्वाल पारियो भने बालिका काजल खातुनलाई बसमा जलाएर मारियो।



चितवनको बाँदरमुढेमा झन्डै ६० जनाको एकै चिहान पारियो। हजारौंका घर जलाइए। स्कुल, अस्पताल र सरकारी भवनहरू जलाइए। लाखौं जनता आफनै देशमा शरणार्थी भए। तैपनि माओवादीलाई सजाय होइन, सत्ता दिन जनता तयार छन्। केवल शान्तिका लागि। यो जनताको कायरता होइन, उदारता हो।



जब माओवादी मानवअधिकार र स्वतन्त्रताको कुरा गर्छन् तब महाभारतमा श्रीकृष्णले कर्णलाई गरेका प्रश्नहरूको सम्झना हुन्छ। युद्धमा कर्णको रथ भास्सिएपछि 'अर्जुन म संकटमा छु, हमला बन्द गर' भनेर कर्णले आग्रह गर्दा श्रीकृष्णले क्रुद्ध हुँदै जवाफ दिए? 'कर्ण तिमी धर्मका कुरा गर्र्छौ।

कस्तो आर्श्चर्य ? लाहाको घर बनँएर पाण्डवहरूको एकै चिहान बनाउन खोज्ने तिमीहरूको धर्म त्यो बेला कहाँ गएको थियो ? भीमलाई विषाक्त भोजन दिएर मार्न खोज्दा तिमीहरूको धर्म कहाँ गयो ? द्रौपदीलाई सभामा निर्वस्त्र पार्न लाग्दा तिमीहरूको धर्म कहाँ लुकेको थियो ? अभिमन्युलाई छ जना महारथी मिलेर हमला गर्दा तिमीहरूको धर्म कहाँ थियो ? १३ वर्ष गुप्तवासपछि पनि वचनअनुसार पाण्डवहरूको राज्य फिर्ता नगर्नेहरू के धर्मको कुरा गर्र्छौ ? जतिबेला तिमीहरू संकटमा पर्र्छौ अनि धर्मको कुरा गर्ने ?'



प्रचण्डजी, राष्ट्रियता र मानवताभन्दा ठूलो धर्म अर्को केही पनि छैन तर ९० ठाउँमा सिमाना मिचिँदा पनि तपाईंहरू चुपचाप बस्नुभयो। यसबाट तपाईंहरूको राष्ट्रियता कति प्रबल रहेछ, स्पष्ट देखियो। विदेशीले सहजै नागरिकता पाउने राष्ट्रघाती सर्तहरूको तपाईंहरूबाट कुनै विरोध आएन। नेपाललाई सिक्किम वा भुटान बनाउन चाहनेहरूलाई तपाईं आज आदर्श मान्दै हुनुहुन्छ। आखिर, भारतकै चरणमा लम्पसार पर्नु थियो भने हजारौंको हत्या किन गर्नुभयो ? लाखौंको घरबार किन उजाड पार्नुभयो ? किन रगतको खोला बगाउनुभयो। जवाफ दिन सक्नुहुन्छ ?


Published Date and Time:2006-12-12 04:12:23
 
Posted on 12-12-06 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युवराज जि,
यथर्थापरक पत्र को निम्ती धन्यवाद ।
म जस्तै करोडौको चेतना मा प्वाल नपरेको भए, तपाईं को शब्द को तौल अनुसार यिनिहरु लाई मोल दिनु पर्ने हो ।

कुकुर लाई हाड चाँहीन्छ, साग होइन ।
तर केही कुकुर घासमा मस्त हुने गर्छन्
घास् खाने कुकुरले ओकल्छ, सबलाइ थाहा छ
अर्को कुरा कुकुर ले गु पनि खाने गर्छ
जसो गर जे भन जता सुकै लैजाउ तेस्लाइ
यी आमा-वालात्कारी हरु, कुकुर नै हुन
 
Posted on 12-13-06 4:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mmm.. some well raised points..
 
Posted on 12-13-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो लेख छ ।सबै नेपालीलाई चेतना भया
 
Posted on 12-13-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD JOB yUBRAAAJ JI!

WELL I REALLY APPRECIATE THE REALITY YOU HAVE PICTURED IN THIS ESSAY.

WE CAN SAY THAT MAOISTS ARE NOT THE NATIONALIST AND THEY DON'T HAVE PATRIOTISM IN THEIR HEART AND SOUL.

I DOUBT THAT THE PEACE ACCORD BETWEEN MAOSIST AND SPA WILL GO MORE AHEAD.BECAUSE OF THE REASON THAT MAOIST BELIVEE THAT THEY CAN BE IN GOVERNMENT BY EXTORTION, INDIMIDATION AND KILLING OF INNOCENT PEOPLE THE GOVERNMENT OF NEPAL MIGHT NEED TO THINK CRITICALLY.

INCLUDING MAOISTS AND OTHER COMMUNISTS PARTY UML ALSO HUNGER FOR POWER AND THE REASON THEY ARE NOT IN FRONT IS THAT WHO GONNA REMOVE GIRIJA FROM THE GOVERNMENT NOW? ITS LIKE SAYING IN NEPALI

" WHO'S FATHER WHAT VITAMIN" KASKO BAU KO KE TAGAT

SINCE THE PARTIES DON'T TRUST KING ANYMORE THEY CAN'T FORCE KING TO REMOVE GIRIJA PRASAD GOIRALA FROM THE POSITION OF PRIME MINISTER AND THE KING IS ALSO NOT GONNA TOUCH DIRTY POLITICS OF NEPALESE LEADERS. SO THAT MEANS GIRIJA WILL BE IN POWER TILL THE ELECTION TAKES PLACE AND THAT IS FOR SURE.

SO IF U SIMPLY THINK ABOUT THE NEPALESE POLITICS ..... THINK... THINK...
EITHER ALL COMMUNIST PARTY GO AGINST THE CONGRESS WITH ANOTHER ANDOLAN WITH MASSIVE DESTRUCTION OF HUMAN RIGHTS OR THEY HAVE TO REQUEST AGAIN TO DESLOVE THE PREMIERSHIP OF GIRIJA WHICH IS NOT POSSIBLE AT PRESENT CONDITION. SOO GIRIJA WILL STILL BE IN POWER MEAN GIRIJA JINDABAAAD...

AND IF GIRIJA CAME OUT OF THE PREMIERSHIP THEN THE ANOTHER KIND OF DICTATORSHIP WILL BE IN NEPAL WHICH WOULD BE THE COMMUNIST DICTATORSHIP.... WILL TAKE COUNTRY TO STONE AGAIN FOR SURE... I FEEL SO SORRY... CAN'T THINK ABOUT THAT...
 
Posted on 12-13-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-13-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The original post is making us fool again and against the corrent peace process of Nepal,, we don't like to see anymore Royalies Abatar haru ra yasle phekeko haddi chusna palkeka mandale haru.
Bela bela ma Nepali janata lai mitha guliya kura garera, aphu lai bisnu abatara ko rup hu bhanera 2.5 karod nepali lai jiudai marne Raja ra uska bharaute kutta haru hijo kaha thiya hajaru janata lai golile marda janta bata kharabau paisa darbar le lutda,,,,, ajha pheri janatale thukeko khakar nildai power ma jana ko lagi histry ko kura lai liyara example didai chan. Tero adarshata le abako peace process ma yauta bal pani halaudaina bujis randi ko choro mandale,,,, I am not a supporter of maobadi, but I am a member of NC, I would like to welcome the parchanda doing the peace agrement instead of histry propoganda. Pachandra can be a president also through electing frm the people of Nepal. Purana example ra mahabharat ko kura garera ahileko abastama janatale rahat paudain, 21 century ma kam gardaina,, kasmirako , east europe ko histry Nepal ma kam chaina,,, Nepal ma hijo tero baule kattu lagayako thiyo, ahile tahile kattu nai lagaunu parcha bannu chaina,, get life and think better and morden way to develop the Nation. Hami Nepali haru yak jut bhayara bikasko kura po garnu parcha,,,,, darbara lai baliyo banaune kura garnu bhaneko hami hami ma khuta tana tan garnu ho,,,, we don't need anymore fedual mandale Royal satta,,,,, let 95% people rule country. No khawobadi and no killing any more,,,, gotta it?
 
Posted on 12-13-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युबराज गौतम जी लाई खुल्ला पत्र!
आदरणिय युबराज जी
नमस्कार
तपाईंको माओवादी बारेमा लेख्नु भएको लेख पढ्न पाउदा जति खुशी लाग्यो, त्यती नै तपाईंइको बारेमा जान्ने बुझ्ने मौका पाउदा दु:ख लाग्यो। हो,तपाइले भने जस्तै माओबादिको खोक्रो अदर्श र देश् प्रेम कसै बाट लुकेको छैन, उनीहरुका पाशबिक् अत्याचार अनि हत्याको जति निन्दा गरे नि पुग्दैन। तर अब हत्या हिंसा बन्द गरेर सत्ताको लालसामा भए नि राजनीतिको मूल् धारमा आउन लागेकोमा भांजोहाल्ने काम् कसको उक्साहतमा भएको छ, मलाई त घाम् जतिकै छर्लङ्ग छ। सायद साझा का धेरै पाठकहरुलाई यो थाह न हुन सक्छ। त्यसैले यो पत्र लेख्ने दुस्साहस् गरेको छु। बिद्रोहिले मारेको १३००० निर्दोष जनताको चिहान् जति
कहाँली लाग्दो र दण्दनीय छ, राजा भएर आफ्नै प्रजा मार्ने ज्ञानेन्द्र को अपराध छोप्ने कुचेष्टा गर्नु भएको छ, र गरी रहनु भाको छ । कलम चल्छ भन्दै मा यथार्थतालाई बाङ्ग्याएर कलम चलाऊनौ तपाईंको पत्रकारीताको धर्मले पनि दिदैन । प्रजातन्त्रको हमेशा बिरोध गर्नु भयो र पनि तपाईंको मुख बाट आदर्श प्रजातन्त्रको मन्त्र गुन्जी रहन्छ । राजाको प्रत्यक्ष शासनको भजन मात्र गाउँउ भएन तपाईंले, जनान्दोलन को आवज को सके सम्म सरकारी मन्डले पारा ले सक्दो दमन गर्नु भो? अब नि तपाईंको मुख बाट जनता र लोकतन्त्रको पाठ सिक्नु पर्ने?
द्रष्ट्ब्य: युबराज गौतम्, सुद्ध मण्डले हुनु हुन्छ, प्रमाण्को लागि निम्न link हरुमा गएर हेर्नु होस् ।
1. Let’s save the king
The people need democracy, but the king needs it even more.
http://www.nepalitimes.com/issue/178/StateoftheState/5088
2.http://www.nepalnews.com.np/contents/englishdaily/ktmpost/2003/nov/nov24/index.htm
3. www.thdl.org/texts/reprints/nepali_times/Nepali_Times_178.pdf
 
Posted on 12-13-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ITS NICE TO READ COMMENTS HERE BUT I HAVE ONE THING IN MY MIND...


JASLE JE BHANO ABA GIRIJA LAI HATAUN KASAILE SAKDAINA..... EVEN TERO BAULE PANI SAKDAINA.......... HAHAHAHAHAH

MOJ GARNUS GIRIJA BAJE MOJ GARNUSSSS.....
 
Posted on 12-13-06 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I LIKED THE ORIGINAL POST BY YUVRAJ GAUTAM. PRACHANDA SHOULD TAKE THE CLASS OF DIPLOMACY.
 
Posted on 12-13-06 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I AGREE WID YO
 
Posted on 12-13-06 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Doesnot matter who is a yubaraj gautam but reality is reality Right? This is the nepales people VOICE. One day you will know what is the nationality?
 
Posted on 12-13-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear Rahulbhai, please stop people branding this and that. Everybody has the right to express his/her opinion. How can you be a supporter of democracy when you hate people based on their voices? I think, Youvaraj has raised some geniune questions. In democracy, there is place for everyone, even for people like you, who can't tolerate others' opinion.
 
Posted on 12-13-06 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yuvaraj jee,
chahe mandale ho ya amandale. samasya haru dekhanuna tapailine khub aaudo rahecha. bigat ka kura haru lie niyalera herna khub aaudo rahecha tara samadhan ko kura kehi lekhnu bho ta? at least we are in the peace process, they have showed up their flexbility to such a extent. we will accept prachanda as a president if nepalese people elect him with majority. time has changed. forget the dirty past think about the golden future. we dont want any blood but a peace ...
god bless you
 
Posted on 12-14-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yubaraj Gautam's article makes sense.
 
Posted on 03-15-07 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Malai pani lageko kura k ho bhane u bela simana michyo bhanera khub ufranthe ani ameriki samrajya baad ra Bharatiya Bistarbaad bhanera kurlane haru lai ahile susta ra kalapani birsera baseko dekhda sachchai nai achamma lagchha.
 
Posted on 03-15-07 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow.. Well said YUWARAJ JI....

Thanks for your analysis... The dogs who barks like prachanda have similar follower. I find some people who is commenting you article.

But this is a acute reality. These idiots have never read history how SIKKIM was taken by INDIA.

IF YOU are MANDALE than I FELL SO PROUD TO BE MANDALEE.. I AM MANDALEE TO IF MANDALE THINKS in this HEIGHT.

I apprecaite your article.

Thank you ,
 
Posted on 03-15-07 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thaha jasta COMMUNNIST RA BHEDAA LAY yestoo kuraa BUJDAINAAN.. Tiniharuu ma analysis garney power chainaa..

ANd they can say whatever they like without any persuasive power. AND I CALL THEM COMMUNIST BHEDAA...

COMMUNIST BHEDHA KO LAGII .. KEHII VANNU CHAINAA>
 
Posted on 03-15-07 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai... if mandale speaks in favor of nation .. whats wrong with you??

If you have some worthy article to comment on it.. You can post it.

ANd for your information.. People to whom you called mandale are much patroitic and more itelligent .

They never bark like you and prachanda.
If anything is true you should apprecaite it. IF you dont know about history of SIKKIM , go and read some article how INDIA took sikkim..
DOnt bark like a STREET DOG>>

ACT SMARTLY>>
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters