mampaka
Replies to this thread:

More by mampaka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 श्रीमती चिनेनन् उदितले !
[VIEWED 2699 TIMES]
SAVE! for ease of future access.
Posted on 05-07-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीमती चिनेनन् उदितले !

पत्नीको हक पाउन भौतारिँदैछिन् रञ्जना झा

जितेन्द्र खड्गा/राजविराज

जेठी पत्नी रञ्जना झालाई चिन्दिनँ भन्ने अभिव्यक्ति दिएपछि हिन्दी चलचित्रका प्रसिद्ध पाश्र्व गायक उदितनारायण झा पछिल्लोपटक चरम विवादमा तानिएका छन् । यसले उनको जन्मथलो सप्तरीलगायत नेपाल र भारतमा प्रशस्त चर्चा पाएको छ । नेपाल र भारतका विभिन्न शहरहरूमा उनले गाएको गीत र उनका गीतसम्मिलित फिल्म बहिष्कारका नारा घन्किन थालेका छन् ।

भारतको मुम्बईमा इन्डियन एयरलायन्सकी एयर होस्टेज दीपा गहतराजसँग दोस्रो विवाह गरी उतै बस्दै आएका गायक झाको यस व्यवहारबाट पीडित रञ्जना झा, ४०, यतिखेर भारत र नेपालका विभिन्न प्रशासनिक निकाय र महिलाअधिकारवादी सङ्घ-संस्थाहरूमा आफ्नो हकप्राप्तिका लागि गुहार मागिरहेकी छन् ।

गत चैत २५ गते भारत, विहारको पटनामा भतिजी शोभाको विवाहमा सरकि हुन कान्छी श्रीमती दीपासहित आएका उनले रञ्जनालाई चिन्दिनँ भनी भारतीय न्यूज च्यानल आज तक लाई सार्वजनिक अभिव्यक्ति दिएका थिए । अचानक त्यहाँ रञ्जनालाई देख्दा उनलाई छक्याउँदै उदित विहार प्रहरीको सहयोगमा पछाडिको ढोकाबाट भाग्न खोजेका थिए । तर, त्यहाँ उपस्थित पत्रकारहरूले घेर्दा उदितले 'मजस्तो सफल गायकलाई कुनै बजारु महिलाले ब्ल्याकमेल गर्न आएको' भनेर रञ्जनालाई आरोपसमेत लगाए ।

विहारका मुख्यमन्त्री नीतिषकुमारलाई यसबारेमा जानकारी गराएको रञ्जनाले यस संवाददातालाई बताइन् । "मुख्यमन्त्रीले मलाई न्याय दिलाउने वचन दिनुभएको छ," रञ्जनाने भनिन्, "म भारतकी छोरी र नेपालकी बुहारी हुँ, अब म दुवै देशका अदालतमा आफ्नो अस्तित्वको कानुनी लडाइँ लड्नेछु ।"

यस लडाइँमा रञ्जना एक्ली छैनन्, उनलाई सहयोग गर्न भारदहका हजाराँै युवा तथा सिङ्गो मैथिली समाज सक्रिय भएका छन् । स्थानीय युवाहरूले त्यस क्षेत्रमा उदितले गाएको गीत र सो सम्मिलित सिनेमा बहिष्कारको आह्वान गरेका छन् । यस अभियानलाई साथ दिँदै मैथिली साहित्य परष्िाद् सप्तरी, सिरहा, धनुषालगायतका शाखाले पनि उनका गीत र सिनेमा बहिष्कार गरेका छन् । वैशाख १२ गते मैथिली महिला परष्िाद्, सप्तरीले उदितविरुद्ध र्‍यालीको आयोजना गरी उनको पुत्ला तथा गीति क्यासेट र सीडीसमेत जलाए । परष्िाद्की सचिव साधना झाले रञ्जनालाई पत्नी नस्वीकारेसम्म उदितविरुद्धको अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले यसका लागि महिला आयोगमै न्याय माग्न जानेसमेत बताइन् ।

विहार विधानसभा सदस्य नीरजकुमार सिंह 'बबलु' ले रञ्जना भारतकी छोरी र नेपालकी बुहारी भएको उल्लेख गर्दै उनको अधिकार दिलाउन भारत सरकारसँग पहल गर्ने बताएका छन् ।

भारत, सुपौलको अरहानिर्मली गाउँकी रञ्जनासँग १९ वर्षअघि विवाह गरेका उदितले त्यसबखत रञ्जनाका बुबासँग एक लाख ५१ हजार रुपियाँ दहेजसमेत लिएका थिए । पछि काठमाडौँमा आएर रेडियो नेपाल मा केही गीत गाई उदित भारतको मुम्बईतर्फ हान्निए । लामो सङ्घर्षपछि सन् १९८८ मा कयामत से कयामत तक फिल्मको गीतको सफलतापछि उनलाई पनि सफलताले चुम्न थाल्यो ।

यसैबेला मुम्बईमा सङ्घर्षरत उदितको सम्बन्ध उनलाई त्यहाँ बस्न मद्दत गरेकी दीपासँग जोडिएको थियो । पछि त्यही सम्बन्ध विवाहमा परण्िात हुन पुग्यो ।

वर्षमा चारपटक भारदह आउने उदितको रञ्जनाका तर्फबाट एउटा छोरा पनि भएको थियो तर त्यस शिशुको महिना नबित्दै मृत्यु भयो । तत्पश्चात् तीनपटक रहेको गर्भ दीपा र डाक्टरको मिलेमतोमा तुहाइदिएको आरोप रञ्जनाको छ । उनले पाँच वर्षअघि दीपाले मोटो रकम खर्च गरेर पटक-पटक बच्चा तुहाउन लगाएको कुरा उदितलाई बताएपछि उनी फन्किएर दोस्रो दिनै मुम्बई हिँडेको रञ्जनाले बताइन् । त्यसपछि उदित भारदह आउनै छाडेपछि जीवन धान्न झन्झन् कष्टकर बन्दै गएको रञ्जनाको गुनासो छ । यस घटनाले बाक्लै चर्चा पाउन थालेपछि रञ्जनाबाहेक परविारकालाई उदितले दिल्लीमा घर किनेर उतै बसाइँ सरेको रञ्जनाले बताइन् ।

उदितका काका तथा रञ्जनासँग विवाह हुँदाका पण्डितसमेत रहेका भारदहका पण्डित जनार्दन झा, ८८, उदितको रञ्जनालाई चिन्दिनँ भन्ने कथनले स् तब्ध भएको बताउँछन् । मैथिली रीतिरविाजअनुसार आफूले उदित र रञ्जनाको विवाह गराएको उनी बताउँछन् ।

उदितका काकाका छोरा भागीरथ झाले बताए, "यस विवादलाई मिलाउन गाउँमा निकै प्रयास गरएिको तर उदितको असहमतिका कारण सफल हुन सकेन ।" उदितका काकाका अर्का छोरा प्रमोद झाले उदित र रञ्जनाको विवाहमा आफूसमेत ५१ जना आफन्त र परविारका सदस्यहरू जन्ती गएको र रञ्जनाको माइत विहार, सुपौल्ा जिल्लाको अरहानिर्मलीस्थित घरमा केके खाना र के नास्ता खाएकोसमेत आफूलाई सम्झना भएको बताए । उदितकी बहिनी सुधा झा र काकी सावित्रीदेवी झासमेतले रञ्जनालाई पत्नी स्वीकार नगर्नु उदितको महागल्ती भएको बताउँदै अब उदितलाई आफ्नो परविारबाटै बहिष्कार गरिने बताए ।

उदितकी पत्नीका नाताले ०४७ चैत १५ गते सप्तरी जिल्ला प्रशासन कार्यालयबाट रञ्जनाले नागरकितासमेत पाएको सो कार्यालयले जनाएको छ । त्यहाँबाट प्राप्त जानकारीअनुसार रञ्जनाले प्राप्त गरेको नागरकिता प्रमाणपत्रको पतिको महलमा उदितनारायण झाको नाम उल्लेख छ भने त्यसमा स् वयम् झाले पतिको नाताले सनाखत गरेको रेकर्डबाट देखिन्छ ।

उदितका भतिजा पत्रकार महासङ्घ, सप्तरीका सभापति शम्भु झा उदित स्वार्थी भावनामा लिप्त रहेको बताउँछन् । उनका अनुसार, उदितले भारतको सर्वश्रेष्ठ 'राष्ट्रपति पुरस्कार' पाउने बेलामा सन् १९९९ मा 'म नेपाली होइन, भारतीय हुँ' भनेको र विसं ०५७ मा गोरखादक्षिणबाहु पाउँदा 'भारदह नेपालमा पर्छ र म त्यहीँ जन्मेको नेपाली हुँ' भनेका थिए ।

I am not gonna listen any of his music from today.

mampaka
 
Posted on 05-07-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Holy smokes!!!! My dad knew Udit man. He always claimed he was sly and cunning But my dad was dada at that time and always bullied Dit. Look at where he is now and where we are. lol...now he's gettin bullied by his first wife hahahaha
 
Posted on 05-07-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i have heard lots of good things about Udit. I am skeptical about the intent of this news and I am sure this could have been handled in a different way but personal lives and choices does affect celebrities, like every one else.
 
Posted on 05-07-06 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I heard from a senior, who studies his IA with Udit at Ratna Rajya Camput and was in his touch until then, that Udit was in fact married with two. I further heard from some Mithila baasi friends that Udit's Bhramin family got furious with him as he got married with Deepa, a lower caste woman for the second time. His parents and family accepted the tie only after he bought some buses for the family and gave a lot of money to the family.

I think Udit is lying only because it may damage his career in some way. Otherwise, how come he could act like that..
 
Posted on 05-07-06 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...studied.....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
whats wrong living with your parents ?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters