[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा एक नेपालीमाथि फिल्मी शैलीमा आक्रमण
[VIEWED 3466 TIMES]
SAVE! for ease of future access.
Posted on 11-12-20 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकामा एक नेपालीमाथि फिल्मी शैलीमा आक्रमण, कसरी भएको थियो पढ्नुहोस

सतीश चापागाईं
मेरिल्याण्ड, अमेरिका

अमेरिकाको मेरिल्याण्डमा एकजना नेपाली तिर्थ सेवालाई अज्ञात व्यक्तिहरुले सांघातिक हमला गरेर गम्भीर घाइते बनाएका छन्। तिर्थको तिन दिन पछि होस् खुलेको छ र उनको अहिले अस्पतालमा उपचार भईरहेको छ। डाक्टरले उनको अवस्थामा सुधार हुदै गएको जानकारी दिएको आफन्तले नेप्लिज डायस्पोरालाई बताए।

तिर्थ सेवालाई फिल्मी शैलीमा आक्रमण गरिएको उनीसंगै रहेका साथी बंगाली साथीले बताएका छन्।

कुरा गत बिहिबार अर्थात् नोभेम्बर ५ का दिन बेलुका करिब ७:१५ बजेतिरको हो। तिर्थ र उनका साथी सधै झैँ काम सकेर पैदल घर फर्कदै थिए। कामबाट घरको दुरी पैदल हिड्दा ५ मिनेटको मात्र छ।

तीर्थका बंगाली साथीले त्यो साँझ सम्झदै भन्छन, "हिड्दै गर्दा अचानक दुइटा गाडी नजिकै आए र रोकिए। हामीहरुले वास्ता गरेनौं । अगाडी बढेम । फेरी अर्को गाडी नजिकै आयो र एक जना मान्छे बाहिर निस्कियो। त्यहीकै बासिन्दा होला भनेर उसलाई हेरेनौं। उसले अचानक गोजीबाट केहि कुरा निकाल्यो र एक्कासी तीर्थको टाउकोमा प्रहार गर्यो। दुई तीनपटक हान्ने बित्तिकै तीर्थ सेवा बाटो मै ढले म भागें।"

भागेर अलि पर पुगेर आफुले हेरिरहेको तर केहि गर्न नसकेको उक्त बंगाली ब्यक्तिले तीर्थका आफन्तलाई बताएका छन्।

आक्रमण गर्ने व्यक्ति नजिकै रोकिरहेको गाडीमा चढेर भागेपछी त्यही बंगाली साथीले प्रहरीलाई बोलाएको बताईएको छ। " तिर्थ भएको ठाउमा पुग्दा अलिअलि होसमा रहेको र ढलेर सडक पेटीमा छटपटाई रहेका थिए। र, रगत बगिरहेको थियो। मैले प्रहरीलाई फोन गरे।" ति व्यक्तिले आफन्तहरुलाई बताए ।

५-७ मिनेटपछि प्रहरी र एम्बुलेन्स अगाडी आयो र तिर्थलाई अस्पताल लग्यो। अस्पतालमा तीर्थको टाउकोको शल्यक्रिया गरियो। "शुरूमा त यस्तो घाईते कसरी बाँच्नु होला र भन्ने लागेको थियो तर होस् खुलेर बोल्न पनि सक्ने भएपछी हामी अचम्म परेका छौं।" पहिलो दिनदेखि नै देखेका एक आफन्त नेपाली दिलिप कुमारले नेप्लिज डायस्पोरालाई बताए।

अहिले तिर्थको अवस्था सुधारोन्मुख छ। सामान्य बोलचाल गर्न सक्ने तर निको भै पुरानै अबस्थामा फर्कन कति समय लाग्न केहि भन्न नसक्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

आक्रमणकारीले तीर्थको टाउकोमा धारिलो हतियारको प्रहार गरेका थिए । आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेकाले अस्पताल पुर्याउने बित्तिकै टाउकोको शल्यक्रिया गरिएको थियो।

अस्पतालका अनुसार तुरुन्त शल्यक्रिया गरिएकोले अहिले तीर्थ सेवा खतरामुक्त रहेका छन ।

तर अस्पताल ल्याई पुर्याउनु अगाडिनै धेरै रगत बगेकोले उनको दायाँ हात अझै चलेको छैन। टाउकोमा ३० भन्दा बढी टाँका लगाइएको छ।

घटना मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी अन्तर्गत टेम्पल हिल सिटी(शहर)मा भएको हो।

उनि नजिकैको बिशाल बजार (मल)एक कपडा पसलमा काम गर्ने कर्मचारी हुन । प्राप्त जानकारी अनुसार आक्रमण किन र कसले गर्यो भन्ने अझै खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

२०१५ देखि अमेरिका बस्दै आएका तीर्थ सेवाको परिवार नेपालमै छन्।

सहयोगका लागि अपिल

अमेरिकामा सक्रिय संस्था नासोका उपाध्यक्ष तथा बिभिन्न संघ संस्थामा कृयाशिल सामाजिक व्यक्तित्व तिर्थ सेवालाई एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीवि पन्थले अस्पताल मै गएर भेटेका छन्।

पन्थले तीर्थको लागी सहयोग आवश्यक पर्ने भन्दै नासोले शुरु गरेको 'गो फण्ड मी' एकाउन्टमा सकेको सहयोग गरिदिन सबैलाई आग्रह पनि गरेका छन्।

"यहाँका सबै नेपालीले चासो, चिन्ता र छिटो स्वास्थलाभको कामना गर्नु भएको छ र दुख परेको बेला हामी दाईको साथमा छौ भन्ने म्यासेज मैले दिदै गर्दा वहाँले आँखाभरि आँसु लिई भावुक हुनुभएको थियो । हामी सबै तपाईको साथमा छौ र सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।" पन्थले भनेका छन्।

यसैगरी उनलाई सहयोग गर्न एनआरएनए अमेरिकाजका संयोजक राजन त्रिपाठीले पनि सार्बजनिक आव्हान गरेका छन् ।

तिर्थ सेवा उपाध्यक्ष रहेको नासोले उनको सहयोगार्थ 'गो फण्ड मी' एकाउन्ट खोलेको छ। अफ्ठेरोमा परेको नेपालीलाई सहयोग गर्नु सबैको कर्तब्य हो। सबै मिलेर सानो सानो सहयोग गरौँ भन्दै नेप्लिज डायस्पोरा पनि अपील गर्दछ।

सहयोगको लागि यहाँ क्लिक गर्नुहोस | click here to help

https://www.nepalesediaspora.com/archives/17104


 
Posted on 11-12-20 11:01 AM     [Snapshot: 239]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नेपालि पर्नु भयो र साझामा छापियो : पढेर दुख लाग्यो | शिघ्र स्वास्थ्य लाभ को कामना गर्छु र गरौ |
अमेरिकाको कुनै न कुनै भागमा दैनिक यस्ता घटना नभएको दिनै छैन |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters