[Show all top banners]

biwash prawashi
Replies to this thread:

More by biwash prawashi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

SoAndSo
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अनुगमनको विरोधमा सुन व्यवसायी सटर बन्द गरेर सडकमा
[VIEWED 3182 TIMES]
SAVE! for ease of future access.
Posted on 04-23-13 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nep/2070/1/11/full-story/366826.html


काठमाडौ, वैशाख ११ - सरकारले बजार अनुगमन गरेको विरोधमा सुन व्यवसायीले मंगलबार प्रदर्शन गर्नुका साथै बजार बन्द गराएका छन् । सरकारी टोलीले सोमबार तीन सुन पसलमा गरेको अनुगमनको विरोधमा मंगलबार व्यवसायीले प्रदर्शन गरेका हुन् ।

मंगलबार पनि अनुगमन टोली आउने खबर पाएपछि व्यवसायहरू सटर बन्द गरेर सडकमा उत्रेका थिए । सटर बन्द भएको देखेर अनुगमन टोली भने त्यसै फर्केको थियो । टोलीले सोमबार गणपति ज्वेलर्स, तेजमिन ज्वेलर्स र आबी डायमन्डमा अनुगमन गरेको थियो । अनुगमनबाट तीन सुन पसलमा कैफियत देखिएको थियो । थप पसलमा अनुसन्धान गरेर एकै पटक मुद्दा चलाउने तयारी चलिरहँदा व्यवसायीहरू विरोधमा उत्रेका हुन् । 'पसल बन्द भएकाले आज (मंगलबार) अनुगमन भएन,' वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भने, 'अनुगमन भइसकेको भने केही दिनमै मुद्दा दायर गर्छौं ।'

कैफियत भेटिएका सुन पसललाई कालोबजारी, गुणस्तर तथा नापतौल र उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही अघि बढाउने तयारी गरेको छ । बिडारीले अनुगमनको काम नरोकिने र आवश्यक पर्दा छड्केसमेत गर्ने जानकारी दिए । 'असल नियत भएकाले डराउनु पर्दैन,' उनले भने, 'खराबलाई छाड्दैनौं ।' सुन पसलेले प्रमाणित नगरी तौल मेसिन प्रयोग गरिएको, बढी रसायन मिसाइएको र गुणस्तर कायम नगरेको कैफियत भेटिएको छ । अन्य उपभोग्य वस्तुको बजार अनुगमन भइरहे पनि सुनमा भने धेरै पछि भएको हो । 'कैफियत देखिएकालाई सुधार गर्न भनिसकेका छौं र थप अनुसन्धान जारी छ,' गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साहले भने, 'ठगी गर्नकै लागि गरेको भेटिए ऐनअनुसार कारबाही गर्छौं ।'

 

यता व्यवसायीले भने अनुगमनको विरोधमा मंगलबार दिनभरजसो काठमाडौंका अधिकांश सुन पसल बन्द गरेका थिए । बिक्रेताको दुई वटा महासंघमध्ये एउटाले आफू मातहतका सबै पसल मुलुकभर बन्द गराएको थियो । 'हामी अनुगमन गर्ने कुरामा सहमत छौं,' पसल बन्द गराएको सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले भने, 'आतंकित बनाउने शैलीमा अनुगमन टोली आएकाले विरोध गरेका हौं ।' सहज रूपमा आएर अनुगमन गर्दा व्यवसायीलाई कुनै समस्या नरहेको उनको भनाइ छ । बजार अनुगमनको मापदण्ड नभएको र आतंकित बनाएर काम गर्दा असहज भएको उनी बताउँछन् ।

'राज्य, उपभोक्ता ठग्ने कसैको नियत होइन,' उनले भने, 'कुनै व्यवसायीको कैफियत भेटिए उसैले बेहोर्ने हो ।' सरकारले अनुगमनको शैलीमा सुधार नल्याएसम्म पसल बन्द राख्ने उनले चेतावनी दिए । अनुगमनको शैलीको विरोध गरे पनि सुनचाँदी व्यवसायी महासंघले भने आफू मातहतका कुनै पसल बन्द नरहेको दाबी गरेको छ । 'हामीले अनुगमनको विरोध गरेका छैनौं,' सुनचाँदी व्यवसायी महासंघका महासचिव माणिकरत्न शाक्यले भने, 'तर व्यवसायीलाई आतंकित बनाउन भएन ।' अपराधी पक्रन आएजस्तो गरेर अनुगमन गर्दा बजार आतंकित भएको उनले बताए । 'व्यापार व्यवसायमा धेरै मनसायका व्यक्ति हुन्छन्, छोटो समयमा धेरै नाफा खोज्नेबाट विचलन आएको हुन सक्छ,' उनले भने, 'त्यसैले अनुगमन हुनु राम्रो हो ।'

उपभोक्ता अधिकारवादी संस्थाले भने अनुगमनको विरोध गर्नु भनेको ठग्न पाउनुपर्ने माग गरेजस्तै रहेको बताएका छन् । 'अनुगमनको विरोध गर्नु भनेको उपभोक्ता ठग्न पाउनुपर्छ भन्नु हो,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'यो पित्तललाई सुन भनेर बेच्न पाउनुपर्छ भनेको हो ।' यस्तो विरोधको सार्वजनिक निन्दा गर्नुपर्ने उनले बताए । 'नापतौलमा ठगी गरिएको, सुन भएर पनि बिक्री नगरेको, मार्जिन बढी लिएको र गुणस्तरमा खेलवाड भएको देखिन्छ,' उनले भने, 'बजार अनुगमन सरकारले प्रत्येक जिल्लामा गर्न आवश्यक देखिएको छ ।' कैफियत भेटिने पसललाई कालोबजारीको मुद्दा लगाउनुपर्ने उनी बताउँछन् । गत साता सुनको मूल्यमा २ वर्षयताकै ठूलो गिरावट आएपछि ग्राहकले खरिद गर्न खोज्दा पाएका थिएनन् ।

व्यवसायीले खरिदकर्ता नआएको बताए पनि ग्राहकले नपाएको गुनासो गरेका थिए । विवाहको सिजन सुरु हुन लागेपछि बजारमा सुनको माग बढेको छ । तर सहज खरिद गर्न नपाएपछि ग्राहक मर्कामा छन् । योसँगै व्यवसायीले अनुगमनको विरोधमा बन्द गर्न थालेपछि समस्या झन चर्किएको छ । अनुगमनको विरोधमा सुनचाँदी रत्न तथा आभूषण महासंघले मंगलबार उद्योगका साथै वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बजार अनुगमनको मापदण्ड नबनाई 'धमिलो पानीमा माछा मार्ने नियत' देखिएको महासंघले विज्ञप्ति जारी गरी उल्लेख गरेको छ ।

Last edited: 23-Apr-13 11:40 PM

 
Posted on 04-23-13 11:43 PM     [Snapshot: 8]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 taxi driver pani thagna paunu parchha bhanchha........soon chndi byapari pani thagna paaunu parchha bhanera andolan garchhan ani desh bikash bhayena bhanera aru lai dosh dinchhan............ yo ta bhayena ni som!!!

"Be the change that you want to see in the world!" - Gandhi

 
Posted on 04-23-13 11:50 PM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येस्तई हो हाम्रो लथालिंग देस को ताल । परार साल टैक्सी ड्राईवर हरु ले मीटर मा ठग्न पायेन भनेर बन्द गर्या हैन??

 
Posted on 04-24-13 12:09 AM     [Snapshot: 24]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thag haru ko desh Nepal, sun ma kaiffiyat missaune ani, sala jo chor usaiko thulo sor, ma sarkar ma bhaidiyeko yini haruko dukan forever lai tala lagai dinthe, jo jo hadtal garcha sala harulai jail ma halthe. Jasto sarkar ustai business man haru. Jas le j gareni hune. Jungbahadur le sarkar haat ma parna pako bhaye ma hitler ko sasan chalauthe Nepal ma tara ramro way ma he he.
 
Posted on 04-24-13 2:40 AM     [Snapshot: 89]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशद्रोहीहरु दोहोरो नागरिकता पाउन पर्छ भन्छन ... के भन्ने

 
Posted on 04-24-13 7:14 AM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो छन चोर उसै का ठुला स्वर ।
 
Posted on 04-24-13 9:19 AM     [Snapshot: 222]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरोबाउहरुले देश नै लुटेर खाएर , डकार आउने गरि खाए पनि भाइ भतिजाको - आउरे गाउरेको लागि अझै घिच्न छोडेका छैनन् त मु**जी लंगुर साझा छिरेको छस : सन्देस छर्न |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Business Ideas in Nepal?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Supporting issues on principle instead of blind brainwashed support
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
maga got what they voted for
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters