[Show all top banners]

giordano
Replies to this thread:

More by giordano
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Rekha Thapa Talk about her comment about Neplease in USA

[Please view other pages to see the rest of the postings. Total posts: 48]
PAGE: <<  1 2 3  
[VIEWED 29751 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-20-13 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 
 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-22-13 11:58 AM     [Snapshot: 2413]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेती राम्रो संग 'मैले भन्न त पाउनु पर्यो नी!' भनिसकेपछि किन एउटी हिरोनी माथी सप्पै खनीइ राखेको हँ? जे होस्, नेपाली स्तरमा हेर्दा केटीको भनाइमा दम छ| नेपालबाट अमेरिका घुम्न(?) आएकि नेपाली हिरोनी बाट धेरै ज्ञान गुनको अपेक्षा गर्नै हैन कि जस्तो लाग्छ है!! हाउभाउ कस्तो छ, कत्तिको चिटिक्क परेकी छिन, एक्टिंग गरेर खान्छिन कि, आदि भनेर बिबेचना गर्दा राम्रो होला, बरु!
 
Posted on 03-22-13 2:40 PM     [Snapshot: 2574]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with Kirin i was abt to say, she looks like palla ghare Auntie. Rupa ji why did u dance infront of those Maoists like a stripper, kammar madkai madkai, geet gayo thikai cha, tetro marda haru ko agadi actually sala napunsak Prachande ra teska bhusya kukur haru, kina chak bhachi bhachi nachnu huncha, uttaulo kina dekhaunu huncha, actress ho bhane actress jasto bani behora dhekaununa, k tapai Kim Kardasain ho ra? Anyways little knowledege is dangerous, dui char din Amrica basera yo tyo bhanera kina bhukera hidnu huncha, barsau barsau baseka haru le ta right info dina sakdainan, tapai bhane. Baru maile euta film banaudai chu khelnu huncha? Film ko naam ho " Nepali  Auntie sucking n F******* with neighbours son"
 
Posted on 03-22-13 2:47 PM     [Snapshot: 2599]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 https://www.youtube.com/watch?v=UmcSQiuwaG4
 
Posted on 03-22-13 5:37 PM     [Snapshot: 2759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I love rekha thapa she is real  .............Respect :) USA Luv you it's all good 
 
Posted on 03-23-13 10:50 PM     [Snapshot: 3246]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://www.newsofnepal.com/newsdetail.php?id=70623

रेखा आफ्नै छवि बिगार्दै 
March 23rd, 2013
 
 
 
 
 
 
 
नायिका रेखा थापालाई के भएको छ कुन्नि? विवादमाथि विवादमा पर्दै आएकी छिन्। कुनै बेला सुपरस्टार राजेश हमालसँग फोटो खिच्न नमानेर स्टारिजम शो गरी हमालसँग बोलचालै बन्द गर्ने रेखाको पछिल्लो समयमा धेरै चलचित्रकर्मी र कलाकारसँगको सम्बन्ध चिसिँदै गएको छ भने पति छवि ओझासँगको सम्बन्ध पनि सकिइसकेको अवस्था छ।

जमानामा एनेकपा (माओवादी) ले गरेको आमहड्तालमा हिँडेरै गई सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नाचेर सस्तो लोकप्रियता हासिल गरी सोही पार्टीबाट प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराईलाई भेटी चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि क्याम्पेनिङ गरेर पनि चलचित्रकर्मीहरुबाट आलोचना व्यहोरेको धेरै भएको छैन। तर माओवादीसँग नजिक रहेर जति धाए पनि र क्याम्पेनिङ गरे पनि बोर्ड अध्यक्ष हुन नसकेकी उनले अध्यक्ष नियुक्त भएका धर्मेन्द्र मरवैता ‘पप्पु सँग बसेर गत शिवरात्रिका दिन मात्र गाँजा भरेको चुरोटको सर्को लगाएर रमिता मात्र देखाइनन्, त्यस बखत खिचिएका तस्वीर सञ्चारमाध्यम र सञ्चारकर्मीकहाँ उपलब्ध गराउन लगाएर सबैलाई हैरानसमेत पारिदिइन्।

सांस्कृतिक कार्यक्रमका लागि ह्ययान्डसम मनी पेस्की लिई सकेर पनि अन्तिम समयमा आएर मलेसिया नगइदिएकी रेखाले सरी भन्नुको साटो उल्टै आयोजकलाई गाली गरेर अव्यावसायिकता समेत प्रदर्शन गरी अर्को आलोचना कमाइन्। उनको फोटोसमेत राखेर सारा टिकट बेचिसकेको आयोजक समूहले रेखाकै कारणले ठूलो सास्तीसमेत व्यहोर्नुपर्यो। रेखाबाट धोका भएपछि आयोजकले हतारहतार झरना थापालाई बोलाउनुपर्दा आर्थिक नोक्सानी मात्र भएन, कार्यक्रम संयोजन गर्न समेत उनीहरुलाई धौधौ परेको रेखाले महसुससमेत गरिनन्।

उता ‘अध्ययन भ्रमण’ भन्दै अमेरिका पुगेका बेला ‘पढेलेखेकाले चाहिँ के खुत्याएका छन् र’ भनेर अर्को तरंग ल्याइदिइन्। अमेरिकाबाट फर्केको धेरै भएकै छैन, यहाँ आएर त्यहाँका नेपालीलाई ‘होमलेस’ (भिखारी) भनिदिएर चित्त दुखाइदिइन्।

एक टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा उनले त्यहाँका नेपालीलाई होमलेस भनेपछि अमेरिकाबासी नेपाली उनीसँग क्रुद्ध र आक्रोशित भएका छन्। केहीअगाडि मात्र अंग्रेजी बोल्न सिकेकी उनले शुरुमा नजानेर होमलेस भनेको हो कि भन्ने पनि पर्यो। तर अमेरिका बसेर नेपाल आएका नेपालीलाई यहाँ मानसम्मान गर्नु नपर्ने बताएका कारण उनी विवादमा मात्र परिनन्, त्यसको ठूलो विरोध पनि भयो। विरोध भएपछि उनले फेरि त्यही टेलिभिजनलाई अन्तरवार्ता दिएर आफ्नो भनाइ सच्याउने प्रयास गरिन्– ‘उहाँहरुले ती होमलेसलाई सहयोग गरिदिए, उद्धार गरिदिए भने चाहिँ उहाँहरुको विरोधलाई पनि स्वीकार्छु।’ 

यस्ता अनेकन विषय छन्, जसले पछिल्लो समयमा रेखालाई नेपाली फिल्म क्षेत्रको हट एन्ड चिल्ली बनाइरहेको छ। र, पनि उनी यसमा गम्भीर देखिएकी छैनन्। कलाकारहरुको रोगै हो, बेलामा आफूलाई नसुधार्ने, समय घड्केपछि पछुताउ गर्ने? रेखाले के गर्लिन्?

 
Posted on 03-23-13 11:08 PM     [Snapshot: 3252]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो पनि हुन्छ समाचार ? समाचार भन्दा बढी रेखासंग फोटो खिच्न नपाको झोकमा अलाप-बिलाप गर्दै कुरा काट्य जस्तो | कलाकारको काम भनेकै रमिता देखाउने त हो? बेवकुफ | तेही रमिता नदेखाए यिनीहरुको समाचारको खुराक बन्दैन |

 
Posted on 03-23-13 11:46 PM     [Snapshot: 3292]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ani samachar chhai kasto hunchha ta bro? looks like you got to take pictures with her, got autograph signed and a little more private time thats why you have been a stern defender of Rekha all along the way.

ramita ta dekhau na tara aru lai hochyayera, sano dekhayera, nachhaine kura bolera sasto lokpriyata chhai nakamau bhaneko. timi chhai yehi jaathi ko chakari gardai basa som.

 
Posted on 03-24-13 12:44 AM     [Snapshot: 3372]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 03-24-13 1:41 AM     [Snapshot: 3399]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Buddha is not a god Rekhaji, but i like the patriotism of u, i salute u for deciding to stay in our own country n do good stuff.
 
Posted on 03-24-13 10:14 AM     [Snapshot: 3534]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol, biwash.. that comment was not directed towards you, it was for that writer of the news.. sorry if that writer was  you on that news site..  I would love to go on date with her.. I don't care.. ha ha ha ha

 
Posted on 03-24-13 11:49 AM     [Snapshot: 3629]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 dumb stupid nari
 
Posted on 03-24-13 1:32 PM     [Snapshot: 3710]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

You all need to give this topic a break.

She is some village girl with 9th grade Nepali public school education. She said what she was capable of and it is quite funny to see some of these first world floks with Masters and PHDs trying to make sense out of what she said.

Like it or not and believe it or not, she is the #1 actress of Nepal and she has some kind of a stardom with people who are at her level. She is not really your cup of tea.

If this sort of view had come from Rajesh Hamal, Hari Bansa, Madan Krishna and alike actors then it would have been something for debate.

 
Posted on 03-24-13 3:20 PM     [Snapshot: 3800]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

यो बकम्फुसे कुरामा कति लेख्नु ! कति टाउको दुखाउनु ! अब ब्रेक दिनु पर्‍यो भनेर यसो सोच्यो ....
फेरि साथीहरु यस्ता यस्ता तर्कहरु गर्दै ब्रेक दिनुपर्‍यो भनेर लेखिदिन्छन कि नलेखु भन्दा पनि खस खस लागेर लेख्न मन लागिहाल्छ ....

भने पछी ९ कक्षा पढेकी हिरोनीले हुने नहुने प्रसँग मिल्ने नमिल्ने जे जे कुरा गरे पनि उनी भन्दा अलि बढी पढेलेखेकाहरुले त्यस बिषयमा केही बोल्न नमिल्दो रहेछ ....

यसको निष्कर्ष कस्तो आयो भने रेखा थापाले बोलेको कुराको बारेमा उनकै "लेभल" का बाहेक अरु मान्छेहरुले टिकाटिप्पणी गर्न नपाउने रहेछन् । अनि त्यही "लेभल"को मान्छेहरुको लागि त उनी नम्बर १ हिरोनी, उनले बोलेको सुन्ने र उनले देखाएको हेर्ने बाहेक उनीहरुको अरु धर्मै पो के छ र ! रेखा थापाले म बुद्धै हुँ भने पनि उनीहरुले हो हो भनेर ताली पड्काउदा हुन् ।

ल न कसैले कृपा गरेर मेरो लेवल घटाइदिनुस् अनि म मार गाली गर्छु त्यो रेखा थापालाई ... 
 
Posted on 03-24-13 3:31 PM     [Snapshot: 3815]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बाघ दाईले दियो अब चाही कसैलाई भित्ता पुग्ने गरि /
 
Posted on 03-24-13 5:56 PM     [Snapshot: 3949]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेभल घटाउन नपर्ने जस्तो देखिदै छ | नौ क्लास फेल भाकी गाउ को केटि को कुरा लाइ लिएर दिन मा चार पाँच चोटी पोस्ट गर्ने समय निकाल्ने सक्ने लाइ मेरो विचार मा एकै लेभेल मा पर्छ होला | उही लेभेल मा हुने लाइ के को डर |

कुरा गर्न पाउने नपाउने होइन कुरा कति चाख मानेर गर्ने नगर्ने भन्ने हो ! मैले पनि अन्तर्वार्ता हेरे र हासे पनि तर उसको अन्तर्वार्ता भन्दा पनि साझा का पढे लेखेका हरु को कमेन्ट रमाइलो लागिरहेको छ |

 
Posted on 03-24-13 8:59 PM     [Snapshot: 4042]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sidster जी,
रेखा ९ क्लास फेल होइनन है , उनैले भनेकी छन् , SLC पास गरेपछि फिलिम खेल्ने बेस्त्यताले गर्दा क्यम्पुस पदना पयिनन रे | अनि फेरि औपचारिक डिग्री ले मात्र होइन मान्छे स्वअध्यानन र अनुभवले पनि शिक्षित र ज्ञानी हुन्छ |

जसले जे भनेपनि नेपालको टप हेरोनि भएकोले उनले भएको कुराले धेरैलाइ असर गर्छ | मेरो बिचारमा शिक्षाको स्तरले average नेपालीहरु उनलाइ मन पराउने अनि उनीबाट प्रभावित हुने टन्नै छन् | तेसैले average स्तरको नेपालीलाई प्रभावित गर्ने मान्छेलाई 'एसले बोलेको के ध्यान दिने, सुन्यो उडायो' भन्न मिल्दैन | बरु अलिकति भएपनि इन्लाई level मा ल्याउने कोशिस गर्नु पर्चा जस्तो लाग्छ | मलाई त लाग्दै छ यिनको राजनीतिक महत्वोकांचा पनि निकै ठुलो छ , नेत्रित्वो मा पुगेपछि पनि येस्तै हर्कत देखैयिन भने के हुन्छ ? राजनीतिक नेत्रित्वो अलि पछि को कुरो भए पनि चलचित्र संस्थानको अधक्ष्य बन्नलाई त निकै जोड गरेकी हुन् नि इनले ( धन्न धन्न हुनै पुगेकी , बालुवाटारमा हिसिलालाई भेटेर बाहिर आएर पत्रकारलाई फोन गरेर मैले प्रधानमन्त्रिलाई भेटे -मेरै हुन्छ होला भनेकी )|

कसैले भन्ला खाली राजनीकि कुरो ल्यौचा भनेर , तर "एस्तो हावादारी कुरा गर्ने , आधी हतियार खोलाले बगायो रे, अनि UN जादा छोरालाई computer operator बनाएर लागेको भन्छ " येस्ताको कुरा seriously लिनु पर्दैन भन्ने मान्छेहरु बल्ल देख्दैछन् प्रचण्डको भूमिका कस्तो दरो हुदै आएको छ | मेरो भनाइ रेखाका सबै दर्सक ५ किलास फेल भएपनि रेखालाई र सकिन्छ भने उनका दर्सकलाई   पनि सचेत गराउनु पर्छ | राजेश हमालजस्ता लाई फुलेर बस्दै ठिक्क छ, तेसैले फिलिम सम्बन्धि नीति निर्माण तहमा जाने येस्तै येस्तै मान्छे हुन् , तेसैले  यिनिजस्तालाई यिनको धरातलीय यथार्थ थाहा दियो भने नेपाली फिलिमलाई राम्रै गर्छ |

 
Posted on 03-24-13 9:41 PM     [Snapshot: 4084]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lahure Ji,

जसले जे भनेपनि नेपालको टप हेरोनि भएकोले उनले भएको कुराले धेरैलाइ असर गर्छ | मेरो बिचारमा शिक्षाको स्तरले average नेपालीहरु उनलाइ मन पराउने अनि उनीबाट प्रभावित हुने टन्नै छन् | तेसैले average स्तरको नेपालीलाई प्रभावित गर्ने मान्छेलाई 'एसले बोलेको के ध्यान दिने, सुन्यो उडायो' भन्न मिल्दैन | बरु अलिकति भएपनि इन्लाई level मा ल्याउने कोशिस गर्नु पर्चा जस्तो लाग्छ | मलाई त लाग्दै छ यिनको राजनीतिक महत्वोकांचा पनि निकै ठुलो छ , नेत्रित्वो मा पुगेपछि पनि येस्तै हर्कत देखैयिन भने के हुन्छ ? राजनीतिक नेत्रित्वो अलि पछि को कुरो भए पनि चलचित्र संस्थानको अधक्ष्य बन्नलाई त निकै जोड गरेकी हुन् नि इनले ( धन्न धन्न हुनै पुगेकी , बालुवाटारमा हिसिलालाई भेटेर बाहिर आएर पत्रकारलाई फोन गरेर मैले प्रधानमन्त्रिलाई भेटे -मेरै हुन्छ होला भनेकी )|

First of all, i do not think there are people in Sajha who will be influenced either way from Rekha Thapa Comments. There are millions of 5th grade educated Nepal for her to maintain her stardom and those will not be influenced by what you and i post in Sajha.

Secondly, you brought up a good point. I do think she aspires to be a politician and she has gone under Mao roof to flourish her political career. If congress become more influencive in Nepal in the near future i see her taking refuge under congressi roof immediately. I dont think she really cares about whose side she is on as long as she is with the winner. Thats just what i think of her.

Anyway, this will be the last post of mine on Rekha Thapa as i do not want to contribute to her stardom by making her a subject of discussion more and more.


 
Posted on 03-25-13 11:29 AM     [Snapshot: 4410]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-25-13 12:01 PM     [Snapshot: 4440]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो मित्र Sidster ले त यो धागोबाट सन्यासनै लि सक्नुभएछ...

तर मलाई बहुत रमाइलो लाग्यो ... मित्र Sidster ले सन्यास लिनुभएकोले होइन नि फेरी ... आखिर यहाँले पनि नेपालीमा प्रतिकृया लेख्ने कष्ठ उठाउनुभएछ ... मन अति प्रसन्न भयो ....  
 
Posted on 03-26-13 10:35 PM     [Snapshot: 4902]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 yo reply chhai malai sarai chitta bujyo hai, share garidiye

http://nepal.fm/rekha-thapa-justifies-previous-comments-us-living-nepali/

Ramesh Thapa  5 days ago

नारायण अधिकारी

रेखा जी,

तपाईं नाम रेखा, तर सरल रेखा हो कि बक्र रेखा ? छुट्याउनुपर्ने भएको छ । तपाइँले अमेरिका भ्रमणपश्चात् दिएको पहिलो अन्तर्वार्ता र तपाइँले दिएको स्पस्ष्टीकरणको दोस्रो अन्तर्वार्ता दुवैलाई हेरेर फेरि सोच्नुपर्यो– तपाइँको बौद्धिक क्षमता कति छ ? यो तपाइँको आलोचना होइन, तपाइँले बोलेका राम्रा कुरा राम्रै छन् तर जुन कुराको बारेमा यहाँ तपाईंको चर्चा भइरहेको छ, तपाईंले बोलेका कुराहरु निराधार छन् । जुन विषयमा बोल्नुभयो, ती सबै तपाइँको बौद्धिक क्षमताभन्दा बाहिरका कुरा हुन् । हुन त तपाइँसँग बौद्धिकताको तर्क नै के गरौं र ! माध्यमिक तहसम्म मात्र अध्ययन गरेकी तपाइँले यो बिन्दुमा औपचारिक शिक्षाको कमीलाई महसुस गर्नुपर्ने हो । १८० डिग्रीमा फर्केर अन्तर्वार्तामार्फत स्पष्टीकरण दिनुको अर्थ तपाईंका छोटा कपडाबाट देखिएको लाज फेरि छोपेर ‘कहाँ देखिएको छ ?’ भन्नु जस्तै हो । यो तपाइँको बौद्धिक न्युनताबाहेक केही होइन । सार्वजनिक रुपले बोल्न, बौद्धिक बहशका लागि औपचारिक शिक्षाको खाँचो हुन्छ भन्ने कुरालाई आत्मसात गर्न नसकेको मात्र हो ।

तपाइँले “छवि ओझा र नरेश पौडेलले १६ वर्षको उमेरमा ‘मिस कोशी सुन्दरी प्रतियोगिता’पछि चलचित्र ‘हिरो’मार्फत ब्रेक पाएको” भनी दिशानिर्देश कार्यक्रममा पत्रकार विजयकुमार पाण्डेसँग भन्नुभएको छ । अर्थात् तपाइँ सुन्दरताका आधारमा नकी बौद्धिकतामा आधारमा अगाडि आउनुभएको हो; त्यसपछि तपाइँले औपचारिक पढाइको क्रम छोड्नुभयो । तसर्थ, औपचारिक शिक्षाको अभावमा तपाईं शब्दको अर्थ नबुझी ‘होमलेस’, ‘बुद्धत्व प्राप्त’ ‘शताब्दी भनेको १० वर्ष’ जस्ता वकवास कुरा गर्दै हिँडिरहनुभएको छ । यो दोष तपाइँको होइन, तपाइँको अज्ञानता मात्र हो । मैले सुनेको छु– 
(१) जो मानिस जान्दिन भन्ने कुरा जान्दैन, त्यो मूर्ख हो, त्यसलाई नचलाऊ ।
(२) जो मानिस जान्दिन भन्ने कुरा जान्दछ, त्यो साधारण हो, उसलाई सिकाऊ, ।
(३) जो मानिस जान्दछु भन्ने कुरा जान्दैन, त्यो सुशुप्त हो, उसलाई जगाऊ ।
(४) जो मानिस जान्दछु भन्ने कुरा जान्दछ, त्यो ज्ञानी हो, त्यसलाई पछ्याऊ ।

मेरो विचारमा तपाइँले पहिलो नम्बरको कुरा गर्नुभयो ।

तपाइँले पहिलो अन्तर्वार्ताका पूर्ण शब्द र वाक्य पढ्नुहोस्, सुन्नुहोस्– “म आम नेपालीलाई भेट्न चाहन्थे, उहाँहरुसँग चाहिँ भेट भयो, होमलेस जो चाहिँ धेरै मान्छेहरु होमलेस हुनुभएको रहेछ, त्यस्तो, हामीले इन्टरभ्यू नै लिएका छौं” । अब दोस्रो अन्तर्वार्तामा अलिक सुधारेर “हामी ब्रुक्लिन भन्ने ठाउँमा बस्दा विभिन्न देशका व्यक्तिहरु लगायत हाम्रो देशका एक जना व्यक्ति पनि देखिनुहुन्थ्यो, जो सडकमा हुनुहुन्थ्यो.......” । तपाइँलाई थाहा छ ती व्यक्तिको कथा के थियो ? त्यो बताउनुभएन । म दिन्छु उदाहरण– एक जना नेपालीको कथा अमेरिकामा । अमेरिकाली जीवन, स्वतन्त्र । आफूलाई पुग्दो पैसा छँदै थियो, मति बिग्रियो, खाद्य–अखाद्य खायो, साथीभाइबाट बञ्चित, अन्तमा सडकमा आयो र ऊ मर्यो । अब भन्नुहोस् यो उदाहरणका आधारमा कसरी धेरै नेपालीहरु होमलेस भए बुद्धत्व प्राप्त रेखा जी ?

– तपाईले एउटा कार्यक्रममा “भुवन केसीले नेपाली चलचित्र क्षेत्रमा एक शताब्दी बिताइसक्नुभएको छ” भन्दा पत्रकारले सोधे– शताब्दीमा कति वर्ष हुन्छ ? तपाईंले भन्नुभयो– १० वर्ष । पत्रकार हाँसे, तपाइँले रिसले गाली गर्दै उर्दी लगाउनुभयो– मेरो कुरा नसुन्ने भए गेट आउट फ्रम हियर । आउँदैन भने सिक्नुहोस्, नत्र जे पायो त्यही नबक्नुहोस् भन्ने सल्लाह दिन चाहन्छु । 
– तपाईं त्यहीं अनुशासनहीन रेखा होइन र जो गाइजात्राको विषयलाई लिएर एउटा पत्रकारमाथि हमला गर्नुभयो । 
– अनि फेरि भन्नुभयो– आवरणमा बसेर हेर्दा जे देखें, त्यही भनें । बुद्धत्व प्राप्त गरेकी तपाईंले आवरणका आधारमा मात्र कुरा गर्न सुहाउँदैन । 
– अनि अमेरिकामा बस्ने नेपालीहरुलाई अब नेपाल आउँदा सम्मान गर्नुपर्ने अवस्था छैन भन्ने कुराको बारेमा त केही भन्नुभएन नि ? 
– अमेरिकाबाट नेपाल फर्कँदा तपाईंले देशलाई किन ढोग्नु ? देशबाहिर बसेर पनि जो हामी नेपालप्रति अश्थावान् छौं, देशप्रति चिन्तित छौं, ढोग्ने त हामीले हो । देशप्रतिको माया तपाईंले उचालेको छोटो लुगा र देखाएका उत्तेजक तिघ्रामा होइन, विदेशमा बसेर मेहनतका साथ कमाएको श्रम र सीपमा हुन्छ । 
– तपाईंले मलेशियामा कार्यक्रम देखाउन भनेर त्यहाँका नेपालीहरुबाट पैसा लिइसकेर पनि त्यताको कार्यक्रममा नगई अमेरिका आउनुभएको थियो, त्यो पैसा फिर्ता गर्छु भन्नुभएको थियो । फिर्ता गर्नुभयो होला भनेर सम्झाएको मात्र है ।

अब आउँ शिवरात्रीको प्रसंगमा । तपाईले भन्नुभयो– “मैले खास चैं यो सामाजिक बहश बनोस्, ताकि एउटा लैंगिक विभेदको कुरा आइरहेको छ महिला र पुरुष, यदि त्यही ठाउँमा कुनै पुरुषले धुम्रपान या मध्यपान गरेको तस्विर सार्वजनिक भएको भएको भए यत्रो ठूलो इस्यु हुँदैनथियो, म महिला भएँ त्यसकारण मलाई बढी हेपियो होला, मलाई बढी दवाव दिने कोसिस गरियो होला, त्यसकारण यो इस्यु उठ्यो ।” अब तपाइँको भनाइ रह्यो, पुरुषले गरेको धुम्रपानको कुरा बहशको विषय बनेन तर महिलाले गरेको कुरा बहशको विषय बन्छ भनेर लैंगिक विभेद हटाउन धुम्रपान गरेको तस्विर सार्वजनिक गरिदिनुभयो । धन्यवाद ।

रेखा जी, धुम्रपानमा मात्र होइन, नेपालमा नारी जागरणका थुप्रै कुराहरु छन् जस्तो– देह व्यापारका कुराहरु, चेलीबेटी बेचबिखनलगायत अरु थुप्रै । अब तपाईंले नारी र पुरुष कसैले धुम्रपान गर्नुहुँदैन भनेर धुम्रपान गरेको तस्विर सार्वजनिक गरिदिनुभयो भने अब देह व्यापार पनि गर्नुहुँदैन भनेर ठमेल अर्थात् कुनै कोठीमा गएर एकपटक देह व्यापार गरी तस्विर सार्वजनिक गरिदिनुहोला ताकि महिला र पुरुषका बीचमा कुनै लैंगिक बिभेद नहोस् । यो तपाईंलाई सजिलो पनि हुनेछ, ठूलै विवाद भयो भने ‘म त कलाकार, फिल्मको सुटिङ थियो’ भने भइहाल्यो ।

अब तपाइँ त प्रचण्डसम्मको पहुँच भएकी कलाकार जो पर्नुभयो, बाबुरामलाई त तपाईं ‘बाबुराम दाइ’नै भन्नुहुन्छ क्यार । गायक सुगम पोखरेल लागु पदार्थ खाएको आशंकामा समातिएका थिए, तर तपाईं चाहिँ यी पदार्थहरु खाने र बिक्रीबितरण नै गरिदिनुहोला ताकि महिला र पुरुषहरु बीचको लैंगिक विभेद हटाउन यसले पनि टेवा मिल्नेछ ।

त्यस्तै, लैंगिक विभेद हटाउनका लागि चेलीबेटी बेचविखनमा पनि लाग्नुहोस् र तस्विर सार्वजनिक गरिदिनुहोस् भनेर फर्माइस पठाउन चाहिँ उचित ठानिन ।

अन्तमा रेखा जी, तपाईंले स्पष्टीकरणको बकपत्रमा उल्लेख गरेझैं यो कुरालाई पनि तपाईंलाई मन नपराउने मान्छे, तपाईंलाई माया नगर्ने मान्छेले फैलाएको हल्ला भन्नुभएछ तर यो कुरा होइन रेखा जी । तपाइँलाई त म खुब माया गर्छु, मन पराउँछु पनि तर माया गर्न तपाईं गाला नै थाप्नुहुन्न त मेरो के दोष ? फेरि तपाईं भन्नुहुन्छ– कुराको आशय ‘रे’, ‘रे’, ‘रे’, ‘रे’ मा नजाउँ । कहाँ हामी ‘रे’ मा गएको हो रेखा जी ? तपाइँको अन्तर्वार्ताको दृश्य साक्षी छ । आज यत्ति ।


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters