[Show all top banners]

everestpep
Replies to this thread:

More by everestpep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पुल्चोक क्याम्पस : मेरो स्मृतिमा
[VIEWED 4976 TIMES]
SAVE! for ease of future access.
Posted on 10-27-12 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

पुल्चोक क्याम्पस :  मेरो स्मृतिमा

 

कुरा आजभन्दा १७१८ बर्ष अगाडिको हो जुन बेला पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा नाम निकाल्नु नै एउटा ठुलो युद्घ जिते जस्तै थियो, आजकल त अखबारमा पढ्छु प्रबेश परिक्षाको प्रश्नपत्र नै बजारमा किन्न पाइयो रे । ख्यालख्यालमै पुल्चोकमा नाम निक्लियो, इन्जिनियर बन्ने छाँटकाँट आयो । नत्र यो लण्ठु एपेप आजसम्म पनि ओभरसियर वा हदै भए लोकतान्त्रिक होलसेल बढुवामा परेर बिना डिग्रीको इन्जिनियरको बिल्ला भिरेर हल्ली रहेको हुन्थ्यो । हुनत त्यो बेला अर्को एउटा निजी इन्जिनियरिङ्ग कलेज NEC पनि भर्खर खुल्ने तरखरमा थियो । जहाँ पछि मेरा धेरै साथीहरु अध्ययन गर्न आइपुगे । जे भए पनि पुल्चोक क्याम्पस अध्ययनरत हुँदाको समय गज्जबको थियो । पीर हुन्थ्यो त एउटै कुराको - ती दिक्दार लाग्दा बाह्रमासे परिक्षाहरुको । अरु कुराहरु लगभग सबै म्यानेजएबल,  कुनै कुनै मस्तीका हुने नै भए । ती मध्ये त्यो डेराको बसाई, ती साथीहरु, ती बालाहरु र ती गुरुदेवहरु अवस्मरणीय छन् । मेरो यो स्मरण लेखन यीनै सेरोफरोमा घुम्नेछन्  । खोइ कहाँबाट थालनी गरौं । गास, बास र कपास जीबनको पहिला प्राथमिकताहरु हुन रे । त्यसैले डेराको बसाईबाटै सुरु गरौं क्यारे ।

 

डेरा थियो क्याम्पसभन्दा उत्तर, बागमतीको किनारतिर, क्याम्पस पर्खालसगै जोडिएको बाटैमा पर्ने । पर्खाल अग्लै छ तर पनि हामी पर्खाल वरिपरिको घुमाउरो बाटो हिडनुभन्दा अनेक साधनले पर्खाल नै फड्किन्थ्यौं क्याम्पस र डेराबीच ओहोरदोहोर गर्न । यो छोटो बाटो प्रयोग गर्दा कर्मचारी तथा प्रध्यापक आवस क्षेत्र भएर जानुपथ्र्यो जुन कुरा उहाँहरुलाई त्यति प्रिय थिएन । त्यसकारण यस्ता पर्खाल फड्किन प्रयोग गरिने हाम्रा तारतरम्यहरु कहिलेकाहिं हटाइएका हुन्थे । शायद पर्खाल नजिकका घरहरुमा बस्ने गुरुदेब वा कर्मचारी तथा उनका परिवार सदस्यहरुलाई हामीबाटभन्दा पनि गैर बिघार्थीहरुबाट डर थियो होला । यो कुराको हामीलाई बालै भएन, त्यस्ता तारतरम्यहरु फेरि खडा हुन्थे, हामी त्यही (कु)बाटो प्रयोग गर्थियौं । हामी क्याम्पस जानु पर्ने धेरै कारणहरु हुन्थे, बाध्यताले क्लास लिन, अर्ध बाध्यताले तर नियमित होइन मेसमा वा निरौलाकोमा खाजा-खाना खान । होस्टल पनि गई रहुनु पर्ने । प्राक्टिकलको रिपोर्ट सार्न, सर्भेको रिपोर्ट बनाउन, टेलिभिजन हेर्न बिशेष गरी फुटबल र क्रीकेट क्रेजको ज्वरो आउँदा, डेरामा पानी नहुँदा नुवाईधुवाई गर्न आदि इत्यादि । त्यसो त होस्टलका प्राय साथीहरुले स्वागत नै गर्थे । कोही भने हामीलाई अर्कै ग्रहको प्राणी आएको जस्तै गरेर हेर्थे, के के न उनीहरुको भाग खोस्न गए जस्तै । मैले यस्को पछाडिको मनोबिज्ञान बुझेको छैन ।

 

घरबेटी बा कतै मंगलबजार तिरका थिए । ६० बर्षको हाराहरीमा पुगेका उनी अदालतमा अभिबक्ताको पदमा काम गर्ने । न्यायक्षेत्रमा अधिबक्ता भन्ने त सुनेको थिए तर अभिबक्ता भन्ने पद पनि हुँदोरहेछ पहिलोपटक घरबेटी बा बाट नै थाह भयो । भाडा खाने हिसाबले (तर पछि बेचे रे ) साढे तीन तलाको घर बनाएका ढण्ठलमा । ठाउँको नाम यहि हो हामीलाई बताइए अनुसार । घरबेटी बा अलि व्यस्त नै हुन्थे होला छोरा जीवनचालाई सहायक घरबेटीको रुपमा नियुक्ति गरेका थिए । जीबनचाको मुख्य काम घरको रेखदेख गर्नु वा भनौं भने हामीमा घरबेटीको उपस्थिति देखाउनु थियो । शुरुको केहि महिना त जीबनचा सबभन्दा माथिल्लो तलाको एउटा कोठामा सुत्ने बस्ने गथ्र्यो । खान सधैं मगंलबजार तिरकै घरमा पुग्थ्यो । उसंग हामीले ठीक ठीकैको दोस्ती कायम गरेको थियौं । पछि के भयो कुन्नि उस्को स्वास्नीले गुनासो गरी वा हामीलाई निगरानीमा राखीरहनु पर्ने आवश्यकता देखेन उ त्यहाँ बस्न छोड्यो । त्यसपछि घर पुरा हाम्रो कब्जामा आयो । यसरी कब्जा गरी बस्नेहरुमा हामी १२ देखि २० जना सम्म हुन्थ्यौं । संख्यामा घटबढ भईरहन्थ्यो । हामी एपेप, बामदेब, नाना, दर्शन, कुमार, सुदन, पारस, कमल, जैकी, प्रसाद, अक्षय, अमिर पुर्णकालिन रुपमै बस् । कहिलेकाहि कुनै साथीले थप साथीभाईलाई अस्थायी बसोबासको लागि पनि आमन्त्रण गर्थे । यस्ता अर्धकालिनमा मुख्यत विवश, चेजी, कृष्ण, आशिक, एचएच, एचडी, दर्शनको भाइ मिनी, जैकीको भाई बिनो थिए । यी पात्रहरुमध्ये ११ जना पुल्चोक पढ्ने, ५ जना NEC पढने, बाँकी अन्य कोही अन्यत्र पढ्ने, प्रबेश परिक्षाको तयारी गर्ने वा जागिर खाने यस्तै यस्तै । एउटा कुरा यहाँ प्रष्ट छ कि हाम्रो डेरामा स्त्रीजाती कोहि थिएन । सब एक से एक होनाहार कुमारहरु । त्यसैले माफ गर्नुहोला घरबेटी मैचा वा एउटै घरमा डेरा गरी बस्ने सुकुमारीहरुसंग हुने मायाप्रिति र रोमान्सका कथाहरु यहाँ भेटिने छैनन् ।

 

काठमाडौं बसाईको कुरा गर्दा पानीको कुरा गरिएन भने त्यो अधुरो हुन्छ । पानीको लागि कुन चाहिं उपाय अपनाइएन होला । जेरीक्यान लिएर ढुगेंधारा धाउनेदेखि सार्बजनिक कलधारा नानीको देखिको बल लगाएर खिच्ने त्यो पनि पहेंलो लेदो तैरिने पानीको लागि । जानिफकारहरु भन्थे पानीमा फलाम धेरै भए पछि यस्तो हुन्छ रे । हल्का रगंका कपडा एक पटक धोए पछि यस्को पुरा हुलियानै गायब ।  तेसोत डेरामा city line पनि जोडिएको थियो । यसमा पानी कुन बेला कति समयका लागि कसरी चुहिन्थ्यो पानीकै देवता इन्द्रले खुट्याउन सक्थेनन् होला हामी नाथेको के कुरा । पानी भन्दा अगाडि पाइपमा आउने हावाको सुसेलीको चाल थाहा पाएर मोटरपम्प चालु गर्नुपथ्र्यो । पम्प चालु गर्न २ मीनेट मात्र दायाँबायाँ भए, पाइपबाट हावा मात्र झथ्र्यो । पानी पनि झर्लाकि भन्ने आशमा थप केहिबेर हावालाई स्वागत गरिरहँदा यी मोटरपम्प कति पटक जले गनेर साध्य छैन । छिमेकिसंग अरु जे कुरामा समन्वय भए पनि उनीबाट पानी आएको खबर पाउन भने गाह्रो । हाम्रो मोटरपम्प जति कम चल्यो उन्को ट्याङ्की उति बढी भरिने भएकोले होला । एकदिन हामी २० थान मध्येकै एउटाले उपाय सुझायो आफनै डेरामा किन कलधारा नगाड्ने । पानी पहेलै भए पनि शौलाचयमा र अन्य सरसफाईलाई काम लाग्ने । खानेपानीको जसोतसो जोहो भइहाल्छ । अलि अलि प्राविधिक बिद्या लगाइयो, सम्भाब्यताको अध्ययन भयो, पैसाको हिसाबकिताब भयो, घरबेटीसगँ सल्लाह भयो र धारा गाड्नको मिस्त्री झिकाइयो । गाड्ने काम लगभग पुरा हुन लाग्दै थियो, पाइप पानीको तहमा पुग्न लागेको आभाष हुदै थियो । हामी एक हिसावले रोमान्चित थियौं । भाँच्चिसकेको मेलाम्चीको पानीको सपना यस्ले पुर्नजीवित गर्दैथियो । यस्तैमा तल पाइप धसाई रहेको मिस्त्रीको आश्चर्य मिस्त्रीत उच्च आवाजले हामीलाई विपनामा पछारिदियो । उ भन्दै थियो पाइपबाट पानी होइन ग्यास पो आयो रे,  त्यो पनि गनाउने ग्यास । धोका ! फेरि पनि हावा मात्र ? 

क्रमश :


 
Posted on 10-27-12 11:40 AM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think its only "पुल्चोक क्याम्पस" rather than "पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस"   . 
 
Posted on 10-30-12 11:17 AM     [Snapshot: 276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Everestpep ji, majja ko gairaacha hai samsmaran.... ramailo yaad mera pani thiye IOE ko hostel ko , canteen ko ra cricket ground ko....  yeh ani ti hostel ka bala haru ko
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters