Please choose Help Nepal Network for Walk for Nepal - Sajha Mobile
SAJHA MOBILE
Please choose Help Nepal Network for Walk for Nepal
Posts 3 · Viewed 6183 · Go to Last Post
shirish
· Snapshot 0
Like · Likedby · 0
 गत बर्ष Walk for Nepal मा तपाईको सहभागिताको लागि हेल्प नेपाल नेटवर्क (www.helpnepal.net) धन्यबाद दिन चाहन्छ । Walk for Nepal का क्रममा तपाईले दिनु भएको आर्थीक सहयोगका कारण हामीले ४,५७७ डलर संकलन गर्न समर्थ भयौं । परिणामस्वरूप, हामी नेपालको सिराहामा भएको भीषण आगलागीबाट पीडित नेपाली दाजु भाई तथा दिदी बहिनीकालागि आबश्यक पर्ने लत्ता कपडा (४,००० थान), तन्ना (१,००० थान), डसना (८०० थान) २ लाख रुपैयां बराबरको खाद्य सामाग्री, ४० हजार रुपैयां बराबरको औषधि पठाउन सफल भयौं ।

 

यस बाहेक हेल्प नेपाल नेटवर्कले तपाईहरुले गर्नु भएको सहयोगकै कारण लगभग ४० वटा पुस्तकालय, ४० वटा विद्यालय भवनहरू निर्माण गरीसकेको छ । दुर्गम जिल्ला मुगुमा स्वास्थ्य चौकी सन्चालन गर्नुका साथै सिराहामा अर्को स्वास्थ्यचौकीको निर्माण पूरा गरि सन्चालनमा ल्याउन लागेको छ । धुलीखेलमा करीब एक करोड रुपैयाको लागतमा असाहयहरूका लागि एउटा बाल गृहको निर्माण कार्य लगभग सम्पन्न भैसकेको छ। चेपाड्ग समुदायकोलागि १० लाख रुपैया जम्मा पारि सकेका छौं । यस बाहेक हामीले धेरै स्वास्थ्य शिबिरहरू पनि सन्चालन गरिसकेका छौं। यी सबै काम तपाईंहरूकै सहयोग र विश्वासका कारण संभव भएको हो हाम्रो सम्पूर्ण आय र ब्ययको बिबरण तथा लेखा परिक्षण helpnepal.net मा हेर्न सक्नु हुनेछ ।

 

हेल्प नेपाल नेटवर्कले आफ्ना परोपकारी कार्यलाई दीर्घकालीनरूपमा संस्थागत गर्न र ती कार्यहरू अझ ब्यापक र प्रभावकारीरूपमा सम्पन्न गर्न हालै १० करोड रुपैयाको परोपकारी अक्षय कोष स्थापना गर्ने महत्वाकांक्षी लक्ष लिएको छ। सो कोषलाई सहयोग गर्ने सर्वसाधारण नेपालीहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ। दक्षिण कोरीयामा बस्ने मूलरुपमा श्रमिक नेपालीहरूले मात्र हालसालै सो कोषका लागि १० लाख रूपैयांभन्दा बढी संकलन गरेका थिए। सबै गरेर हालसम्म सो कोषमा ३० लाख रुपैयां जम्मा भैसकेको छ।

 

यसबाट हामी नेपाली हौं भन्ने भावना हामीमा प्रबल रहेको र हामीले जन्मेको, हुर्कोको माटोलाई नबिर्सेको प्रष्ट हुन्छ । साथै हामी सबै नेपाली मिलेर ब्याबाहरिक परोपकारको भावनालाई आत्मसात गर्दै केही गर्न चाहेमा गर्न सक्छौं भन्ने तथ्यलाई पुष्टी गर्दछ। गत बर्षजस्तै हामी फेरी एकपल्ट सरकार तथा अरूहरूलाई गाली मात्र गरेर नबसि सकारात्मक काम गरेर आफैं उदाहरण बनेर देखाउन र अरू धेरैलाई सतकार्यमा प्रेरित गर्न तपाईंलाई आग्रह गर्दछौं । हामी अधिकांश नेपालको सामान्य पृष्भूमीबाट निक माथि उठेर यहां अमेरिकामा तुलनात्मकरूपमा धेरै सहज जीवन विताइरहेका छौं अब दु:खी नेपालीको जीवन अलिकति भए पनि सहज बनाउन केही गरौं।

कृपया यो लिंकमा थिचेर सेप्टेम्बर २२ तारिखमा हुने Walk for Nepal मा सहभागिता जनाऔं ।

 

http://www.walkfornepal.org/info-boston/register-boston/Help Nepal Network छान्नु हुनेछ भन्ने बिश्वास लिएका छौं ।

 

नोट: हेल्प नेपाल नेटवर्कको प्रशासनिक खर्च (administrative expenses) सोही उद्धेश्यका लागि एकजना युवा उद्यमी सिदार्थ राणाले दिएको एक करोड र अन्य २५ जना नेपालीहरूले दिएको ७० लाख रुपैयाको एउटा अक्षयकोषबाट बेहोरिने हुनाले  तपाईको सहयोग शत प्रतिशत हामीले गर्ने परोकारी कामहरूमा खर्च हुन्छ। हेल्प नेपाल नेटवर्कबारे विस्तृत विवरण हाम्रो वेभसाईटबाट प्राप्त गर्न सक्नुहुनेछ भने केही अन्य जिज्ञासा भए मबि सिंह लाई ५०८ ३९७ १३६८ मा सम्पर्क गर्न सक्नुहुनेछ।

 

तपाईलाई खान पुगोस्, दिन पुगोस्!

 

हेल्प नेपाल नेटवर्क

यू एस ए

shirish
· Snapshot 120
Like · Liked by · 0
 Established with a vision to instill and promote a culture of philanthropy among Nepalis, HELP NEPAL Network (HeNN) encourages Nepalis and those who love Nepal around the world to donate at least 'one dollar a month'  to benefit the needy. The Network provides regular assistance in the fields of health and education in rural Nepal and also provides occasional support to disaster relief efforts.


HeNN spends every single penny it receives on the projects it undertakes. This is made possible by having a separate Administrative Endowment Fund created with the help of over two dozen generous Nepali donors to cover the running cost of its small office in Kathmandu as well as other administrative expenses. All executive committee members and coordinators working in the many different chapters are volunteers.


HeNN embraces 'Practical Philanthropy' whereby every relatively able individual contributes a small portion of their earnings for the benefit of those who genuinely need support. It promotes a habit of giving, which will not hamper an individual's normal life but still will benefit disadvantaged communities. For example, Nepalis abroad are encouraged to "have a can of beer or a carton of juice less in a month and donate the savings to the fund", whereas Nepalis at home to "have a plate of momo or a few cups of tea less in a month and donate the savings to the fund."


With small and large contributions from the Nepalese and well wishers, HeNN has built more than 40 libraries, repaired or constructed more than 40 schools, set up a health post in the remote area of Mugu and another health post in Siraha. HeNN is on the verge of running an orphanage for forty children in Dhulikhel on the outskirts of Kathmandu, once the funding for three years is secured.  It has conducted numerous health camps for the unprivileged Nepalese, apart from providing relief material to natural calamities and disasters.


In the beginning of July, HeNN initiated an ambitious plan of setting up Rs 100m Charitable Endowment Fund from Nepalis living around the world and from the interest gained, HeNN hopes to be able to support maximum possible number of genuinely needy projects. HeNN has already raised Rs 3.5 million for the Fund. With the evidence of what HeNN has achieved, HeNN expects more hard working and generous Nepalis willing to help less privileged fellow Nepalis to come forward and help achieve their dreams of prosperous Nepal.


Please show your support for HELP NEPAL Network by registering to walk on their behalf on 22 September 2012 in Boston. If you walk with us, some one in Nepal will be helped to stand.

giants
· Snapshot 160
Like · Liked by · 0
This really worth praising work. I heard they had a previous plan for setting a dollar a day donation , I dont know whether it worked or not. People are running a NY marathon just to raise money for a cause. Good work keep it up.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 7 · Viewed 1269 · Likes 1
· Posts 5 · Viewed 564
· Posts 79 · Viewed 19280 · Likes 19
· Posts 1 · Viewed 125
· Posts 2 · Viewed 321
· Posts 1 · Viewed 83
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 288
· Posts 1 · Viewed 194
· Posts 1 · Viewed 184



Your Banner Here
Travel Partners
Travel House Nepal