अमेरिकामा आएका अधिकांश युवाहरुलाई नेपाली साहित्यको बारेमा थाहा पत्तो हुदैन भनेर स्थापित कविको कृतिलाई आफ्नो नाममा वाचन गर्नेलाई के भन्ने ?
हालै अमेरिकाको कनेक्टिकटमा आयोजना भएको एक कार्यक्रममा गौरीश्वर शर्मा आचार्य नामका स्वनामधन्य तथाकथित कविले यस्तै काम गरेछन् । ति गौरीश्वर नामका पात्रसँग मेरो कुनै सम्पर्क वा परिचय केही छैन । पहिलोपल्ट नाम सुन्दैछु ।
उनले अमेरिकी कंग्रेशमा उम्मेदवारीको दौडाहामा रहेका नेपालीमूलका आइटि व्यवसायी दर्शन रौनियारलाई हौस्याउन कवि माधव घिमिरेको
कविताको पहिलो चार हरफ हुवहु राखेर बाकी हरफहरु आफैंले थपेछन् । ए बाबा, अर्काको कृति चोरेर आफ्नो कृतिमा हाल्नु कत्तिको कवित्व हो । नेपाली साहित्यमा रुची
राख्ने व्यक्तिले दुइचारवटा कृति पक्कै पढेको हुन्छ, त्यसमा पनि माधव घिमिरेको चर्चीत कृति पढेको हुन्न भन्ने आत्मविश्वासमा अर्काको कृतिमा आफ्नो नाम हाल्नु कस्तो बौद्धिक दरिद्रता हो । दर्शन रौनियार प्रति मेरो राम्रो सद्भाव छ । उनी नेपाली मूलबाट अमेरिकी राजनीतिमा प्रगति गर्न लागेका उदीयमान व्यक्तित्व हुन् । उनलाई विश्वका सवै कुनामा भएका नेपालीले सक्दो सहयोग र सदिक्षाले हौसला दिनुपर्छ । म त्यो कविता वाचन भएको कार्यक्रममा गएको थिइन । दर्शन रौनियार र म फेसवुक मित्र छौं ।
उनलाई हौसला दिन लेखिएको कवितालाई फेसवुकको पेजमा उनले सगौरव राखे । जव कविता हेरें तव म तिन छक्क परें । दिनदहाडै, अनि खुलेआम चोरी । अहिलेको सोसल नेटवर्किंगको जमानामा पनि । यसमा दर्शनको केही दोष छैन । सोझो मनले उनले कविता राखिहाले । तर अर्काको कृतिको अंश आफ्नो भनेर लेख्ने अनि वाचन गर्ने प्रवृत्तीको विरोध गर्नुपर्छ ।
The below is the peom that was cited in the program..
कविता लेख्ने अथवा कम्तीमा पनि कविता पढ्न मन पराउनेहरुको जमातमा गएर के कविता चोरेको कुरा गरिरहेको उहाँ बैंकबाट करोडौ चोरेर मान्छेहरु मालामाल भैसके भन्नु भनेको नेपालको कुनै दुर्गम गाउँमा धमाधम खेतमा बाउसे गरिरहेको लाठेहरुको माझ गएर ' तिमीहरु यहाँ के बाउसे गरी रहेको ! उहाँ हल्यान्ड युरोकपबाट आउट हुन लागिसक्यो ' भन्या जस्तो भयो.......
सोच्नु राम्रो हो, धेरै सोच्नु पनि राम्रो हो, तर एउटै कुरामा सोचेको सोच्यै गर्यो भने त्यो स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ ...
हरेक कुराहरुलाई सकरात्मक रुपमा लिन सकिन्छ, तर त्यसको लागि निश्चित आधारहरु चाहिन्छ र हरेक कुराको एउटा सिमा हुन्छ ...
नत्र भने यसो भनु न
त्यो पाँच करोड घुस खानेको के दोष ? बिचरा उसको स्वास्नीलाई काठमाडौंको मुटुमा पाँच तले घर चाहिएको थियो, उसको छोरोलाई पजेरो चाहिएको थियो .............. उसलाई त घुस खान मनै थिएन, बिचरा बाध्यतामा पर्यो ...
त्यो १४ बर्षे कलिलो बालिकालाई बलत्कार गरी हत्या गर्ने मान्छेको के दोष ? विचराले त्यस्तो केटीहरु देख्ने बित्तिकै आफूलाई थाम्नै सक्दैन, के गरु के गरु हुन्छ................ यो सारा दोष उसको दिमागी हालतको हो ......... उ त हत्यारा हुँदैन होइन ...
ल अब हामी हरेक कुरालाई यसै गरी साकारात्मक ढंगबाट सोच्दै अगाडि बढौ ........
अन्तमा यहाँले माफि माग्नुपर्ने कुनै कारण छैन ...... तर कविवर गौरीश्वर शर्माले माफिका दुई शब्द मात्र पनि बोलिदिनु भएकोभए साकरात्मक सोचाइका थुप्रै आधारहरु तयार हुन्थे
- हत्यारा भनेर अदालतले सजाय दिएको बालकृष्ण ढुंगेल लाई कारबाही गरौँ भन्दा माओबादी सकारात्मक सोचौ भनेर कारबाही गर्न मान्दैन
- सकारात्मक सोचको परिणामले नै होला बाबुरामको सरकारले सयौ कैदीहरु, जो कि हत्यारा, लुटेरा, डाका र kidnapper थिए तीनलाई आम माफी दियो
- सकारात्मक सोचकै कारणले अहिले सम्म गाडी वा भौतिक सरसाधन तोडफोड गर्ने लाई अहिले सम्म कहिले पनि कारबाही गर्न नसकेको
- सबैले गरेकै छन् नि भनेर कसैले ठगेको उजुरी गरे पनि (bhatbhani case) त्यो व्यक्ति लाई सकारात्मक सोचको पाठ पढाउन खोज्छौ
- यहाँका केहि बुद्दिजिबीहरुले कृपया आफ्नो पढाई/काममा (लेखन वा वाचन) मा अरुको काम यस्तै दुरुस्त सार्ने गरौ र अभिभावक भए आफ्ना बच्चाहरुलाई पनि यस्तै प्रकारका तुलनात्मक उदाहरणहरु दिएर शिक्षा दिदै जाऊ
त्यसैले उहा कविजीलाई पनि बरु केहि पुरस्कार दिउ, आफुलाई आफैले ठुलो पदवी दिएर साहित्यिक आसन त ग्रहण नै गरेर बसी रहनु भएको रहेछ
यसैगरी गल्ती गर्नेहरुलाई भन्दा गल्ती देखाउने लाई सकारात्मक सोचको पाठ सिकाउदै जाऊ, सफलताको सिखर एक दिन जरुरै चुम्ने छौ किनकि हाम्रा बुद्दिजिबीहरुले plagiarism बाट सिकेरनै एस्तो शायद भन्नु भएको होला, कि हैन भने ठुलो खेलाडी नै हुनु पर्छ zero tolerance भएको यस्तो चोरीबाट बच्न सक्नु भएकोमा
;">Dear friends, here comes a new update--The so called controversial poem has been deleted from Darshan Rauniyar's Facebook Wall. This is a positive response for our opinion and voices. Darshan Rauniyar realized the fake poem by so calledGaurishwor Sharma Acharya Mr. Rauniyar might have got just shocked and irritated by Gaurishwor Sharma Acharya who wanted to please him by false Bhaktigan. I don't know whether Geology Tiger got response from Darshan Rauniyar or not but simply deleting the post from his wall also gives a silent message.
We should always discourage the unethical deeds like Gaurishwor Sharma Acharya did. Such activities should always be discarded.
जिअलजी टाइगरजीको तगडा विचार सम्प्रेषणप्रति मेरो साधुवाद । अब चाइनेजो उहाँको पछिल्लो दमदार पोष्टिंग पढिसकेपछि रिथिंक जिले एकपटक पूनर्विचार गर्ने कि । कि कसो नेपाचाइ, मगोर्खाली, भक्तेदाई, स्टिफ्लर, वासुदेव र ड्यासजि ।
कविता चोर्नु ठुलो कुरो होइन। चोर्न चाँही नहुने थ्यो, चोरेछ; एक बाजीलाई ठिकै छ भन्नेहरु - एक बाजी आफु अलि गतिलो कबिता लेखी हेर। चोर्न लायक मात्र भएपनि लेखिटोपल्यौ र कसैले त्यस्लाई आफ्नो भनेर प्रचारबाजी गर्छ भने तिमीहरुलाई कस्तो लाग्छ? त्यस्तो नाम चलेको कविको कविताबाट हरफका हरफ सारेर नि लाज पचाउन सक्नु भन्या अलि धेरैनै नीच काम हो।
आँफैलाई कवि भन्न खोज्या होइन, तर 'मेरै भात भन्या भात हो' भन्ने टुक्रो एउटा दाजुले यहाँ साझामा भेटेर आफ्नै जसरी फेसबुकमा टाँस्या थिए। रमाइलोको लागि लेख्या भए नि आफ्नो रचना अरुले श्रोत नखुलाई वाह-वाह पाउन प्रयोग गर्या देख्दा अलि खल्लो लाग्छ।
नेपाली साहित्य मा चोर हरु को कमि छैन भन्ने कुरा को अर्को ज्वोलंत उधाहरण देख्न पाईयो. येस्ता चोर हरु लाइ नंग्यौदै जान पर्छ .
rethink साथी जब तपाई ले सिर्जना गर्नु भएको सानो वा ठुलो केहि कुरा लाइ अरु ले चोरेर आफ्नो बनाउछ नि अनि थाहा पाउनु हुन्छ के हुन्छ भनेर . अरु कसै ले दुख गरेर कति सोचेर मेहेनत ले मन बाट निकालेर लेखेको कबिता लाइ सुटुक्क चोरेर आफ्नो बनाएर प्रकाशित गर्नु कसै को हत्या गर्नु सरह नै हो . तेहा कसै को सृजना को हत्या भएको छ .
सृजना भनेको बौद्धिक विचार हो र बौद्धिक विचार भनेको कसैको सम्पति हो , र कसै ले अरु को जानकारी बिना उसको बौद्धिक विचार को उपयोग गर्छ भने त्यो सरासर चोरी हो .
मेरो भन्नु को तात्पर्य के हो भन्देखुन शायेद आचार्यजिले माधव घिमिरेको कविता कतै पढेको हुनसक्छ अनि अनायास एस कवितामा छिराउन पुगेको हुन सक्छ
शायेद उनले हजुरहरुको गुनासो नसुनेको पनि हुन सक्छ त्येही भएर माफी नमागेका हुन् कि? येत्तिकैमा हूलको भरमा मब मेन्तालिटी लिएर एक्कैचोती कसैको ब्येक्तित्तो लाइ नंगौन अघि एकचोटी आ-आफ्नो ब्येक्तिगत परिचय पनि खुलाउने हो कि?
हो पांच पैसा चोरे पनि पाँच अरब चोरेपानी चोरि हो, तर दुवै चोरलाई त्येही सजाए दिन मिल्दैन | अनि अर्को कुरा, एकतर्फी कुरा सुनेर कुनै ब्येक्तिको चरित्र हत्या गर्नु राम्रो होइन जस्तो लाग्छ
दर्शन रौनियारसँग बसेर पार्टी खाएको फोटो हतार हतारमा फेसबुकमा राख्न भ्याउने मान्छेले यो सन्देशको जवाफ दिनु भ्याउछ कि भ्याउदैन ?
नमस्कार गौरिश्वर सर !
यहाँसँग मेरो परिचय त छैन तर पनि एउटा अनुरोध गर्न मन लागेकोले यो सन्देश पठाएको छु । अमेरिकी सदनको उम्मेद्वार बन्न लाग्नु भएका दर्शन रौनियारले कनेटिकट भ्रमण गर्दा उहाँलाई शुभकामना दिदै यहाँले जुन कविता वाचन गर्नुभएको थियो, त्यो कविता दर्शन सरले बहुत प्रेमपूर्वक आफ्नो फेसबुकमा राख्नुभएको छ । उक्त कविताको पहिले हरफ यहाँले राष्ट्र कवि माधव घिमिरेको 'बैशाख' शिर्षकको कविताबाट लिनुभएको रहेछ । कविता वाचन गर्दा यो कुरा यहाँले पक्कै भन्नु भएको थियो होला । तर दर्शन सरले फेसबूकमा राख्नु भएको यहाँको हस्तलिखित कविताको फोटोमा त्यस्तो कही देखिएन । यसैले त्यो कविता पढ्ने व्यक्तिहरुमा गलत सन्देश नजाओस भन्ने उद्देस्यले दर्शन सरको फेसबुकमा यो कुरा स्पष्ट पारिदिनुहुन्थ्यो कि ?
धन्यवाद!
एक चोटि चरित्र हत्या केलाई र कस्तो अवस्थामा भनिन्छ त्यसको बारेमा पनि अध्ययन गर्नु भए हुन्थ्यो ज्ञानी मित्रले !
तपाइले सो पत्र गौरिस्वर को फेसबुकमा पठाउनु भएको हो?
कि तपाइले दर्शन रौनियारको फेसबुकमा लेख्नु भएको?
तपाइले दर्शन रौनियारको वाल मा लेख्नु भएको भए गौरिस्वरजीले अहिले सम्म नदेखेको पनि हुन सक्छ | हामिसंग केहि ग्यारेन्टी त छैन कि गौरिस्वरजी को पनि फेसबुक अकौंत छ भनेर अथवा वहाले दर्शनजी को वाल चेक गरिराख्नु हुन्छ भनेर
I think this rethink is same guy!! He (Gaurishwor) should have thought that before he copied someone's creation dude. Chor ko khutta kaat bhanda tane jasto po bho ta !
"दर्शन रौनियारसँग बसेर पार्टी खाएको फोटो हतार हतारमा फेसबुकमा राख्न भ्याउने मान्छेले यो सन्देशको जवाफ दिनु भ्याउछ कि भ्याउदैन ? "
यो वाक्यले जिते ब्रोले गौरेश्वर शर्मा आचार्य जी कै फेशबुक मै संदेश पठाउनु भएको बुझिदैन र ? फेरी रि-थिंक गर्नुस , रिथिंक जी .
यसरी व्यर्थ मा गौरेश्वरजी प्रति रक्षा गर्ने धृष्टता गर्नु आफैलाई हानीकारक हुने छ मित्र .
उहाँले कबिबर माधव घिमिरेको उद्धरण गरेको कतै संकेत गर्नु भाको छैन, रचयिता भनेर गौरब का साथ् आफ्नो नाम आफ्नै हस्ताक्षरले राख्नु भएको छ .
उहाँ जस्तो जिम्मेर्वार ब्यक्ती (ब्रान्फोर्ड नेपाली समाजका अध्यक्ष)ले यस्तो कार्य गर्नु अझ निन्दनीय छ .
गौरेश्वर सर लाई पठाएको संदेश जो कोइ ले देख्न सक्नु हुने छ . उहाँ को फेशाबूक ओपन छ .
राष्ट्रकवि माधव घिमिरेज्युको वैसाख कविताका तिनै हरफहरु मेरो एस.एल.सीको जाँचमा "स-प्रसङ्ग ब्याख्या गर " भनेर आएको थियो .
जहाँ सम्म चोरीको कुरा छ, अचार्यजीले वाचनका समयमा राष्ट्रकविको नाम उल्लेख गर्नु भएको थियो भने चैं म उहाँको दोष कमै देख्छु.. तर गर्नु भएन र ती हरफहरु उहाँका आफ्नै हुन् भन्नुहुन्छ भने चैं संसारमा अहिले छ्याप-छ्याप्ती भेटिने साहित्य-चोरहरु कै लिस्टमा उहाँको नाम पनि राखे हुन्छ . अर्काको सम्पतिलाई आफ्नु भनेर नाक फुलाउन मान्छेलाई के रमाइलो लाग्ने होला ?? अचम्म लाग्छ..
GTजी को यो कुरो - "त्यो पाँच करोड घुस खानेको के दोष ? बिचरा उसको स्वास्नीलाई काठमाडौंको मुटुमा पाँच तले घर चाहिएको थियो, उसको छोरोलाई पजेरो चाहिएको थियो .............. उसलाई त घुस खान मनै थिएन, बिचरा बाध्यतामा पर्यो ..." पढेपछि चैं मलाई नी...कै पहिले लेखेको एउटा कविता याद आयो (१००% आफ्नै हो है) , यो thread मा post गर्न मनपनि लागेन .. नयाँ thread सुरु गर्छु बरु
And here it is: http://sajha.com/sajha/html/index.cfm?threadid=98257
ल अब यो गजल पढु र यसको रचयिता दिपक घिमिरे हुन् कि होइनन् अनुमान गरुँ
गजलको अन्तिम शेरमा रहेको मक्तालाई हेर्नुभयो भने यसको असली रचयिता ठम्याउन त्यती गार्हो नपर्ला ..
ल ठिक छ, गौरीजी । गल्तीलाई गल्तीका रुपमा स्वीकार गरि साझाको हाम्रो छलफलको विषयमा सहभागी हुनुभयो, यसको लागि तपाईंलाईधन्यवाद । सबभन्दा पहिले त गल्ती नगर्नु नैं बुद्धिमानी, भइहाल्यो भने त्यसलाई सच्याउनको लागि पनि एउटा आँट चाहिन्छ, जुन तपाईमा रहेछ । हामीले चाहेको पनि त्यत्ति थियो । नत्र मैंले त तपाईंलाई त्यो पाण्डुलिपीको पानामा रहेको फोन नंबरमा डायल समेत गर्न लागेको थिएँ । धन्न तपाईंले साझाको छलफलमा आएर माफी माग्नुभो । नेपालमा बौद्धिक र शिक्षित भएर धेरथोर नाम कमाइ अमेरिका आएका व्यक्तित्वहरुले कमसेकम अर्काको कृतिका केहि हरफ गल्तीवश, भूलवश, प्राविधिक
समस्याले, हतारमा आफ्नो कृतिमा हाल्ने काम नगरौंन यार । कुरै खत्तम नि, हैन ?
रामै्रकुरा पनि गलत तरिकाबाट गर्योभने कस्तो परिणाम आउनेरहेछ भन्ने कुराको एउटा सानो भन्दा सानो दृष्टान्त हो यो । हेर्नुस् त कस्तो बोर भो, न दर्शनजीलाई कविता लेखेर खुशी पार्न सक्नुभयो, न अर्काको चार हरफ आफ्नोमा हालेर लेख्दा तपाईंलाई नै सन्तुष्टि प्रदान गर्यो । अनि महाशय कृपया जिउँदो मान्छेलाई अनायसै स्वर्गीय नबनाइदिनुहोला । माधवप्रसाद घिमिरे अहिलेसम्म जिउँदै हुनुहुन्छ, आफ्नो जीवनका सम्भवत अशिऔं दशकका वर्षहरुमा हिडिरहनुभएको छ । दर्शनजीले त आफ्नो फेसबुक पेजबाट त्यो कवितालाई हटाइ नैं दिनुभयो ।
हामीले जे जति छलफलहरु गर्यौं त्यो सवै एउटा प्रवृत्तीको विरोधमा गरेका थियौं, कुनै व्यक्ति विशेषलाई तारो बनाएर प्रहार गरेको नठान्नुहोला । नाजायज कुरामा हामीले गलफत्ती कत्तीपनि गरेका छैनौं । हामीलाई थाहा भएको विषयमा जेठो, माइलो, काईंलो, ठाईलो, अन्तर, जन्तरे, पानी मन्तरे, दुध मन्तरे, काले, भाले, निगाले अथवा यीनका स्त्रीलिंगी जेठी, माइली, काईली, साईंली ठाईंली, अन्तरी, जन्तरी, पानी मन्तरी दुध मन्तरी, काली, पोथी, निगाली जो सुकैले यस्तै प्रकृतिको गल्ती गरेकी भए पनि यस्तै छलफल हुन्थ्यो होला ।
रिथिंक जी तपाईंले कसलाई अनाम साहित्यप्रमीको जमात भन्न खोज्नुभएको हो । अनाम कुन अर्थमा ? तपाईंको चाहिं नाम के हो ? जियोलोजी जीले भनेजस्तै तपाईं आफ्नो लिंडे ढिपीमा बसिरहनुभएको छ र आफ्ना कुतर्कलाई ढाकछोप गर्न अरु थप कूतर्कका श्रृंखलाहरु बन्दैहुनुहुन्छ ।
यो कुराकानीलाई लम्बेतान गर्न मन छैन, बिट मार्नुअघि गौरीश्वर जीले कविताको पाण्डुलिपीमा सिाभार माधव घिमिरे लेख्न विर्सनु भएछ भन्ने कुरालाई तपाईंले नैं
भनेपछि मैंले माने । त्यो कार्यक्रमको भिडियो वा अडियो रेकर्ड यदि छ भने पोष्ट गर्नुसन, हामी पनि सुनौं न, एकैछिन रमाइलै होला, एकदुइवटा नयाँ कुरा थाहा पाइएला ।
In the age of youtube, facebook, and 24-hour satellite television, why on earth would someone go to great lengths to listen to an inarticulate or somewhat detached wanna-be poet?
Prospective wet panties might be the secret incentive. If one was stranded at a Kaczynski-like abode indefinitely then I would definitely understand. Any new poem would be better than near-death boredom in that instance.