Journalists attack Aadibasi/Janjaati leader - Sajha Mobile
SAJHA MOBILE
Journalists attack Aadibasi/Janjaati leader
Posts 83 · Viewed 36517 · Likes 23 · Go to Last Post
Mr Nepal99
· Snapshot 0
Like · Likedby · 0



बाहुनवादी हिन्दु पत्रकार हरु ले एम्बुशमा पारी सद् यन्त्रकारी ढंग ले आदिबासी/जनजातीमहासंघ को अध्यछ आङ काजी शेर्पा लाई सांघातिक आक्रमण गरेका छन् | यस्ता हिंसात्मक कार्य को आदिबासी/जनजाती युवा संघ घोर भर्त्सना गर्दछ | यस video मा देखेका सबै आक्रमंकारी लाई कारबाही गर्न सम्बम्धीत पक्छ संग माग गरिन्छ | साथै यस video मा देखेका सबै आक्रामंकारी लाई सम्बम्धीत मीडिया र पत्रकार महासंग बाट पनी नीस्कासन गर्न अनुरोध गरिन्छ | नत्र भने यसको बिरुद्द आदिबासी/जनजाती युवा संघले देश भरी आन्दोलन चर्काउने घोसना गर्ने छन् |

Load Previous
Rahuldai
· Snapshot 2373
Like · Liked by · 1
SAP_DUDE जी
जातीय राज्य को बिरोध वा आंग काजी को उदण्ड को बिरोध मा कलम चलाउने तर  micarnal  jii ra grg dai भन्दा निकै अज्ञानी यो राहुल भाई आदिबासी नै हो तपाइको जानकारीको लागि .

चाहे मलाई बाहुनबादी को आरोप लागोस , तर यो राहुल भाई कालो लाई कालो र सेतोलाई सेतो नै भनि रहने छ .


राजनैतिक र पूर्वाग्रही चस्मा लगाएर यस्तो सम्बेदनशील मुद्दामा पनि आफ्नो आत्म बेच्ने छैन. मेरो बुझाइ संग असहमत हुन सक्नु हुन्छ  तर बोर्ड सोर्ड र नेपाली भाषा को परिक्षा फेरी दिइरहनु छैन.  चक्कु देखाउनु र ए के ४७ देखाउनु को फरक मलाई छुट्याउनु छैन , दुवै ले हतियार देखाए तर्साएको नै बुझ्छु .
Last edited: 23-May-12 09:15 PM
Jonny
· Snapshot 2379
Like · Liked by · 0
 Here is what I don't get. We Nepali come to countries like US, UK, Canada etc and after getting 5 years of Green Card or PR we apply for citizenship and enjoy all the benefits as American or Canadian. Yet we same Nepalese are counting how many centuries ago your ancestor came vs how many centuries ago my ancestor came so I can be more of Nepali than you. The sad part is it is not only the uneducated and innocent people in Nepal are falling for this trap but even the educated are buying this device and dangerous crap. 
sidster
· Snapshot 2429
Like · Liked by · 0

जनजाती हरु येसरी बाहुन को पछि लाग्य छन् कि सायद बाहुन ले नै उनीहरुलाई मुख सम्म जातीय राज्य पुर्योस | अब बाहुन नेता सबैले resign गरेर भोटे, थारु, मधेसी खोजि खोजि लेर आएर सरकार मा पठाए हुन्छ | हेरुम यी जनानती ले बाहुन हरु लै कत्तिको ठाउँ दिदा रहेछन |

डाडु पनिउ हात मा छैन अनि मनपरी गर्न पाको छन् यिनीहरुले | मन्त्रि जति सबै जनजाती बनाएर बाहुन छेत्री ले चै राज्य माग्ने आन्दोलन गर्नु पर्छ अब |
bittertruth
· Snapshot 2443
Like · Liked by · 0
पत्रकार र शेर्पा , यी दुबैलाई पाता कस्नु पर्ने | कोइ कम छैनन् | अनि येही धागोमा जातिवादको कुरा गर्ने र " त भन्दा मै ठुलो' भन्ने हुकुम्बाद बिचार बोकेका तानाशाहिहरुलाई धिक्कार छ | मैले कहिले एक पछिया रुपमा येहा कसैको बिस्लेशन गरेकै छैन | मैले जातिवादको कुरा पनि गरेको छैन , कुरा गरेको सिर्फ एउटा पत्रकारले गर्नु पर्ने बेवार र बक्ता भैकन पनि भट्टीमा जादले मातेको पाराले कसैलाई धम्कीको भाषा प्रयोग गर्छ त खण्डन पनि गरेकै छु | येसरी सिर्फ एक पच्छ्को खेदो गर्ने मैले जानेको छुइन , गल्ति दुबैको थियो, पत्रकारले सिमा नाघ्यो , बस तेती हो | पत्रकारले जुन आक्रोश देखायो त्यो उसले जनता/पाठकको हातमा छोड्नु पर्थ्यो |
थुइक्क !! येसरी पूर्वाग्रह बोकेर एक ले अर्कालाई मान्छे नगन्ने बाहुन/जनजातीहरु हो | मान्छे हुन सिक पहिला अनि अरु कुरा हरु गर |
rethink
· Snapshot 2674
Like · Liked by · 0
साझामा छलफल गर्न नसकिने भो बोर्डमा आउने, एक से एक भाषा बिशेश्येग्य, अंग्रेजी सब्द विन्यासको ज्ञानीहरु संग कसरि बिबाद गर्न सकिन्छ
_____
· Snapshot 2803
Like · Liked by · 0
बाकि नराख्ने
यो सब्द को अर्थ सिधा छ सिध्याउने, अब नेपाली बोलीचाली को मान्छे ले येही बुझ्छ, येसो भन्नु को इन्ग्लिश मा अर्थ हो किल अथवा  बोदिली    इन्जुरी,
दोस्रो कुरा कुना अबस्था मा भनेको?  ठुलो  ठुलो  स्वोर  ले  रातो पिरो   भयर  टेबल   ठटाएर  भनेको  हुनाले मर्ने  मार्ने  नै  हो  भन्ने  बुझिन्छ
मीठो  खाना चाडै सिध्हिंछ, पनि बोलीचाली मा भनिन्छ . तेसकारण, बाकी नराख्ने, सिध्य्यौने, खत्तम पर्ने भनेको, तब्ले ठटाएर उत्तेजित भएर भनेपछि  मर्ने भन्ने बुझिन्छ. मैले बुझेको नेपाली येही हो
एस माने मा राहुल भाइ जीले लगाउन भएको अर्थ ठिक देख्छु है मैले त  नहान्ने पनि ध्यान पुर्युना पर्चा सब्द को अर्थ लगाउदा, तबल तताएर उत्तेजित अबस्था मा भनेको हुना ले , 
wonton
· Snapshot 2820
Like · Liked by · 0
Siddhyaune means finish
Baaki naraakhne means to not leave them alone. That's my translation!
micarnal
· Snapshot 3005
Like · Liked by · 0
पहिलो कुरा, यहा यो धागो मा सिद्द्याई दिने र बाँकी नराख्ने को अर्थलाई लिएर नेपाली भाषा को  कुरा आएको हुनाले मात्र मैले ति दुइ वाक्यांश लाइ विशुद्ध शब्दार्थको  दृष्टिकोण ले बिश्लेसन गरेको थिए, कुनै पक्ष को समर्थन वा बिरोध गर्नलाइ भनेर हैन. अनि rahulvai जी ले एस एल सीको नेपालीमा नेपाल सर्बप्रथम को कुरा उठाउनु भएको ले मैले पनि भूमिका बाँध्दा बोर्ड को कुरा उल्लेख गरे को हुन्, जुन सायद आबस्यक थिएन, तर जसको लागि यहा साझाका वरिष्ठ व्यक्तित्व rahulvai जी लगाएत ले ब्यङ्ग गरेको पाए. Yakku जी, हो, शब्दार्थ विज्ञानलाइ अंग्रेजीमा semantics नै भनिन्छ. semantic चै विशेषण हो. मैले गल्ति गरेछु. चार कक्षा देखि नै अंग्रेजी पढ्न थाले पनि अहिलेसम्म अंग्रेजीमा अलि कम्जोर नै छु.

"बाँकी नराख्ने" को अर्थ "सिद्द्याई दिने" होइन भनेर मैले भनेको छैन.  "बाँकी नराख्ने" को अर्थ "सिद्द्याई दिने" पनि हुन्छा, तर तेसका साथ् साथै  अरु अर्थ पनि हुन्छन भनेर उदाहरण सहित, उपमा (खण्ड र समष्टि) सहित प्रस्ट्याएकै थिए. नालापानी जी, तपैले दिएको उदाहरणमा बाँकी नराख्नु को अर्थ सिध्याउनु ( जस्तै आफैले खाएर, अरुलाई दिएर) नै हुनु पर्छा. किनभने जहाँ सम्म मलाई लाग्छ, पिज्जालाई अहिले सम्म खाने मात्र गरिन्छ. अझ, "प्यारा" भनेकाले त त्यो पिज्जा अरुलाई दिएर हैन, आफैले खाएर सिद्धाउनु  भन्ने अर्थ लाग्नु पर्ने हो ! तर यहा शेर्पा र पत्रकारबीचको घटनालाइ श्रीमती वा गर्लफ्रेन्डले प्लेटमा पिज्जा राखेर "बाँकी नराख्नु" भन्नुसंग तुलना गर्न मिल्दैन. पहिलो त पिज्जा (निर्जीव)  ≠ पत्रकार (सजीव). दोश्रो, आफ्नो अनुकुल समाचार नलेखेको  वा पक्षपात गरेको भनेर पत्रकारलाई " बाँकी राख्दिन" भनिसके पछी (वा भन्ने धम्कि दिईसके पछी) उनीहरुमाथि के के गरिएका उदाहरण छन् त? ज्यान लियिएका, कुटिएका, मुद्दा हालिएका, भण्डाफोर गरिएका, पत्रिकाको अफिस जलाइएका आदि धेरै उदाहरणहरु फेला पार्न सकिन्छ. तेसैले शेर्पाले "बाँकी राख्दिन" भनेर पत्रकारहरुलाई भन्दा यी मध्ये जुनसुकै वा अरु कुनै, जे पनि गर्न सक्छौ भनेर भन्न खोजेको हुनसक्छ.  यदि उनले राता राता आँखा पारेर  पत्रकारहरुतिर नाङ्गो खुकुरी सोझ्याउदै "बाँकी राख्दिन" भनेको भए, त्यो अबस्थामा "बाँकी राख्दिन" को अर्थ ज्यान लिने हो भन्न केहि गारो हुदैनथ्यो. हो,  ----- ले भने झैँ उनले उत्तेजित भएर भनेका छन्, यसबाट उनले ""बाँकी राख्दिन" भनेर जे गर्न गैरहेका छन्, त्यो पत्रकार को लागि राम्रो हुने छैन भन्ने बुझिन्छ (यो कुरा "बाँकी राख्दिन" को परिभाषा अन्तर्गत पहिले पनि परिसकेको छ).  तर उनले पत्रकारलाई के गर्ने छन् त? येही नै गर्ने छन् भनेर ठोकुवा का साथ् भन्न  सकिने अवस्था छैन. पत्रकारहरुलाइ "सिद्द्याई दिन्छु" भनेको भए चाही सन्दर्भ गौण भएर भौतिक रुपमा समाप्त पार्ने अर्थात् ज्यानै लिने भन्ने मात्र अर्थ लाग्थ्यो. तेसैले, " बाँकी नराख्ने" को अर्थ धेरै हुन्छन , जस अन्तर्गत "सिद्ध्याई दिने" को अर्थ पनि पर्छ.

जहाँ सम्म धम्कि भनेको धम्कि नै हो र कालो र सेतो को कुरा छ, यसमा म एउटा उदाहरण दिन चाहन्छु. चोरी गर्नु र कसैको ज्यान लिनु, दुवै अपराध हुन्. तर चोर र ज्यानमारा लाई दिईने को सजाए फरक फरक हुन्छन . अपराध भनेको अपराध नै हो भनेर चोर र ज्यानमारालाई यौटै सजाय दियो भने त्यो न्याय हुदैन. अपराध सहयोग वा सदभाव हुन सक्दैन. यस अर्थमा चाही अपराध भनेको अपराध नै हो. माथिको सन्दर्भमा शेर्पाको भनाइ धम्कि नै हो किन भने बाकि नराख्नेको अर्थ  नै जसप्रति यो वाक्यांश लक्षित छ उसको हानी हुने भन्ने हो. तर कस्तो खालको हानी ज्यानै लिने हानी पनि हुन सक्छ. अरु जुनसुकै खालको हानि पनि हुनसक्छ. वी सिम्पली डोन्ट नो!
Last edited: 26-May-12 09:43 PM
Last edited: 26-May-12 09:52 PM
rahashya
· Snapshot 3021
Like · Liked by · 0
एउटा कुरा चाही मान्नै पर्छ/ अंग्रेजीमा कम्जोर हुँदा हुँदै पनि बोर्डमा आउनु भएको रहेछ/ अंग्रेजीपनि उच्चकोटिको भएको भय के के आउंथ्यो  कुन्नि /
micarnal
· Snapshot 3038
Like · Liked by · 0
अब एति लेखि सके पछी अरु कुरा पनि लेखि हालौं. यहा एकातिर जिम्मेवार पदमा बसेका शेर्पाले आवेशमा आएर पत्रकार हरु लाई धम्कि दिएका छन् भने अर्को तिर पत्रकारले पनि आफ्नो पेशागत मर्यादा बिर्सेर आवेशमा आई अव्यवसायिक ब्यबहार देखाएका छन्. तेसैले न त शेर्पा प्रति मेरो सहानुभूति छ, न त पत्रकार प्रति नै.  Kiddo  ले भने झैँ शेर्पाले उठाएको पक्षपात को कुरा बिचारनीय चाही छ.  तर मूल कुरा यहा संयमित नभएर आवेश मा आउनाले कुरा बिग्रन पुग्यो.

होइन, शालीनतापुर्वक अरु लाई सम्झाउने बुझाउने तरिका ले आफ्नो कुरा किन नराख्ने होला मान्छेहरु ? यहा यो धागो खोल्नेले पनि धागोको शीर्षक र भाषा शैली हेर्दा  आफ्नो कुरा राख्ने भन्दा पनि अरुलाई उत्तेजित बनाएर झगडा सुरु गर्न खोजेको देखिन्छ. Mr Nepal99 जी, खै के पाउनु भो त ? कति जना लाइ आफ्नो साथमा लिन सक्नु भो त? नेपालमा ब्राह्मणहरुको बाहुल्य भएको संचार माध्यम ले पक्षपात गरेको छ भने उदाहरण सहित तिनको भण्डाफोर गरेर तिनलाई लज्जित पार्नु पर्यो नि. पक्षपात गर्यो भनेर एकहोरो यहा साझामा कार्टून टासेर र ठुल्ठुला फोन्टमा कतै बाट कपि पेस्ट गरेर  समयको नाश त हुन्छ नै जनजाति समुदाय ले उठाएका मूल मुद्धाहरुप्रति समर्थन जनाउने अन्य समुदायका कतिपय नरमपन्थीहरु समेत अतिबादी कित्ता तिर धकेलिनछन्  र अन्त्यमा जनजाती समुदायले उठाउन खोजेका मूल मुद्दाहरु ओझेलमा पर्छन मात्र.

हामी अलि पढे लेखेकाहरु  बेला बेला मा भूपी शेरचन को हल्लै  हल्लाको देश कविता कोट गर्न सारै मन पराउछौ. तर हामि आफै  हल्लै  हल्लाको पछी कुदेका छौ कि छैनौ भनेर आत्म समिक्षा गर्न जरुरि छ. कसैले कागले कान लग्यो भन्दैमा कागको पछी दौडिनुभन्दा पहिले कान छाम्नु पर्छ भनेर धेरै  चोटी भनि सकिएको छ. म त भन्छु, सब भन्दा पहिले कागले कान लग्यो भनेको हो कि अरु नै क्यै लग्यो भनेको हो, राम्रो संग सुन्नु पर्यो, जुन कुरा यो धागोमै पनि हुन सकेको छैन. शेर्पा ले पक्षपात गर्ने पत्रकार महासंघ (ब्राह्मणहरुको बाहुल्य भएको) लाई बाँकी राख्दैनौ भनेका छन्, पुरै वर्ग वा समुदाय लाइ भनेका छैनन्. अनि सिद्द्यैदिने भनेर त भनेका पनि छैनन्, तर तेही सिद्द्यैदिने र बाँकी नराख्ने लाई नै लिएर यहा ठुलो जुहारी चल्यो. कसैले पत्रकारलाई नै मार्छु भन्ने कस्तो मान्छे हो पनि भने, जबकी शेर्पा ले त्यो सब्द प्रयोग गरेकै थिएनन्.  जनजाति समुदाय को स्वायतताको मागले के भोलि साचै देश नै टुक्रिने हो त? नेपाल भन्ने देश नै नरहने हो त? उनि हरुका मागहरु के के हुन्? कसैले यहाँ उल्लेख गरेको पाइएन. आफुलाई जनजाति समुदाय को हिमायती  ठान्ने  mr nepal99 र grgdai  दुवै ले जनजाति का माग यी यी हुन् भनेर यो धागो मा अरु लाई सहि सूचना दिन सकेको पाइएन (यो बिषयमा अरु धागो हेर्ने न त मेरो रुची छ, न त अहिले मसंग समय नै छ). नेपाल का संचार माध्यम ले पक्षपात गरेकै हुन् भने पनि यहा साझा मा त हाम्रा माग हरु यी यी हुन् भनेर प्रस्ट संग राख्न सक्नु पर्थ्यो.  नेपाल का संचार माध्यम ले यसरी पक्षपात गरे भनेर उदाहरण सहित आफ्नो कुरा राख्नु पर्थ्यो. आफ्नो कुरामा अरुलाई मनाउन सक्नु पर्यो.
micarnal
· Snapshot 3040
Like · Liked by · 0
अनि यहाँ कतिपयको पोस्टबाट सायद उनीहरु आफैले रिअलाइज् नगरेको तर अरु समुदायका मान्छेहरुप्रति  उनिहरुको मनमा रहेको पूर्वाग्रहको गन्ध आयको देखिन्छ. "राइ गुरुङ मगर लिम्बु लै अर्काको देश को लागि लड्न पाए पुग्यो" भनेर उनीहरु को देशभक्ति माथि शंका गरिन्छ. खोइ, केहि समय पहिले भारतीय सेना मा कार्यरत बिष्णु प्रसाद श्रेष्ठ ले भारत मा एक्लै ले ३५-४० जना डाकु हरु लाई तह लाएर यात्री हरु को इज्जत र धनमाल बचौदा हामि सबैले गर्ब गरकै हो जस्तो लाग्छ. दिप प्रसाद पुन ले तालिबान हरु संगको लडाईपछी बेलायत मा तक्मा पाउदा धेरै ले फेसबुक मा त्यो शेयर गरको जस्तो लाग्छ.

"पढाई लै घंतैसिटी भनेर लाहुरे बन्न तिर लाग्ने " भनेर भन्दा होस् वा आफ्नो विचार संग असहमत अरुले राम्रै संग आफ्नो कुरा राख्दै गर्दा "गू: चलायो भने गन्हाउछ" भनेरभन्दा होस्. अथवा, " घरमा जाँड धोकेर बुढीलाई 'त्यो पल्लो घरे बाहुनलाई सिध्याइदिम?'" जस्ता अतिरन्जित उदाहरण दिदा होस् वा  "आदिबासी भन्दै मा भेडो जस्तो बुद्धि नै हुनु पर्छ" भन्ने जस्ता प्रस्न गर्दा होस्, ति सबैमा पूर्वाग्रहहरु प्रस्ट संग देखिन्छन. जहाँ सम्म जनजाति समुदाय मा बिधमान लाहुरे संस्कार को कुरा छ, चतुर अंग्रेजहरुले रणकौशलमा निपुण यिनीहरु (गोर्खाली सेनाका फुट सोल्जरहरुको  ठुलो हिस्सा जनजाति थियो) संग लडिरहनु वा लडेर हराए पनि बिद्रोह को सामना गरिरहनु भन्दा मित्रता कायम गरेर यिनलाई आफ्नो पक्षमा पार्नुमा धेरै फाईदा देखे. नेपाल को स्वाधिनता कायम रहिरहनुका धेरै मध्ये यसलाई पनि एउटा कारण मान्न सकिन्छ. सुगौली सन्धिको लगत्तै अंग्रेजहरुले नेपालका डाँडाकाँडाहरुबाट युवाहरु (मुलत जनजाति समुदायका) लाई भर्ति गर्न थाले. तेतिखेरको पुरातनपन्थी समाज (कालापानि अर्थात् समुद्र काटे पुनर्जन्मको चक्रबाट बाहिरिने भन्ने विश्वास भएको, तेतिन्जेलसम्म धेरै जनजातिहरु खास गरि मगरहरु हिन्दु भै सकेका थिए वा बनाई सकिएका थिए ) मा सबै रहरले भर्ति भएका थिएनन्. राज आदेश नमाने छाला काधिने त्यो समयमा प्रायजसो शाही उर्दीका कारणले भर्ति हुन पुगे. भर्ति गर्न दिए बापत अंग्रेज ले राजा र राणा हरु लाई नजराना दिने गरे जो राष्ट्रिय ढुकुटी मा गएन. सैक्षिक, आर्थिक र सामाजिक बिकाशको लागि जनजातिलाइ सिमित मौका भएको त्यो समयमा तेस्पछी बिस्तारै यो लाहुरे चलन ति मौकाहरु प्राप्त गर्ने माध्यम बन्न पुग्यो. वास्तबमा नेपाल एकीकरणदेखि नै गोर्खाली सेनाको ठुलो हिस्सा यिनै जनजातिको थियो. स्वयम कालु पाँडे एक मगर आमाका छोरा थिए (ब्राह्मण आमाका छोरा उनका सौतेला दाजु वा भाईलाइ चाही गोरा  पाँडे भनिन्थ्यो). नेपालको स्थापित ईतिहासले बिर्से पनि पृथिवीनारायणको दिव्योपदेश लगायत अन्य जर्नल र पुस्तक हरु पढे पछी यी कुरा थाह पाइन्छन. नेपालको स्थापित ईतिहासले किन बिर्स्यो त भन्दा, यसमा ऐतिहासिक, राजनीतिक, धार्मिक, भाषिक, जातीय, आर्थिक आदि धेरै कारणहरु छन् र यी सबै अन्तर सम्बन्धित छन्. नेपालका विभिन्न समुदायहरुको समान बिकाश हुन नसकेको पनि यिनै कारणहरुले गर्दा हो.

bitter truth ले भने झैँ आफ्ना आग्रह पूर्वाग्रहहरुलाइ हामि सबैले बिर्सेर मानव भएर सोचौ. हाम्रा के कस्ता पूर्वाग्रहहरु छन्, आत्म समिक्षा पनि गरौ. बाँचौ र बचाऔं. अरुका कुरा सुनौ. आफ्ना कुरा राखौ. सभ्य र शालीन ढंगले अन्तर सम्बाद गरौँ. यसो नगरेर कसैले  द्वेष को आगो बाल्छ भने, तेस्मा घिउ थपेर हवारह्वारती आगो दन्काउने काम चाही नगरौ. होइन भने, घिउ को त नाश हुन्छ नै, घर पनि जलेर खरानी हुन सक्छ.
micarnal
· Snapshot 3054
Like · Liked by · 0
हजुर rahashya जी, अंग्रेजी मा पनि राम्रो भएको भए त नेपाल सर्बप्रथम नै हुन्थे कि! अंग्रेजी लाइ न्यून आकलन गरेको फल अहिले सम्म पनि भोग्दै छु.
Geology Tiger
· Snapshot 3098
Like · Liked by · 0
यसैले मलाई साझा मनपर्छ किनकी यो संजाल micarnal जस्तो नेपाली भाषा र साहित्यको अद्वितिय प्रतिभाहरुको प्रकाशले झलमल्ल प्रकाशित भइरहेको हुन्छ । अनि यहाँ आफूलाई थाहा नभएको धेरै नयाँ कुरा सिक्न पनि पाईन्छ । आफूले न त एसएलसीमा बोर्ड हान्न सकियो न त मधुपर्कमा केही छपाउन नै सकियो ।

नेपालको अहिले चरमोत्कर्षमा पुगेको जातीय संघियता जस्ता बिषयहरुमा त मलाई केही थिएन थिएन अझ नेपाली भाषामा 'बाँकी नराख्नु' र 'सिद्ध्याउनु' भनेको एकै होइन भन्ने त कत्ति पनि थाहा थिएन । म त यस्ता वाक्यशंहरुको अर्थ वाक्यमा प्रयोग भए अनुसार फरक फरक हुन्छ र प्रयोगको अवस्था अनुसार 'सिद्ध्याउनु' र 'बाँकी नराख्नु' पर्यायवाची पनि हुनसक्छन् र कसैलाई मार्नु भन्ने पनि अर्थ दिनसक्छन् भन्ने ठानेर बसिरहेको । हेर हेर मेरो बुद्धी! के थाहा र मलाई 'सिद्ध्याइदिनु'को जहिले पनि एउटै अर्थ लाग्छ र 'बाँकी नराख्नु'को चाँही अनेक अर्थ लाग्छ भन्ने कुरा?

एउटा कुन चाँही प्रज्ञा प्रतिष्ठान भन्ने पाजीले ब्रिहत नेपाली शब्दकोश भन्ने किताब निकालेर यसो लेखेछ: सिद्ध्याउनु-स.क्रि. प्रे./क्रि. सिद्दी+याउ+नु] १. समाप्त गर्नु । २. टुङ्याउनु । ३. पुरा गर्नु । ४. नाश गर्नु; बिगार्नु । ५. मार्नु । ६ हराउनु ७. खाली मार्नु; रित्याउनु । कस्तो उल्लु रहेछ त्यो प्रज्ञा प्रतिष्ठान भनाउँदो ! micarnal ज्यूले 'सिद्ध्याइदिन्छु' भनेको एकार्थी वाक्यांश हो भनिसक्दा पनि त्यो प्रज्ञा प्रतिष्ठानले सिद्ध्याउनुको अनेक अर्थहरु जस्ताको तस्तै राख्ने दुस्साहस गर्‍यो । अनि micarnal ज्यूले झन् त्यति माथि 'बाँकी नराख्नु' भनेको चाँही अनेकार्थी वाक्यंश हो भन्नु भएको थियो बज्जेहरुले यस बारेमा केही लेखेनछन्; भातमाराहरु! अबको नयाँ नेपालमा बन्ने नयाँ ब्रिहत शब्दकोशमा micarnal ज्यूको सम्मानमा यी दुइटा क्रान्तिकारी परिवर्तन हुनु आवश्यक छ: आफ्ना अनेक अर्थ मध्ये एउटा अर्थ 'राम्रो नहुने' सहित 'बाँकी नराख्ने' राख्नु र सिद्ध्याउनु अथवा सिद्ध्याइदिनुको अरु सबै अर्थ हटाएर 'मार्नु' भन्ने एउटा मात्र अर्थ राख्नु ।

आफ्नो अत्यन्त व्यस्त कार्यतालिकाको बाबजूद पनि साझामा रहेको हामी जस्तो अज्ञानीहरुलाई ज्ञानको प्रकाश छरिदिनु भएकोमा micarnal ज्यूलाई हार्दिक धन्यवाद!



bittertruth
· Snapshot 3116
Like · Liked by · 0
micarnal is 101% correct.
He analytically critiqued the whole concept which I couldn't agree more.
Despite this, arguing further with him is dragging yourself to the level to prove how ignorant and stupid you are.
Who would say 'I'll kill you" in that open public forum when he knows it's being televised?
That damn phrase has multi-meaning:::
मलाई अझै याद छ, उह बेला फूटबलमा हारेका टिमले हाम्रा टिमलाइ ," ल ठिक छ येस्पली जितिस , अर्को तोर्नमेन्टमा तिमीहरुलाई बाकि राख्ने छैन " भन्ने गर्थ्यो | अब के ठान्नु एस्लाई | उनीहरु खुकुरी लेराएर मार्न आउने ठान्नु ??

"थालमा खान बाकि नराख," आमाले भन्नु हुन्थ्यो | येस्मा अर्थ अर्कै लाग्छ | खान पुरा खानु भन्ने | के येस्मा अब थालमा भाको खानलाइ "मार्नु" ठान्नु??

कस्ता-कस्ता दुकुल्त्थकहरु छन् भने , भन्न त मन लागेको थिएन तर सुखै भएन |

shrestha babu
· Snapshot 3167
Like · Liked by · 0
siddhyauchu bhanekai chaina kina tyesko baare yeti discuss
Geology Tiger
· Snapshot 3237
Like · Liked by · 0
हा हा हा हँसायो bitterले

१. कसैले लेखेको कुरामाथि आफ्नो प्रतिकृया लेख्नु अगाडि त्यो लेखकले के भन्न खोजेको हो भन्ने कुरा राम्रोसँग बुझेर मात्र प्रतिकृया दिनु उचित होला । हतार गरेर प्रतिकृया लेख्नु भन्दा एक चोटि पढ्दा नबुझे दुइचोटी र दुई चोटि पढ्दा नबुझे तीन चोटि पढेर भए पनि त्यसमा रहेको निहित अर्थ बुझेर मात्र आफ्नो विचार व्यक्त गर्दा नै त्यस्तो विचार तर्कयुक्त र प्रभावकारी होला नत्र त उही आग्रा र गाग्राको कुरा गरे जस्तो हुन्छ । फेरि अर्को कुरा के पनि हो भने नालबाट छुटेको गोली र मुखबाट छुटेको बोली फर्केर आउदैन । त्यसैले पहिले बुझौ, अनि सोचौ, अनि मात्र लेखौ ।

२. विश्वको हरेक भाषामा जस्तै नेपाली भाषामा पनि सही शब्दहरुको छनौट र प्रयोग गर्दा लेखाइ राम्रो र मिठो हुन्छ जस्तो कि तत्सम शब्दहरुको प्रयोगले लेखाइलाई गहकिलो बनाउछ भने झर्रो नेपाली शब्दहरुको प्रयोगले लेखाइलाई रसिलो बनाउछ । तर गाली गर्नकै लागि प्रयोग गरिएको किन नहोस् यदी कुनै शब्दको अर्थै नबुझी प्रयोग गरिन्छ भने त्यसले पाठकमा बेमौसमको हाँसो ल्याउने बाहेक केही काम गर्दैन । शायद हाम्रा बिद्वान अग्रज micarnal ले 'डुकुलन्ठु'को अर्थ के हो र वाक्यमा कसरी प्रयोग गरिन्छ भन्ने कुरामा पनि केही प्रकाश पारिदिनु हुन्छ कि ?

३. नेपालीको युनिकोड टाइपिङमा पनि अलिकति ध्यान दिए नेपाली भाषामाथि अलिकति न्याय नै हुन्थ्यो कि ?
sidster
· Snapshot 3277
Like · Liked by · 0
"राइ गुरुङ मगर लिम्बु लै अर्काको देश को लागि लड्न पाए पुग्यो" भनेर उनीहरु को देशभक्ति माथि शंका गरिन्छ. खोइ, केहि समय पहिले भारतीय सेना मा कार्यरत बिष्णु प्रसाद श्रेष्ठ ले भारत मा एक्लै ले ३५-४० जना डाकु हरु लाई तह लाएर यात्री हरु को इज्जत र धनमाल बचौदा हामि सबैले गर्ब गरकै हो जस्तो लाग्छ. दिप प्रसाद पुन ले तालिबान हरु संगको लडाईपछी बेलायत मा तक्मा पाउदा धेरै ले फेसबुक मा त्यो शेयर गरको जस्तो लाग्छ.

यो भनाइ को तात्पर्य बाहुन देशभक्त छन् कि जनजाती देशभक्त छन् भन्ने होइन जस्तो लग्यो मलाई | बाहुन ले देशमा नै प्रशासन तिर को रोजगारी रुज्नु उसको देशभक्ति पनि होइन अनि गुरुङ ले इंडिया को लागि लड्नु देशद्रोही पनि होइन | यो त खाली काम गरि खाने भाडो मात्रै हो | यो त खाली बाहुनले देश कब्जा गरे भन्ने हरुलाई एउटा तर्क मात्र हो | अब बाहुन ले तेही पढ्ने अनि बोलेर लेखेर खाने पेसा मात्रै तिर बर्सौ देखि लाग्दै आएको ले तेस्तो देखिएको होला | तेस्तो ईन्फ़ेरिओर् अनुभव गर्नु पर्ने ठाउँ देख्दिन मा | अब जनजाती ले पनि लाहुरे बन्ने भन्दा पढाई तिर लागेर नेपाल को प्रशासन चलाए हुन्छ |

रहो कुरा दिप प्रसाद पुन को, दिप ले आफुलाई मार्न आउने सत्रुलाइ सखाप परेचन र आफु पनि बचे छन् एउटा नेपाली को नाता ले धेरै खुशी लग्यो, तर त्यो अर्काको देश को लडाई हो र तालिबान/aफ्गनिस्तान  नेपाल को सत्रु पनि होइन तेश कारण एस मा गौरव गर्नु को केहि कारण पनि देख्दिन.

bittertruth
· Snapshot 3358
Like · Liked by · 0
GT, that wasn't for you . LOL. When I published that Comment,yours wasn't there.
Because, I usually leave my computer on for whole day and when I came back
I published it and I saw many other new comments above my comment. No hardfeelings :D
And GT bro, for your
"डुकुलन्ठु'को अर्थ के हो"!!!
I don't think there is no such word as 'डुकुलन्ठु' so far I remember, it's डुकुल्त्थक.
Sorry I understand you asked about it to someone but since I have used the word myself I thought to write something about it and I couldn't get it right cause of this unicode

28th amendment
· Snapshot 3358
Like · Liked by · 1
ह्या कुरो धेरैनै भइसकेको रैछ, आफूले त बूडाहरूको राजनीतीक गन्थन होला भनेर यो थ्रेड खोलेको पनी थीइन। कूरो त ह्या नेपाली बीषयको रैछ, त्यसैले एस.एल.सी मा आएको ७८ मार्कस्को खातीर मैले पनी केही बोल्नै पर्ने हुन्छ यहा ।हामी पनी स्कूल थर्ड पो हो त हामी पनी। मलाई जहाँसम्म लाग्छ मैले यहाँ प्रस्तूत गर्न गईरहेको तर्क अगाडीनै अर्कै भलाद्मीले प्रस्तूत गरीसक्नुभयो भयो होला, बट ह्वाट द हेक
मेरो बूझाई अनूसार "हामी पनी बाँकी छाड्दैनौ" अथवा "बाहूनहरुलाई पनी बाँकी छाड्नेछैनौ" को अर्थ सीधै काट्छू या मार्छू नभै, "बाहूनहरूले हामीलाई जसो गरेका छन  हामी पनी त्यस्तै गर्छौँ, तीनीहरूलाई पनी हामी बाकीँ ँछाड्दैनौ"भनेको हो की झैं लाग्यो मलाई । मोर लाईक यान यूफमीज्म फोर  "यान आई फर यान आई  " ।
bittertruth
· Snapshot 3460
Like · Liked by · 0
 28th amendment bro, very much rational statement of yours. :D 
Some ppl are creating words which have never been said. Such are the commentators here. 
I liked your anagoly of  'an eye for an eye'. :D 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 3984 · Likes 3
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 65
· Posts 1 · Viewed 158
· Posts 1 · Viewed 338
· Posts 1 · Viewed 198
· Posts 1 · Viewed 109
· Posts 1 · Viewed 101
· Posts 77 · Viewed 18741 · Likes 16
· Posts 1 · Viewed 154



Your Banner Here
Travel Partners
Travel House Nepal