आज पानी पर्यो!! - Sajha Mobile
SAJHA MOBILE
आज पानी पर्यो!!
Posts 8 · Viewed 8067 · Likes 7 · Go to Last Post
jhaukiri
· Snapshot 0
Like · Likedby · 6
 हिजो घाम थियो 
अस्ति धुम्म 
तर आज पानी पर्यो |
 
किन (?)...
प्रश्न गर्ने अधिकार, 
सरोकार र इच्छा 
तीनटै नभाकोले छोडौ ..
तर जब-जब पानी पर्छ, पानीसंग बर्षीने धेरै कुरा छन् यहाँ |
 
त्यो दिनको पानी 
र आजको पानी ..
समयको बदलाब ..
परिस्थितिको रुप ..
देख्दै छु भेलसंग बग्दै 
जमिन/जीवन भित्र बिलिन भाको |
 
खत्तम भयो !!
सिधियो ..
बिजोग ...
पृथ्वीको  प्रलय एउटा मानिसको अनुपस्थितिबाट 
हुन्छ भन्ने लागेको थिएन 
तर त्यही भयो |
 
पानी मात्र होइन, प्रश्नका 
असिना पनि परे .. 
तिनको चुटाइले  ..फुटेको मन
 लखतरान भएर ..पानी रोकिने प्रतिक्षामा थियो 
तर त्यो दिन ....पानी रहेन 
न तिमी रहेउ ....
 
त्यसपछि ,
जब जब पानी पर्छ
पानीको रापले म पग्लन्छु 
असिनासंग तर्सिन्छु 
 चट्यङदेखि रुन्छु..
ओछ्यानमा घुसरिन मनलाग्छ 
ओड्ने ओडेर 
घुडा र टाउको जोडेर ...
आँखा चिम्लन्छु
कान थुन्छु.. 
अनि पर्खन्छु... 
पानीलाइ  रोकिन
र कल्पना गर्छु त्यो रंगीन इन्द्रेणीको
थाहा छ .....त्यसको रंग र मेरो कल्पना दुवै मिथ्य हुन् ..  
तिमी जस्तै ...
 
आज पानी पर्यो ...हेरौ अब कैले पर्छ 
किनकि जब जब पानी पर्छ....पानीसंगै पर्ने धेरै कुरा छन् यहाँ !!!
Last edited: 14-May-12 11:58 PM
Last edited: 14-May-12 11:59 PM
Geology Tiger
· Snapshot 44
Like · Liked by · 0
हो त हिजो मज्जाले पानी पर्‍यो,
आज चाँही असाध्यै नराम्रो टाउको दुख्यो!
टनक टनक टनक
पिडाको सेकाइ सहन नसकेर यसो टाउको मसार्दै थिए
झ्याम्म झ्याउकिरीको कविता झर्यो,
बल्ल शितल भयो,
आजको टाउको दुखाइ यत्तिमै टर्यो,
Pokhrelikanchi
· Snapshot 176
Like · Liked by · 0
कविता कविता मै ऊतर दिन्चन सबै
आफु लाई कविता को क पनि औंदैन
जे भए पनि सारै राम्रो पानी परेको कविता लेख्नु भयो
आफु लाई लेखना नाए पनि पद्दना चैं पहियो
तेही नै खुसि को कुरा हो कि कसो हो साथी हो?
Bhaktey
· Snapshot 188
Like · Liked by · 0
 jhakuri वाह वाह 
"पानी मात्र होइन, प्रश्नका 
असिना पनि परे .. 
तिनको चुटाइले  ..फुटेको मन
 लखतरान भएर ..पानी रोकिने प्रतिक्षामा थियो 
तर त्यो दिन ....पानी रहेन 
न तिमी रहेउ ...."  
 
dipika02
· Snapshot 200
Like · Liked by · 0
हरेक बिनाशले श्रीजनाको बिउ छोडेको हुन्छ भन्छन। पानी र असिनाको चुटाईले तातेको मनको रापमा त्यो उम्रिन लागेको बिउ चै नमरोस।
 
हजुरका कबिताहरुमा भाव निकै गहिरो पाउछु। बुझे झै पनि लाग्छ फेरी बुझेकै हो त जस्तो पनि। सुख भन्दा दु:ख नै धेरै लुकेको पाउछु। आशा छ आगामी दिनहरुमा सुखद घडीका कबिताहरु पनि पढ्न पाउनेछु।
bairagiKancho
· Snapshot 284
Like · Liked by · 0
अघिपछि शान्त रहने मन, वर्षा संगै बाँध फुटेर छताछुल्ल भए भावहरु, पानीसंगै बग्दैछ गतिहीन जीवन, अनिश्चित दिशातर्फ...
दामी कविता!!!
crazy_love
· Snapshot 330
Like · Liked by · 0
hamro tira ni pani parera barbad cha, pani, jindagani bhanchan, ho jasto lagcha!
Thanks for the poem!
jhaukiri
· Snapshot 491
Like · Liked by · 0
 धन्यबाद सबै साथीहरुलाइ ||
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 76 · Viewed 18309 · Likes 16
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 230
· Posts 16 · Viewed 3491 · Likes 3
· Posts 1 · Viewed 202
· Posts 1 · Viewed 308
· Posts 6 · Viewed 901 · Likes 1
· Posts 1 · Viewed 161
· Posts 1 · Viewed 176



Your Banner Here
Travel Partners
Travel House Nepal