मकैको भात - Sajha Mobile
SAJHA MOBILE
मकैको भात
Posts 27 · Viewed 27184 · Likes 52 · Go to Last Post
KaliKoPoi
· Snapshot 0
Like · Likedby · 18
 मकैको भात

**************************

मैलो गोडा

फाटेको कपडा

सानो झुपडी

चिसो हाबा छिर्ने

बन्द नहुने

पूर्वपट्टीको सानो झ्याल

म बालक दंग पर्छु

धुलाको कणको रातो रबि-किरण सँगको लुकामारी हेर्दै

 

आँइ!!आँइ!!

अली परको गोठको भैंसी कराउछ

"उठिस बाबु!"

म खुशी भए

मेरि आमा आइन

आफू भन्दा ठुलो

घासको भारी बिसाइन

उनको मायाको बदला

म प्रहार गर्छु उनलाई

प्रश्न बाणले  

"भैसीको बुबु कैले खाने?"

पसिनाको खहरेबाट निस्कदै 

उनले निरस जवाफ दिइन

म बालक दंग पर्छु

अधिया पालेको रे, साहुले लान्छ रे आफ्नो भन्दै

 

मेरो भोक

उनको निराशाको थुप्रोमा 

थप एक थियो

चामल राख्ने 

रित्तो घैटो छामिन

केही नभएको

भकारी पनी नियालिन

उनको बिबसताको बिचमा

म आग्रह गर्छु

"आमा भात पकाउनु न।"

परको मकैको पिठोको पोको हेर्दै

उनी मुस्कुराउने कोशिश गर्छिन

म बालक दंग पर्छु

मकैको पिठोको पनि चामलको जस्तो भात बन्छ भन्दै। 

 

"एस्तो जाबो कुडो"

उनको आमिलो मनमा

अरु कुड्याउन कफी थियो

मेरा तिता हेय शब्द

उनले आफ्नो भाग्य लाई सरापिन

आधी पाकेको गोलभेडामा

थिचेर तिमुरको अचार बनाइन

अबरुद्ध गलाको बिचमा

उनको मिठो झुट

"आज पकाउदा के बिग्रेछ।"

आफ्नै हातले भात र अचार मुछ्दै

मलाई आँ गर्न भन्छिन

म बालक दंग पर्छु

कसैले नपाएको संसारकै मिठो भोजन गर्दै। 

 

 

समयको बेगमा

परिस्थितीको भुमरीमा 

कहाँ बाट कहाँ पुगे

दौडिन्छु म आज

उनले ताते गर्न सिकाइन

कालो बादल पारीको

सूर्य हेर्न सिकाइन

चौरासी ब्यन्जन ले त्रिप्त गर्न नसक्ने

मेरो भोकको तृष्णा

उनको हातको मिठो जादु

जब म नक्कल गर्न कोशिश गर्छु

मनबाट तप्प आँशु चुहिन्छ 

अनि म भन्छु 

आमा! मकैको भात

Load Previous
serial
· Snapshot 246
Like · Liked by · 0

चौरासी ब्यन्जन ले त्रिप्त गर्न नसक्ने

मेरो भोकको तृष्णा

उनको हातको मिठो जादु

जब म नक्कल गर्न कोशिश गर्छु

मनबाट तप्प आँशु चुहिन्छ 

अनि म भन्छु 

आमा! मकैको भात


वाह वाह गज्जब
 

amricane
· Snapshot 312
Like · Liked by · 0
धेरै मिठो कबित दल्ले , मन नै छोयो । आमा को याद नि दिलायो ।
You made my day Brother.
*~Spring~*
· Snapshot 328
Like · Liked by · 0

Kasto ramro.

ritthe
· Snapshot 351
Like · Liked by · 0

Kasto ramro.


I mean aba jhan ramro bhayo
Last edited: 22-Dec-11 11:42 AM
V2001
· Snapshot 365
Like · Liked by · 0
 dheri ramro.Good Job DSK
adhikari_bandhu
· Snapshot 370
Like · Liked by · 0
 मार्मिक ! धन्यवाद प्रस्तुती को लागि। 
lolitalover
· Snapshot 780
Like · Liked by · 0
 
lolitalover
· Snapshot 782
Like · Liked by · 0
दिल लगी गरेउ डल्लु भाई, कठोर मनमा अझै धेरै माया  सल्बलाए जस्तो लाग्यो, मेरो आमा प्रति .............
sanju.baba
· Snapshot 855
Like · Liked by · 0
 
sanju.baba
· Snapshot 855
Like · Liked by · 0
 
sanju.baba
· Snapshot 855
Like · Liked by · 0
 चसक्कै मन छुने!अति राम्रो!
country_boy
· Snapshot 1041
Like · Liked by · 0
bravo !
ThahaChaena
· Snapshot 2015
Like · Liked by · 0
 absolutely wonderful kabita..... chuhiyo tapakka aasu mero pani.... 

मेरो भोकको तृष्णा

उनको हातको मिठो जादु

जब म नक्कल गर्न कोशिश गर्छु

मनबाट तप्प आँशु चुहिन्छ  

:'(
baraln
· Snapshot 2105
Like · Liked by · 0
mero pani
nepali_kanchho
· Snapshot 2136
Like · Liked by · 0
बाल्यकाल, गाउँ, आमा, र मकै को भात को याद आयो. सारै मार्मिक छ.
halo
· Snapshot 2169
Like · Liked by · 0
Made me cry
hudhaicha
· Snapshot 2203
Like · Liked by · 0
so sad btw
36x36
· Snapshot 2305
Like · Liked by · 0
 आशु नै निकालिदियो ....खरो छ कविता 
र कविताको लागि धन्न्यबाद नदिकन मन शान्त भएन 
थ्यांक यु !
adventurer
· Snapshot 2346
Like · Liked by · 0
 
साह्रै राम्रो कबिता 
  आँखै रसायो 
 
  आँखै रसायो
adhikari_bandhu
· Snapshot 2383
Like · Liked by · 0
 शायद, धेरै पछी यस्तो मन छुने कबिता पढ्न पाइयो. धन्यबाद काली को पोइ. यस्तो मार्मिक कविता रचना गर्न सक्ने पोइ पाउनु  काली को भाग्य राम्रै हो भन्नु पर्छ. 
Really appreciate it bro. Keep it up !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12426 · Likes 1
· Posts 7 · Viewed 3762 · Likes 1
· Posts 1 · Viewed 1048
· Posts 1 · Viewed 1001
· Posts 1 · Viewed 907
· Posts 1 · Viewed 1017
· Posts 1 · Viewed 997
· Posts 21 · Viewed 9587 · Likes 1
· Posts 3 · Viewed 2434
· Posts 5 · Viewed 7639 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal