के हो ईश्वर? - Sajha Mobile
SAJHA MOBILE
के हो ईश्वर?
Posts 5 · Viewed 10869 · Likes 4 · Go to Last Post
Geology Tiger
· Snapshot 0
Like · Likedby · 3
मलाई यो कविताको बिषयवस्तु र भाव राम्रो लागेर मात्र साझाका साथीहरुमाझ बाडेको हुँ । यसको भावप्रति मेरो सहमति वा असहमति केही पनि छैन ।  

के हो ईश्वर?
डा. विजयराज शर्मा

कोलोराडो, अमेरिका

के हो ईश्वर?
जसलाई बुझ्नै सकिन्न
जसलाई जान्नै सकिन्न
जो छ तिम्रो समझबाहिर
त्यही हो ईश्वर ।
नसुल्झने पहेली हो ईश्वर ।

के हो ईश्वर?
सुखको वर्षा भए
जसलाई तुरुन्त जस दिन्छौ तिमी
दुखको बज्र खसे
जसलाई रुँदै सराप्न सक्दैनौ तिमी
त्यही हो ईश्वर ।
मतलबी हुन्छ ईश्वर ।

के हो ईश्वर?
हुन्न उ तिम्रो साथ
तर संगै रहेको भ्रम दिन्छ जो
मेरै साथ छ भन्ठान्थ्यो
तर विपतका बेला संगै हुन्न जो
त्यही हो ईश्वर ।
भरपर्दो हुन्न ईश्वर ।

के हो ईश्वर?
नबन्छ उ लौरो, सहारा दिने
नबन्छ हतियार, प्रतिरोध गर्ने
छाड्छ मानिसलाई जो निरीह
सबै दुखसंग आफै लडनुपर्ने
त्यही हो ईश्वर ।
बाँदरको पुच्छर हो ईश्वर ।

के हो ईश्वर?
हो उ फगत मन भुलाउने तर्क
रुमलिरहन्छ जो सबैको मनभित्र
तर मानिस खोजी हिँड्छ बाहिर बाहिर
त्यही हो ईश्वर ।
अज्ञानताको अर्को नाम हो ईश्वर ।


Pulsar_Beat
· Snapshot 29
Like · Liked by · 0
WOW. That's all I can say! Thanx for sharing GT
sunayani
· Snapshot 29
Like · Liked by · 1
जिते राम्रो कविता पोस्टेकोमा धेरै धेरै धन्यवाद,
हामीले पनि पढ्न पाइयो।
सही कुरा लेख्नु भएको छ कवीजिले
सांचै ईश्वर भनेको एउटा भ्रम मात्र हो।  
ritthe
· Snapshot 306
Like · Liked by · 0

Thumbs up to the original writer !

GT bro lai 'thanks for sharing Macys'

Birkhe_Maila
· Snapshot 344
Like · Liked by · 0
मलाई त यसको भाव एकदम सरल, सिधा र निर्दोश लाग्यो जुन जुन शब्दले जे जे जनाऊनुपर्ने हो त्यहि जनाईराखेको। 
कहिलेकाहिँ लेखाईको विषयवस्तुमा अति नै बढि ध्यान जाँदा लेखाईको शैलीमा ध्यान कम पुग्न पुग्छ!
 
जितेलाई धन्यवाद् कविता यहाँ टाँसिदिएकोमा।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 751
· Posts 2 · Viewed 556 · Likes 1
· Posts 5 · Viewed 462
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 75
· Posts 4 · Viewed 476 · Likes 1
· Posts 3 · Viewed 273 · Likes 2
· Posts 1 · Viewed 102
· Posts 1 · Viewed 292
· Posts 24 · Viewed 7621 · Likes 2



Your Banner Here
Travel Partners
Travel House Nepal