मुक्तक - Sajha Mobile
SAJHA MOBILE
मुक्तक
Posts 60 · Viewed 102367 · Likes 100 · Go to Last Post
amricane
· Snapshot 0
Like · Likedby · 2
मेरा प्यारा साझाका  साथी भाई , दाई दिदी हरु । यो धागो मा चाइ मैले हामी सब ले अर्जेका साना साना मुक्तक हरु समेत्ने कोशीस गरेको छु । तपाईं हरु पनि मुक्तक हाल्दै जानुस् ।
 
म मिठो बोल्न जान्दिन ,
झुटो बोलेर तिम्लाई हसाउन सक्दिन
म तिते करेला को जुस हुँ
अङुर को कैलाई बन्दिन 
Load Previous
ThahaChaena
· Snapshot 3384
Like · Liked by · 4
.........एत्रा-एत्रा साहित्यप्रेमी र कबिका बिचमा........मेरो पनि सानो प्रयास है

ऊ मलाई उस्को सामु नआउ भन्छे
उश्ले अब त मलाई पराया ठान्छे  
किन हो उ मलाई जड्याहामा गन्छे
उस्लाई के थाहा म उस्कै मायामा पिउदै छु
म उस्कै अभाबमा जिउदै छु
एक फेर नपिउ भनेर त हेर
एक फेर नजिउ भनेर त हेर
म पिउनै छाडिदिन्छु म जिउनै छाडिदिन्छु .





जय नेपाल आमा

amricane
· Snapshot 3548
Like · Liked by · 2
 जिन्दकी लै खेल सम्झी खेली रहे 
जिन्दकी ले खेल खेल्यो थाहै भएन 
जिन्दकी लाई मजाक बनाई उदाई रहे 
जिन्दकी ले कैले मजाक बनायो थाहै पाइन 
Geology Tiger
· Snapshot 3860
Like · Liked by · 3
तिम्रो र मेरो सम्बन्ध कुहिएको आलु जस्तो
जति खुर्के पनि नसकिने मनमा पलाएको कालो कस्तो?
भत्के सकेपछि बनाउछु भनेर बोकी रहन नहुने रहेछ
नत्र यो डुंगडुंगती गनाउने रहेछ कुहिएको सिनु जस्तो
Pokhrelikanchi
· Snapshot 4025
Like · Liked by · 0

ढिलाई भए पनि दुइ सब्दको मुक्तक  मेरो


पढ्न मन छैन ,केहि मा मन छैन
चंगा भयो मेरो मन
न त ऊडन नै सक्छु , न कहिँ पुग्न
लंगडो जस्तो भयो मेरो जीवन

ThahaChaena
· Snapshot 4108
Like · Liked by · 0
 @कान्छी रिप्लाई ल .....

पढ्न मन नभए बात मार
मन नभए त्यो पनि दिल मायामा हार  
मनै त हो उडाउ उडीदिन्छ 
बगाउ उर्लिदिन्छ 
जीवन त जे बनायो तेही बन्छ 
जता बगायो तेतै बहन्छ  
लंगडो नठान
साथि यो सहारा सधा रहन्छ 
एकफेर हैन यो थाने फेरी कहन्छ 
साथि यो सहारा सधा रहन्छ ||

amricane
· Snapshot 6321
Like · Liked by · 0
फाटेको सुट
मागेर ऋण
छोरो ले टाल्ने भो
एस्पाली त छोरो ले झ्याइ पार्ने भो
ThahaChaena
· Snapshot 6358
Like · Liked by · 1
काढेर ऋण सीलाको सुट छोरोले टालेछ
सात फेरा संगै बिग्रेका दिन आगोमा बालेछ
बधाई तिमीलाई आगामी दिनको सुखले भरियोस
राख्नु त्यो जनाईको साँचो बलियो बाँधी, भाग्यमा दोष नथुप्रियोस

- थाने
ThahaChaena
· Snapshot 6664
Like · Liked by · 0
कसरी मुक्त हुनु म, कसरी श्वास लिने
कसरी ब्यक्त हुनु म, कसरी जीवन जिउने
सबैको केही न केही मार्ग छ, गुरु कती कती
लोभबाट बाँधिएका सबै, कसले मार्ग मुक्तीको देखाउने

- थाने
Ritto Haat
· Snapshot 6681
Like · Liked by · 0
होटलमै बसेर ,दन्काए पनि बोत्तल र व्हिस्की,
मिठो त आफ्नै गाउँको कोदाको रक्सि
त्यो गोरी मोरीले जति नजर र शरीर मर्काए पनि ,
प्यारी आफ्नै गाउँकी काली पोक्ची!!
~ रित्तो-हात
ThahaChaena
· Snapshot 6700
Like · Liked by · 1
ह्वाग्र्याङ्मा छर्प्रष्ट गुच्चा हजुर
कौडाको ठुलो खाल
भाग्य साह्रै छुच्चो हजुर
कहिं परेन माल

- थाहा छैन
Shere
· Snapshot 6750
Like · Liked by · 0
अनेकौ अनगिन्ति रहरहरुमा
सपनाको एउटा सानो शहर छ
शहरमा मेरो घर नभए पनि प्रिय
डेरामा भएपनि भित्राउने रहर छ
amricane
· Snapshot 12164
Like · Liked by · 0
यो मनको हाडी घोप्टे बानी
खै किन कैले नजानि
ओरी परी सब तीर का नानी
ल्याउन मन लाग्छ छानी छानी ।
ThahaChaena
· Snapshot 12167
Like · Liked by · 0
नल्याउ है नानि बानि भनेर
बस्लाउ बंगारा झरेको गनेर 
थुतुनो र मुतुनो जोगाउ भेन्थे
कि रहर हो जिउन पुर्पुरोमा हात राखेर 
atomic
· Snapshot 12179
Like · Liked by · 0
Burger khaye, pizza khaye
J khaye ni chittai bujhdaina
Chinese, Korean sab khaye
Pet bhariyeni bani bhayena
Amrica aye ni 10 Barsa bho sathi ho
Ajhai ni bhat nakhai nindrai lagdaina
khotokarma
· Snapshot 12199
Like · Liked by · 0
Plus 2 science faculty padda kheri ko kabita..
Timi Potassium bhaye ma aluminum,
Timi Euglena bhaye ma paramecium

Uta bata arko sathi lai jhok chaley pachi..
Timi dandi bhaye ma danda
Timi ran**i bhaye ma ran**
dream_big
· Snapshot 12228
Like · Liked by · 0
अमेरिका भर्ख्हर आउदाको सपना

खोइ म कस्तो सपनामा आइपुगे
दिन रात भयो अनि रात दिन
सात समुन्द्र पारीको यो दुनिया
फुर्सद नहुने एक छिन्

काले माले सबैको येउतै छ चक्कर
ये तेस्ले पनि बनायो ग्रीन कार्ड भर्ख्हर
म त पढेरै ठुलो मान्छे हुन्छु
एच वन बि गरेरै ग्रीन कार्ड लिन्छु

.........................ठुलो_सपना












ThahaChaena
· Snapshot 27975
Like · Liked by · 1
सपना ठूलो, मिठो अनि मलिलो पनि देखें मैले
पुरा नभई हराउला कि भनि कागज मै लेखें मैले
साथ् ,बिश्वास, माया छोडेर विदेश हुत्तिएको
प्रतिपल आज धिप धिप गरि निभ्दै गरेको आफै भेटें मैले
Last edited: 09-May-16 12:17 PM
sishwor
· Snapshot 28229
Like · Liked by · 0
https://www.youtube.com/watch?v=2NhovO02HKA
sishwor
· Snapshot 28230
Like · Liked by · 0
https://www.youtube.com/watch?v=ATgpoYfIuDY
atomic
· Snapshot 34523
Like · Liked by · 0
यो चाहीं सानै हुँदा को २ लाइन ...
धान कुटी चामल , चामल कुटी पिठो
तिम्रो , मेरो माया मिले चिनी भन्दा मीठो !!!!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 1832
· Posts 67 · Viewed 13175 · Likes 12
· Posts 39 · Viewed 9239 · Likes 2
· Posts 1 · Viewed 57
· Posts 1 · Viewed 61
· Posts 5 · Viewed 829
· Posts 1 · Viewed 144
· Posts 1 · Viewed 121
· Posts 5 · Viewed 1180 · Likes 1
· Posts 1 · Viewed 190



Your Banner Here
Travel Partners
Travel House Nepal