जन्मदै उल्टो जन्मेको मान्छे म - Sajha Mobile
SAJHA MOBILE
जन्मदै उल्टो जन्मेको मान्छे म
Posts 7 · Viewed 8570 · Likes 10 · Go to Last Post
amricane
· Snapshot 0
Like · Likedby · 9
म जन्मदै उल्टो जन्मेको मान्छे
अनी कसरी समाज सँग मिल्नु
अनी कसरी दुनियाँ सँग घुल्नु
म त उल्टो मान्छे कसरी सुल्टो हिड्नु

ए बिहान भएछ
तिमी उठ्छौ होला
पूजा पाठ नुहाइ
तिम्रो त दिन सुरु भो
म सुत्छु ल
म उल्टो मान्छे
तिमी रात भर सुत्छौ म रात भर जाग्छु
तिमी दिन भर उठ्छौ म दिन भर सुत्छु
म त उल्टो मान्छे कसरी तिमी सँग मिल्छु

तिमी त सामाजिक प्राणी समाज मा मिल्छौ होला
समाज ले तिम्लाई आफु जस्ताइ ठान्छ होला
तर म त समाज मा मिल्दिन
मलाई समाज ले आफ्नो पनि भन्दैन
मलाई भिड नि मन पर्दैन
अनी मनिस को हुल त खै डर पो लाग्छ
म त उल्टो जन्मेको मान्छे अनी सुल्टा हरु सँग कसरी मिल्नु

तिमी लाई सुख मा खुशी लाग्छ होला
मलाई अचम्म पो लाग्छ
तिम्लाई दु:ख मा रुन मन लाग्छ होला
मलाई त ठिकै हो जस्तो लाग्छ
म त उल्टो मान्छे उल्टै सही लाग्छ

म बिछोड लाई मिलन को केन्द्र बिन्दु थन्छु तिमी पिडा ठन्छौ
म मिलन लाई बिछोड को कारण भन्छु तिमी खुशी भन्छौ
तिमी जित लाई उपल्ब्धी ठान्छौ
म हार लाई एउटा बिद्या मान्छु
म त उल्टो जन्मेको मान्छे
कसरी सब लाई सुल्टो भन्छु

मेरो लागि जिन्दकी मृत्यु को कारण हो
मेरो लागि मिलन बिछोड को कारण हो
मेरो लागि हासो आसुँ को कारण हो
म त उल्टो जन्मेको मान्छे
मलाई लाग्छ ठीक नै बेठिक को कारण हो
Allegro
· Snapshot 139
Like · Liked by · 0

Enjoyed it. Awesome!
no_more_crush
· Snapshot 160
Like · Liked by · 1
-----> ǝuɐɔıɹǝɯɐ 1ǝɔıu <-----
˙ɐɥpɐd ɐʇɐq ıɐʇןn ıuɐd ʇuǝɯɯoɔ oʎ  ¡ oɹq ǝuɐɔıɹǝɯɐ

k_ho_mero_naam
· Snapshot 284
Like · Liked by · 0
 daaaaaaaaaaaaaaaaaaaammmmmmmmmmmmmmiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
Geology Tiger
· Snapshot 441
Like · Liked by · 0
तर मित्र अम्रिकानेको कविता चाँही मलाई उल्टो र सुल्टो दुवै तिरबाट ठीक लाग्यो है ... 
fallen_angel
· Snapshot 502
Like · Liked by · 0
रातभरी जाग्ने तिमी मात्र छैनौ
समाजदेखि भग्ने तिमी मात्र हैनौ  
नडराउ साथि, अरु पनि छन् 
उल्टो जन्मने तिमी मात्र हैनौ।
 
यो त भयो कुरो मा कुरो । राम्रो कविता, तर तेस्रो हरफ पछि चै कवीले मर्म र तर्कलाई थाँती राखेर, लेख्न कै लागि लेख्या जस्तो लाग्यो । नित्तान्त ब्यक्तिगत विश्लेषण है मेरो । गलती भए माफि पाऊँ । 
amricane
· Snapshot 582
Like · Liked by · 0
fallen-angel जि , सर्बप्रथम कबी भन्दिनु भो गौरबको अनुभुती भो धन्यवाद । म लेख्न को लागि कबिता  कैलाई लेख्दिन । जब लेख्न मन लाग्छ तब लेख्छु । जहाँ मन लाग्छ तेही लेख्छु । जे मन लाग्छ तेही लेख्छु । कबित को एउत form लाई नजानेर भावना मा नअाइ लेख्न खोज्दा अनी जबर्जस्ती  लय्म्बाउन खोज्दा त्यो कुरुप चित्र मात्रा बन्छ भन्ने मेरो ब्यग्तिगत अनुभब छ । मलाई जहाँ सम्म भावनाले  साथ दिन्छ त्यहाँ सम्म मात्र लेख्छु अनी तेस्पची लेख्नै छोड्दिन्छु ।
सुजाब को लागि धन्यवाद।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 3928 · Likes 3
· Posts 1 · Viewed 63
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 152
· Posts 1 · Viewed 312
· Posts 1 · Viewed 179
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 92
· Posts 77 · Viewed 18698 · Likes 16
· Posts 1 · Viewed 146



Your Banner Here
Travel Partners
Travel House Nepal