सोचेजस्तो छैन अमेरिका - Sajha Mobile
SAJHA MOBILE
सोचेजस्तो छैन अमेरिका
Posts 4 · Viewed 4229 · Likes 1 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 0

सोचेजस्तो छैन अमेरिका

-निल खड्का-

‘म पनि अमेरिका आउँदैछु है’

लामो समयदेखि अमेरिकामै रहेका र फेसबूकमार्फत् परिचित युवा साहित्यकार बासु ढकाललाई दुई वर्षअघि मैले यसो भनिरहँदा उनको जवाफ थियो–‘त्यसो भए तपाईंलाई हार्दिक समवेदना !’

त्यसबेला उनको जवाफ सुनेर मेरो मन अमिलिएको थियो । अहिले ठान्दैछु, त्यसबेला उनले ठीकै भनेका रहेछन् । अमेरिकामा श्रम गरेर बाँचिरहेका जो सुकैसँग नेपालमा रहेकाहरूले अमेरिका आउने चासो प्रकट गरे ‘नआए हुन्छ’ भन्ने आसयसहित अधिकांशको जवाफ हुन्छ–‘सोचेजस्तो छैन अमेरिका ।’ अमेरिकामा रहेकाहरूले यसो भनिरहँदा नेपालमा रहेकाहरूको चित्त कुँढिन सक्छ । अनि मनमा लाग्न सक्छ– ‘आफूचाहिँ गयो, हामीलाई चाहिँ त्यस्तो भन्छ ।’ तर, यथार्थ त्यही हो–‘सोचेजस्तो छैन अमेरिका ।’

दुई वर्षअघि डीभी परेर आएका रिपब्लिका दैनिकका सञ्चारकर्मी दिनेश कार्कीलाई एक दिन सोधें–‘दिनेशजी कस्तो लाग्दैछ अमेरिका ?’ उनले कति सजिलै जवाफ दिएका थिए–‘बेलाबेलामा यो डीभी मैलाई चाहिँ किन परेको होला भन्ने लागिरहन्छ ।’

एउटा भनाइ नै छ, खोइ कहाँको हो (मैले बिर्सें) पेँडा खाए पनि नखाए पनि पछुताउँछन् रे मान्छेहरू । हो, त्यही पेँडा जस्तै हो, अमेरिका । आएकाहरू पनि पछुताउँछन्, आउन नपाएकाहरू पनि पछुताउँछन् ।

अमेरिका, धेरैका लागि सपनाको संसार, जिन्दगीको लक्ष्य । त्यसैले एक पटक पुग्न पाए जिन्दगीको सबैभन्दा ठूलो धोको पूरा भएको मानसिकता बोक्नेहरू धेरै छन्, नेपालमा । गगनचुम्बी भवन, फराकिला सडक, चिल्ला गाडी । झट्ट हेर्दा स्वभाविकै पनि हो । तर, बाहिरबाट देखेजस्तो छैन अमेरिका । किनकि कठोर संघर्षको अर्को नाम हो–अमेरिका । दुःखको सागर हो–अमेरिका । म दाबीका साथ भन्न सक्छु, कुनै नेपालीले पनि ‘म अमेरिकामा अत्यन्तै आनन्दको जीवन बिताइरहेको छु । र, दुःख नगरी सुखसयलसँग बाँचिरहेको छु’ भन्न सक्तैन । सबैका संघर्षका आफ्नै कथा ब्यथा छन् । जो सुकैलाई भेटे पनि जवाफ आउँछ, दुःख त कति गरियो कति ?
पैसा कमाउने मात्र लक्ष्य बोक्ने र ‘जे काम, जसरी पनि गर्न तयार’ हुनेहरूका लागि केही हदसम्म अमेरिका ठीकै होला । तर, ‘जे काम, जसरी पनि गर्छु’ भन्नु र गर्नसक्नुमा भिन्नता छ । अझ नेपालमा थोरै पैसा अनि पैसाभन्दा बढी मान, सम्मान र प्रतिष्ठा आर्जन गरेकाहरूका लागि त अमेरिका झनै असहज छ । कि त पैसालाई नै सबैथोक ठानेर नेपालमा कमाएको मान, सम्मान र प्रतिष्ठा चटक्कै भूल्न र स्वाभिमान झुकाएरै भए पनि ‘जे काम, जसरी पनि गर्न’ तयार हुनुप¥यो । तर, त्यसका लागि पनि मन मान्नुप¥यो । नेपालमा कमाएको मान, सम्मान र प्रतिष्ठा अनि अमेरिकामा आफूले गर्नु परिरहेको तल्लोस्तरको काम । तुलना गर्दा मनलाई मनाएर काम गर्न सहज भने छैन ।

प्रश्न उठ्न सक्छ, त्यसो भए अमेरिका पुगेका त्यत्रा नेपाली कसरी टिकेका छन् त ? हो, अमेरिका आउनेमा सबै तहका नेपाली छन् । सामान्य साक्षर सर्वसाधारणदेखि डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, व्यापारी, कलाकार सबै छन् । तर, नेपालमा अपनाएको पेसाअनुसार अमेरिकामा पनि डाक्टर, इन्जिनियर, वकिलकै रूपमा काम गर्नेहरू एकदम थोरै छन् । त्यस कामले मात्र जीविकोपार्जन सम्भव छैन । त्यसैले आफ्नो पेसालाई ‘पार्ट टाइम’ का रूपमा अपनाएर अन्य काम गर्न बाध्य छन् । बाहिर जतिसुकै हाइफाइको जीवनशैली र मोजमस्तीमा रहेझैं देखाए पनि दिनरात नभनी जुनसुकै समयमा काम गरेर भए पनि तोकिएको घण्टा गुजार्नुको विकल्प छैन । त्यसैले अधिकांशको अवस्था उही हो, विभिन्न कम्पनी, पेट्रोल पम्प (अमेरिकामा ग्यास स्टेसन भनिन्छ) रेस्टुरेन्ट, खाजाघरहरू, स्टोरआदिमा घण्टा गुजार्ने काम । फलानो ग्यास स्टेसनमा फलानो सिफ्टमा काम गर्ने फलानो मान्छे पहिला नेपालमा सीडीओ थियो । फलानो रेस्टुरेन्टमा काम गर्ने फलानो त नेपालमा फलानो मन्त्रालयमा उपसचिव थियो । फलानो त सांसद् हो पहिलाको । यस्ता धेरै भेटिन्छन् अमेरिकामा । यद्यपि, विभिन्न विश्वविद्यालय, सरकारी कार्यालय, बैंकलगायतका क्षेत्रमा पनि नेपालीहरू उच्च ओहोदामा नरहेका होइनन् । तर, अत्यन्तै नगण्य । उनीहरुलाई हेरेर मात्र आमनेपालीको अवस्था बुझ्न सकिन्न ।

पढ्न आउने विद्यार्थीहरूका लागि अमेरिका राम्रो अवसर हो । पढाइ सकेपछि उच्चस्तरको रोजगारी पाएर उच्चस्तरकै जीवनयापन गरिरहेकाहरू पनि नभएका होइनन् । तर, पढ्दै काम गर्नेहरूका लागि त्यति सहज छैन । काम गर्दागर्दै पढाइ बीचैमा छाडेकाहरू पनि प्रसस्तै भेटिन्छन् । किन त ? किनकि अमेरिका आएको ऋण तिर्न र पैसा कमाउन पढाइ बीचैमा छाडेर पैसा कमाउनेतिर केन्द्रित हुनु उनीहरूको बाध्यता पनि हो । प्रश्न उठ्न सक्छ, त्यसो भए लाखौं रूपैयाँ खर्च गरेर नेपालीहरू अमेरिका आउन किन मरिहत्ते गर्छन् त ? मलाई सोध्ने हो भने एक शब्दमा जवाफ दिन्छु,–‘नबुझेर’ । के के न ठानेर लाखौं रूपैयाँ खर्च गरेर अमेरिका आइसकेपछि पैसा उठाउनैप¥यो । घर फर्किन पनि अमेरिकाबाट आएको हो भन्ने त देखाउनै प¥यो । अनि संघर्ष गरेर बस्न बाध्य हुन्छन् उनीहरू ।

डीभी परेर तीन वर्षअघि अमेरिका आएका एमालेका एक युवा नेतालाई सोधेको थिएँ–‘पैसा पनि धेरै कमाइसक्नु भयो होला, अब घर किन्ने होला नि ?’ बाहिरबाट हेर्दा अत्यन्तै सुखसयल र ऐश आरामको जिन्दगी बिताइरहेझैं देखिने उनले भने–‘पाँच वर्ष जसोतसो बस्ने हो, त्यसपछि फर्किने । यस्तो ‘जाबो’ ठाउँमा पनि कोही बस्छ ?’ उनी त एक प्रतिनिधि पात्र मात्र हुन् ।

वर्षौदेखि गैरकानुनी रूपमा बसेका कतिपय चाहिँ ‘ग्रिन कार्ड’ पाउन सके बरु नेपाल फर्किन्थेँ अनि बेलाबेलामा आउने जाने गर्थें भन्ने मानसिकतामा देखिन्छन् । ग्रिनकार्ड मात्र भएकाहरू पाँच वर्ष बस्न सके नागरिकता पाइन्थ्यो भन्ने आशामा देखिन्छन् । नागरिकता पनि भएका र घरबार पनि जोडिसकेकाहरू भने जीवनको उत्तराद्र्धलाई कसरी समायोजन गर्ने भन्ने चिन्तामा देखिन्छन् ।

दशकौंदेखि अमेरिकामै रहेका र अमेरिकालाई नै स्थायी बासस्थान बनाएकाहरूको पनि जीवन खासै सन्तोषजनक छैन । मन हरपल जन्मभूमितिरै छ । अहिले घरबार जोडेरै बसे पनि जीवनको उत्तराद्र्धमा त जन्मभूमिमै फर्किनुपर्छ भन्ने मानसिकता बोकेर बस्नेहरू प्रसस्तै छन् । तर, अनेकौं बाध्यताले जेलिएका छन् । १० वर्ष, २० वर्ष, ३० वर्ष वा यस्तै कुनै निश्चित अवधिभित्र तिरिसक्ने गरी ऋणमा घर लिएका छन् । तोकिएको अवधि पूरा भई घरको स्वामित्व पूर्ण रूपमा आफ्नो नभएसम्म चटक्कै छाड्न मिलेन । त्यसैले घरको ऋण चुक्ता भइसकोस् बरु पछि बेचेर नेपाल फर्कौला भन्ने मानसिकता बोक्नेहरू धेरै भेटिन्छन् । तर, यतै जन्मिएका र यतैको संस्कारमा हुर्किएका आफ्ना सन्तानलाई यतै छाडेर बूढेसकालमा बूढाबूढी मात्र नेपाल फर्किनुपर्ने बाध्यता पनि देखिन्छ धेरैमा ।

हो, अमेरिकामा रहेका अधिकांश नेपाली भविष्यमा स्वदेशमै फर्किएर रमाउन चाहन्छन् । नौजवान युवाहरू ‘४÷५ वर्ष घुँडा धसेर काम गर्ने हो, त्यसबेलासम्म झन्डै ५०÷६० लाख रूपैयाँ भइहाल्छ । त्यसपछि नेपालमै केही गरेर बस्ने’ भन्ने मानसिकतामा देखिन्छन् । जीवनका उर्जाशील समय अमेरिकामै बिताएका अधिकांशको मानसिकता पनि यस्तै पाइन्छ । ‘हातगोडा चलुञ्जेल काम गर्ने, नसक्ने भएपछि नेपालमै फर्किने’ मानसिकता बोक्नेहरू प्रसस्तै भेटिन्छन् । डीभी परेर आएका कतिपय समेत यस्तो मानसिकतामा रहेको प्रसस्तै भेट्न सकन्छि ।

त्यसो त अमेरिकामा प्रसस्तै पैसा कमाएर यतै ठूला–ठूला व्यापार व्यवसाय गरेर बसेका नेपालीहरू पनि प्रसस्तै छन् । तर, उनीहरूको पनि मनमा सन्तोष भने देख्न सकिन्न ।

वास्तवमै अमेरिका स्वार्थीहरूको संसार हो । स्वार्थी यस अर्थमा कि, विभिन्न देशका बासिन्दा आ–आफ्ना अनेकौं स्वार्थ पूरा गर्न अमेरिका आएका छन् । त्यसैले सबै आ–आफ्ना स्वार्थ पूरा गर्न तल्लीन रहन्छन् । कसैलाई कसैसँग मतलब छैन । न त राजनीतिसँग मतलब हुन्छ । न त विश्व घटनाक्रमसँग नै । घरहरू प्रसस्तै छन् । तर, छिमेकी छैनन् । अनेक पेसा, व्यवसाय र क्षेत्रका मान्छे छन् । तर, समाज छैन । एउटै परिवारका सदस्यबीच पनि आत्मीयता र भावनात्मक सम्बन्ध टाढिँदै गएको छ । अर्थात् समाजमा घुलमिल भएर बस्न रुचाउने र मान्छेलाई सामाजिक प्राणी ठान्ने नेपालीहरूलाई अमेरिकाले एकलकाटे जीवन जिउन सिकाइरहेको छ ।
राछस
· Snapshot 56
Like · Liked by · 0
 I read this article yesterday, and some of the few commentrs has to say this

@Kalpana

I wrote a similar article a while ago, and below is the comment from one of my Nigerian friends.

Despite all of the struggles, hardships and gnashing of teeth in the USA, it is still has to be one of the best countries in the world to live in. The things we consider basic necessities in the USA, e.g. constant water and electricity is a luxury that only the rich can afford in Nigeria. If you’re seriously injured, without a dime in your pocket, and you walk into any emergency room in the USA. They are obligated to & will provide you the medical care you need. That’s why the poor in America go to the ER for anything ranging from cough to sore throat to headaches to the real emergencies. If for some reason the hospital refuses to care for you, they are held liable and can face criminal charges for that. If you’re in the same situation, and you walk into an emergency room in Nigeria, you’ll bleed to death. If one of the doctors or nurses decides to be nice and take care of you, they will be reprimanded by the hospital.The jobless rate in America is about 11% i think, and everyone is wailing and crying. Obama is doing everything he can to fix it. While the jobless rate in my country is probably over 40% and has been that way for years. Leaders get elected, they embezzle funds, they leave, while the citizens continue to wallow in poverty and desperation. If you’re getting robbed, or your father is having a heart attack you call 911 and they’re there in minutes. Well try that in Nigeria and get the biggest shock of your life when you realize that the police and the thieves are one and the same. And the ambulance doesn’t have any gas in it. One of the things that amazes me the most about America is the polls. That the politicians actually care what the people think about them, baffles me beyond anything. All the above and much, much, much, much more are the reasons why people struggle to get into the USA. There’s a story of a Nigerian guy who in his desperation to come to America sneaked into the hanger in an airport and hid himself under the plane. Well, when the plane took off, the wheels folded in and killed the guy. I have been searching for a job since february so I feel your pain, but the attraction people in developing countries have to America is not unfounded. America is definitely one big dichotomy… even that is an understatement.


@शशांक लामा

अमेरिका भनेको ढ्यांग्रो हो, टाढा बजायो भने त्यसको आवाज मिठो सुनिन्छ, त्यही आवाज नजिक आउँदा झर्को लाग्छ| अमेरिका आउन चाहनेलाई मा केवल दुइटा सल्लाह दिन चाहान्छु : १. शिप र बौद्विकरुपले चुस्त र दुरुस्त भएर आउनु पर्यो| २ कि बलिष्ठ पाखुरी लिएर आउनु पर्यो| कोरा शिक्षा – डबल एम ए त के, ट्रिबल एम ए ले पनि यहाँ केहि लछारपाटो लाग्दैन| बरु सिकर्मी र डकर्मी भयो भने तिनको पो भाउ हुन्छ | ठगेर र काम चोरेर खाउँला भनेर त सोच्दै नसोचे हुन्छ | पेट्रोल पम्पमा चोरेर खान पाइन्छ भनेर यदि कुनै अमेरिकीबासीले तपाइंलाई मुख मिठ्यायो भने त्यस्तो चोर बुद्विको लहलहैमा लागेर अमेरिका नआउनुहोला| नेपालमा चन्दा मागेर खान पल्केका परजिवीहरुलाइ अमेरिकी grocery store काम लगाउन पाए क्या मज्जा हुन्थ्यो| अमेरिका मिहिनेती, श्रमजीवी, इमान्दार, उधमशील र कर्त्ताब्यपरायण व्यक्तिहरुकोलागि उत्तमस्थल हो भने, परजीवी, ठग, कामचोर, अल्छे, सुकुलगुण्डा, हुतिहारा र चन्देहरुले चाहिं यहाँ कुकुरले नपाएको दुख पाउँछ| पश्चिमतिरका एकजना साधारण साक्षर गुरुङ भाइले घर-निर्माण कम्पनीमा निरन्तर ५ बर्ष जति काम गरेर काठमाडुमा भव्य घर बनाएका छन्| अठोट, हिम्मत र मिहिनेत गरेको खण्डमा अमेरिकामा बसेका प्रत्येक नेपालीले गुरुङ भाइले गरेजस्तो नसक्ने कुरै छैन | तर हाम्राहरु पैसा थोरै भएपनि कुर्सीमै बस्ने काम खोज्छन| माथिल्लो लेभलको कुर्सीमा बस्नेहरुले त राम्रै भेट्टाउन्छन्, तर तल्लो लेभलको कुर्सीमा बस्नेले घन्टाको १०, १२ $ सिवाय भेट्टाउन्दैन, जबकी ती गुरुङ भाइ पाखुरी बजारेर घन्टाको २० $ बनाउन्छन्| अझ चीनबाट आउँदा भुटिभांग केहि नलिई आएका एक चिनियाँ दम्पतीले लोग्ने स्वास्नी दुवै मरुन्जेल खटेर ६ बर्षभित्रमा न्युयोर्कमै घर किने| कोरियाली र चिनियालीहरुको अगाडी त हामी नेपाली महा-अल्छेमा गनिन्छौं| तसर्थ मा सबैलाई अमेरिका नआउनुस भन्दिन, आउनुहोस, अमेरिकीहरुलाई पनि मात गर्ने बुद्वी लिएर आउनुहोस, या गगनचुम्बी भवनसंग जुध्ने बल लिएर आउनुहोस| फिष्टे र कोरा शिक्षा मात्र लिएर आउनु भयो भने भारतीय र कोरियनले उनीहरुको रेष्टुरेन्ट र ग्रोसरी स्टोरमा दलेर ल्याएर पठाउँछ |

@मन तामांग

मेहनत गर्नेलाई मात्र हो अमेरिका|
नेपालमा गफ लडाएर एक वर्ष आधा समय यो विदा र त्यो विदा लिने घाम तपुवा कमर्चारी र त्यस्तो प्रबित्ति भएकोलाई हैन| अमेरिकामा वाच्न मेहनत गर्नपर्छ, मेहनत| कि हुनपर्यो शीप नत्र भने मेहनत गर्ने लगनशीलता| नेपालमा अधिकृत भएर पियनलाई काम अह्राउने संस्कार अम्रिका जान अघि यही छाड्न पर्छ| अमेरिकामा कसैले घोक्राएर लाने हैन, आफ्नो च्वायासले जाने हो| अमेरिका जान अघि त्यँहाको स्थितिको बारेमा सबै सुचना उपलब्ध छन्|
हाम्रा नेपालमा अयोग्य, असक्षम र अल्छे व्यक्तिहरुले जताततै नाता गोता र जातको प्रभावमा पद ओगटेका हुन्छन| उनीहरुको प्रभावकारिता कामको दक्षतामा भन्दा उनी को हुन् र कसलाई चिनेका छन् र चिप्लो घस्न कति माहिर छन् त्यही योग्यताले अरुलाई पिटेर खाईरहेका हुन्छन| समुद्रपारको देशमा वसोवास गर्ने मनसायले गएपछि आफुलाई पनि त्यही अनुरुप मानसिक तयार पारेर जान्पर्छ| कुइएको कार्य संस्कार र सोचलाई नेपालमै तिलान्जली दिन नसक्नु ठुलो कमजोरी हो| श्रमको महत्व बुझ्ने मर्यादाको कदर र सही मुल्यांकन गर्न परम्पराको प्रसंशा गर्न सक्नुपर्छ|

अमेरिका पुग्न साथ सबै नेपाली बराबर हुन् आउँछ, केवल शीप, मेहनत र योग्यताको भरमा बराबर गणना हुन्छ| यो जात र उ जात अनि त्यो फलानाको छोरो र छोरी भनेर लाममा अघि बस्न दिईदैन| कानुन र न्यायको नजरमा पनि सबै बराबर ठहरिन्छ| वास्तवमा हाम्रो नेपालको गणतन्त्रको लक्ष्य पनि त्यही हो र यो अझ पुरा हुनसकेको छैन|
नेपालमा गफ हाँकेर र अरुको मेहनतमा आफ्नो मोज गर्नेलाई अमेरिका पुगेर त्यहाको अनुभव नमिठो सपना हुनसक्छ| अरब, कोरिया र जापान आदि देशमा हाम्रा नेपालीले मेहनत गरेर कमाई गरेका छन्| अधिकतर नेपालका काम गर्ने र गरिखाने जति अरब, कोरिया आदि मुलुकमा जान्छन र धेरैजसो मुखैले र सुखैले खाउँ बसु भन्नेहरु अमेरिका जान चाहन्छन| हालको आर्थिक मन्दीले रोजगारी पहिले भन्दा गाह्रो भएको होला तर मेरो आफ्नै विचारमा अन्य मुलुकहरुको तुलनामा मेहनत गर्नेका लागि अमेरिका स्वर्ग हो| विशेष गरी यंग जेनेरसनको लागि अवसरको पराकाष्ठा हो अमेरिका|


Be Optimistic and KEEP WALKING no matter how hard do you get hit. At the end it will be alright.





















solu123
· Snapshot 304
Like · Liked by · 1
This is an illusion.

Soche jasto America hoina, soche jasto jeewan hudaina.
No matter where you go, you will face the same problem.
 
Last edited: 31-Oct-11 02:38 PM
ktmpatrol
· Snapshot 358
Like · Liked by · 0
 Maile ta sochya jastai chha hai America! 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 106
· Posts 11 · Viewed 992 · Likes 1
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 70
· Posts 4 · Viewed 349
· Posts 9 · Viewed 1374
· Posts 1 · Viewed 115
· Posts 1 · Viewed 116
· Posts 1 · Viewed 86



Your Banner Here
Travel Partners
Travel House Nepal