साझा बारे साझा सवाल - Sajha Mobile
SAJHA MOBILE
साझा बारे साझा सवाल
Posts 15 · Viewed 11412 · Likes 47 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 4

साझा बारे साझा सवाल

धेरै दिन देखी केही मित्रहरुको सन्देश सम्प्रेषणलाई झन्डा देखाइ वा अन्य तरिका बन्द गर्ने गराउने काम भएको छ ।  बिचार को स्वतन्त्रता माथि अंकुश लगाउने कार्य भएको बारेका धागो हरु देख्दै छु पढ्दै छु । साझाका संचालक- हाकिम सान दाई माथि बैचारिक बिचलन र पलायन भएको समेत आरोप- प्रत्यारोप देखियो । मित्रहरु, आज यो धागोमा मैले महशुश गरेको केही कुरा लेख्ने जमर्को गर्दैछु ।

२००५ देखी साझाको नियमित पाठक र २००६ देखी सकृय सहभागि हुँदै आएकोछु । साझाका अगुवा, वटुवा र हगुवा हरुको मौसमी परिवर्तनहरुको साक्षी छु। राजा ज्ञानेद्रका भक्तहरु देखि लिएर माओका मसिहाहरुले मेरो राजनैतिक् धारलाई पटक पटक प्रहार गरेकै थिए । केही स्वयं घोषित साझाका विद्वानहरु ले मेरा हरबिचार लाई अचार् बनाए । तै पनि साझा छोडिन र छोड्ने छैन पनि । साझा सबै को साझा हो , अझै मलाई विश्वाश छ । जब सम्म यो विश्वाश माथि भरोसा गर्न सकिन्छ तब सम्म साझा को नियमित सद्स्य हुने नै छु ।

हो अचेल एक झुण्ड टाउकाहरु बाबुरा को बिरोध सहन सकिराख्या छैन ।  माओबादी र डा भट्टराईको खिलाफमा एक शब्द पनि सुन्न तयार छैन। तिनै झुण्ड मुण्डहरुले कालो झन्डा देखाउने काम साझा भित्र गरेको छ सन्देश मेटाउने काम भएको छ । कहीं यो नितान्त माओबाद लाद्ने    योजनाबद्ध थालनि त हैन ??

आज सम्म बिचार  माथि सान दाई ले अंकुश  लगाएको मलाई थाहा छैन। सान दाई को साझा प्रति को निस्पक्षता माथि शंका छैन । तर कतै ती झन्डाधारी मान्छेहरु दन्डाधारी नै हुन कि ?? सान दाई ले यता तिर ध्यान दिनु भएको छ कि छैन ? आशा छ कथित एउटा बिचार  ले साझा न छोपियोस, साझा मा सबै बिचारहरुले निर्भिक बिचरण गर्न पाउन । साझा सबै को साझा होस् ।

अस्तु !! 
  

behoove_me
· Snapshot 24
Like · Liked by · 0

राहुल दाई, रिसानी माफ होस्,,

But there is a difference between the points you put forth and the way other's do. I regard you as one of the better writers here in sajha. And while I agree or disagree with many of your posts, you never resort in name calling.

Also, many of us do not support what Maoists have done, but few of us choose to start threads where the contents are so vehemently flagrant, it starts getting on our nerves.

I beleive that is the difference why San flags them.

 

kanchu!
· Snapshot 33
Like · Liked by · 0
राहुल भाई जैले देखी साझामा हुनुहुन्छ साय्द त्एती बेलादेखीनै म पनि साझा म छु। अझ भन्ने हो भने त राहुल भाई र मेरो एक चोटि त दरो डिस्कस्इोन परेकाइ हो। तर पनि आवेगमा आएर भनिएका कुरालाई आधारमानेर मान्छेको बिस्लेशन गर्नु न्यय संगत हुँदैन। फेरी पनि साझा सबै को हो र सबै बिचारले मौका पौनु पर्छ, प्रजातान्त्रिक सोच साझा र साझामा आउनेले उत्तिकै रुप्मा राख्नु पर्छ। मलाई लाग्दैन साझाले कुनै राजनीतिक बिचार लाई मात्र आफ्नो बिचार थनेको छ। म, राहुल भाई, नालपानी अधिले जैलेनी आतंक र मओबाधी बर्बताको बिरोध गरिरखेकै छौं, मलाई लाग्दैन साझाले हामीलाई कतै अन्कुश लगएको छ।

सोच्नु पर्ने कुर के हो भने, केही ब्एक्तिलाई भट्टराईमा आश छ त केही उस्ल्को हात रगतमा मोलिएको देक्छन। केही मुव ओन भन्चन त केही प्रतदितहरु होइन सजयता पौनु पर्ने भन्चन। जे होस् यो बहस चल्नु पर्छ र एस्ले एथर्थमा कती माओवादी को नि आँखा खोलेको होल। ब्एग्तिगत मेरो अनुभवमा भन्ने हो भने म सँग मओबधीका कत्तर समर्थक मित्रहरु नि हत्त्या हिन्साको बिरोध गर्नु हुन्छ। बहस जारी राखौन। आखिर देशको माया सबैलाई उत्तिकै नै छ।

हामीसबै ले भनुन " नो टु क्राइम नो तो क्रिमिनल्स, नो तो टेरोरिस्टस नो टु टेरोरिज्म, मे जस्टिस अन्द पिस प्रेवैल"
Stiffler
· Snapshot 112
Like · Liked by · 0
Rahulbhai’s posting deserves some response. While SAN ji will eventually get to answer it, I will venture my own interpretation of what I have seen here.
Sorry, my Nepali is good, but my devnagari typing is horrible, so pardon me for sticking with English. I’d rather mock my grammar than butcher my original language.

Anyway, your concern in valid. I’d be concerned also if the censorship was biased. However, what the accuser are missing is that an individual’s idea or thoughts aren’t banned, at least that’s not what I see. What’s banned is unsolicited loitering. Vitrous posting, excessive self-promotion and unwarranted accusations make this site a trash. I considered not coming back to Sajha many times after seeing these kinds of postings appear every now and then. If you have an opinion different from me, I might not agree with you but I will still respect you and your opinion. What I won’t respect is unsolicited agitation on your part, name-calling and repeated false accusations. I think this was what San was doing and by sweeping the filth away it will keep the site clean.

However, I sure hope that San will keep his unbias intact. Some level of open-mindedness and neutrality has to be maintained. A person’s rejection of one ideology and openly commenting about it shouldn’t ground to his absolute banishment.
timer
· Snapshot 133
Like · Liked by · 0

I think now the problem in Sajha is not an ideological thoughts but the individualism. People come here and start shouting like in their personal sense. People are thinking Sajha as a personal blog. If you didn't like the voice in Sajha, start a personal blog where you can write whatever you want and there will be a same kind of listener. I think banning the voice in Sajha or somewhere elese is completely injustifable but what if every day a guy on Sajha come and write whatever he wants. He will start saying I am nagarikreport, nagarikreport, nagarikreport, nagarikreport, nagarikreport for the whole thread in Sajha or somewhat other name timer, timer, timer, timer, I am timer, I am timer, I support this, I want to kill this and I want to do that. Please do what you want to do but it is a common forum. I haven't seen San banning anyone for a long time but the way now people in Sajha arguing, they are trying to involve San more. I am always against using foul word and graphic violence because it is for the common people, at least we are still recommending Sajha to everyone. I have seen a lot of threads about Maoist when they are treated as terrorist and they are in Red corner notice. You can see the picture of Maoist even when they are underground and completely treated as terrorist. Now they are in open politics and people had right to say favor and against them. My point is you are not disliked because you are against any Maoism and terrorism, please review my post, I always said I hate the word communist and Moist or any ism but Nepal is different than me. Nepali is different than us who are in Sajha. Please respect them who are there in Nepal.

So, I also request San not to ban anyone unless and until it is very very hard to digest but guys, our common interest is help Nepali and properous Nation, not even fight in Sajha without any logic.


HairyBicep
· Snapshot 229
Like · Liked by · 5
 rahulvai को कुरासँग सहमति जनाउन मन लागे तापनि एउटा दुइटा कुराहरु चाँही काट्न मन लाग्यो। अहिले जुन बाबुराको सपोर्टमा एक झुण्ड टाउकाहरु देखिइरहेका छन् तिनीहरुले नत माओवादको सपोर्ट गर्छन न त बाबुरालाई माओवादीको नेताको रुपमा हेरेर भक्तिगुन गाउँछन्। उनीहरुले हेर्ने बाबुरा नेपालका एउटा प्रधानमन्त्री हुन्। राज्यविहीन देश बनेर नौटंकी चलिरहेको क्रममा एउटा बबुरो बाबुराले केही गर्छन कि भनेर राजनीतिक मतभेद बिर्सेर उनीमाथि गरेको विश्वास हो यो। एक हिसाबमा भन्ने हो भने पहिलो पल्ट नेपालमा राजनीतिक तँतँमम भन्दा ंमाथी उठेर एक चोटी यसलाई भएपनि चान्स दिउँ न भन्ने नयाँ संस्कारको उत्पत्ति हो यो। यसलाई नकारात्मक हिसाबमा लिनु हाम्रै सानोपना भन्दा अरु केहीपनि होइन। 

हिजो कस्तो थियो सबैलाई थाहा छ। बाबुरा कताबाट पलाएका हुन् कसैले भनिरहनु पर्दैन, तर के हामी सँधै त्यही सम्झेर अल्झिरहने त? कसैको गल्ती औंल्याउँदैमा कुनै समस्याको समाधान हुँदैन। धारे हात लाउँदैमा कसैलाई सराप लाग्दैन। कि त समस्याको हल खोज्नु पर्‍यो, त्यो नै छैन भने विरोधको निम्ति मात्र विरोध गरेर के नै लछारपाटो लाग्छ र। 

जहाँसम्म साझामा प्रतिबन्धित हुने कुरा छ, त्यो भने हाकिम साबको तर्फबाट अलि ज्यादति नै भएको हो भन्ने मैले मानेको छु। 
Geology Tiger
· Snapshot 273
Like · Liked by · 2
मैले त ठुल्दाइलाई आफ्नो गुरु नै मानेको छु, ठुल्दाइको साझा प्रतिको आस्था, नेपाल र नेपाली प्रतिको माया र प्रजातन्त्रमाथिको विश्वासमा कसैले शंका गर्नुपर्ने कुनै कारण पनि छैन र ठाउँ पनि छैन । अनि अर्को कुरा ठुल्दाइको नजरमा बाबुराम जति हत्यारा हो मेरो नजरमा पनि त्यतिकै नै हो भन्ने कुरा त मैले ठुल्दाइलाई भन्नु पनि नपर्ला ।

तर मलाई चित्त नबुझेको एउटै कुरा के भने नि ठुल्दाइ त्यो मकले कान्छा आएर हरेक दिन उसको कुरा नमान्ने जति सबै आतंककारी हुन् र सबै मरुन् भनेर सराप्न थाले पछी त्यो त आफ्नो विचार प्रकट गरेको मात्र नभएर आफ्नो विचारलाई अरुमाथि हावी बनाउन खोजेको भएन र? त्यस पछि त साझा पनि साझा नरहेर मकलेको दुनियाँलाई गाली गर्ने बाजा जस्तो भएन र? 

साझामा आफ्नो स्वच्छ विचार र प्रतिकृया दिन पाउनु त सबैको अधिकार नै हो नि, यदी त्यस्तो भएन भने त साझा कसरी साझा रहला र कसरी चल्ला?  
Last edited: 12-Oct-11 02:14 PM
Rahuldai
· Snapshot 325
Like · Liked by · 2

मित्रहरु को सालीन टिप्पणी प्रति अनुग्रही छु । साझा यस्तै स्वच्छ र स्वतन्त्र बिचार  राख्ने साझा मन्च हो।

डाक्टर साहेब प्रति आशा जाग्नु अस्वाभाबिक हैन तर डाक्टर साहेब बारे धेरै गहिरेर जान्नु आबश्यक छ जस्तो लाग्छ । जिन्दगीमा कहिलेइ दोस्रो न भको ब्यक्तीहरुमा ३ जना चिनेको छु । कृष्ण बहादुर मानन्धर (यस दुनियाँ मा हुनुहुन्न )। डाक्टर भट्टराई र अर्को एकजना मेरा नातेदार । एस् एल सी मा बोर्ड फस, इन्जिनियरिङ्ग मा कालेज टप, पी एच् डी , यसमाने मा डाक्टर साहेब को बौद्धिकता सँग कसैले चुनौती दिन सक्दैन र सदा आदरणिय रहनु हुने छ । तर, बन्दूक को नाल बाट सत्ता कब्जा गर्ने, आफ्नो बिचार  बाहेक अरुको बिचार  स्विकार नगर्ने माओवादी बिचार सँग सहमत् छैन । मान्छे स्वतन्त्र भएर बाँच्न पाउने हक छिन्ने, गुरु मुक्ती नाथ अधिकारिको हत्यामा रङिएको हात सँग बौद्धिकता बुचो भएको छ ।

शैलेन्द्र सिम्खडा को भनाइ सापटी लिने हो भने - मुस्ताङ चढेर सगरमाथा पुग्न सकिन्न, सगरमाथा चढ्न त हाम्रै अप्पा को हात समाउनु पर्छ । बाहिरी आवरण मा अनेक क्रिम पाउडर दले पनि भित्री रुप कुरुप छ भने त्यो धेरै दिन छेकिन्न । शान्ती प्रकृया ४५ दिन मा प्रगती भएन भने १ मिनेट बस्दिन भन्नु भाथ्यो। सिन्को न भचिदा नि प्रगती  भाको छ रे । आफुले मुस्ताङ चढे नि श्रीमतिले सरकारी बोलेरो माग्दा चुप लाग्दा त्यो त उहा को श्रीमतिले मागेको भन्न मिल्छ र ?
 
बाबुराम ब्यक्ती प्रधान मन्त्री भाको हैन, माओवादी पार्टी को संसदिय दल को नेता र पार्टी को उपाध्यक्ष प्रधान मन्त्री भएको हो। पार्टी को बिचार  र कार्यक्रम लिएर कुर्सिमा बस्नु भएको हो । यस अर्थमा माओवादी पार्टी सँग असहमत र डा भट्टराइ सँग सहमत् को कुरा अली चित्त अबुझ्दो भयो । सुधार घर भित्रबाटै गर्न सकिन्छ र गर्नु पर्दछ । राम हरी श्रेष्ठ को हत्यारालाई बढुवा गरी केन्द्रिय सद्स्यमा लाने पार्टिका प्रधानमन्त्रिले अझै बाटला फरार देख्नु हुन्छ भने उहाँ आँखा कम्जोर कि नियत ?? प्रभु शाहलाई उन्मुक्ती कसले दियो ? सरकारी वकिल ले ?? सरकारी वकिल ले भन्नु हुन्छ भने अल्पज्ञानी हुनु हुन्छ । माओवादी पार्टी कै वरिष्ठ नेता मुक्ती प्रधान महान्यायवक्ता । महानयायवक्ता संबिधानत प्रधानमन्त्रिका कानूनी सल्लाहकार । सरकारी वकिल तिनै सल्लाहकार अन्तर्गतको कारिन्दा । अब प्रभु शाह, आफ्नै क्याबिनेट को मन्त्री,आफ्नै पार्टी को नेता  बारे डाक्टर साहेबलाई थाहा छैन भने कसलाई थाहा हुन्छ ?

जियोलोगिकल टाइगर जी ले भने जस्तै अतिबाद साझामा हावी भएको छ । माओवादी को ज्यादाती र गल्ती बारे बोल्दा , मण्डले कहलिने त्यो पनि ठीक हैन । माओवादी को बिरोध नगर्ने जम्मै आतंकारी हुने , त्यो नि पाच्य भएन । डाक्टर साहेब सँग असहमत हुँदैमा बिदेश्मा कालो झन्डा देखाउने उपबुज्रुक हरु प्रति पनि सहमत् हुन सक्दिन । माओवादी नै भए नि बारभ मेरो देश को प्रधान मन्त्री हुनु हुन्छ । देशको झगडा , बिदेशमा तमाशा । यो पनि ठीक भएन । तर यहाँ भन्नै पर्छ यो कालो झन्डा को कथा धेरै पहिला देखि को हो। शायद परम्परा निभाए का हुन कि । नेपालीहरु देशमा भन्दा बिदेशमा परम्परा को जगेर्ना गर्न तत्पर हुन्छन रे ।
 

Last edited: 12-Oct-11 03:12 PM
goddamn
· Snapshot 392
Like · Liked by · 0
Couldn't agree with stiffler anymore. Censorship is against the language not the opinions.
jwaaii
· Snapshot 392
Like · Liked by · 0
यो राजनिति के अनिति आफूलाई फाट्टै ईच्छा छैन"नेपालीहरु देशमा भन्दा बिदेशमा परम्परा को जगेर्ना गर्न तत्पर हुन्छन रे ।" 
 यो कुरो मा चाहि दे ताली
Stiffler
· Snapshot 409
Like · Liked by · 0
HairyBicep le ekdam sahi tarikale kura rakhdya ma thanks. Rahulbhai ko kura pani thikai ho, about his wife taking the car and him sitting mum (I wouldn't chastize him over the 45 days promise just yet).
But the late response to this thread are getting geared towards BBR and not Sajha, including by the OP himself; possibly hinting that the dissatisfaction is not with the censorship but alleged blind support for BBR? Just what I observed.
invisible
· Snapshot 434
Like · Liked by · 1
HairyBicep how do you so sure of that the bunch of people who are not only supporting BRB but they just can't hear any cirticism of him are not maoist or blind supporter of maoist? Nobody knows what is their agenda is or what is their polticial affilaition is. It in fact does not matter what political party they support to but why can't they digest any criticism of BRB and "Flag" that post immediately so that it will disappear.

I think if it is very offensive then Sajha administartor should remove those language. I don't con-done the use of foul laungage or name calling of any body whether it is Makale or the bunch of  people who even can't read the legitimate cirticism of BRB or any maoist polticians.

I always beleive in democracy and freedom of speech but that does not mean using foul language or name calling in the name of freedom of speech is right. I will support maoist party after they get rid of their weapon, dismantaling of their YCL organisation and the legal action is taken against the culprits who killed innocent Nepalese brother and sisters. 
HairyBicep
· Snapshot 484
Like · Liked by · 1
 rahulvai कतिपय कुराहरु बिर्सिन सकिन्न र बिर्सिनु पनि हुन्न। माओवादीहरुले जे जति उपद्रो मच्चाएर यहाँसम्म पुगे त्योपनि बिर्सिन सकिन्न। बाबुरामजी दुधले धोइएका मान्छे हुन् भन्ने तात्पर्य होइन। उनको विरोध हुनुहुँदैन भन्ने मनसाय पनि रहेको छैन, तर अहिलेको विरोध के को निम्ति? उनको लेखाजोखा गर्नको निम्ति त पहिले काम पनि गर्न दिनुपर्‍यो नि। अब होइन, माओवादीको तर्फबाट प्रधानमन्त्री हुँदैमा विरोध भएको हो भने त यो अलि ढिला भएन र? उनीहरु जंगलबाट सहर पस्ने बेलामा विरोध हुनुपर्ने, संविधान सभाको चुनावमा उम्मेदवारी दिँदा विरोध हुनुपर्ने, जित्दा विरोध हुनुपर्ने अनि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको भाग माओवादीले पड्काउने बेलामा विरोध हुनुपर्ने नि होइन? 

लोकप्रियता कमाउन बाबुरामजीले अपनाउनु भएका सस्ता चर्तिकलाहरु देखेर वहाँको तारिफ गरेको होइन। न त वहाँप्रति न त वहाँको पार्टीप्रति नै मलाई व्यक्तिगत लगाव छ तर अहिलेको अवस्थामा माकुने अथवा झल्लु अथवा अरु कोही जोकरहरु भन्दा यिनी सय गुणा ठिक होलान् भन्ने आशा मात्र पलाएको हो।

HairyBicep
· Snapshot 530
Like · Liked by · 0
 Inivisible, I was irritated by makalekanchha (or whatever was his name). I was annoyed by his stupidity, and did flag him couple of times actually. Does that make me a Maoist?
kantipurnagari
· Snapshot 710
Like · Liked by · 0
rahulvai's writing is pretty impressive.  You write much better than most Nepali dailies.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 63
· Posts 1 · Viewed 66
· Posts 2 · Viewed 450
· Posts 2 · Viewed 219
· Posts 1 · Viewed 209
· Posts 2 · Viewed 403
· Posts 1 · Viewed 115
· Posts 1 · Viewed 105
· Posts 10 · Viewed 1967 · Likes 1
· Posts 1 · Viewed 202



Your Banner Here
Travel Partners
Travel House Nepal