आज फेरी एकान्तमा बस्न मन लाग्यो
मनका कुरा शब्द बनाइ पोख्न मन लाग्यो
पुराना ति यादलाई सोच्न मन लाग्यो
घाउका ति खाटालाई घोच्न मन लाग्यो
झुटो उसको मायालाई भुल्न मन लाग्यो
बोझिलो यो मनलाई खोल्न मन लाग्यो
निस्ठुरिको याद सबै बिर्सन मन लाग्यो
सिरानीले मुख छोपी रुन मन लाग्यो
आज फेरी एकान्तमा बस्न मन लाग्यो...
- जनतरे