आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन - Sajha Mobile
SAJHA MOBILE
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Posts 42 · Viewed 26372 · Likes 34 · Go to Last Post
makalekanchha
· Snapshot 0
Like · Likedby · 3
आतंकवादी बाबुराम भट्टराई.  कुरो सुन. हामीलाई थाहा छ कि यस फोरम मा तेरो सुप्पोर्ट मा लेखिएको कुरा हरु तैंले आफै नै अथवा आफ्नो कार्यकता लै पैसा दिएर लेखाएको छ.  तैंले यो काम प्रधानमन्त्री हुने बित्तिकै सुरु गरेको थिस. तैंले नेपाल को सबै मेडिया करुलाई किनेको छस.

यो न्यु य्रोक मा कालो झन्डा देखाउने काम श्री बिशाल शाह र श्रीमती कमला प्रसाई ले गरेका छन्. शामिल हुनेमा अधिकांश सदस्य संयुक्त राष्ट्रवादी नेपाली संस्था का हुन्.

माधव कुमार नेपाली न्यु योर्क आउँदा पनि बिशाल शाह ले झन्डा परिवर्तन नगर्ने चेतावनी दिएका थिए.
Load Previous
makalekanchha
· Snapshot 645
Like · Liked by · 0
यो आतंकवादी माओबादी बाबुराम भट्टराई लाइ न्यु योर्क मा कसले कसले सम्मान गर्ने प्लान गरेको छ?  कृपया पोस्ट गर्नु होला.  आतंकवादी लाइ समर्थन र संरक्चन दिने हरुलाई पनि हेरौं न.
makalekanchha
· Snapshot 662
Like · Liked by · 0

अमेरिकामा प्रधानमन्त्री डा. भट्टराइले आफ्नै नेपाली नागरिकहरु र अमेरिकी नागरिकहरुबाट कालो झण्डा सहित बिरोध प्रदर्शनको स्वागत पाउनुहुने, यी कारणहरुले गरिदैछ रे बिरोध प्रदर्शन

 
- न्यूयोर्कबाट किशोर शर्मा
संयुक्त  राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका  आउनु भएका प्रधानमन्त्री डा. वावुराम भट्टराइले आफ्नै नेपाली नागरिकहरुवाट र अमेरिकी नागरिकहरुबाट  कालो झण्डा सहित बिरोध प्रदर्शन को स्वागत पाउनुहुने भएको छ।अमेरिकामा रहेका नेपालीहरुले भट्टराईलाई कालो झण्डा सहित बिरोध प्रदर्शनले स्वागत गर्ने भएका हुन। भट्टराईले महासभालाई शनिवार सम्वोधन गर्ने कार्यक्रम रहेको छ । महासभालाई सम्वोधन गरिरहँदा राष्ट्रसंघिय कार्यालय अगाडी नेपालीहरुले उनका विरुद्ध कालो झण्डा सहित बिरोध प्रदर्शन गर्ने भएका हुन। 17 हजार निर्दोष नेपालीहरुको हत्याको जिम्मेवार माओवादी तथा उनकै पार्टीका भट्टराईले महासभालाई सम्वोधन गर्नु लाजमर्दो भएको कालो झण्डा प्रदर्शन गर्न लागेका आयोजकहरुले जनाएका छन्।
- सत्र हजार भन्दा बढी निर्दोश नेपाली लाई मार्ने, हजारौ को घर, सम्पत्ती जफत गर्ने, लुट्ने, कुट्ने, अपहरण गर्ने, आतंकबादी गतिबिधी गर्ने माओवादीका का दोस्रो ठुलो नेता भएकाले ।
- मधेसी दलहरुसँग राष्ट्रघाती सम्झौता गरी नेपालकै अस्तित्वमाथि धावा बोलेकाले ।
- नेपाली राष्ट्रिय पोशाक दौरा सुरवाल खारेज गरी नेपाली जनता र देश को अपमान गरेकाले ।
- शान्ती र संबिधान केबल सत्ता को भर्र्याङ् मात्र बनाउने दुस्शाहस गरेकाले ।
- अपराधमा संलग्न माओबादी खोल ओढेका अपराधीहरुको सरकारमा जानेबित्तिकै मुद्दा फिर्ता लिने जस्तो अर्को अपराध पूर्ण काम शुरु गरिसकेकाले ।
- प्रजातन्त्रको खिल्ली उडाउदै लडाकु लाई सेना मा गाभेर सेना समेत भाड्न खोजेकाले ।
- हिन्दू धर्मको समेत कत्लेआम गर्ने जस्तो अपराध गर्ने काम मा सक्रिय सहभागी भएकाले ।
- बन्दुक र बल का आधारमा चल्दै प्रजातन्त्रको उपहास गरेकाले ।
- मानबाधिकार र स्वतन्त्रताको बारम्बार खिल्ली उडाएकाले ।
यस्ता हरकत गर्ने नायक प्रधानमन्त्री डा. बाबुराम भट्टराई लाई हामी घ्रिणा गर्दछौं भन्दै अमेरिकामा रहेका नेपाल र नेपाली लाई मायागर्ने नेपाली र अमेरिकनहरुले समेत संयुक्त राष्ट्रसंघ भवन अगाडि न्यू योर्क मा कालो झण्डा सहित बिरोध प्रदर्शन को तयारी गरेको न्यू योर्कबाट नेपाली हरुलेनै बताएका छन ।उनी जादा आउँदा समेत बाटोमा पनि कालो झण्डा सहित बिरोध प्रदर्शन गरिने आयोजकहरुले जनाएका छन ।  काला झण्डा सहित कार्यक्रममा उपस्थितिका लागि सबै नेपाली लाई उनिहरुको नेट्वोर्कले आह्वान पनि गरेको छ। उपस्थित हुने ठेगाना यसप्रकार रहेको आयोजकहरुले बताए  :
Dag Hammarskjold Plaza, 47th Street and 1st Avenue, New York, NY 10017. In front of the United Nations Headquarters
Time: 8:00AM Saturday, September 24th, 2011.
luckygal_07
· Snapshot 695
Like · Liked by · 0
 lau...
    Bihanai ko post ajhai samma sajha ma top mai raicha...Aru kam chaina dai ho kati yeutai kura garira...
       Bholi ko karyakram ho kyare ..tyetro mag patra..tyetro rastriyata..tyetro birod ko karan haru bhayeko poster banaisaknu bahyecha..aba kina sajha ma lobbying garirahanu paryo ra... aune aihalan..naune ma jasta jati gare ni aunnan :)
    P.s- mag patra padhera slc ko Nepali ko janch diyeko yaad ayoo... thulo thulo sentence chan ..words pani pakka nepali.. bhab chain kehi chaina... :))
makalekanchha
· Snapshot 819
Like · Liked by · 1
luckygirl,


तिम्रो परिवार मा कोइ मर्दा तिमि बिहान देखि साँझ सम्म के गर्थ्यौ?
makalekanchha
· Snapshot 941
Like · Liked by · 0
Nau Bro,

यो अटन्वादी हरुको सुपपोर्ट गर्ने मान्छे हरुले टुहुरो भएको परिवार को धेरै मन दुखाएका छन्.  पक्कै पनि तिनीहरुको घर मा कोइ मैन बाबुराम बाट मारिएको छैन होला. आतंकवादी लै शरण दिने पनि आतंकवादी नै हुन्.
NALAPANI
· Snapshot 991
Like · Liked by · 0
 khukuri ko chot achano lai matra thaha huncha.......
luckygal_07
· Snapshot 1034
Like · Liked by · 0
 makalekancha dai- tapaile mali mero ghar ma manche mareko bhaye diuso bhare ke garthein bhannu bhako?
      Kaj kriya garthein ni dai..tyo ni nepali samaj le keti lai aryaghat ma jana hunna bhancha kyare ghar mai basera dukha manuthe..'
        mareko yesaile ho bhanera kitan bhaye tyeslai samatera police lai bujhauthein...afai marna mero atma ley diddaina.ma tapaiharu jasto ragat ko badala ragat bhanne manche haina. mali tapaiharu sanga jhagada garnu chaina.. maile samjhayera tapaiharule samjhine ni haina..bekar ko gan than kina ... :)
neerman
· Snapshot 1119
Like · Liked by · 0
न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २३ । संयुक्त राष्ट्र संघको ६६ औं महासभालाई सम्बोधन गर्नुपूर्व नै प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बावुराम भट्टराईले यहाँ आफ्नो विरोधमा कालोझण्डाको सामना गर्नुपर्ने भएको छ । राष्ट्र संघस्थित नेपाल मिशनले आज साँझ आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा न्यूयोर्कमा रहेका विभिन्न संघसंस्थाले यसरी प्रधानमन्त्रीलाई कालो झण्डा प्रदर्शन गर्न लागेका हुन् । नेपाल मिशनले नेपालका कार्यकारी प्रमुख आउँदा नेपाली समुदायलाई कार्यक्रम गर्न आग्रह गर्नुपर्नेमा उल्टै आफैं कार्यक्रम आयोजना गरी यहाँ रहेका नेपाली समुदायका संघ,संस्थाको अवमूल्यन गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ,फिप्ना अमेरिकाको नेतृत्वमा नेपाल मिशनले गर्न लागेको प्रधानमन्त्रीको यो कार्यक्रम बहिष्कार गर्ने र कालोझण्डा देखाउनेसम्मका तयारीहरु भईरहेको छ । बुधवार बसेको फिप्नाको आकस्मिक बैठकले नेपाल मिशनका सबै कार्यक्रम बहिष्कार गर्ने र विरोधमा उत्रने निर्णय गरेको थियो । बैठकले अहिले साँझ हुन लागेको नेपाली समुदायलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार र विरोध गर्ने निर्णय समेत गरेको छ । महासंघमा अमेरिकाका विभिन्न १९ वटा जनजाति संस्थाहरु आवद्ध छन् । यसैबीच फिप्नाका महासचिव दिपेश लिम्बुले ग्लोब नेपाल डट कम प्रतिनिधिसँग साँझ करीब ६ बजेतिर टेलिफोनमा कुराकानी गर्दै अहिले नेपाल मिशनका अधिकारीहरुले प्रधानमन्त्रीको कार्यक्रमको विरोध नगरिदिन आग्रह गरिरहेको बताए । तर उनले भने हामीले कार्य समितिको बैठकले पास गरेको निर्णय उल्टाउन सक्ने सम्भावना छैन । नेपाल मिशन आफैं अग्रसर भई आयोजना गरेको कार्यक्रम बहिष्कार गर्नु बाध्यता भएको र यो बहिष्कार नेपाल मिशनको गलत प्रवृत्तिका विरुद्ध भएको पनि लिम्बुले प्रष्ट पारे । फिप्नाले जारी गरेको विज्ञप्ती:

FEDERATION OF INDEGENOUS PEOPLE IN AMERICA
नेपाल आदिवासी/जनजाति महासंघ
अमेरिका, न्युयोर्क

Central Executive Commitee
New York-2005

मिति : २२ सेप्टेम्बर २०११

प्रेस विज्ञप्ति

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आज मिति सेप्टेम्बर २२ तारिखको दिन बसेको आकस्मिक बैठकद्वारा नेपाली स्थायी नियोगले न्यू योर्क भ्रमणमा आउनु भएका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग राखिएको अन्तरक्रिया तथा वहाँको स्वागत समारोह कार्यक्रमबारे छलफल हुँदा फिप्नाद्वारा बिगत बर्षहरुमा जस्तै जनस्तरमा अन्तरक्रिया तथा स्वागत कार्यक्रम गर्न सम्बन्धमा पटक पटकको आग्रह पछि पनि नियोगले फिप्नाको अनुरोधलाई वेवास्ता गरिएकोप्रति फिप्नाको गम्भीर आपत्ति रहेको छ। स्थायी नियोगको यो गैर रबैयाप्रति फिप्ना घोर बिरोध तथा भत्सर्ना गर्दछ ।
नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री जस्तो गरिमामय व्यक्तित्वको भ्रमणको बेला नियोगद्वारा गरिएको अपहेलना र वेवास्ता भविष्यमा पनि कायम गरि जनस्तरको कार्यक्रमलाई लत्याउने कार्य गरिएकोमा फिप्ना र फिप्ना अन्तर्गतका १९ आदिवासी जनजाति संघ संस्थाहरु स्थायी नियोगका भविष्यका सबै कार्यक्रमहरु बहिस्कार र बिरोधमा उत्रन बाध्य हुने जानकारी यसै प्रेस विज्ञाप्तिद्वारा गरिन्छ ।
साथै, यसै सन्दर्भमा नियोगद्वारा आयोजना गरिन लागेको मिति सेप्टेम्बर २३ तारिख २०११ को अन्तरक्रिया कार्यक्रमको घोर भत्सर्ना गर्दै उक्त कार्यक्रमको कडा बिरोधमा उत्रने जानकारीसमेत गराउँदछौं।

कार्यक्रममा कसलाई बोल्न दिने र नदिने भन्ने बारेमा पनि नेपाल मिशनका अधिकारीहरु कुनै निर्णयमा पुग्न सकेका छैनन् । खासगरी गत वर्ष तत्कालीन प्रधानमन्त्री माधव नेपाल राष्ट्र संघ महासभामा सहभागी हुन आउँदा स्थानीय संघसंस्थाले न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा माधव नेपाल सरकारको चर्को विरोध भएपछि यस्तै विरोध सिर्जना नहोस् भन्ने आशयले यसपटक नेपाल मिशन आफैंले सबैलाई आमन्त्रण गरी कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो ।
काँग्रेसको पनि विरोध
यसैबीच नेपाली काँग्रेसको अमेरिकास्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति,अमेरिकाले पनि प्रधानमन्त्री भट्टराईको विरोध गरेको छ । समितिका संयोजक खगेन्द्र जीसीले समितिको तर्फबाट विरोधस्वरुप एक ज्ञापन पत्र आज साँझ हुने कार्यक्रममा प्रधानमन्त्रीलाई बुझाउने तयारी भईरहेको जानकारी दिनुभएको छ । ज्ञापन पत्रमा शान्ति र संविधान निर्माण,चारबुँदे सहमति खारेजी र राष्ट्रियतासँग सम्बन्धित विषय रहने जानकारी पनि उहाँले दिनु भएको छ । जीसीले आज दिउँसो न्यू स्कूलको २१ औं शताब्दीमा माक्र्सवादको सान्दर्भिकता विषयक एक कार्यक्रममा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको भनाईलाई लिएर कडा आपत्ति समेत जनाउनु भएको छ । ग्लोब नेपाल डट कम प्रतिनिधिसँगको कुराकानीमा जीसीले प्रधानमन्त्रीले शान्तिका लागि एकलब्य भएर लाग्ने भनेर जनताको आँखामा छारो हाल्ने काम मात्र गरिरहेको आरोप लगाउनु भयो । कार्यक्रममा प्रधानमन्त्रीले आफू प्रजातन्त्रवादी नभएको भन्दै प्रजातन्त्र र र निरकुंशताको बीचमा केही फरक छैन भनी दिएको अभिव्यक्तिलाई लिएर जनसम्पर्क समितिका सबै सदस्य र शुभेच्छुकहरु आक्रोशित भएको भन्दै जीसीले भन्नुभयो, आजबाट प्रधानमन्धी भट्टराईको असली नियत उदांगो भएको छ । लोकतान्त्रिक नेपालको अन्तरिम संविधानको जुन धरातलमा उभिएर भट्टराई आज प्रधानमन्त्री हुनुभएको छ त्यो धरातल प्रजातान्त्रिक धरातल हो तर त्यसैलाई निरकुंशतासँग तुलना गरेपछि भट्टराईको असली नियत उदांगो भएको छ भन्दै जीसीले न्यूयोर्क आईसकेपछि प्रधानमन्त्रीबाट व्यक्त भईरहेका भनाईहरुबाट भट्टराईको नेतृत्वमा संविधान बन्न सक्दैन र उहाँ आफू अग्रसर भएर संविधान निर्माणमा लाग्नुहुने छैन भन्ने प्रष्ट भएको छ भन्नुभयो । जीसीका अनुसार भलै संविधान बनिहाले पनि भट्टराईले त्यो संविधान पालना गर्नुहोला भन्नेमा आफूहरुलाई आज न्यूस्कूलमा गरेको सम्बोधनपछि कुनै विश्वास नरहेकोसमेत बताउनुभयो । नेपाली जनसम्पर्क समिति,अमेरिकाले प्रधानमन्त्रीलाई विरोधस्वरुप बुझाउन लागेको ज्ञापनपत्र पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।  for link, go to www globenepal dot com

makalekanchha
· Snapshot 1453
Like · Liked by · 0

Nepal Maoist Prime Minister Babu Ram Bhattarai Greeted With Black Flags


Nepalese in United States raised black flags to the Prime Minister of Nepal Babu Ram Bhattarai at a program in Chain Federation Hall of Queens, New York, organized by the Mission of Nepal. Led by Co-Founder and Advisor of United Nationalist Nepalese, Mr. Bishal Shah, Bandana Koirala, Kunti Thapa and Binita Nakarmi, protestors raised black flags and shouted slogans against Bhattarai and the Maoists atrocities. Nepal Maoists have been credited with the killing of 13,000 Nepalese during civil war.

At the event, Bhattarai was about to speak on Nepal’s natural resources. Mr. Shah interrupted the Prime Minister Bhattarai and questioned him, “Is it not you and your criminal party who destroyed and is continuing to destroy the natural resources and national properties of Nepal?”. Thereafter, the protestors showed black flags and shouted slogans like “we love our national dress; you cannot demolish the national pride; you cannot fire the guns here; we don’t need killer as Prime Minister” and so on. The large numbers of Nepalese Community gathered to listen to Bhattarai gave applauded the protestors remarks. The program was briefly interrupted. Protestors left the venue politely after the request of Nepalese community members.  This incident raises the truth that not all Nepalese stay quite when a nation and the nationals are robbed.

In more than a decade, Nepal has not conducted a parliamentary election.  Political parties do not seem to be in mood to consider conducting an election. Approximately 20,000 people were killed in the civil war and the parties entered into a peace deal. However, since then, they have miserably failed to restore peace in the nation. Although the civil war officially ended, crime rate rose to peak in Nepal history. More people are affected by the crime now than they were affected in the Civil War.
Dhosta1
· Snapshot 1454
Like · Liked by · 1
 देश को माया लाग्ने हरु गएर देश को सेवा गर्नु नि ...यहाँ किन कालो झंडा र रातो झंडा.....अमेरिका माँ पनि राजनीती गरेर मुख माँ माड लगामला भन्ने बिचार छ की कसो हो???
luckygal_07
· Snapshot 1454
Like · Liked by · 0
 i read a bit different version :)

THT ONLINE

"This is democracy...this can be done. Don't worry"

 

KATHMANDU: A group of Nepalis protested Prime Minister Dr. Baburam Bhattarai in New York City during a programme and greeted him with black flags on Friday.

Prime Minister Dr. Bhattarai, who is currently in New York to attend the United Nations General Assembly, was speaking at an interaction programme organised by Nepal’s Permanent Mission to the UN at Chain Federation Hall in Queens, New York City.

Four youths—identified as Bishal Shah, Bandana Koirala, Binita Nakarmi and Kunti Thapa— dared to interrupt his lecture when he was shedding light on why Nepal could not develop despite being rich in natural resources, and demonstrated black flags to the prime minister, a participant of the programme informed The Himalayan Times via email.

“I saw (black flags)… You demonstrated and I saw. Thanks for that….,” he said, trying to convince the demonstrators to let him continue his speech. “This is democracy…this can be done. Don’t worry.”

The demonstrators were apparently protesting against the government decision regarding the national dress and intimidating modus operandi of the Maoist party, shouting slogans including “We love our national dress, you cannot crush the national pride…” 

After the protestors left the hall upon the request of other participants, Dr. Bhattarai continued his speech and stressed on the need for conclusion of peace process and constitution-drafting, emphasising on the use of natural resources and human resources in the development of country.

Notwithstanding wherever they stay, he asked the Nepali Diaspora to contribute to Nepal’s development, assuring the Non-Resident Nepalis of providing with necessary facilities to invest their money in their motherland.

luckygal_07
· Snapshot 1491
Like · Liked by · 0
 p.s - i am amazed why these people couldnot ask those same questions systematically without causing a " Tamasha" and disrupting the programme..shows --- wherever you go Your nepalese tradition of disrupting peaceful programs with brute force goes with you. were these guys not invited to the program? couldnot they ask those same questions peacefully... why the show off???? guess they are satisfied now.. with their little acheivement.. :)
Geology Tiger
· Snapshot 1593
Like · Liked by · 1
भने पछि बिशाल शाह भनेको हाम्रै कालेकान्छा भाई परे कि कसो? खै साझामा त थुप्रै पुरुष मित्रहरुको रगत उम्लेको थियो, तर न्यूयोर्कमा भने एक जना बिशाल शाह मात्र देखिनुभएछ । यहाँ त 'तिम्रो घरमा मान्छे मारे भने के गर्छौ' भन्ने प्रश्न आएको थियो तर मेरा परम मित्र नाशले धेरै असल भनेर जति बयान गरे पनि बिशाल शाह कुन बिचार धारा बोकेर हिंड्ने मान्छे हुनुहुन्छ भन्ने हामीमध्ये धेरैलाई थाहा नै होला । एउटा कुरा अचम्म के लाग्छ भने पढेर मात्र नहुने रहेछ, अमेरिका आए पनि, मास्टर र पिएचडी गरे पनि हामीमध्ये धेरैलाई कुनै पार्टी वा कुनै जाती बिशेष संगठनको टट्टु नबनी चित्तै बुझ्दो रहेनछ । हरे हामी मात्र अनि मात्र नेपाली हुने कहिले होला? बाबुराम भट्टराईलाई कालो देखाउन पर्छ भनेर मडारिनु भएका मित्रहरुलाई फेरि पनि एउटा अनुरोध, यहाँ कालो झन्डा देखाएर हुनेवाला केही छैन; भट्टराईले 'तपाईंहरुले देखाउनु भयो मैले हेरे भन्दिन्छन्' । यदि साँच्चै नै भट्टराई लागायत अन्य माओवादी नेताहरुलाई उनीहरुले गरेको युद्दअपराधको लागि हेगमा उभ्याउने हो भने नेपाल जानुस् र नेपाली जनतालाई बुझाउनुस्, "यी हत्याराहरुले देखाएको गुलियो सपनामा नभुलौं, यिनीहरुको उद्देस्य भनेको त जनतालाई झुटो आश्वासन देखाएर, हजारौ नेपालीको रगत बगाएर सत्ता कब्जा गर्नु मात्र हो ।" होइन भने साझामा नारा लगाएर अथवा न्यूयोर्कमा कालो देखाएर हुनेवाला केही छैन ।

अस्तु  
pagalpremi
· Snapshot 1739
Like · Liked by · 0
हल्लाई हल्ला को भर मा चल्छ हाम्रो देस भनेर मैले कैले हो एउत पत्रीका मा पढेको थिए, हिजो बाबुराम को कार्एक्रम मा के भयो यहाँ प्रतक्ष दर्सी त कोइ छैन खाली यो यहाँ एस्तो लेखेको छ भन्दै बस सब जना ।
पत्रीका कैले पनि निप्क्ष्य हुन्न भन्ने उत्क्ती त सब लाई थाहा नै होला , माओवादी समर्थक पत्रीका ले हिजो को कर्एक्रम मा ४ जन ले झन्डा देखाए भन्ला अनी कांग्रेस , एमाले समर्थक ले न्यू योर्क बसी नेपाली समाज भनेर सब लाई एस्मा मिसाउला । तर तथ्य त तेही हो जुन त्यहाँ बस्ने ले आफ्नै आँखा ले देखेको थिए। म हिजो त्यहाँ सहभागी थिए अनी मैले के देखे म बिस्तार् मा भन्छु । म जे देखे तेइ भन्छु मलाई थप्नु ने छैन भको कुरा मा घटाऊनु नि छैन ।
कार्एक्रम न्यू योर्क को समय अनुसार ७ बजे सुरु हुने भने पनि प्रधान मन्त्री को धिलाई को कारण ले ७४५ तिर मात्र सुरु भको थो । सदै जाम हुने न्यू योर्क मा बाट हरु मा टाईम मा पुग्छु भनेर हिंड्नु कल्पना मात्रा हुन जान्छ भन्ने मलाई लाग्छ । झन Queens बाट Manhattan र Manhattan बाट Queens छिर्दा त युद्ध लडे जस्तो हुन्छ । तेस कारण मा प्रधान मन्त्री को ढिलाई मा नेपाली पारा भन्दा पनि Queens को जाम लाई नै दोस दिन्छु । आउने बित्तिकै मिसन नेपाल का कुन्नी को महानु भाब ले प्रधान मन्त्री लाई नै बोल्न आग्रह गरे।
मिसन नेपाल ले आफ्नो ईमेल मा प्रधान मन्त्री सँग बोलेर प्रश्न सोध्न नपाईने तर लेखेर सोध्न पर्ने भने पनि त्यहाँ ब्यापक बिरोध पछी प्रश्न सोध्न दिने निर्णय भएछ । एउती राम्री केटी को को प्रधान मन्त्री लाई प्रश्न सोध्ने भन्दै टेबल टेबल मा गएर नाम तिप्दै थिन । पछी १६-१७ जन को नाम आएछ भन्ने थाहा भयो । हरेक मान्छे लाई ३ मिनेट को समय दिएको रहेछ बोल्न।
सुरु मै प्रधान मन्त्री ले ढिला हुन को लागि माफि मागे अनी एस्तो जाम हुन्छ भन्ने थाहा भको भए म चाडै निस्कन थे पनि भने ।  तेस्को लग्भग २ मिनेट पछी नै केही ब्यक्ती कालो झन्डा बोकेर "कालो झन्डा देखाउन पर्छ" भन्न थाले , न नारा  थियो न केइ माग नै केबल झन्डा मात्रा देखाये अनी प्रधान मन्त्री ले तपाईं ले देखाउनु भयो मैले हेरे , प्रजातान्त्रिक मुलुक मा सब ले आफ्नो आफ्नो तरिका बाट बिचार  राख्न पाउन पर्छ भन्ने कुरा भन्दा त्यहाँ धेरै ले हाँस्दै ताली बजाये । अनी त्यहाँ सहभागी अरु मान्छे ले ति झन्डा देखाउने हरु लाई कराएर साम्य पारे , पत्रीका मा भने जस्तो request गरेर हैन , सब ले कराएर । त्यो बिरोध लग्भग एक मिनट पनि टिकेन , मैले हतर मा फोटो खिच्न खोज्दा फोटो पनि हल्लिएर राम्रो आएन । तेस पछी प्रधान मन्त्री को भाषान सुरु , अब उन्ले के के भने भनेर म अैले यहाँ माओवादी को चम्चा भनेर कहलाउन चाहन्न ।
तेस पछी मिसन नेपाल का मान्छे ले अरु लाई बोल्न समय दिने भने । तर त्यहाँ चै पक्का नेपाली पन झल्कियो । ३ मिनट भनेको मा अगिल्ला ३-४ जन बक्ता ले १०-१२ मिनेट सम्म समय लगाये । तेस पछी फेरी बिरोध भयो । अनी फेरी पछाडि बाट कराउन थाले। एउत कुन्नी कहाँ का शेर्पा दाजु ले त १५ मिन भन्दा बढी समय लगाए , उन्को बिरुद्ध पछाडि बाट हुत्तिङ सुरु मात्रा के भको थो उन्का साथी हरु ले "ओइ को हो त्यो कराउने " भन्दै औंला उथाउन थाले । एम्ममा हैन अमेरिका बसेको भन्चन ,सुट लगाका छन , आफु ले आफु लाई मै हुँ भन्चन अनी बेहोरा चै किन तीन पैसे ?? प्रधान मन्त्री भएको प्रोग्राम मा नेपाली को ताल देखेर बेकर मा गएछु भन्ने मलाई भान पर्‍यो । ३ मिनट भनेको ३ मिनट हो भन्ने कस्तो समय को खयाल नभएको ? एक अलीक भलाद्मी जस्ता देखिने अगाडि बसेका  मान्छे ले anchor सँग माइक लिएर "हेर्नुस् ३ मिनट भन्दा बढी समय नलिनुस् , प्रधान मन्त्री को मात्र हैन हामी सब लाई हतार छ" नि भने ।
ए बाबा प्रधान मन्त्री लाई प्रश्न सोध्न गको रे, प्रधान मन्त्री भको म बधाई , सब को नाम लिएर स्वागत छ , हम्ले धेरै आस गरेको छौ जस्ता एक दम सामान्य कुरामै सब अल्झिए । तेस्ले गर्द बोल्ने समय नि बद्यो अनी सब जना तात्न थाले । पछी कसैले कुरो के निकालो भने , हामी ले बोली आएको सदै सुनेकै हो बरु प्रधान मन्त्री लाई नै धेरै बोल्न दिने कि भनेर भन्ने कुर निकल्दा पछाडि लिस्ट मा नाम भएका हरु ले अरु ले बोल्न पाउने हम्ले किन नपाउने भनेर उफ्रिये , तेस्मा एउटा कुनै सस्था का साथी हरु चै उठेर त त म म मै लाग्नु भो, त्यो धेखेर आँफै सँग लाज लाग्यो । किन आएछु भनेर । औंला थदाउदै प्र म को अगाडि त्यसरी कुरा गर्नु खै मलाई चै पतक्कै मन परेन , त्यो असभ्यताको पर कास्ठा नाग्छ भन्ने मलाई लाग्छ । चाहे मेरो गाउ को घर खर्लाप्प खाने मेरो ठुलो बुवा लाई नि औपचारिकता मा शिर झुकाएर धोद्ग्न मलाई मेरो सस्क्रिती र समाज ले सिकाये झै मलाई लाग्छ ।
सब ले प्रधान मन्त्री को कुरा सुन्ने भने पछी पैले सब जन प्रश्न सोध्नुस् अनी म जवाफ दिन्छु भन्न लगये । तेस पछी आउने वक्ता ले चै समय को खयाल राखे । एउती भर्खर १८ लागेकी जस्ती केटी ले आधा ईंग्लिश आधा नेपाली मा प्रधान मन्त्री लाई बधाई दिदा हसो को फोहोरा नै छुतेको थो । एउता हाम्रा लामा दाजु ले चै दुइता मात्रा खाता लगेर , प्र म र नारायण काजी लाई मात्रा लगाइदिदा , तल छेउ मा बसेक महिला हरु हिसिला लाई किन नलाइदेको भन्दै थे।
सब को कुर सुन्दै प्र म , कापी मा टोपोट गर्दै थे , हिसिला चै हाइ माथि हाइ गर्दै थिन । पछी प्रम ले भाषान दिएर लग्भग सब प्रश्न को उत्तर दिये । प्रम सँगइ ३ जना बिदेसी बडी गार्द पनि थिए , हिसिला मन्च बाट उठेर , कतै (शायद सोउचालय) गएर आउँदा मन्च को अगाडि बाट जान लाग्द एउत ले हात तानेर पछाडि को बाटो बाट पठाएको द्रिस्य हेर्न लाएक थो ।
सिदा रुप मा भन्न पर्दा त्यहाँ पत्रीका मा आएको जस्तो केइ बिरोध भएको थिएन । ३-४ जन ले झन्डा देखाये तेत्ती हो । अनी त्यो जन जाती सँग ले पनि प्र म को बिरोध गरेको हैन प्र म को लागि आँफै कार्एक्रम गर्न खोज्दा मिसन नेपाल ले नदिएर मिसन नेपाल को बिरोध भएको हो ।
मैले यहाँ भनेका कुर हरु जस्तो देखे तेस्ताइ भने , म सँग केही फोटा हरु नि छन मौका मिले धेखाउल । कार्एक्रम पछी प्र म एक छिन पनि त्यहाँ नबसी निस्के । 
आज बिहान को बिरोध कार्एक्रम चै के भो मलाई थाहा छैन, म गइेन । हिजो राती ढाका क्लब को पार्टी ले बिहान उथ्न सकिएन , तर बिरोध गर्न जाने हरु लाई हिजो तेइ कार्एक्रम मा भेत्दा मैले तपाईं हरु को त्यो कार्ये को चै म घोर बिरोध गर्छु भनेको थे ।
म साझा मा फर्केर आउन्न भनेर बसेको थे , तर यता को समाचार उता को समाचार भन्ने सुनेर म एक प्रतक्ष दर्सी भएको ले आएको मात्र हुँ ।
साझा मा इती श्री ।  
kanchu!
· Snapshot 1776
Like · Liked by · 0
आतंकको पगरी गुथेको र निर्दोश मनिषको रगतमा होली खेलेको लाई कसैले कालो झन्डा देखाये भने झन्डा देखौने ब्एक्तिको राजनीतिक आस्ता जे भएनी त्एस्मा कसैको टाउको दुख्नु भनेको त्यो टाउको दु:खउने मान्छेले घुमौरो तरिकले आत्तन्क र अत्तन्ककारीको समर्थन गरेको नै थाहारिन्छ। फेरी साझामा अरुलाई एसो गर सक्ने भये उसोगर भनेर ज्ञान दिन्दै हिंड्नु भनेको एक किसिम्को मुर्खता नै हो। आफ्नो अवस्था अनुसार सबैले अत्तन्कको बिरोध गर्छन् र एदी एस्मा कसैले टाउको दु:खउन्छ भने त्यो नि आतंकरी र अप्रजान्त्रिक बहेक के हुन सक्छ। जस्ले आत्नकरी मुर्दबाद र बाबुराम हित्यर को नाइके हो भन्ने आन्त गर्न सक्तैनन तिन्ले यहाँ टाउको ठुलो पारेर कुरा गर्ने आन्त नगेर्कै बेश।


Syangjali Magar
· Snapshot 1849
Like · Liked by · 0

In Nepal your idol, Baburam, would have disptached the Moaist version of the Bijuli Garad, the YCL, to break the bones of those protesters – after the event. In the US, no such luck for him. So Baburam scumbag parrots the party line on democracy  as would Hizbollah or any other group. But we musn’t also forget the Maoist acolytyes, particularly, the Comrades of the Revolutaionary Cultural and Publicty Department for such laudatory performance. Keep up the crap, Comarades. Lal Salam!

Geology Tiger
· Snapshot 1882
Like · Liked by · 0
ल कान्छु भाई, मेरो लेखाइले तिम्रो टाउको दुखाएकोमा दु:ख मान्नु बाहेक अहिलेलाई केही गर्नसक्दिन ।
तिम्रो नजिक भएको भए यास्पिरिन दिन्थे, तर अहिलेलाई शायद अर्को टाउको दुखाइ दिदैछु, दु:ख नमानी पढ है ।

कुनै पनि व्यक्तिले कुनै पनि काम कुन उद्देश्यले गरिरहेको छ त्यसको मतलब नगर्ने तर के गरिरहेको छ त्यसमा मात्र चासो दिने तिम्रो व्यक्तिगत सिद्दान्तदेखि म अति नै प्रभावित भए, शायद तिम्रो जस्तो सिद्दान्त सबैजना नेपालीको भएको भए नेपालको अहिलेको दुर्दशा हुँदैन थियो होला । तर के गर्नु अर्काको कुरामा चासो र चियो गर्ने नेपालीको बानी हुन्छ । तर तिमीलाई सुन्न मनलागे पनि नलागे पनि एउटा कुरा तिमीलाई भन्नैपर्ने हुन्छ, ती बिशाल शाहले पक्का पनि माओवादी युद्दमा परेर मारिएका नेपालीहरुको लागि कालो झन्डा देखाएका होइनन्, अब उनको भित्री नियत के हो भन्ने कुरा बुझ्न अलिकति प्रयास गर्नु, अलिकति सोधखोज गर्नु, त्यति गर्दा पनि सकेनौ भने मलाई आएर सोध्नु, म भनिदिउँला ।

अब हैन यसमा तिमी मैले घुमाउरो पाराले आतंककारीको समर्थन गरेको देख्छौ भने तिम्रो आँखा अलि बढी घुमेछ, चाहिने भन्दा बढी नै घुमेछ भन्नु सिवाय म केही भन्न सक्दिन । बरु एक चोटि राम्रो डाक्टरलाई आँखा जचाउँ, ढिलो भयो भने तिम्रो आँखा पहिलेकै ठाउँमा नफर्कन पनि सक्छ । फेरी जान्ने भएर अर्ती दियो भन्लाउँ तर अर्ती र ओखती जति नमिठो भए पनि तिनले राम्रै गर्छन् । हुन त तिम्रो घुमेको आँखालाई मैले सफाइ दिनुपर्ने कुनै कारण छैन, तर पनि एउटा कुरा के प्रष्ट पारिदिउँ भने मलाई कुनै पार्टी कुनै संगठन वा कुनै व्यक्ति विशेषको टट्टु बन्नु छैन, न राजावादीको न माओवादीको न त कुनै कांग्रेस र कम्युनिष्टको । जे कुरा सही देख्यो त्यही बोलिन्छ, जुन कुरा नेपाल र नेपालीको लागि राम्रो छ त्यसलाई राम्रो भनिन्छ जुन कुरा नराम्रो छ नराम्रो भनिन्छ । पत्याउनेले पत्याउछन् नपत्याउनेले पत्याउदैनन् । अब तिमीलाई मेरो कुरा मनपर्दैन भने कान थुने हुन्छ, आँखामा केही नदेखिने कालो गग चढाए हुन्छ । त्यो भन्दा म के नै भन्न सक्छु र? तर जबसम्म साझाले तोकेको न्यूनतम मूल्य र मान्यताहरुलाई पालन गर्छु त्यतिबेलासम्म कसैले मलाई 'तैले यो कुरा साझाले लेख्ने आँट नगर' भन्न के साझा कसैको बाउको बिर्ता हो र?

ल मैले टाउको ठुलो पारेर कुरा गरे, छाती फुलाएर कुरा गरे, अब के गर्छौ मलाई? हैन अब तिम्रो टाउको त्यस्तो नराम्रोसँग दुख्यो भने तिम्रो ठेगाना ईमेलमा पठाइदिनु, म तिमीलाई एक पोका यासपिरिन पठाइदिउँला । के गर्नु नेपाली भाइ पर्‍यो, गाली मात्रै गरेर पनि त भएन ....

अनि जाँदा जाँदै आफूले आँखाले देखेको घटना राखिदिएकोमा पागलप्रेमीलाई धन्यवाद....

 
kanchu!
· Snapshot 1892
Like · Liked by · 0
जि टि यो त थ्यक्कै चोर्को खुट्टा कात भन्दा उचालेको जस्ताइ भयो। तिम्ले कस्को समर्थन र कस्को बिरोध गरिरको छ्उ त्यो त तिम्रो काइते बिचारबाट थाहा हुन्छ। अर्को कुरमैन्ले त मेरो उमेर व लिङ बताएको त छैन तर तिम्ले मलाई भाई भनी सम्भोधन गरेउ। तिम्ले अफुलाई जान्ने र पाको उमेर भएको मान्छे हु भन्न खोजेको भये त्यो तिम्रो लालबुज्काडपन बाहेक अरु केही हो जस्तो लगेन मलाई त। तर उमेर पाको बुद्धी  काँचो परेछौ।।। अब त फेरी आँफैन भन्न थालेउ "ल मैले टाउको ठुलो पारेर कुरा गरे, छाती फुलाएर कुरा गरे, अब के गर्छौ मलाई", हो अरुले नि बिरोध गर्छन् तिम्रो टाउको दुख्नु पर्ने कारण?? एस्तो दुएध चरित्र छरप्रस्त हुने गरी किन कुरा गर्छौ?  यस्प्रिन तिमी आँफैन खाउ। तिम्रो उमेर पाको छ क्यार।बिचार गर। नत्र सिल तिम्मुर खालौ।
Last edited: 24-Sep-11 09:50 PM
Timessquare
· Snapshot 1938
Like · Liked by · 0
बाबुराम जी को भासन र कालो झन्डा भन्दा पनि  चोक् चोक् नेपाली  बुडी कन्या हरुले मन तान्यो .. साचै भन्नु पर्दा भाषण र कालो झन्डा बाल मतलब, एउटी बि बि सी संग आखा जुधेर  लामो कुरा भयो र मोरी ले फोन नम्बर दिएर गै पछि भेट्ने भन्दै!!एकछिन पछि त मोरी एउटा   डल्ले च्यासे चयंटे संग बाहिर लागि -- तेसकी लोग्ने हुनु पर्छ त्यो मोरो !! लोल )))
Geology Tiger
· Snapshot 2035
Like · Liked by · 0
तिमी पनि गजबको कुरा गर्दा रहेछौ कान्छु छदम नाम धारी मनुष्य! ( अब भाइ भनेकोमा घोर आपत्ति आएकोले अमूक लिङ र अमूक उमेर व्यक्तिलाई मनुष्य भनेर सम्बोधन गर्दा कुनै आपत्ति आउँदैन होला भन्ने आशा लिएको छु।)

तिमी त अरुलाई 'ओइ चोर यहाँ आउने आँट गरिस् भने तेरो खुट्टासुट्टा भाँच्छु' भनेपछि पनि त्यसरी सम्बोधन गरिएको व्यक्ति चुपो लागेर बस्नुपर्छ भनेर सोच्दा रहेछौ, जवाफ छैन तिम्रो पाकोपनको पनि!

तिम्रो कुरा अरुले नबुझे त्यसले त्यति पनि बुझ्दैनस् चोर भनेर गाली खाँदोरहेछ, बुझे पनि जान्ने भएर किन बुझिस् अब त चोर होस् भन्ने आरोप खाँदोरहेछ । यस्तो बुझक्कडपनको उत्तम नमूना त मैले संसारमा कतै देखेको छैन ।

अझ हरेक व्यक्तिलाई र हरेक घटनालाई आफ्नै पाराले बुझ्ने र अरुले बुझाएको कुरा देख्दै नदेख्ने, बुझ्दै नबुझ्ने बिशेष कला त तिमी जस्तो पाको र शायद दिन पनि खाको व्यक्तिमा बाहेक अरु कसैमा विरलै होला । तिमीले साझाभरि छरपष्ट गरेका अनेकौ धागाहरुबाट पनि तिम्रो चरित्र अरुले बुझ्दैनन् र तिमी मात्र अरुको चरित्र बुझ्न सामर्थ्यवान् छौ भन्ने तिमीलाई लाग्छ भने कसैले आफ्नो आँङमा भैंसी नदेख्ने अरुको आँङमा जुम्रा देख्ने भन्ने उखान बनाएर ठिकै गरेको होला ।

साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भन्थे त्यसैले तिमीले आफू बाहेक अरु सबैलाई माओवादी देख्छौ भने पनि मेरो त्यसमा केही गुनासो छैन । तिम्रो पाको आँखा बढी नै पाक्यो होला, शायद डा. सन्दुक रुइतले ठीक पार्न सक्थे कि? मौका मिले एक चोटि देखाउनु । यदि त्यस्तो हुनसक्दैन भने मैले तिम्रो अगाडि केही लेख्नु र केही भन्न खोज्नु बेकार छ । तिम्रो अगाडि मैले गोगने ल्याएर राखिदिए पनि तिमीले वनमारा बाहेक केही देख्ने छैनौ । त्यसैले अहिलेलाई तिमीले जति हुँकार गरे, जति डकार र खकार गरे पनि, अनि जति अलापबिलाप गरे पनि म तिम्रो सामुन्नेमा केही प्रस्तुत गर्नेछैन । तिम्रो आँखाको रोग बिसो भयो भने मलाई भन्नु, अनि दुई जना मिलेर बातचित मारुँला, दारुपानी चढाउँला ।

अहिलेलाई चाँही तिमीले आफ्नो अनेकन् बुज्ज्क्कडपन र पाकोपन प्रदर्शन गरेर साझामा सबैलाई अचम्मित तुल्याएको 'साझा बुझक्कड अफ द एअर'बाट तिमीलाई सम्मानित गर्नुहुन सानदाइलाई विनम्र अनुरोध गर्छु । अँ अनि तिमीले चाँही आफ्नो बुझक्कडपनबाट सारा साझाबासीलाई अच्चमित गर्ने आफ्नो आँट कायम राखे हुन्छ र कथम् कदाचित् टाउको दुखिहाले मलाई संपर्क गर्नु, तिम्रो लागि एक पोका अस्पिरिन सधैं बचाइराख्ने छु । तिमीलाई आवश्यक परेमा तिम्रो लिङ र उमेर कसैलाई नखुलाई सुटुक्क पठाइदिउँला । कहिलेकाहीं अचार बनाउँदा नेपालबाट आमाले पठाइदिएको टिमुर अवश्य हाल्ने गरेको छु जहाँसम्म सिलटिम्मुरको कुरा छ त्यो त तिमीले हामीले चाहेर हुने कुरा हो र? समय अाए पछि के पाको के उमेर भाको कसलाई पनि छोड्दैन नि होइन र?

अनि timessquare लाई चाँही better luck next time

अस्तु  
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 723 · Likes 1
· Posts 6 · Viewed 689
· Posts 1 · Viewed 186
· Posts 1 · Viewed 94
· Posts 5 · Viewed 2474
· Posts 72 · Viewed 16168 · Likes 15
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 146
· Posts 16 · Viewed 2536 · Likes 3
· Posts 1 · Viewed 178



Your Banner Here
Travel Partners
Travel House Nepal